Menu

एक नदी र दुई दृष्टिकोण: उत्तर सिक्किममा जलविद्युत परियोजनाहरू                        

भारतको ऊर्जा सङ्क्रमणको कथामा जलविद्युतले महत्त्वपूर्ण स्थान ओगटेको छ, जसलाई प्रायः नवीकरणीय, न्यून–कार्बन उत्सर्जन गर्ने तथा आर्थिक दृष्टिले रणनीतिक ऊर्जा स्रोतका रूपमा वर्णन गरिन्छ। पूर्वी हिमालयमा, ठूला बाँधहरूको विस्तारले नाजुक पाहाडी पारिस्थितिकी, भूकम्पीय संवेदनशीलता तथा भूमि, पहिचान र अधिकारसँग सम्बन्धित दैनिक राजनीतिक प्रश्नहरूसँग प्रत्यक्ष रूपमा जुध्नुपरेको छ। सिक्किमको टिस्टा बेसिन यी तनावहरूको प्रमुख स्थल बनेको छ, जबकि राज्य जलविद्युत केन्द्रको रूपमा अवस्थित छ, स्थानीय समुदायहरूले लामो समयदेखि बिजुली उत्पादनबाट कसलाई फाइदा हुन्छ र कसले जोखिमहरू वहन गर्छ भन्ने प्रश्न उठाउँदै आएका छन्। टिस्टा नदी हिमाली क्षेत्रका धेरै नदीहरूमध्ये एउटा हो जुन सिक्किमको पाहाडहरूमा उत्पत्ति हुन्छ, बङ्गलादेशमा प्रवेश गर्नु अघि सिक्किम हुँदै पश्चिम बङ्गालमा ३९३ किलोमिटर (२४५ माइल) लम्बाइमा बग्छ। हिन्दू-कुश-हिमालय क्षेत्रका पाहाडहरू गङ्गा, ब्रह्मपुत्र र मेकोङ सहित दस प्रमुख नदी बेसिनहरूको स्रोत हो, र यी नदी बेसिनहरूमा बस्ने तिन अरबभन्दा बढी मानिसहरूको लागि खाद्य प्रणालीको स्रोत हो। दुर्भाग्यवश, विगत केही दशकहरूमा जलविद्युत बाँध जस्ता व्यापक रूपमा सञ्चालित ठुला पूर्वाधार विकास परियोजनाहरूले यी हिमाली नदीहरूलाई नष्ट गरेका छन् र पर्वतीय तथा नदी किनारका समुदायहरूको जीवनशैलीमा नकारात्मक प्रभाव पारेको छ (शेर्पा.२०२२)। 

टिस्टामा निर्माण गरिएका जलविद्युत्‌ परियोजनाहरू सुरुदेखि नै तीव्र बहस र विवादका विषय बनेका छन्। नीति निर्माताहरूले बाँधहरूलाई स्वच्छ ऊर्जा र विकासको प्रतीकको रूपमा प्रस्तुत गर्दा, स्थानीय समुदायहरूले वातावरणीय क्षय, सांस्कृतिक अस्तित्व र बढ्दो प्रकोप जोखिमहरूको बारेमा चिन्ता व्यक्त गरेका छन् (राई र खवास, २०२१)।

टिस्टामा निर्माण गरिएका जलविद्युत्‌ परियोजनाहरू सुरुदेखि नै तीव्र बहस र विवादका विषय बनेका छन्। नीति निर्माताहरूले बाँधहरूलाई स्वच्छ ऊर्जा र विकासको प्रतीकको रूपमा प्रस्तुत गर्दा, स्थानीय समुदायहरूले वातावरणीय क्षय, सांस्कृतिक अस्तित्व र बढ्दो प्रकोप जोखिमहरूको बारेमा चिन्ता व्यक्त गरेका छन् (राई र खवास, २०२१)। प्रतिरोधका आन्दोलनहरूले पनि धेरै रूपहरू लिएको छ। टिस्टा का प्रभावित नागरिकहरू (ACT) जस्ता युवा-नेतृत्वका संस्थाहरूले भोक हडताल, निवेदन र मिडिया अभियानहरू आयोजना गरेका छन्, जबकि लाचुङ र लाचेन (जुमास) मा परम्परागत गाउँले परिषदहरूले परियोजनाहरूको विरोध गर्न परम्परागत अधिकार प्रयोग गरेका छन् (नविन र विमल।२०२१)। शेर्पा (२०२२), राई र खवास (२०२१), र क्षेत्री (२०१८) जस्ता विद्वानहरूले यी आन्दोलनहरू आदिवासी पहिचान, वातावरणीय न्याय र विकासलाई परिभाषित गर्ने अधिकारका प्रश्नहरूसँग कसरी जोडिएका छन् भनेर प्रकाश पारेका छन्।

RU उद्घाटनमा सामुदायिक भेला / तस्बिर: साक्षी राई

हिमताल विस्फोटजन्य बाढी (गेल्सियल लेक आउटब्रस्ट फ्लड-जिएलओएफ) तथा टिस्टा चरण–III जलविद्युत्‌  परियोजनाको विफलताले यस बहसको स्वरूपलाई नयाँ मोड दिएको छ। उक्त बाढी निकै तलसम्म बग्दै गयो, जसका कारण ठूलो भौतिक क्षति र मानवीय क्षति भयो भनेर वैज्ञानिक तथा पत्रकारितामूलक अध्ययनहरूले देखाएको छ। यस घटनाले परिवर्तनशील हिमनदीय वातावरण भित्र यस्ता विशाल पूर्वाधार निर्माण गर्दा उत्पन्न हुने जोखिमबारे पहिलेदेखि दिइँदै आएका चेतावनीहरूलाई पुनः सान्दर्भिक बनायो। सिक्किममा जलविद्युत राजनीतिको गहिराइमा अध्ययन गरिएको भए तापनि, तर अधिकांश अनुसन्धानहरूले “समुदाय” लाई एउटा एकरूप समूहका रूपमा हेरेका छन्—या त विकासको विरोध गर्ने वा त्यसलाई स्वीकार गर्ने समूहका रूपमा। मेरो अनुसन्धान भने फरक प्रश्नबाट सुरु हुन्छ -विशेषगरी वृद्ध पुस्ता र युवा पुस्ताबीचका आन्तरिक भिन्नताहरूले जलविद्युत्लाई बुझ्ने, त्यसको विरोध गर्ने वा अनिच्छापूर्वक स्वीकार गर्ने प्रक्रियालाई कसरी आकार दिन्छन्?

सिक्किममा जलविद्युत राजनीतिको गहिराइमा अध्ययन गरिएको भए तापनि, तर अधिकांश अनुसन्धानहरूले “समुदाय” लाई एउटा एकरूप समूहका रूपमा हेरेका छन्—या त विकासको विरोध गर्ने वा त्यसलाई स्वीकार गर्ने समूहका रूपमा। मेरो अनुसन्धान भने फरक प्रश्नबाट सुरु हुन्छ -विशेषगरी वृद्ध पुस्ता र युवा पुस्ताबीचका आन्तरिक भिन्नताहरूले जलविद्युत्लाई बुझ्ने, त्यसको विरोध गर्ने वा अनिच्छापूर्वक स्वीकार गर्ने प्रक्रियालाई कसरी आकार दिन्छन्?

समयसँगै स्पष्ट हुँदै गएको रोचक पक्ष के थियो भने नदी वा यसको वरपरका परिवर्तनहरूलाई बुझ्ने एउटै मात्र तरिका थिएन। वृद्धवृद्धाहरूसँगको कुराकानी प्रायः स्मृति, संस्कार र भूमिप्रति जिम्मेवारीको भावनामा केन्द्रित हुन्थ्यो, जबकि युवाहरूले वातावरणीय परिवर्तन, जीविकोपार्जन र भविष्यको सन्दर्भमा कुरा गर्थे। यो लेख यी कुराकानीहरूबाट विकसित हुन्छ। यसले कसरी उत्तर सिक्किमको जङ्गू र चुङथाङ क्षेत्रमा जलविद्युत्लाई विभिन्न पुस्ताहरूले कसरी फरक–फरक रूपमा बुझ्छन् र ती भिन्नताहरूले मानिसहरूको नदीसँगको सम्बन्धलाई कसरी प्रभावित गर्छन् भन्ने विषयको अध्ययन गर्दछ।

पुस्तान्तरिक दृष्टिकोण: जङ्गू र चुङथाङ

अनुष्ठान सञ्चालन गर्दै आएको बोङ्थिङ/ तस्बिर: शाक्षी राई

धेरै वृद्धहरूका लागि, नदीले विशाल ब्रह्माण्डीय प्रणालीको हिस्सा हो, जहाँ पाहाड, जङ्गल र नदीहरू आध्यात्मिक सम्बन्धहरू मार्फत एकअर्कासँग जोडिएका हुन्छन्। त्यसैले जलविद्युत विकास मार्फत नदीको प्राकृतिक प्रवाहलाई बाधा पुर्‍याउनुलाई वातावरणीय परिवर्तनको रूपमा मात्र नभई सांस्कृतिक र आध्यात्मिक सन्तुलनको अवरोधको रूपमा पनि हेरिन्छ।

अध्ययन क्षेत्र तथा अन्तर पुस्तागत अध्ययन दुवैमा एउटा समान धारणा पाइयो—नदी केवल भौतिक स्रोत मात्र होइन। सहभागीहरूले प्रायः टिस्टा र रोङ्ग्योङ नदीहरूलाई सांस्कृतिक परम्परा र दैनिक जीवनमा निहित पवित्र परिदृश्यको रूपमा उल्लेख गर्थे। रोङन्यु (अहिले टिस्टा भनेर चिनिन्छ) र रङ्गीतका कथाहरू, जसलाई सामान्यतया परेलबु र तुत्फोको कथा पनि भनिन्छ, एक प्रसिद्ध लेप्चा लोक कथा, मैले कुराकानी गरेका लगभग हरेक वृद्ध व्यक्तिबाट सुन्न पाएँ। जङ्गूका ६३ वर्षीयनिवासी नामग्याल लेप्चाले बताए, “हामी बच्चा हुँदा यी कथाहरू हाम्रा पाठ्यपुस्तकहरूको भाग थियो। आजका बच्चाहरूले अझै पनि यी कथाहरू जान्दछन् वा तिनीहरूसँग जोडिएको महसुस गर्छन् कि गर्दैनन् भनेर हिजोआज सोच्ने गर्छु।” उपचार, मृत्यु संस्कार र शपथ ग्रहणसँग सम्बन्धित अनुष्ठानिक अभ्यासहरू प्रायः नदीसँग जोडिएर सम्पन्न गरिन्छन्, जसले समुदायभित्र नदीको नैतिक तथा आध्यात्मिक आधारका रूपमा रहेको भूमिकालाई अझ सुदृढ बनाउँछ। धेरै वृद्धहरूका लागि, नदीले विशाल ब्रह्माण्डीय प्रणालीको हिस्सा हो, जहाँ पाहाड, जङ्गल र नदीहरू आध्यात्मिक सम्बन्धहरू मार्फत एकअर्कासँग जोडिएका हुन्छन्। त्यसैले जलविद्युत विकास मार्फत नदीको प्राकृतिक प्रवाहलाई बाधा पुर्‍याउनुलाई वातावरणीय परिवर्तनको रूपमा मात्र नभई सांस्कृतिक र आध्यात्मिक सन्तुलनको अवरोधको रूपमा पनि हेरिन्छ। एक वृद्ध उत्तरदाताछेवाङ लेप्चाले व्याख्या गरे, "हामी लेप्चा मानिसहरू वातावरण, हाम्रो भूमि र नदीको पूजा गर्छौं। हामी हाम्रो नदी, पाहाडका लागि प्रार्थना गर्छौं ... जब तिनीहरूले बाँधका लागि ठुला सुरुङ खन्छन् तब त्यसमा नकारात्मक प्रभाव पर्छ किनभने तिनीहरूले वातावरणलाई मात्र असर गरिरहेका छन् कि हाम्रो भूमि र नदीमा रहेका हाम्रा पवित्र देवताहरूलाई पनि हानि पुर्‍याइरहेका छन् भनेर हामीलाई थाहा हुँदैनI त्यसैले ठुला बाँध परियोजनाहरूलाई प्रकृतिका लागि मात्र नभई पर्यावरणभित्र निहित पवित्र सम्बन्धहरूका लागि पनि हानिकारक मानिन्छ।

परम्परागत लेप्चा बाँसको पुल/तस्बिर: साक्षी राई

युवा सहभागीहरूले प्रायः आफ्नो चिन्तालाई पारिस्थितिकीय दिगोपन, पर्यटन–आधारित जीविकोपार्जन तथा वातावरण संरक्षणका विषयहरूसँग जोडेर व्यक्त गरे।...यद्यपि, यी पुस्तागत भिन्नताहरूले सांस्कृतिक लगा कमजोर भएको सङ्केत गर्दैनन्। बरु यसले सांस्कृतिक पहिचानलाई युवा पुस्ताले वातावरणीय परिवर्तन र भविष्यका जीविकोपार्जनसम्बन्धी समकालीन चिन्तासँग जोडेर पुनर्व्याख्या गरिरहेको देखाउँछ। 

वरिष्ठ पुस्ताले नदीसँगको सम्बन्धलाई मुख्यतः धार्मिक अनुष्ठान र मौखिक इतिहासमार्फत व्यक्त गरे भने युवा पुस्ताले त्यसलाई केही फरक ढङ्गले बुझ्ने गरेको पाइयो। युवा सहभागीहरूले प्रायः आफ्नो चिन्तालाई पारिस्थितिकीय दिगोपन, पर्यटन–आधारित जीविकोपार्जन तथा वातावरण संरक्षणका विषयहरूसँग जोडेर व्यक्त गरे। जङ्गू अवस्थित अप्पर पासिङ्डाङकी एकजना युवा मगजकी युवतीले आफ्नो बाल्यकालको सम्झना गरिन्, “नदीसँग हाम्रो धेरै पिकनिकका सम्झनाहरू जोडिएका छन्। हामी प्रायः नदी किनारमा दाउरा बटुल्न जान्थ्यौँ, र त्यहीँ हामीले ‘नोक्बु’ नामको एउटा किरासमेत भेट्थ्यौँ।” यद्यपि, यी पुस्तागत भिन्नताहरूले सांस्कृतिक लगाउ कमजोर भएको सङ्केत गर्दैनन्। बरु यसले सांस्कृतिक पहिचानलाई युवा पुस्ताले वातावरणीय परिवर्तन र भविष्यका जीविकोपार्जनसम्बन्धी समकालीन चिन्तासँग जोडेर पुनर्व्याख्या गरिरहेको देखाउँछ।  नदीको संरक्षण सांस्कृतिक पहिचानका लागि मात्र नभई पर्यटन र समुदायमा आधारित उद्यमहरू जस्ता आर्थिक गतिविधिहरूलाई दिगो बनाउनको लागि पनि आवश्यक छ भन्ने कुरामा युवा सहभागीहरूले बारम्बार जोड दिए । यसले सङ्केत गर्छ  सांस्कृतिक क्षयको अनुभव गर्नुको सट्टा, नदीसँगको सम्बन्ध वातावरणीय जागरूकता र व्यावहारिक संलग्नताको नयाँ रूपहरू मार्फत व्यक्त भइरहेको छ।

विकास-उटा विवादित प्रतिज्ञा

अन्तर्वार्ताहरूबाट निस्किएको अर्को प्रमुख विषय जलविद्युत परियोजनाहरूसँग सम्बन्धित विकासका भाष्यहरूप्रतिको सन्देह थियो। ज्येष्ठ तथा युवा दुवै समूहका सहभागीहरूले जलविद्युत्‌  कम्पनीहरू र सरकारी संस्थाहरूले गरेका विकाससम्बन्धी वाचाहरूलाई लिएर चिन्ता व्यक्त गरे।  सहभागीहरूले बाँध निर्माणलाई प्रवर्द्धन गर्न प्रयोग गरिने मुख्य औचित्यहरूमध्ये एउटाको रूपमा रोजगारीका अवसरहरू बारम्बार उल्लेख गरे। चुङथाङका एक युवाले आफ्नो कुरा साझा गर्दै भने "बाँधले विकासको वाचा गरेको थियो, तर सुरुङभित्रको काम जोखिमपूर्ण र अस्थायी मात्र थियो।"

चुङ्थाङ बाँध पुनर्निर्माण हुँदै/तस्बिरः साक्षी राई

यो धारणाले असमान विकासको बारेमा व्यापक चिन्ताहरू प्रतिबिम्बित गर्दछ, जहाँ बिजुली उत्पादनको आर्थिक लाभ क्षेत्रभन्दा बाहिर वितरित गरिन्छ जबकि वातावरणीय र सामाजिक जोखिमहरू स्थानीय रूपमा केन्द्रित रहन्छन्।

यद्यपि, अन्य उत्तरदाताहरूले पनि यी कामहरूलाई अस्थायी र प्रायः खतरनाक रूपमा वर्णन गरे, विशेष गरी निर्माण चरणहरूको समयमा गरिएको सुरुङको काम। निर्माण चरण समाप्त भएपछि, दीर्घकालीन रोजगारीका अवसरहरू सीमित थिए भनेर धेरै सहभागीहरूले व्याख्या गरे। यो धारणाले असमान विकासको बारेमा व्यापक चिन्ताहरू प्रतिबिम्बित गर्दछ, जहाँ बिजुली उत्पादनको आर्थिक लाभ क्षेत्रभन्दा बाहिर वितरित गरिन्छ जबकि वातावरणीय र सामाजिक जोखिमहरू स्थानीय रूपमा केन्द्रित रहन्छन्।

विपदा : जोखिमको प्रत्यक्ष अनुभव

अक्टोबर २०२३ को हिमताल विस्फोटजन्य बाढी (GLOF) ले जलविद्युत्‌  परियोजनाहरूप्रतिको धारणा निर्माणमा महत्वपूर्ण भूमिका खेलेको थियो। धेरै सहभागीहरूका लागि यो विपद्ले वातावरणीय जोखिमलाई केवल सैद्धान्तिक सम्भावनाबाट निकालेर प्रत्यक्ष अनुभवमा रूपान्तरण गरिदियो।

अक्टोबर २०२३ को हिमताल विस्फोटजन्य बाढी (GLOF) ले जलविद्युत्‌  परियोजनाहरूप्रतिको धारणा निर्माणमा महत्वपूर्ण भूमिका खेलेको थियो। धेरै सहभागीहरूका लागि यो विपद्ले वातावरणीय जोखिमलाई केवल सैद्धान्तिक सम्भावनाबाट निकालेर प्रत्यक्ष अनुभवमा रूपान्तरण गरिदियो। ज्येष्ठ नागरिकहरूले प्रायः बाढीलाई आध्यात्मिक कथनहरूका माध्यमबाट व्याख्या गर्थे, र यसलाई प्राकृतिक सन्तुलनमा खलल पुर्‍याउने परिणामहरूको सम्झनाका रूपमा वर्णन गर्थे। यसको विपरीत, युवा सहभागीहरूले प्रायः यस विपत्तिलाई वातावरणीय गलत आकलन र पूर्वाधारगत कमजोरिको सन्दर्भमा प्रस्तुत गर्थे। व्याख्यामा यी भिन्नताहरू भए तापनि, यस विपत्तिले यस क्षेत्रमा ठुला जलविद्युत्‌  पूर्वाधारहरूको दीर्घकालीन दिगोपनबारे साझा चिन्ता उत्पन्न गर्‍यो।

पुस्तागत ज्ञान र पारिस्थितिक स्मृति

ज्येष्ठ नागरिकहरू र युवाहरूबिचको एउटा मुख्य भिन्नता उनीहरूले मूल्य दिने ज्ञानको प्रकारमा निहित छ। नदीबारे छलफल गर्दा ज्येष्ठहरू प्रायः मौखिक इतिहास र आध्यात्मिक विश्वासहरूमा भर पर्छन्। धेरैले जलविद्युत्‌  विकास हुनुअघि भू-दृश्य कस्तो देखिन्थ्यो र केही क्षेत्रहरूलाई कसरी पवित्र मानिन्थ्यो भन्ने वर्णन गरे। पारिस्थितिक स्मृतिको यो रूपले वातावरणीय परिवर्तनबारे ऐतिहासिक दृष्टिकोण प्रदान गर्छ। ज्येष्ठहरूले प्रायः वर्तमान अवस्थालाई विगतका अनुभवहरूसँग तुलना गर्दै पानीको बहाउमा आएको परिवर्तन, कृषि ढाँचामा आएको फेरबदल, र केही माछा प्रजातिहरूको लोपबारे वर्णन गरे।

ज्येष्ठ नागरिकहरू र युवाहरूबिचको एउटा मुख्य भिन्नता उनीहरूले मूल्य दिने ज्ञानको प्रकारमा निहित छ।नदीबारे छलफल गर्दा ज्येष्ठहरू प्रायः मौखिक इतिहास र आध्यात्मिक विश्वासहरूमा भर पर्छन्।...यसको विपरीत, युवा सहभागीहरूले प्रायः जलवायु परिवर्तन, दिगोपन र पर्यटनको छलफल मार्फत वातावरणीय सरोकारहरू प्रस्तुत गर्थे।

यसको विपरीत, युवा सहभागीहरूले प्रायः जलवायु परिवर्तन, दिगोपन र पर्यटनको छलफल मार्फत वातावरणीय सरोकारहरू प्रस्तुत गर्थे। उनीहरूको भाषाले वातावरणीय शिक्षा र मिडियाका भाष्यसितको सम्पर्कलाई प्रतिबिम्बित गर्थ्यो। यद्यपि, यसको अर्थ युवाहरूमा नदीप्रति भावनात्मक लगाउको कमी थियो भन्ने होइन। बरु, परिदृश्यसँगको उनीहरूको सम्बन्ध विभिन्न सांस्कृतिक रूपहरू मार्फत व्यक्त गरिएको थियो।

सांस्कृतिक पुनरुत्थान र प्रतिरोध

सिक्किमको लेप्चा लोक फ्युजन ब्यान्ड, SOFIYUM (सोफियम), समकालीन समयको लागि परम्परागत लेप्चा संगीतलाई पुन: आविष्कार गर्दै/ क्रेडिट: फेसबुक

एक अप्रत्याशित निष्कर्ष युवासहभागीहरूमाझ सांस्कृतिक पुनर्जागरणको भूमिकासँग सम्बन्धित थियो।...यसले प्रतिरोध आन्दोलनहरू पुस्ताअनुसार कसरी रूपान्तरण भइरहेका छन् भन्ने एउटा रोचक उदाहरण प्रस्तुत गर्छ। जहाँ अघिल्ला आन्दोलनहरू मुख्यतः आमरण अनशन, विरोध प्रदर्शन तथा सार्वजनिक आन्दोलनमा आधारित थिए, आजका युवा अभियन्ताहरू संस्कृति, कला र वातावरणीय सक्रियतालाई संयोजन गरेर नयाँ सञ्चार माध्यमहरूको प्रयोग गरिरहेका छन्।

एक अप्रत्याशित निष्कर्ष युवासहभागीहरूमाझ सांस्कृतिक पुनर्जागरणको भूमिकासँग सम्बन्धित थियो। धेरै युवाहरूले सङ्गीत, चलचित्र र फेसनजस्ता आधुनिक कलात्मक रूपहरू मार्फत लेप्चा संस्कृतिलाई प्रवर्द्धन गर्ने प्रयासहरूको वर्णन गरे। परम्परागत पहिरन र वाद्ययन्त्रहरू समकालीन प्रस्तुतिहरूमा समावेश गरिँदै थिए। यी सांस्कृतिक अभिव्यक्तिहरूले प्रायः वातावरणीय सन्देशहरू पनि बोकेका हुन्थे। टिस्टा नदीसम्बन्धी गीत र कथाहरू जलविद्युत्‌  सम्बन्धी मुद्दाहरूबारे जनचेतना जगाउन र भू-दृश्यको संरक्षणको महत्त्व सञ्चार गर्न प्रयोग गरिन्थे।

यसले प्रतिरोध आन्दोलनहरू पुस्ताअनुसार कसरी रूपान्तरण भइरहेका छन् भन्ने एउटा रोचक उदाहरण प्रस्तुत गर्छ। जहाँ अघिल्ला आन्दोलनहरू मुख्यतः आमरण अनशन, विरोध प्रदर्शन तथा सार्वजनिक आन्दोलनमा आधारित थिए, आजका युवा अभियन्ताहरू संस्कृति, कला र वातावरणीय सक्रियतालाई संयोजन गरेर नयाँ सञ्चार माध्यमहरूको प्रयोग गरिरहेका छन्। यसरी प्रतिरोधको स्वरूप केवल विरोधमा सीमित नरही सांस्कृतिक अभिव्यक्ति, पहिचानको पुनर्स्थापना र वातावरणीय चेतनाको विस्तारसँग समेत जोडिँदै गएको देखिन्छ।

अध्ययन क्षेत्रहरूबीचको भिन्नता- जङ्गू र चुङ्थाङ

जङ्गू र चुङ्थाङ, यी दुई अध्ययन क्षेत्रहरूले जलविद्युत्‌  विकासलाई बुझ्ने र अनुभव गर्ने दृष्टिकोणलाई फरक–फरक रूपमा आकार दिएका छन्। यद्यपि दुवै क्षेत्र टिस्टा नदी बेसिनभित्र पर्दछन्, जलविद्युत्‌  परियोजनाहरूसँगको उनीहरूको सम्बन्ध निकै भिन्न छ, जसले समुदायहरूको प्रतिक्रिया र धारणा निर्माणमा महत्वपूर्ण प्रभाव पारेको छ।

 जङ्गू

जङ्गू अनुष्ठान को समयमा एक समुदाय भेला /तस्बिरः साक्षी राई

जङ्गू, एक संरक्षित लेप्चा आरक्ष, जलविद्युत्‌  परियोजनाहरूप्रति बलियो र दीर्घकालीन विरोधका लागि परिचित छ। यस क्षेत्रमा प्रतिरोध भू-दृश्यको सांस्कृतिक र आध्यात्मिक महत्त्वमा गहिरो रूपमा जरा गाडेको छ।...टिस्टाका प्रभावित नागरिकहरू (ACT) जस्ता आन्दोलनहरूको उपस्थितिले सामूहिक प्रतिरोधलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। समयसँगै यो प्रतिरोध जङ्गूको सामाजिक तथा राजनीतिक पहिचानको अभिन्न अंश बनेको छ।

जङ्गू, एक संरक्षित लेप्चा आरक्ष, जलविद्युत्‌  परियोजनाहरूप्रति बलियो र दीर्घकालीन विरोधका लागि परिचित छ। यस क्षेत्रमा प्रतिरोध भू-दृश्यको सांस्कृतिक र आध्यात्मिक महत्त्वमा गहिरो रूपमा जरा गाडेको छ। धेरै बासिन्दाहरूका लागि नदी केवल एउटा पारिस्थितिक स्रोत मात्र होइन, तर पुर्ख्यौली पहिचान र अनुष्ठानिक जीवनसँग जोडिएको पवित्र अस्तित्व पनि हो। फलस्वरूप, जङ्गूमा जलविद्युत्‌विरुद्धको विरोधलाई प्रायः सांस्कृतिक र वातावरणीय संरक्षणको एक रूपका रूपमा प्रस्तुत गरिन्छ।

"नदीलाई बग्न देऊ" घोषणा गर्दै ढुङ्गाको कलाकृति/ तस्बिर: शाक्षी राई

टिस्टाका प्रभावित नागरिकहरू (ACT) जस्ता आन्दोलनहरूको उपस्थितिले सामूहिक प्रतिरोधलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। समयसँगै यो प्रतिरोध जङ्गूको सामाजिक तथा राजनीतिक पहिचानको अभिन्न अंश बनेको छ। महत्त्वपूर्ण कुरा के हो भने जङ्गूमा देखिएको विरोधलाई पूर्वरक्षात्मक प्रतिरोधका रूपमा बुझ्न सकिन्छ। यसको उद्देश्य ठूलो वातावरणीय वा सांस्कृतिक क्षति हुनुभन्दा अगाडि नै जलविद्युत्‌  विकासलाई रोक्नु हो। यस क्षेत्रमा ठुला जलविद्युत्‌  संरचनाहरूको तुलनात्मक रूपमा कम उपस्थिति भएकाले स्थानीय बासिन्दाहरूले पारिस्थितिक संरक्षण र सांस्कृतिक निरन्तरतामा आधारित वैकल्पिक भविष्यको कल्पना गर्न र त्यसका लागि आवाज उठाउन सकेका छन्।

चुङथाङ

यसको विपरीत, चुङथाङले त्यस्तो ठाउँलाई प्रतिनिधित्व गर्दछ जहाँ जलविद्युत विकास पहिले नै परिदृश्य भित्रै सम्मिलित छ। बाँध पूर्वाधारको उपस्थिति र २०२३ को जिएलओएफ-को प्रभावले स्थानीय अनुभवहरूलाई तत्कालै आकार दिएको छ। जङगू, जहाँ प्रतिरोध सामूहिक र स्पष्ट रूपमा व्यक्त गरिएको छ, यसको विपरित चुङथाङका दृष्टिकोणहरू बढी खण्डित र जटिल छन्।

यसको विपरीत, चुङथाङले त्यस्तो ठाउँलाई प्रतिनिधित्व गर्दछ जहाँ जलविद्युत विकास पहिले नै परिदृश्य भित्रै सम्मिलित छ। बाँध पूर्वाधारको उपस्थिति र २०२३ को जिएलओएफ-को प्रभावले स्थानीय अनुभवहरूलाई तत्कालै आकार दिएको छ। जङगू, जहाँ प्रतिरोध सामूहिक र स्पष्ट रूपमा व्यक्त गरिएको छ, यसको विपरित चुङथाङका दृष्टिकोणहरू बढी खण्डित र जटिल छन्।

चुङथाङका धेरै बासिन्दाहरूले जलविद्युत्सँग सम्बन्धित लाभ र जोखिम दुवैलाई प्रत्यक्ष रूपमा अनुभव गरेका छन्। केहीले यस्ता परियोजनाबाट प्राप्त आर्थिक अवसर र पूर्वाधार विकासलाई सकारात्मक रूपमा हेरेका छन् भने अरूले वातावरणीय क्षति, सुरक्षा चुनौती तथा विपद् जोखिमबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। सन् २०२३ को बाढीपछिका घटनाहरूले यी चिन्ताहरूलाई अझ तीव्र बनाइदिएका छन्, जसका कारण वातावरणीय जोखिमहरू अझ स्पष्ट र प्रत्यक्ष रूपमा अनुभूत भएका छन्। तर अर्कोतर्फ, जलविद्युत्‌सँग सम्बन्धित आर्थिक गतिविधिहरूप्रतिको निर्भरता तथा पूर्वाधारहरूको विद्यमान उपस्थितिले एकीकृत विरोध आन्दोलन निर्माण गर्न कठिन बनाएको छ। फलस्वरूप, यहाँको धारणा मिश्रित प्रकृतिको देखिन्छ, जहाँ व्यक्तिहरूले एकैसाथ जलविद्युत्का जोखिमहरूलाई स्वीकार गर्छन्, तर त्यससँग जोडिएका आर्थिक यथार्थहरूलाई पनि बेवास्ता गर्न सक्दैनन्।

तुलनात्मक अन्तर्दृष्टि

जङ्गू र चुङथाङमाझको भिन्नताले स्थानीय सन्दर्भले कसरी धारणा निर्माण गर्छ भन्ने देखाउँछ। जङ्गूले बलियो, सांस्कृतिक रूपमा जरा गाडेको प्रतिरोधलाई प्रतिबिम्बित गर्छ भने चुङथाङले जीवन्त अनुभव र पूर्वाधारको उपस्थितिबाट आकार लिएको अझ जटिल संलग्नतालाई देखाउँछ। यी भिन्नताहरूले समुदायहरूलाई एकरूप इकाइका रूपमा नलिनु पर्ने महत्त्वलाई अझ बलियो बनाउँछन्, किनकि दृष्टिकोणहरू पुस्तान्तरमा मात्र होइन, स्थानअनुसार पनि फरक हुन्छन्।

जङ्गू र चुङथाङमाझको भिन्नताले स्थानीय सन्दर्भले कसरी धारणा निर्माण गर्छ भन्ने देखाउँछ। जङ्गूले बलियो, सांस्कृतिक रूपमा जरा गाडेको प्रतिरोधलाई प्रतिबिम्बित गर्छ भने चुङथाङले जीवन्त अनुभव र पूर्वाधारको उपस्थितिबाट आकार लिएको अझ जटिल संलग्नतालाई देखाउँछ। यी भिन्नताहरूले समुदायहरूलाई एकरूप इकाइका रूपमा नलिनु पर्ने महत्त्वलाई अझ बलियो बनाउँछन्, किनकि दृष्टिकोणहरू पुस्तान्तरमा मात्र होइन, स्थानअनुसार पनि फरक हुन्छन्।

पूर्वी हिमालय क्षेत्रमा जलविद्युत्‌  परियोजनाहरूको विस्तारले पहिरो, भूकम्पीय अस्थिरता तथा बाढीको जोखिमलाई अझ तीव्र बनाएको छ। धेरै सहभागीहरूले सुरुङ निर्माणका लागि गरिने विस्फोट तथा बाँध निर्माणले भू–दृश्य परिवर्तन गरेको, पहिरोको जोखिम बढाएको र प्राकृतिक जलप्रवाहमा अवरोध सिर्जना गरेको अनुभव सुनाए। यी अनुभवहरूले नाजुक पर्वतीय पारिस्थितिकी प्रणालीसँग ठूला पूर्वाधार परियोजनाहरूको असंगतताबारे विद्यमान साहित्यमा उठाइएका चिन्ताहरूलाई थप पुष्टि गर्छन्। धेरै सहभागीहरूले जलविद्युत्‌  परियोजनाहरूलाई स्थानीय आवश्यकताबाट उत्पन्न भएका विकासका पहलहरू नभई बाहिरबाट थोपरिएका निर्णयहरूको रूपमा वर्णन गरे। उनीहरूका अनुसार विकाससम्बन्धी निर्णयहरू प्रायः सरकारी निकायहरू र निजी कम्पनीहरूले नदी नजिक बसोबास गर्ने समुदायहरूसँग पर्याप्त परामर्श नगरी लिने गरेका छन्।

पूर्वी हिमालय क्षेत्रमा जलविद्युत्‌  परियोजनाहरूको विस्तारले पहिरो, भूकम्पीय अस्थिरता तथा बाढीको जोखिमलाई अझ तीव्र बनाएको छ। धेरै सहभागीहरूले सुरुङ निर्माणका लागि गरिने विस्फोट तथा बाँध निर्माणले भू–दृश्य परिवर्तन गरेको, पहिरोको जोखिम बढाएको र प्राकृतिक जलप्रवाहमा अवरोध सिर्जना गरेको अनुभव सुनाए।उनीहरूका अनुसार विकाससम्बन्धी निर्णयहरू प्रायः सरकारी निकायहरू र निजी कम्पनीहरूले नदी नजिक बसोबास गर्ने समुदायहरूसँग पर्याप्त परामर्श नगरी लिने गरेका छन्।

सहभागीहरूले जलविद्युत परियोजनाहरूबाट स्थानीय लाभको अभावको बारेमा बारम्बार निराशा व्यक्त गरे। विशेष गरी, धेरै उत्तरदाताहरूले आफ्नो क्षेत्रमा बिजुली उत्पादन हुने विरोधाभासलाई औँल्याए जबकि नजिकैका गाउँहरूले अझै पनि अनियमित बिजुली आपूर्तिको सामना गर्छन्। अरूले जोड दिए  बाँध निर्माणबाट सिर्जना हुने रोजगारीका अवसरहरू अस्थायी र प्रायः खतरनाक थिए, विशेष गरी सुरुङको काम। यी कथाहरूले गर्गन (२०२०) को अवलोकनलाई बलियो बनाउँछन् कि स्थानीय समुदायहरूले प्रायः दीर्घकालीन आर्थिक लाभहरू प्राप्त नगरी वातावरणीय लागत वहन गर्छन्।

यी कथाहरूले गर्गन (२०२०) को अवलोकनलाई बलियो बनाउँछन् कि स्थानीय समुदायहरूले प्रायः दीर्घकालीन आर्थिक लाभहरू प्राप्त नगरी वातावरणीय लागत वहन गर्छन्।

ACT को विरासत सामुदायिक भाष्यहरूभित्र अझै पनि अत्यन्तै स्पष्ट रूपमा देखिन्छ। धेरै सहभागीहरूले यस आन्दोलनलाई सामूहिक सङ्घर्षका रूपमा उल्लेख गरे, जसले धेरै दशकसम्म जलविद्युत्‌प्रति स्थानीय दृष्टिकोणलाई आकार दिएको थियो। रोचक कुरा के छ भने, पहिलेका विरोधहरू प्रायः ज्येष्ठहरूले सङ्गठित गरेका थिए भने अहिलेका युवा पुस्ताले यस आन्दोलनलाई नयाँ तरिकाले अघि बढाइरहेका देखिन्छन्। युवा सहभागीहरूले टिस्टा नदीसँग सम्बन्धित सङ्गीत, कथावाचन र कलाजस्ता सांस्कृतिक अभिव्यक्तिमार्फत यस मुद्दासँग संलग्न भएको वर्णन गरे। यसले यो पनि देखाउँछ, पुस्ता–पुस्तामाझ प्रतिरोधका रूपहरू परिवर्तन भइरहे पनि नदीको संरक्षणप्रतिको आधारभूत प्रतिबद्धता बलियो नै छ। धेरै ज्येष्ठहरूले नदीलाई जीवनचक्रका महत्त्वपूर्ण संस्कारहरूमा सहभागी एक जीवित उपस्थितिका रूपमा वर्णन गरे। सहभागीहरूले व्याख्या गरे टिस्टा र कञ्चनजङ्घा पर्वतलाई विवाह र अन्य सामाजिक समारोहहरूमा साक्षीको रूपमा बोलाइन्छ, जसले प्राकृतिक परिदृश्यहरूले नैतिक अधिकार राख्छन् भन्ने विश्वासलाई प्रतिबिम्बित गर्दछ।

केही ज्येष्ठहरूले अन्त्येष्टि संस्कारहरूको पनि वर्णन गरे, जसमा खरानी र हड्डीहरू नदीमा फिर्ता गरिन्छ, जसले नदी आत्माको आध्यात्मिक यात्राको एक भाग हो भन्ने विचारलाई अझ सुदृढ बनाउँछ। यी कथाहरूले जलविद्युत्‌  विकासलाई केवल वातावरणीय रूपान्तरणका रूपमा मात्र होइन, सांस्कृतिक र आध्यात्मिक व्यवस्थामा आएको अवरोधका रूपमा पनि कसरी अनुभव गरिन्छ भन्ने देखाउँछन्। ज्येष्ठहरूले प्रायः जलविद्युत्को विरोधलाई पवित्र भूगोल र पुर्ख्यौली जिम्मेवारीका सन्दर्भमा प्रस्तुत गर्थे, नदीलाई विचलित गर्दा हुने आध्यात्मिक परिणामहरूमा जोड दिँदै। अर्कोतर्फ, युवा सहभागीहरूले प्रायः जलविद्युत्लाई वातावरणीय दिगोपन र भविष्यका जीविकोपार्जनसँग सम्बन्धित गरी छलफल गर्थे। धेरै युवा उत्तरदाताहरूले नदीको संरक्षण गर्ने र यसको प्राकृतिक प्रवाहलाई बाधा पुर्‍याउने महत्त्वमा जोड दिए र राफ्टिङ, ट्रेकिङ र होमस्टे जस्ता पर्यटन-आधारित जीविकोपार्जन सुरु गर्ने कुरामा पनि ध्यान केन्द्रित गरे। यी दृष्टिकोणहरूले पुस्तागत भिन्नताहरूलाई मतभेदको रूपमा होइन, वातावरणीय चिन्ताहरूलाई अभिव्यक्त गर्ने फरक–फरक तरिकाका रूपमा बुझ्नुपर्ने संकेत गर्छन्।

ग्यात्सो लेप्चा, ACT (टिस्टाका प्रभावित नागरिक) का नेता/लेखकसँग/ तस्बिर: साक्षी राई

ACT को विरासत सामुदायिक भाष्यहरूभित्र अझै पनि अत्यन्तै स्पष्ट रूपमा देखिन्छ। धेरै सहभागीहरूले यस आन्दोलनलाई सामूहिक सङ्घर्षका रूपमा उल्लेख गरे, जसले धेरै दशकसम्म जलविद्युत्‌प्रति स्थानीय दृष्टिकोणलाई आकार दिएको थियो।

यद्यपि ज्येष्ठ र युवा पुस्ताले जलविद्युतका बारेमा धेरै समान चिन्ताहरू साझा गर्छन्, तर उनीहरूले ती चिन्ताहरूलाई फरक ढङ्गले प्रस्तुत गर्छन्। ज्येष्ठहरूले भू-दृश्यको पवित्रता र सांस्कृतिक परम्पराहरूको संरक्षणको महत्त्वलाई जोड दिन्छन्। उनीहरूका कथनहरूमा प्रायः पुर्ख्यौली भूमिप्रति जिम्मेवारीबोध र आध्यात्मिक सन्तुलनको भावना झल्किन्छ। युवा पुस्ताको दृष्टिकोण पनि सांस्कृतिक पहिचानमै आधारित भए तापनि, भविष्यको जीविकोपार्जन र वातावरणीय दिगोपनमा अझ बढी केन्द्रित हुन्छ। उदाहरणका लागि, केही सहभागीहरूले स्वस्थ नदी पारिस्थितिक प्रणालीमा निर्भर पर्यटन गतिविधिहरू विकास गर्नेमा रुचि व्यक्त गरे। यी भिन्नताहरूलाई पुस्तागत विभाजनको रूपमा व्याख्या गर्नु हुँदैन। बरु, तिनीहरूले पूरक दृष्टिकोणहरू प्रतिनिधित्व गर्छन् जसले सँगै सामुदायिक प्रतिरोधलाई बलियो बनाउँछ। ज्येष्ठ नागरिकहरूले वातावरणीय सरोकारहरूलाई ऐतिहासिक र आध्यात्मिक वैधता प्रदान गर्छन्, जबकि युवाहरूले सक्रियता र सञ्चारका नयाँ रूपहरूमा योगदान दिन्छन्। यो पुस्तान्तरीय गतिशीलताले जङ्गूजस्ता क्षेत्रमा बाँधविरोधी आन्दोलनहरूको लचिलोपनलाई पनि व्याख्या गर्न सक्छ। समयसँगै हराउँदै जानुको सट्टा, प्रतिरोध निरन्तर अनुकूलित हुँदै जान्छ, किनकि नयाँ पुस्ताले समकालीन सन्दर्भहरूमा सांस्कृतिक मूल्यहरूको पुनर्व्याख्या गर्छन्।

ज्येष्ठ नागरिकहरूले वातावरणीय सरोकारहरूलाई ऐतिहासिक र आध्यात्मिक वैधता प्रदान गर्छन्, जबकि युवाहरूले सक्रियता र सञ्चारका नयाँ रूपहरूमा योगदान दिन्छन्। यो पुस्तान्तरीय गतिशीलताले जङ्गूजस्ता क्षेत्रमा बाँधविरोधी आन्दोलनहरूको लचिलोपनलाई पनि व्याख्या गर्न सक्छ। समयसँगै हराउँदै जानुको सट्टा, प्रतिरोध निरन्तर अनुकूलित हुँदै जान्छ, किनकि नयाँ पुस्ताले समकालीन सन्दर्भहरूमा सांस्कृतिक मूल्यहरूको पुनर्व्याख्या गर्छन्।

निष्कर्ष

उत्तर सिक्किमका जलविद्युत्‌सम्बन्धी द्वन्द्वहरूलाई केवल आर्थिक वा प्राविधिक दृष्टिकोणबाट मात्र बुझ्न सकिँदैन। यी द्वन्द्वहरू सांस्कृतिक पहिचान, वातावरणीय स्मृति तथा परिवर्तनशील सक्रियतासँग गहिरो रूपमा गाँसिएका छन्।

उत्तर सिक्किमका जलविद्युत्‌सम्बन्धी द्वन्द्वहरूलाई केवल आर्थिक वा प्राविधिक दृष्टिकोणबाट मात्र बुझ्न सकिँदैन। यी द्वन्द्वहरू सांस्कृतिक पहिचान, वातावरणीय स्मृति तथा परिवर्तनशील सक्रियतासँग गहिरो रूपमा गाँसिएका छन्। पुस्तान्तरिक दृष्टिकोणहरूको अध्ययनले देखाउँछ कि जलविद्युत्‌विरुद्धको सामुदायिक विरोध साझा पनि छ र विविध पनि। ज्येष्ठ तथा युवा दुवैले आफ्ना चिन्ताहरू फरक–फरक कथनमार्फत व्यक्त गरे पनि दुवै समूह नदी र भू–दृश्यसँग गहिरो रूपमा जोडिएका छन्। यस अध्ययनले विकास योजनामा स्थानीय ज्ञान र सांस्कृतिक मूल्यहरूको समावेशको महत्वलाई पनि उजागर गर्छ। नदीलाई केवल आर्थिक स्रोतका रूपमा हेर्ने नीतिहरूले समुदायहरूको वातावरणसँगको जटिल सामाजिक सम्बन्धलाई बेवास्ता गर्ने जोखिम बोकेका हुन्छन्। जलवायु परिवर्तन र पूर्वाधार विस्तारले हिमाली भू–दृश्यलाई निरन्तर रूपान्तरण गरिरहेको वर्तमान अवस्थामा, यस्ता सम्बन्धहरूलाई बुझ्नु झन् महत्वपूर्ण बन्दै गएको छ। स्थानीय दृष्टिकोणलाई बेवास्ता गर्ने विकास रणनीतिहरूले विद्यमान द्वन्द्वहरूलाई अझ गहिरो बनाउन सक्छन् र दीर्घकालीन दिगोपनलाई कमजोर पार्न सक्छन्। त्यसैले पर्वतीय क्षेत्रहरूमा अझ समावेशी, न्यायपूर्ण र दिगो विकासको आधार निर्माण गर्न समुदायभित्र रहेका विविध आवाजहरूको पहिचान र सम्मान अपरिहार्य छ।

यस अध्ययनले विकास योजनामा स्थानीय ज्ञान र सांस्कृतिक मूल्यहरूको समावेशको महत्वलाई पनि उजागर गर्छ।त्यसैले पर्वतीय क्षेत्रहरूमा अझ समावेशी, न्यायपूर्ण र दिगो विकासको आधार निर्माण गर्न समुदायभित्र रहेका विविध आवाजहरूको पहिचान र सम्मान अपरिहार्य छ।

लेखकको नोट: यो लेख उत्तर सिक्किमको जङ्गू र चुङथाङमा गरिएको मेरो मास्टर्सको क्षेत्र अनुसन्धान (अजिम प्रेमजी विश्वविद्यालय) मा आधारित छ, जुन जलविद्युत परियोजनाहरू र टिस्टा नदीमा अन्तरपुस्तागत दृष्टिकोणमा केन्द्रित छ।

सन्दर्भहरू

Baran, M., & Sypniewska, B. (2024). Determinants of pro-environmental innovative behaviour: A comparison of three generations. Journal of Innovation & Knowledge, 9(1), 100613. 

Cantillo, J., Astorino, L., & Tsana, A. (2025). Determinants of pro-environmental attitudes and behaviour among European Union residents: Differences between older and younger generations. Quality & Quantity, 59(6), 2623–2659. 

Dukpa, R. D. (2024). Hydropower politics in Northeast India: Dam development and contestation. Water, 16(3), 561. 

Dutta, S. (2008). Lepcha v. hydropower. Himal Southasian

Essiz, O. (2022). Intergenerational influence on sustainable consumer attitudes and behaviors: Roles of family communication and peer influence in environmental consumer socialization. Psychology & Marketing, 39(8), 1569–1583. 

Gergan, M. D. (2020). Disastrous hydropower, uneven regional development: Contesting hydropower projects in Sikkim, India. Energy Policy, 137, 111144. 

Joshi, D. (2019). Watered down? Civil society organizations and hydropower development in the Darjeeling and Sikkim regions of India. Energy Policy, 126, 340–348. 

Mallick, B., & Hunter, L. (2024). Environmental migration and non-migration: Learning through an intergenerational lens. Migration Studies

Negi, V. S., Maikhuri, R. K., Rawat, L. S., & Bahuguna, A. (2017). Climate change impact in the Western Himalaya: People’s perception and adaptive strategies. Journal of Mountain Science, 14(2), 403–416. 

Rai, N., & Khawas, V. (2021). Climate change and hydropower development in the Eastern Himalaya: Emerging conflicts in the Upper Teesta catchment of Sikkim, India. Environmental Development, 39, 100642. 

Sherpa, D. Y. (2022). A tragedy foretold: The price for development. The Sikkim Project

Sikkim Project. (2022). Environmental injustice: Hydropower dams in Sikkim. The Sikkim Project

Wang, X., & Wu, L. (2024). Intergenerational differences in environmental concerns of plastic waste business owners. Humanities and Social Sciences Communications, 11(1), 145.

Rai, P. (2021).The Story of Teesta and Rangeet. The Sikkim Project.

Translated by: टिका भाइ
About the Author

साक्षी राई दार्जिलिङको नागरी फार्म चिया बगानकी हुन्। उनी हैदराबादको हरित क्रान्ति परिषद्मा काम गर्छिन्।बैंगलोरको अजिम प्रेमजी विश्वविद्यालयबाट विकासमा स्नातकोत्तर गरेकी उनी जलवायु न्याय, दिगोपन र वातावरणीय अनुसन्धानमा गहिरो रुचि राख्छिन्।केन्द्रीय हिमालयन ग्रामीण कार्य समूह (CHIRAG) सँगको इन्टर्नशिपको क्रममा, उनले स्प्रिंगशेड टोलीसँग काम गरिन्, हिमालयन क्षेत्रको ग्रासरुट वातावरणीय कार्य र ग्रामीण वास्तविकताहरूको बारेमा बहुमूल्य अनुभव प्राप्त गरिन्। उनलाई चित्रकला र गायनमा पनि रमाइला लाग्छन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram