Menu

पाथिङ, दक्षिण सिक्किम: हाम्रो आफ्नै जोसीमठ निर्माणमा

पाथिङ पहिरो I
तस्बिर : प्रवीण क्षेत्री

विगत दुई दशकमा पूर्वी हिमालयले आफ्नो वातावरणीय र सहरी परिदृश्यमा ठुलो परिवर्तन देखेको छ। तीव्र सहरीकरण, विशेष गरी पर्यटन आवासका लागि, र पर्यटक उपभोगका लागि नयाँ 'दृश्य स्थलहरू' को निर्माणले यस क्षेत्रको परिदृश्य बिस्तारै परिवर्तन गरेको छ।यी प्रमुख पूर्वाधार विकासलाई (राष्ट्रिय राजमार्ग, रेलवे लाइनको विस्तार)  सामान र मानिसहरूको (स्थानीय, पर्यटक र रक्षा बलहरू)  सहज आवतजावतलाई सुविधाजनक बनाउन, जलविद्युत बाँधहरूको निरन्तर निर्माण र विशेष गरी सिक्किममा औषधि कारखानाहरूद्वारा पूरक बनिएको छ।

फराकिलो सहरीकरण, जलविद्युत बाँध र औषधि कारखानाहरूको निर्माण, नयाँ ठुला पूर्वाधार परियोजनाहरू, सबै ठुलो महत्त्वको वातावरणीय क्षेत्र; र एक जो समान रूपमा कमजोर छ त्यही 'जैव-विविधता रहेको प्रमुख स्थल' -भित्र भइरहेका छन्।परिस्थितिको अत्यावश्यकताको भए तापनि, त्यहाँ या त वातावरणीय मुद्दाहरूमा (विशेष गरी 'विवादास्पद विषयहरू') अनि सरकार र जनताद्वारा अपनाउनुपर्ने आवश्यक अनुकूलन, न्यूनीकरण रणनीतिहरूमा उल्लेखनीय मौनता छ।

पहिरो मुनिको पाथिङ गाउँको तस्बिर
तस्बिर : प्रवीण क्षेत्री

जे होस्, हामी मध्ये धेरैले या त आँखा चिम्लेर वा वातावरणीय (प्राकृतिक र मानव निर्मित) खतराहरूसँग बाँच्न सिक्दै गर्दा, सेभ द हिल्स (एसटीएच), कालिम्पोङ (पश्चिम बङ्गाल) मा आधारित गैर-सरकारी संस्थाले पूर्वी हिमालयमा  विपदाको जोखिम न्यूनीकरणमाथि काम गरिरहेको छ। विशेष रूपमा, एसटिएच भूस्खलनको खतराहरू र दार्जिलिङ र सिक्किम हिमालयका मानिसहरूको जीवन र जीविकोपार्जनमा तिनीहरूको व्यापक प्रभावहरूमा केन्द्रित छ। एसटिएच यस क्षेत्रको गम्भीर पहिरोको जोखिम जस्तो समस्याको बारेमा पहिले प्रभावित मानिसहरू र त्यसपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्शकहरू बिच जागरूकता बढाउने उपायहरू खोज्न प्रयास गर्न प्रतिबद्ध छ।एसटिएचले भारी वर्षाको शुरुवातको बारेमा उपग्रह इमेजरी मार्फत प्रारम्भिक चेतावनी पनि प्रदान गर्दछ र यस क्षेत्रमा पहिरोको अवस्थाको बारेमा नियमित रूपमा जानकारी प्रदान गर्दछ।

विष्णु गुरुङ र तारादेवी राई - पहिरो पीडित
तस्बिर: प्रवीण क्षेत्री

एसटिएचको उत्पत्ति सेप्टेम्बर, २००७ को पहिलो हप्तामा भएको चरम वर्षाको घटना र दार्जिलिङ-सिक्किम हिमालयमा यसको विनाशकारी नतिजाबाट पत्ता लगाउन सकिन्छ। मुसलधारे वर्षाले फैलाएको विनाशले कालेबुङका विङ कमान्डर प्रफुल राव (सेवानिवृत्त) लाई दार्जिलिङ पाहाडको लम्बाइ र चौडाइ पार गर्न प्रेरित गर्‍यो -कमजोर पाहाडी क्षेत्रमा पूर्वाधारको ठुलो क्षति र जन-धनको विनास गरिरहेको व्यापक प्रकोप र विनाशको फोटो खिच्दै र इन्टरनेटमा  दस्तावेजीकरण गर्दै। यी तस्बिरहरू र रिपोर्टहरूले एसटिएचको ब्लग: www.savethehills.blogspot.com को सिर्जना गर्ने बाटो खन्यो, जसले दार्जिलिङ - सिक्किम हिमालयमा पहिरो, चरम वर्षाका घटनाहरू र प्रकोपहरूका लागि एक महत्त्वपूर्ण, र सम्भवतः एक मात्र, अनलाइन सङ्ग्रहको रूपमा काम गर्दछ। आज, यसको विश्वव्यापी दर्शकहरू छन् र ४००,००० भन्दा बढी हिटहरू छन्।

पथिङ पहिरोको अनुगमनपछि स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै प्रफुल्ल राव।
तस्बिर : प्रवीण क्षेत्री

STH (एसटिएच) ले विशेष रूपमा दार्जिलिङ हिमालयमा पहिरोको खतराको बारेमा अन्तर्दृष्टि प्रदान गर्दछ भूस्खलनको डाटाबेस, अनुगमन र वर्षाको ढाँचा र तीव्रतामा परिवर्तनहरू ट्र्याक गरेर, जसले स्थानीय प्रशासन र अनुसन्धान विद्वानहरूलाई अमूल्य जानकारी प्रदान गर्दछ। STH (एसटिएच) को एक सामाजिक सञ्जाल शाखा , जुन आज यस क्षेत्रमा भीड स्रोत जानकारी र ज्ञान केन्द्रको रूपमा कार्य गर्दछ, Hazard Alerts ( HA)-खतरा चेतावनी , एउटा व्हाट्सएप समूह हो जसमा २५ जना पिएचडी, शिक्षाविद्, सञ्चारकर्मी, नोकरशाह, गैरसरकारी संस्थाहरू र सबैभन्दा महत्त्वपूर्ण दुर्गम गाउँका सदस्यहरू समावेश रहेको विविध सदस्यहरू छन्।

Hazard Alerts ( HA) दार्जिलिङ-सिक्किम हिमालयमा अत्यधिक वर्षाका घटनाहरूका लागि नागरिक प्रारम्भिक चेतावनी केन्द्रको रूपमा मात्र काम गर्दैन तर वर्षा डेटा, मनसुनको समयमा सडक अवस्था, ट्राफिक जामबारे अद्यावधिक जानकारी प्रदान गर्ने प्रयास गर्दछ र वातावरणीय डेटाको जानकारी दिने कार्य गर्दछ, जसले मानिसहरूको जीवनलाई असर गर्छ।

STH (एसटिएच) एक स्वैच्छिक संस्था हो जसले यसको सदस्य सङ्ख्या भन्दा पनि सबै तहमा रहेको विश्वसनीयतामा बढी निर्भर गर्दछ। यसमा थोरै कोष छ तर धेरै सद्भावना छ, जसले यसलाई दार्जिलिङ र सिक्किमका पाहाडहरूमा मात्र नबँचाएर फस्टाउने अनुमति पनि दिएको छ।

परियोजना सिक्किमले पूर्वी हिमालयमा पहिरोको खतराको राम्रोसँग बुझ्नाका लागि प्रफुल्ल रावसँग कुरा गऱ्यो।

१. पूर्वी हिमालयमा पहिरो जानुको मुख्य कारण के हो? यो भूगोलले हो, मानव हस्तक्षेपले हो वा दुवै हो?

पहिरो प्राकृतिक रूपमा उपयुक्त परिस्थितिमा, कुनै पनि पाहाडी क्षेत्रमा हुने गर्दछ। पाहाडहरूमा भएका धेरै हस्तक्षेपहरू, जसमध्ये धेरै विचारहीन र अनियोजित छन्, मानिसहरूले यस प्रक्रियालाई बढावा दिन्छन्। र निस्सन्देह, हिमालय पृथ्वीमा सबैभन्दा कान्छो र सबैभन्दा कमजोर दायराहरू छन् जसलाई हामीले अत्यन्त सावधानी र सम्मानका साथ व्यवहार गर्नुपर्छ।

पहिरोले क्षतिग्रस्त घर, पाथिङ।
तस्बिर: दिशान छेत्री

. पहिरोको आवृत्ति बढेको छ? के नयाँ ठाउँहरू देखा पर्दैछन्? यदि छ भने, किन? पूर्वी हिमालयमा पहिरो जाने ठाउँहरू कहाँ छन्?

म निश्चित रूपमा भन्न सक्दिनँ जबसम्म कसैले पूरै उत्तर पूर्व क्षेत्रको लागि भूस्खलन डाटा आधारसँग परामर्श गर्दैन। भारतीय Geological Survey of India (GSI)-भूगर्भ सर्वेक्षण (जिएसआइ) ले यसको राम्रो जवाफ दिन सक्षम हुनेछ। धेरैजसो पहिरोमा मानिसको बलियो पदचिह्न रहेको र वर्षाको ढाँचा पनि परिवर्तन हुँदै गएको कुरा स्पष्ट छ। खासगरी हाम्रा बढ्दो पाहाडी सहर र बजारहरूमा कमजोर र अपर्याप्त ढल निकास प्रणाली पहिरोको प्रमुख कारणको रूपमा देखा पर्नेछ।

३. के जलवायु परिवर्तनले अवस्थालाई झनै चर्काउँदैछ? कसरी?

सायद, तर जलवायु परिवर्तनमा सबै कुरालाई दोष दिन धेरै सजिलो छ। यसलाई समर्थन गर्न हामीसँग पर्याप्त डाटा छैन। पूर्वी हिमालयमा कुनै पनि कुरामा डाटाको अभाव साँच्चै डरलाग्दो छ।

४. स्थानीय समुदाय र सरकारलाई न्यूनीकरण/अनुकूलन गर्न मद्दत गर्न सक्ने यस क्षेत्रमा पहिरो सम्बन्धी पर्याप्त प्रविधि र डाटा छ? 

पहिरो एक विपद्को रूप हो जसलाई समयमै कारबाही गरियो भने धेरै हदसम्म नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ र आज धेरै प्रभावकारी परम्परागत विधिहरूदेखि लिएर अत्यन्त महँगो अत्याधुनिक प्रविधिसम्मका विभिन्न विधिहरू पहिरो नियन्त्रण गर्न अवस्थित छन्। विपद् व्यवस्थापन राज्यको विषय हो र यो यसतर्फ राज्य वा जिल्ला प्रशासनले दिने प्राथमिकतामा भर पर्छ।सुरु गर्नाका लागि हामीसँग AWS नेटवर्क हुनुपर्छ जसले हाम्रो वर्षा र वर्षा ढाँचाहरूको सही रूपमा म्याप बनाउन सक्छ - STH (एसटिएचले) यसमा केही प्रगति गरेको छ।

५. हामी कसरी सुनिश्चित गर्न सक्छौँ कि त्यहाँ हाम्रो पाहाडको पारिस्थितिकी, र भूस्खलन बारे थप, र राम्रो शिक्षा छ?

मलाई लाग्छ, पहिरो र विपद्को अध्ययनलाई पाठ्यक्रमको एक हिस्सा बनाउनुपर्छ। बालबालिकालाई हाम्रो पाहाडको नाजुकताको बारेमा सचेत गराउनु पर्छ र हामीले मूल्य नचुकाइ मातृ प्रकृतिलाई बलात्कार गर्न सक्दैनौँ।

पाथिङ भूस्खलनको दस्तावेजीकरण

पाथिङ दक्षिण सिक्किमको एउटा सानो गाउँ हो, जुन याङयाङ र राभाङ्ला सहरको बिचमा छ। तिस वर्षभन्दा बढी समयदेखि गुरुङ बाहुल्य कृषकहरूको गाउँ पाथिङ ठुलो र सक्रिय पहिरोको केन्द्र बनेको छ। STH (एसटिएचका) प्रफुल राव र जुनकिरी स्टुडियो (कालेबुङ) का एक ड्रोन चालक दल १८ नोभेम्बर, २०२२ मा साइट भ्रमण गरे।उनीहरूले पाथिङका धेरै प्रभावित व्यक्तिहरूसँग अन्तर्क्रिया र अन्तर्वार्ता लिए, पहिरो र त्यसबाट परेको असरको तस्विर र ड्रोन फुटेज खिचे। फोटो निबन्ध यसपल्ट र त्यसपछि टोलीद्वारा गरिएको अन्य भ्रमणहरूमा आधारित छ। STH (एसटिएचले) जुनकिरी स्टुडियोसँग मिलेर पहिरोबाट प्रभावित स्थानीय समुदायलाई सचेतना र सहयोग जुटाउन पथिङमा पहिरोको असरबारे दुईवटा वृत्तचित्र निर्माण गरेका छन्।

तस्बिरः प्रफुल्ल राव
तस्बिरः प्रफुल्ल राव

स्थानीय समुदायसँगको छलफलले तिस वर्षअघि मूल पहिरोको कारण कसैलाई थाहा नभएको भए पनि २०२२ मा पहिरो सामान्यभन्दा बढी सक्रिय थियो। मनसुन सिजनको अन्त्य पछि पनि निरन्तर ढुङ्गा खस्नुले यसलाई प्रष्ट पारेको थियो; बास्तबमा, स्थानीयवासीका अनुसार पहिरो मनसुनको समयमा नभई मनसुनपछि बढी सक्रिय हुने गरेको छ। पहिरो, बाढी वा भूकम्पको विपरीत, सामान्यतया बिस्तारै निर्माण हुन्छ र पाहाडको छेउमा एक पटकमा एउटा पहिरो जान्छ। र तिनीहरूको प्रभावसँग मेलमिलाप गर्न सजिलो देखिने भएकाले, पहिरोलाई प्रायः सरकारी र विपद् व्यवस्थापन पेसेवरहरूले प्राथमिकतामा राख्दैनन्। पहिरो पनि धेरै स्थानीयकृत छन्, उदाहरणका लागि, एउटा पाहाड पूर्ण रूपमा स्थिर हुन सक्छ, र स्थानीय समुदायहरू, छेउछाउको पाहाड वा पाहाडमा पहिरोले गर्दा हुने विनाशबारे अनभिज्ञ छन्। यो सचेतनाको अभाव, दुर्गम पाहाडी समुदायहरू विरलै बोल्छन्, र मौनतामा पिढा सहने तथ्यले पनि बढाएको छ।

राभाङ्ला र याङ्याङ जोड्ने सडकको अवस्था।
तस्बिर : प्रवीण क्षेत्री

पहिरोको असरले पाथिङका बासिन्दाको जीवनका सबै पक्षलाई असर गरेको छ । पहिरोको गतिविधिले राभाङ्ला र याङ्याङ बिचको सडक सञ्जाललाई असर गर्दा, ढुङ्गा खस्नाको कारण किसान समुदायले ठुलो भूभाग गुमाए। पहिरोको बढ्दो जोखिम र अप्रत्याशिततालाई ध्यानमा राख्दै, विद्यालयहरूमा प्रतिकूल असर पऱ्यो र उदीयमान पर्यटन उद्योग पूर्ण रूपमा प्रभावित भयो।

विज्ञहरूका अनुसार पथिङ पहिरोको कारण हुनसक्छ

* पहाडमा phyllites( फाइलाइट) र schists (सिस्ट) जस्ता कमजोर चट्टानहरूको ढलान

* ठाडो (लगभग 60 -70 डिग्री) झुकाउ रहेको ढलानको असफलता।

घरायसी सामानको स्थानान्तरण। तस्बिरः प्रवीण क्षेत्री

पहिरो र विपद् व्यवस्थापन विज्ञहरू र गाउँलेहरू एउटै निष्कर्षमा पुगे-- यो पहिरो नियन्त्रण वा न्यूनीकरण गर्न असम्भव छ; तसर्थ, पाथिङका बासिन्दाहरूका लागि सुरक्षित ठाउँमा सर्ने एउटै विकल्प बाँकी थियो। यो स्थानान्तरणले आफ्नो भूमि र समुदाय गुमाउने सबैलाई असुरक्षा र असहायताको पथमा छोड्दै  तिनीहरूको जीवन र जीविकोपार्जनसँगै सम्पूर्ण गाउँहरू उखेल्नेछ।

हिमालय भूवैज्ञानिक र भूकम्पीय हिसाबले संवेदनशील छ। पहिरो, बाढी र भूकम्प सामान्य कुरा हुन् र बढ्दो आवृत्तिको साथमा भइरहेका छन्। वातावरणीय (प्राकृतिक र निर्मित वातावरण) सन्दर्भहरू जुन भित्र ती हुन्छन्, पनि द्रुत रूपमा परिवर्तन भइरहेको छ।वातावरणीय खतराहरूको डर सामान्यतया केही विपत्तिहरूको परिणामको रूपमा मात्र उत्पन्न हुन्छ, चाहे त्यो पहिरो, भूकम्प वा बाढी होस्; अनि ढिलो पश्चाताप गर्ने, निराश हुने र अक्सर चाँडै बिर्सिनेहरू भए। सायद यो धेरै ढिलो हुनु अघि वातावरण, पर्यावरणीय खतराहरू र यस eco-system (पारिस्थितिकी प्रणाली) भित्रको हाम्रो भूमिकालाई अझ गम्भीरताका साथ लिने समय आएको छ।

Translated by: टीका 'भाइ'
About the Author

मोना क्षेत्री सिक्किम प्रोजेक्ट टोलीको एक हिस्सा हुन्। उनी पूर्वी हिमालय क्षेत्रकी प्रख्यात विद्वान हुन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram