Menu

काली केटी


समर्पण
ती केटीहरूका लागि जसको नाम हटाइए तर बिर्सिएका थिएनन्, जसको मौनताले संसारले नाप्न सक्ने भन्दा बढी वजन बोकेको थियो। ती प्रत्येक केटीका लागि जसले चुपचाप अल्पिएर जान सिके तथापि प्रकाशका निशानहरू छाडिराखे।

लेखकको टिप्पणी
भारतका शान्त सहरहरू र उच्च पाहाडी क्षेत्रहरूमा, केटीहरू अझै पनि त्यस प्रकारले काम गर्छन् जसले विरलै भाषा पाएको छ। पहिलो बसले घर्घराउनु अघि नै, प्रकाशले आफ्नो साहस जम्मा गर्नु अघि नै तिनीहरू उठ्छन्। तिनीहरू सफा गर्छन्, खाना पकाउँछन्, अरूलाई सुबिस्ता दिन्छन्, तिनीहरू अल्पिन्छन्,प्रत्येकले एउटा नाम बोकेकै हुन्छ जसलाई संसारले मेटाएर आफ्नो सुविधामा परिणत गर्छ।
यो कथाले उनीहरू सबैको तर्फबाट बोल्ने नाटक जस्तो गर्दैन। यसले केवल उनीहरू भएको दिशामा आफ्नो अनुहार फर्काउँछ र सुन्छ। उनीहरूको जीवन अरू कसैको सान्त्वनाको सीमान्तमा अवस्थित छ, तर उनीहरूको मौनतामा शक्तिको व्याकरण छ जुन इतिहासले पनि पढ्न असफल भएको छ। यदि तपाईँले यी पृष्ठहरूमा वास्तविक केटीहरूको प्रतिध्वनि फेला पार्नुभयो भने, त्यो संयोग होइन, यो चुप लाग्न अस्वीकार गर्ने सम्झना हो।

सम्झनाहरूका शिला

आकाशमा बादलहरू टाँसिन थाल्नुभन्दा पहिले, हावाको पहिलो झोँकासित सल्लाका रूखहरू काँप्नुभन्दा पहिले, आमाको फोनको अलार्मले कृत्रिम रूपमा सही घन्टी बजाउनुभन्दा पहिले मालतीले आँखा खोलिन्। उनी घन्टी वा आवाजले ब्युँझिन्नन्, भुइँले गर्दा ब्युँझिन्छिन्।

उनको गाला पातलो तोसकबाट चिप्लिएको थियो, एक समयकी मोटी र बाल्यकालको गुलाबी रङसितकी, अब कोमलताका लागि मौन याचनामा साँघुरिएको थियो र त्यस मुनि मार्बल फेला पारेकी थिइन्। एक पटक सानु मेमको भरिएका खेलौनाहरूमाझ च्यापिएको कम्बल, उनको सानो शरीरका लागि पनि धेरै छोटो थियो, । अब यो उनको थियो—दयाको सङ्केतको रूपमा होइन, तर अरू कसैलाई अनावश्यक भएको समान प्रयोग गर्ने माध्यमका रूपमा। उनी आधा गद्दामा पल्टिरहेकी थिइन्, आधा ढुङ्गामा, गाला सिउनीमा थिचिएको थियो जहाँ दुई टाइलहरू मिल्थे, र चिसोले त्यस्तो कुरा फुसफुसाउँदै भन्यो जुन अरू कसैलाई याद थिएन: यो घरले उनको नाम परिवर्तन गर्नु अघि उनको एउटा नाम थियो। माला होइन । काली केटी होइन। मालती। उनले आँखा बन्द गरिन्। ढुङ्गाले उनको नामको सास फेरि उसलाई फर्कायो।

तारपोलिनको आकाश
भालपुर कोलोनी। त्यस्तो ठाउँ जुन आधिकारिक रेकर्डमा कुनै दुर्घटना वा चुनाव हुँदा मात्र पाइन्छ। झरीले सिकार खेलेको टिनको च्याप्लाका छाना, बिर्सिएका कुनै अभियानका प्लास्टिक ब्यानरहरूले टाँसिएका भित्ताहरू, धुलो र डिजेलले बाक्ला परत छोडेको गल्लीहरू। कसैले पनि मतदान नगरेको मन्त्री जस्तै दिनभरि भोकले थिचिएको थियो। त्यहीँबाट मालतीको जीवन सुरु भयो।

हरेक बिहान, उनका बुबाले आफ्नो कम्मरमा रङ उडेका सुती कपडा बाँध्थे जुन ढुङ्गाको धुलोले दाग लागेको हुन्थ्यो जुन कहिल्यै उनको थिएन र आँगनमा जान्थे जहाँ मार्बलका स्ल्याबहरू भविष्यका चिहानहरू जस्तै झुकेका थिए। उनलाई ती उठाउन, पङ्क्तिबद्ध गर्न र बोक्न पैसा दिइन्थ्यो। नबोली, आराम नगरी। मालती त्यहाँ काम गर्दिन थिइन्,आधिकारिक रूपमा त होइन। उनी धुलोले भरिएका झ्यालहरू पुछ्दै उभिन्थिन्, जबसम्म उनले आफ्नो दुई रूपहरू देखिनन्: भित्रकी केटी र सिसामा प्रतिबिम्बित भएको केटी। उनलाई पैसामा तलब दिइँदैनथ्यो। उनलाई टुक्राटुक्रामा तलब दिइन्थ्यो हिजोको बासी भात, आधा प्याकेट ढुध, कहिलेकाहीँ टोकेको रोटीको टुक्रा। "देखो, मालती," उनका बुबाले एक पटक भनेका थिए, ढुङ्गाको धुलोले भरिएको कठोर स्वरमा। हेर्, मालती। "एक दिन, तिमी ढुङ्गामुनि सुत्नेछौ - वा ढुङ्गाले तिमीलाई निल्नेछ?" उनले जवाफ दिइनन्। उनी नौ वर्षकी थिइन्। उनलाई यो एउटा पहेली जस्तो लाग्यो। पछि, उनले थाहा पाइन् कि यो भविष्यवाणी हो। पाँचौँ सन्तान जन्माएको छ महिनापछि उनकी आमाको मृत्यु भएको थियो। ज्वरो आएको थियो। डाक्टर थिएन। जीवन फर्काउन सक्ने कुनै बलियो प्रार्थना थिएन। मालतीले काँध केका लागि हो भनेर चाँडै नै सिकेकी थिइन्। ती सजावटका लागि थिएनन्,बोक्नका लागि थिए। त्यसपछि अरीबाट आएको मान्छे आइपुग्यो। पालिस गरिएको जुत्ता। साबुनको सुगन्धित छाला। नेपाली शब्दहरू जुन उनले आधा मात्र बुझेकी थिइन्: यो केटी राम्ररी काम गर्छ … (यो केटी राम्रो काम गर्छिन् …) स्कुल पानी हुन्छ … (त्यहाँ स्कुल पनि हुनेछ…) ठाउँ राम्रो छ… उनले शब्दहरू बुझिनन्, तर उनले आफ्नो बुबाको आँखाको मौनता बुझिन् - त्यो रात बुबाले उनको टाउको छुँदा उनको हात कसरी काँप्यो र फुसफुसाउँदै भने, "जोदी जास , मालती… आमाके… खोमा कोरिस । " (यदि तिमी गयौ भने, मलाई माफ गर।) भोलिपल्ट बिहान ट्रकमा मार्बलका स्ल्याबहरू लोड गरिएपछि, उनी पनि ट्रकमा चढिन्। त्यो तिन वर्ष अघिको कुरा हो। अब उनी त्यही स्ल्याबमा सुतिन्। ढुङ्गाले बोल्न थालिसकेको थियो। आधा उज्यालोमा एउटा नाम “माला!” मेमको आवाजले बिहानीलाई चिर्‍यो,रिसाएको होइन, केवल आज्ञा पालन गर्ने बानी परेको। “उठ भनेको बुझ्दैनौ?" (मैले बोलाउँदा, तिमीले बुझ्दैनौ?) "हजुर, मेम," मालतीले बिस्तारै भनिन्।

हजुर, सजिलो थियो। ‘हजुर’-को कुनै अर्थ थिएन। हजुरले, संसारलाई घुमाइरह्यो। उनले आफ्नो अनुहार धोइन्, आफ्नो पातलो कम्बल पट्याइन्, र सानो काठको बाकसमा राखिन् जहाँ उनले संसारले नलिएका चिजहरू राख्थिन्: आधा प्रयोग गरिएको हरियो क्रेयोन, एउटा खुकुलो बटन, र एउटा धमिलो तस्बिर । त्यसमा, उनका आमाबाबु गरिबीको छोटो युद्धविरामसित मुस्कुराएका थिए। उनकी आमाको सिन्दूर दिवालीको बत्ती जस्तै चम्किरहेको थियो, उनीहरूको पछाडि उनका कान्छा बुबा थिए, गौरवपूर्ण। उनले उनीहरूको अनुहारमा आफ्नो औँलाले ब्रस गरिन्, त्यसपछि बक्सलाई बिस्तारै बन्द गरिन्, सम्झनालाई सास फेर्न ठाउँ छाडिन्। त्यसपछि, उनी सानु मेमको कोठामा गइन्। उनले तिनवटा कम्बलहरू - गुलाबी, ल्याभेन्डर, सेतो - ओछ्यानको वरिपरि एउटा किल्ला जस्तो बनाएर बेरिन्। तकियामा दुईवटा कपडाका भालुहरू। बार्बीको मुकुट दिनको उज्यालोका लागि खडा भए। आधा ओछ्यानमा, आधा ढुङ्गामा। दुई बिहान। दुई केटीहरू। दुई प्रकारका सर-सामग्रीहरू।

मचानका केटा, बदामको गीत
सानु मेमको मिन्नी माउसको झोला बोकेर, मालती लिटल ज्वेल्स एकाडेमी पुगिन्। अन्य काली केटीहरू पनि त्यहाँ पर्खिरहेका थिए - अरूबाट नाम पाएका केटीहरू । उनीहरूले फिल्महरू, प्रेमपत्रहरू, चोरीको पानको पात जस्तै बेरिएका रहस्यहरूको बारेमा फुसफुसाए। स्कुल जाने बाटो आधा बनिएको गेस्टहाउस भएर घुमेको थियो जहाँ रङपुर र जलपाईगुडीका केटाहरूले इँटा थुपारेका थिए, धुलोसँगै उनीहरूको हाँसो उडिरहेको थियो। बाँसको मचानमा अग्लो ठाउँमा बसेको एउटा केटाले घामको किरणमा नसुहाउँदो सनग्लास लगाएको थियो। ऊ मुस्कुरायो, चर्किएको फोनमा प्ले गर्न थाल्यो, र धुन पहाडबाट पोखिएर झर्‍यो । “ बदाम बदाम दाए दाए मामा, काचा बदाम ! ” (बदाम, बदाम - काँचो बदाम!) सबै कुरा रोकियो। धुलो हावामा झुन्डियो। डोमा मुस्कुराइन्। रूपा हल्लिइन्। रेखाको आँखा नरम भयो। केटाले आफ्नो चिउँडो उठायो, छाती उधारो देखावटीपनले भरिएको: “ आमर काछे नाई रे भालो बदाम,आमार काछे पाबे सुधु काचा बदाम !” (मसँग भुटेको बदाम छैन - काँचो मात्र छ।) भुइँमा, अर्को केटाले आफ्नो फोन उठायो। “देख रे!” (हेर!) “यदि तिमीले अपलोड गर्छौ भने, हामीलाई ट्याग नगर!” रूपाले जवाफमा कराइन्। पहिलो रेखा तिर झुके । "फोन तो मोध्यो राते ओन करो । तम्बा ब्रिजएर सामने , बरेर पिपल गाछेर निचे आमे देखा। लाल ट्रक। ” ( मध्यरातमा फोन अन गर। मलाई बर पिपलको रूखमुनि, तामाको पुल अगाडि मलाई भेट। रातो ट्रक।) तिनीहरूको बिचमा एउटा सम्भावना झुन्डिएको थियो, नाजुक र जीवन्त। एकछिनका लागि, मचान पनि जम्यो। मालतीको मौनताले पनि केही नयाँ कुरा सिक्यो।

खाना बेगरको दिउँसो, शान्त योजनाहरू
दिउँसोसम्ममा घर सँगालिसकिएको थियो। भान्सा चम्काइरहेका भाँडाकुँडाहरू दराजमा राखिएका थिए। अलैँचीको चियाको सुगन्ध भूत जस्तै तैरिरहेको थियो, तर त्यो चिया पकाउनेका लागि होइन पाहुनाहरूका लागि हो। मालतीले न्यापकिनहरू पट्ट्याइन् भने सानुले आफ्नो गुडियाघर बनाएर अर्को सपना बुनिन्। " हेर, माला! यो उनको कोठा हो। उनीसँग धेरै लुगाहरू छन्।" मालतीले टाउको हल्लाइन्। उनको भोक करङ पछाडि बसेको थियो। "माला! चम्मच हरायो!" मेमले बोलाइन्। "मैले दराजमा राखेको छु," मालतीले जवाफ दिइन्। "यो त्यहाँ छैन। के तपाईँलाई लाग्छ चम्चा रूखहरूमा उम्रन्छ?" मालतीले दराज खोलिन्। त्यो चम्किरहेको थियो, फुर्तिलो, अझै पनि त्यहीँ। "यो?" मेमले आँखा झिम्क्याइन्, असहजता पचाउन रिसाउँदै। "हामीलाई टेन्सन नदिनू है!” लगभग तिनन बजीतिर, रेखा बगैँचाको ढोकाबाट भित्र पसिन्, हातभरि बेलुनहरू, आँखाभरि अरू केही। उनले मालतीको हत्केलामा दोबारिएको नोट घुसारिदिइन्। "आज राती। तामाको पुल। मध्यरात। रातो ट्रक।" मालती मुस्कुराइनन्। काँपिनन्। उनले नोटलाई आफ्नो एप्रोनमा घुसारिन्। घरले फेरि राम्रो व्यवहार सुरु गर्न थाल्यो।

पार्टी र पेन्ट्री दङ्गा
पाँच बजीसम्ममा उत्सव। फेरी लाइटहरू भित्ताहरूमा टाँसिए। भेनिला केकको गन्ध फ्राइङ तेलमाथि तैरिरहेको थियो।
मेमले फोनमा शुभ कामनाको रिहर्सल गरिन्: “हाम्री राजकुमारी सानुलाई जन्मदिनको शुभकामना!” मालती आइस कोनको ट्रे लिएर अगाडि बढिन्। “माला! हुस्सु—तिमी फ्रेमलाई छेक्दैछौ!” पाहुनाहरू आइपुगे, रेसम। सन ग्लास। छोटो कुराकानी। चकलेट पोतिएको मुख भएको केटाले सोध्यो, “तिम्रो नाम के हो?” “माला।” “ मलाई ,” ऊ मुस्कुरायो। “अर्थात् मलाई यो चाहिन्छ, हैन?”

उनी मुस्कुराइन्। अनि मैनबत्तीहरू। गीत। कामना। मालती चाँदीको छुरी लिएर पेन्ट्रीको ढोकामा उभिइन् । सानुले क्यान्डलको ज्वाला निभाइन्। त्यसपछि—एउटा गडबडी। निस्वास। कहीँबाट एउटा धुन बज्यो। माथिल्लो तला कसैले आफ्नो फोन ब्लुटुथ स्पिकरमा जडान गरेको थियो। "बदाम बदाम दाए दाए मामा, काचा बदाम ! ” (बदाम, बदाम - काँचो बदाम!) काली केटीहरूले पहिला यो सुने। तिनीहरूले सोधेनन्। तिनीहरूले काम गरे। रेखाले लुकाएको फोन तानिन्। रूपाले स्टिलको कचौरामा प्रहार गरिन्, टिनिनी..। डोमाले मुकुट जस्तै कोल्यान्डर घुमाइन्। अनि मालती, सबैभन्दा शान्त, सानो—उनले आफ्नो बाइँले स्टीलको प्लेटमा हानिन्। घन्टी बज्यो। तिनीहरू देखिनका लागि नाचेका थिएनन्। तिनीहरू नाचेका थिए किनभने तिनीहरू अस्तित्वमा हुनुहुँदैनथ्यो।

माफी नलिई साबुनका फोकाहरू फुटे, चामलका दानाहरू कन्फेटी जस्तै छरिएका थिए,एउटा झुम्रो स्कार्फ जस्तै अज्ञात आकाशमा तानिएको थियो। रेखाले कोरसको नेतृत्व गरे, स्वर उग्र: “आमार काछे नाई रे भालो बदाम , आमार काछे पाबे सुधु काचा बदाम !” (मसँग भुटेको बदाम छैन - काँचो मात्र छ।) मालतीको दिमागले अस्वीकार गर्नुअघि नै उसको खुट्टा उठ्यो। पेन्ट्री धड्कन बन्यो। उनीहरूको हाँसो ठुलो थिएन। यो सत्य थियो। अनि “ माला! SSS” मेमको चिच्याहटले हावालाई चिरेर गयो । डाडु खस्यो। फोन अँध्यारो भयो। भाँडा समात्ने झुम्रोले आफ्नो रेसम बिर्सियो। तर केही धारिलो र सुक्ष्म उनीहरूभित्र जीवित रह्यो। रेखाले मालतीलाई आँखा जुधाइन्, “आज राती।” अनि गुरुत्वाकर्षण नबुझेकी केटी जस्तै गायब भइन्।

मध्यरात र मार्बल स्मृति
११:१० बजी घरले सास फेर्‍यो। रिबनहरू झुके। बेलुनहरू नरम भए। केक क्लिङ फिल्ममुनि सुत्यो। सरले आफ्नो टाई हटाए। आमाले एक-एक गरी आफ्ना झुम्काहरू फुकाल्नुभयो, मानौँ सुन्दरतालाई बिस्तारै भत्काउनु पर्छ। मालतीले अन्तिम भाँडा धोइन्। उनका हत्केलाहरू साबुन र अदुवाको गन्धबाट गुज्रिरहेका थिए। चिसो पानीमा कमलका पातहरू जस्तै चाउरी परेका थिए।

उनी आफ्नो कुनामा फर्किइन्। आधा ओछ्यानमा, आधा ढुङ्गामा। उनले आफ्नो नोटबुक खोलिन्प,हिलो आधा सानुको सूर्य र महलहरूले भरिएको, दोस्रो अझै खाली। उनले हरियो क्रेयोनको क्याप खोलिन् र लेखिन्: मालती। उनले त्यो कागजलाई याद नभएसम्म हेरिरहिन्। अनि उनले आफ्नो गाला स्ल्याबमा झुकाएकी थिइन्,त्यही स्ल्याब जसले उनलाई साथमा राखेको थियो। 

“बाबा,” उनले फुसफुसाइन्। “ तुमी भालो आछो तो?” (तिमी ठिक छौ होइन?) ढुङ्गाले प्रश्नलाई वाचा जस्तै आत्मसात गर्‍यो। उसलाई आँगन, चामलका टुक्राहरू, आमाको ज्वरोको गीत याद आयो, निद्रामा मकैको भुसा जस्तै घुमिरहेका उनका भाइबहिनीहरू। ट्रक उकालो चढ्यो। पहिलो पटक कसैले उसलाई आधा नामले बोलायो। "आज मेरो पनि जन्मदिन थियो," उनले शान्त स्वरमा भनिन्। फ्रिज गुनगुनाउँदै थियो। प्रार्थनाको झन्डा कतै उकालो घुमिरहेको थियो। एउटा कुकुर एक पटक भुक्यो, अनि रोकियो। ढुङ्गा अलि तातियो। मध्यराततिर, ट्रकको गियरले बाटोलाई चिन्तित बनायो; धुलो कुनै पश्चाताप जस्तै उड्यो। अर्धनिद्रामा, मालतीले रेखालाई बोराहरू बिचमा लुकेको, उनको सास बोरामा बेरिएको, मचानका केटाको मुस्कान छोटो बिडी-तारा जस्तै जलिरहेको। पुलको छेउमा दुई अँध्यारा आकृतिहरू - आश्रय र प्रतिज्ञा फुसफुसाउँदै, आत्माहरूका लागि एउटा स्वर्ग राततिर चुपचाप पस्दै गरेको कल्पना गरिन्। । यदि यो केवल कथा मात्र हो भने, उनले सोचिन्, यसलाई तामाको पुल पार गर्न लायकको बलियो बनियोस्। बाहिर, ट्रकको गर्जन मधुरो भयो, तर उनको मनमा, नदी यसको भारले गर्दा त्यो कालो भयो।

भोलिको प्रश्न
"यो कथा समाप्त हुँदा म कति वर्षको हुनेछु?" उनले उत्तरको अपेक्षा गरेकी थिइनन्। कहिलेकाहीँ प्रश्न नै उत्तर हुन्छ ।
सरले घुर्न थाले। मेमले निलो बत्तीमा सपना देख्न थालिन्। सानुले सपनामा प्लास्टिकको छडी हल्लायो जसलाई थाहा थिएन कि केही ढोकाहरू बाहिरबाट मात्र खुल्छन्। मालती पनि सुतिरहेकी थिई। माफी पाएकी छैन । मुक्त भएकी छैन। उद्धार भएकी छैन—तर मेटिएकी पनि छैन। भोलि, उनी बिहान उठ्ने थिइन्। उनी पुरानो कम्बललाई बेर्नेछिन्। उही घेरा बढार्नेछिन्। उही बाटो हिँड्नेछिन्। मचानमा उही केटाहरूलाई, उनीहरूको सङ्गीत र उनी भित्रको बेचैनीलाई पार गर्नेछिन् । तर आज राती, मार्बल - चिसो, शान्त, पर्खिरहेको - ले उनको नामलाई पूर्ण रूपमा समात्यो। उनी मुस्कुराइनन्। उनी रोइनन्। बरू उनले यसो गरिन्- उनले नामलाई आफ्नो फोक्सोमा भर्न दिइन्। अनि यदि संसारले अझै पनि उनको कुरा सुनेन भने पनि यसको कुनै अर्थ रहेन – ढुङ्गाले उसलाई बिर्सने थिएन।

अन्तिम टिप्पणी

भारतमा, अनुमानित १ करोड १ लाख बालबालिका बाल श्रममा फसेका छन् - धेरैलाई घरबाट टाढा, घरपरिवार, कार्यशाला वा कारखानामा पठाइएको छ। अप्रिल २०२४ र मार्च २०२५ को बिचमा, लगभग ४४,९०२ बालबालिकालाई शोषणबाट उद्धार गरिएको थियो, जसमध्ये लगभग ९०% बाल-श्रमको परिस्थितिबाट थिए।
मालतीको मार्बल स्ल्याब, पट्याइएको कम्बल, फुसफुसाएको नाम - यी शब्दहरू भन्दा बढी हुन्। यी ती बच्चाहरूको निसानी हुन् जसको कथा घरबाट सुरु भएको थियो, तर जसको जीवन माग र मौनताले बहकिएको थियो। प्रत्येक बच्चाले जहाँबाट सुरु गरेको थियो त्यहीँ हुने मौका पाउनुपर्छ।

Translated by: टिका राई
About the Author

काल्देन ग्यात्सो पहाडी क्षेत्रका एक लेखक हुन् जसले आफ्नो दिनहरू सिक्किम राज्य अभिलेखागार र संग्रहालय र कथा कथनको शान्त अनुशासनको बीचमा विभाजित गर्छन्। उनको कथा प्रायः आरीमा फर्कन्छ, जुन उनको आफ्नै निर्माणको सानो हिमाली गाउँ हो, जुन उनले चिनेका ठाउँहरू र गुज्रिरहेको बेलामा मात्र सुनेका ठाउँहरूका टुक्राहरूबाट आकार दिइएको छ। यद्यपि आरी कल्पना गरिएको छ, यसले पहाडी जीवनको परिचित बनावटहरू बोक्छ - शान्त शक्तिहरू, साना असफलताहरू, मानिसहरूलाई भूमिमा बाँध्ने अव्यक्त आशाहरू। काल्डेनले यी क्षणहरूको बारेमा स्थिर, अवरोधरहित आवाजका साथ लेख्छन्, जसले कथाहरूलाई आफ्नै लागि बोल्न र परिदृश्यलाई आफ्नै समयमा यसको सत्य प्रकट गर्न अनुमति दिन्छ।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram