Menu

शताब्दीको विवाह

आमालाले कहिल्यै झ्याम बस्तीको सिमानाभन्दा बाहिर पाइला टेकेकी थिइनन्। एक पटक उनलाई एपेन्डिक्स निकाल्न नाम्ची अस्पताल लगिएको थियो तर उनी पीडा र डरले बेहोस थिइन् त्यसैले त्यसको कुनै अर्थ थिएन। आज उनी आफूलाई घरबाट धेरै टाढाको त्यो ठाउँका सङ्गमरमरका भुइँहरू र विद्युतीय उपकरणहरूको बिचमा असहज महसुस गरिरहेकी थिइन्। सबै कुरा अचानक भएको हुँदा उनलाई आफू गान्तोकसम्म आइपुग्ने घटनाहरू नै बुझ्न गाह्रो भइरहेको थियो।

सबै कुरा अचानक भएको हुँदा उनलाई आफू गान्तोकसम्म आइपुग्ने घटनाहरू नै बुझ्न गाह्रो भइरहेको थियो।

तिन हप्ता अघि उनको बुबालाई गान्तोकबाट आएको साथीको फोन आयो; उनीहरू आफ्नो एक मात्र छोराका लागि बुहारी खोजिरहेका थिए। उनका बुबा अत्यन्त हर्षित थिए- जससँग उनी बाल्यकालदेखि हुर्किएका थिए, त्यही साथीले अहिले उनकी आमलालाई आफ्नी बुहारी बनाउन चाहेका थिए। उनका साथी झ्याम बस्ती छोडेर सरकारी जागिरका लागि गएका थिए, अहिले उनी कुनै सरकारी कार्यालयमा निकै उच्च पदमा कार्यरत थिए भन्ने सुनिन्थ्यो। “मेरी मला अवश्य भाग्यमानी छे,” उनले सोचे। ती सबै अस्वीकृतिहरू त केवल कुनै राम्रो कुरातर्फ लैजाने बाटा मात्र रहेछन्, धैर्य राख्दा साँच्चै राम्रो फल मिल्दोरहेछ।

एक हप्ताको अवधिमा सबै तयारी भयो । साइला बाजेले आफ्नी प्यारी एक्लीछोरीको विवाहमा कुनै कसर बाँकी राखिनन्। खेतहरू सफा गरिए, पालहरू टाँगिए, र मानिसहरूले आफ्नो तिन कोठा भएको सरकारी अनुदान प्राप्त मोडेल घरबाट भित्र र बाहिर निस्कन थाले। आँगन जोरथाङबाट ल्याइएको बोरा र क्रेटहरूले भरिएको थियो। विवाहका लागि काट्न तयार दुई नयाँ बाख्राहरू थपिएर बाख्राको गोठ साँघुरो भएको थियो, पछाडिको आँगनबाट कुखुराको दुर्गन्ध निस्किरहेको थियो। झ्याम बस्तीमा शताब्दीकै विशेष विवाह जस्तो देखिने सबै कुरा तयार देखिन्थ्यो।

झ्याम बस्तीमा शताब्दीकै विशेष विवाह जस्तो देखिने सबै कुरा तयार देखिन्थ्यो।

अन्ततः दिन आयो। गाउँलेहरू विवाह हेर्न बिहान सबेरै भेला भएका थिए। रातो साडी लगाएकी र रातो जालीदार स्कार्फले ढाकिएकी आमला उत्सुकतासाथ पर्खाइमा थिइन्। उनले आफ्नो हुनेवाला दुलाहालाई देखेकी थिइनन्, तर ऊ गान्तोकको हो भन्ने तथ्य मात्रले पनि उनको आँखामा उसलाई आकर्षक बनाइदिएको थियो। उनी उनको सपनाको पुरुष थियो, केही घन्टापछि आफू आफ्नो घर र गाउँको सीमित संसार छोडेर पूर्णतः फरक दुनियाँमा प्रवेश गर्न लागेकी छिन् भन्ने कुरा उनलाई अविश्वसनीय लागिरहेको थियो। उनी अलिकति डराएकी थिइन्, तर खुसी नै बढी थिइन्। उनका बुबाले अमलाको हतारमा भएको विवाहको बारेमा प्रश्न उठाउने जो कोहीलाई पनि आफ्नो भाग्यको बारेमा घमण्ड गरिरहेका थिए । उनको अनुहारमा रहेको निरन्तर मुस्कानले यो वैवाहिक सम्बन्ध उनको परिवारलाई कति अर्थ राख्छ भनेर देखायो। पहिले उनीहरूलाई आफ्नो समयको एक सेकेन्ड पनि दिन अस्वीकार गर्ने छिमेकीहरू अब हुलका हुल उनीहरूको घरमा आउँथे, पञ्चायतको सरपंचले पनि चामलको बोराको रूपमा सहयोग गर्न उदारतापूर्वक भन्यो, "तपाईँको छोरी, मेरी छोरी, एकै त हो"

उनले आफ्नो हुनेवाला दुलाहालाई देखेकी थिइनन्, तर ऊ गान्तोकको हो भन्ने तथ्य मात्रले पनि उनको आँखामा उसलाई आकर्षक बनाइदिएको थियो। उनी उनको सपनाको पुरुष थियो, केही घन्टापछि आफू आफ्नो घर र गाउँको सीमित संसार छोडेर पूर्णतः फरक दुनियाँमा प्रवेश गर्न लागेकी छिन् भन्ने कुरा उनलाई अविश्वसनीय लागिरहेको थियो। उनी अलिकति डराएकी थिइन्, तर खुसी नै बढी थिइन्

त्यो भाग्यशाली दिनको बिहानीपख विवाहको उन्माद सुरु भयो। लगभग ११ बजीतिर, गाउँका केटाकेटीहरू “ आयो है, आयो है ” भन्दै चिच्याउँदै घरतिर दौडन थाले। घर पुग्दा-नपुग्दै, एउटा कार देखियो, यो आइ टेन थियो, फुलहरूले सजाइएका त्यसलाई पछ्याउँदै अन्य सवारी साधनहरूको लस्कर आयो। गाउँलेहरूले अचम्म मान्दै हेरे, उनीहरूले नजिकबाट देखेको गाडी बालेको स्कुटर र राजमानको कमान्डर नै मात्र थियो। उनीहरूका लागि, यो भव्य, लगभग शाही नै थियो। तिनीहरूले फुसफुसाए र व्यङ्ग्य गर्दैथिए, कोही ईर्ष्याले जलिरहेका थिए भने कोहीचाहिँ प्रतिक्रिया दिन नै नसक्ने प्रकारले चकित थिए। अन्ततः जन्ती घरको ठिक माथि रोकियो र मानिसहरू बाहिर निस्कन थाले। गाउँलेहरूका लागि अझ ठुलो आश्चर्य बाँकी नै थियो, जब उनीहरूले दिउँसोको घाममा चम्किरहेका चहकिला रङ्गका लुगा लगाएका मानिसहरू देखे। उनीहरूको अनुहारमा चस्मा यस्ता अडिएका थिए मानौँ त्यो उनीहरूको शरीरकै एउटा अङ्ग हो। साइला बाजे नवनिर्मित सिँढीमा उक्लिए, सम्मानले हात बाँधेर, आँखामा खुशी चम्किरहेको थियो। परिचित अनुहार देखेर उनी अगाडि बढे र सम्मान र नम्रतामा हात जोडेर नमन गरे।

लगभग ११ बजीतिर, गाउँका केटाकेटीहरू “ आयो है, आयो है ” भन्दै चिच्याउँदै घरतिर दौडन थाले। घर पुग्दा-नपुग्दै, एउटा कार देखियो, यो आइ टेन थियो, फुलहरूले सजाइएका त्यसलाई पछ्याउँदै अन्य सवारी साधनहरूको लस्कर आयो। गाउँलेहरूले अचम्म मान्दै हेरे, उनीहरूले नजिकबाट देखेको गाडी बालेको स्कुटर र राजमानको कमान्डर नै मात्र थियो। उनीहरूका लागि, यो भव्य, लगभग शाही नै थियो।

"मेरो लामो समयदेखि बेपत्ता साथी", साइला बाजेलाई अँगालो हाल्दै अर्को मान्छेले करायो । यो सङ्केत पर्याप्त थियो, जसले परिवारका बाँकी सदस्यहरूलाई पनि साइला बाजेसँगै पाहुनाहरूको स्वागत गर्न अघि बढायो। जन्तीलाई घरतर्फ ल्याइयो, उनीहरूलाई जलपान गराइयो, र केहीबेरमै सहरबाट आएका मानिसहरू ती ग्रामीण उत्सवहरू देखेर अचम्म मान्न थाले, जसको अस्तित्व उनीहरूले झन्डै बिर्सिसकेका थिए।प्राय सबै विवाह समारोहमा मादक पदार्थ सेवन गरेर हुने जस्तो झगडा बाहेक, बाँकी दिन कुनै पनि झन्झट बिना नै बित्यो।

कलाकार: सुवेक्षा प्रधान

आमलाले आफ्ना श्रीमानलाई एक नजरले हेरिन्, कुराकानी गर्न खोज्दा हरेक पटक लाजले भुतुक्कै भइन्। उनी एकजना ठुला शरीर र बलिया मांसपेशी भएका, खैरो आँखा भएका मानिस थिए जसले उनलाई धेरै पहिले जोरथाङ मेलामा आफ्नो एक मात्र भ्रमणको क्रममा हेरेको नेपाली चलचित्रको खलनायकको सम्झना गराउँथ्यो। उनले त्यसलाई केही पनि अर्थ नदिने प्रयास गरिन्; कम्तिमा उनी चलचित्रको कोही जस्तै त देखिन्थे। साँझसम्ममा बेहुला–बेहुली दुवै अत्यन्त थाकिसकेका थिए। निधारमा टाँसिएको चामलले उनीहरूको असन्तुष्टि लुकाए पनि आँखाहरूले सत्य बोलिरहेका थिए। उनीहरू बेला–बेलामा हाइ काढिरहेका थिए र जुनसुकै बेला ढल्ने अवस्थामा देखिन्थे। त्यो सबै हल्ला र व्यस्तताबिचमा कसैले पनि उनीहरूलाई खाना खुवाउने कुरा सम्झेको थिएन। अन्ततः, अन्तिम शुभचिन्तकले जोडीलाई बधाई दिने आफ्नो भाग पुरा गरेपछि, उनीहरूलाई उनीहरूको अस्थायी मण्डपबाट घरमा लगियोर दिनको भोजको अवशेष खुवाइयो।

रात पर्दै जाँदा, रक्सीसँग मिसिएको खुशीले सबैको मनमा मिथुनको लय ल्यायो, कुर्सीहरू हटाइए र केही मिनेटमै डान्स फ्लोर सहरबाट आएका मानिसहरू हालसालै अत्यन्त लोकप्रिय बनेको नयाँ पुस्ताको नेपाली गीतको धुनमा नाचिरहेका थिए, जबकि गाउँलेहरू टोलाएर हेरिरहेका थिए, उनीहरूको आँखामा खुट्ट्याउन नसकिने भावनाको चमक थियो। उत्सव बिहानको झिसमिसेसम्म चलिरह्यो। यदि अत्यधिक थकान नभएको भए, भगवान् जानून्, त्यो कहिल्यै रोकिने थियो कि थिएन। जन्ती भोलिपल्ट बिहानै फर्किनुपर्ने थियो, उनीहरू बस्नेवाला थिएनन्। उनीहरूलाई गान्तोक फर्किनैपर्थ्यो। भनिन्थ्यो, सबैको ‘कडा तालिका’ थियो, जसमा कुनै सम्झौता गर्न सकिँदैनथ्यो।

आँसु झारियो, "फेरि भेट्ने" वाचा गरियो। नवविवाहित जोडीलाई घरमै उब्जाएको अदुवा, अलैँची र सबै प्रकारका तरकारीहरूले भरिएको बोराहरू सिधै ससुरालीको आँगनबाट फिर्ता पठाइयो। साथमा आएका जन्ती  दुलहीको परिवारको सौजन्यमा जैविक उत्पादनको आफ्नो अंशबाट धेरै खुसी देखिन्थिन्।

कलाकार: सुवेक्षा प्रधान

आँसु झारियो, "फेरि भेट्ने" वाचा गरियो। नवविवाहित जोडीलाई घरमै उब्जाएको अदुवा, अलैँची र सबै प्रकारका तरकारीहरूले भरिएको बोराहरू सिधै ससुरालीको आँगनबाट फिर्ता पठाइयो। साथमा आएका जन्ती  दुलहीको परिवारको सौजन्यमा जैविक उत्पादनको आफ्नो अंशबाट धेरै खुसी देखिन्थिन्।

नयाँ खनेको बाटोमा धुलोको मुस्लो उठाउँदै तिनीहरू निस्किए। आँखा खुला राख्न नसक्ने गरी थाकेकी आमला अन्ततः निदाइन् र रानीपुलबाट आफ्नो गाडी उकालो चढ्दै गर्दा ब्यूँझिन्। आमलाले अलमल्लमा परेर हेरिन्: कङ्क्रीटको जङ्गल र माथि र तल गुडिरहेका सवारी साधनहरूको अनवरत रेल नै उनले पहिलो कुरा याद गरिन्। उनका श्रीमानले उनीसँग एक शब्द पनि बोलेका थिएनन्। कुराकानी सुरु गर्न लजालु भएकोले, उनले आफ्नो मनमा उठ्न थालेका सयौँ प्रश्नहरूलाई दबाएर आफैलाई भनिन् कि अब उनीसँग आफ्नो जीवन बिताउनका लागि पर्याप्त समय हुनेछ।

मलाले अलमल्लमा परेर हेरिन्: कङ्क्रीटको जङ्गल र माथि र तल गुडिरहेका सवारी साधनहरूको अनवरत रेल नै उनले पहिलो कुरा याद गरिन्। उनका श्रीमानले उनीसँग एक शब्द पनि बोलेका थिएनन्। कुराकानी सुरु गर्न लजालु भएकोले, उनले आफ्नो मनमा उठ्न थालेका सयौँ प्रश्नहरूलाई दबाएर आफैलाई भनिन् कि अब उनीसँग आफ्नो जीवन बिताउनका लागि पर्याप्त समय हुनेछ।

गाडीको गति कम भयो र कलेजबाट केही मिटर टाढा रहेको ताडोङमा रोकियो। उनीहरूसँगै आएका अन्य सबै गाडीहरू आ-आफ्नो बाटो लागेका थिए। उनका श्रीमानले उनलाई “गाडीबाट ओर्लने समय भयो, भन्ने पहिलो शब्द भने। अझै पनि आफ्नो विवाहको पोशाकमा सजिएकी, उनी लडखडाउँदो खुट्टासहित तल ओर्लिन् र उनको छेउमा उभिइन् जब उनले आफ्नो ड्राइभरलाई सामान घर पुर्‍याउन आदेश दिए। उनी हिँड्न थाले र आमलाले उसलाई ठाडो भर्‍याङबाट पछ्याइन्। ऊ एउटा अग्लो भवनअगाडि रोकियो र भन्यो, म यहीँ बस्छु।” उनले हेरेका केही चलचित्रहरूमा जस्तो घर फर्कँदा स्वागतका कुनै विधि–विधान गरिएनन्। “सायद यहाँ सबै कुरा फरक ढङ्गले गरिन्छ, आखिर जीवन चलचित्र त होइन,” घरभित्र पस्दै अमलाले सोचिन्।

“तपाईंका बुबा कहाँ हुनुहुन्छ?” अमलाले सोधिन्—आफ्नो श्रीमान्सँग बोलेका उनका जीवनकै पहिलो शब्द।

“म आफ्ना आमाबुबासँग बस्दिनँ,” उसले उनीतर्फ नहेरी उत्तर दियो।

उसको उत्तरमा अमलाले टाउको हल्लाइन्। त्यो घर तीन कोठे फ्ल्याट थियो, जसमा भान्सा बैठक कोठासम्म फैलिएको थियो र एउटा बाल्कनी पनि थियो। देख्दा श्रीमान्ले आफ्ना लागि राम्रै जीवन बनाएको जस्तो लाग्थ्यो। आफ्नो अगाडि खुलिरहेको त्यो सम्पूर्ण दृश्य देखेर अमला निकै अचम्मित भएकी थिइन्।“यो तिम्रो कोठा हो,” श्रीमान्‌ले आमलाको दिवास्वप्न तोड्दै भान्साको छेउमा रहेको एउटा कोठातर्फ औँल्यायो। केही कुरा नमिलेको जस्तो लागिरहेको थियो, तर त्यसबारे सोच्ने शक्ति आमलामा बाँकी थिएन। यसै बिच ड्राइभरले उनीहरूको सामान भित्र ल्याइसकेको थियो र श्रीमान्‌ले उसलाई सबै कुरा मिलाएर राख्न निर्देशन दिइरहेको थियो। आमलासँग कुनै भव्य दाइजो थिएन, उनका साथमा दुई झोला लुगा र केही महिनासम्म पुग्ने तरकारी तथा मसालाका बोरा मात्र थिए। ती बोरा अहिले चम्किला टायलले सजिएको, महँगा उपकरण र सङ्गमरमरका काउन्टरटप भएको भान्सामा अस्वाभाविक र बेवास्ता गरिएका जस्ता देखिन्थे।

कलाकार: सुवेक्षा प्रधान (Instagram: guraaspalette)

उनी आफ्नो कोठामा गइन् र देखिन्, उनका झोलाहरू पहिले नै त्यहाँ थिए। यो एउटा सामान्य लाग्ने कमरा थियो जसमा न्यूनतम सामानहरू थिए: एउटा ओछ्यान, बेडसाइड टेबल, एउटा भ्यानिटी ऐना र एउटा दराज। शयनकक्ष भन्दा बढी, यो पाहुना कोठा जस्तो देखिन्थ्यो, तर अवश्य पनि आमालालाई यसको बारेमा केही थाहा थिएन, उनीसँग यसको तुलना गर्ने कुनै अनुभव थिएन। उनी अब के गर्ने भनेर सोचिरहेकी थिइन्, उनको श्रीमान ढोकामा देखा परे। "तिमी चाहन्छौ भने फ्रे हुव, म केही घन्काटा लागि बाहिर हुनेछु, तिमीलाई जे मन लाग्छ पकाऊ तर मेरो लागि नपर्ख", र उसले जवाफ दिनुभन्दा पहिले नै ऊ गायब भयो। अमलालाई उसले आफ्नै कोठाभित्र नपसेको कुरा अनौठो लाग्यो। सायद ऊ सज्जन व्यवहार देखाइरहेको थियो, वा हुन सक्छ ऊ उनीसँग घुलमिल हुन निकै लाज मानिरहेको थियो। यस्ता कुराहरूलाई समय लाग्छ; उसको मनसायबारे यति छिट्टै शङ्का गरेकोमा उनले चुपचाप आफैलाई दुत्कारिन्। अन्ततः उनले नुहाउने निर्णय गरिन्।

उनी हिचकिचाउँदै बाथरुमबाट बाहिर निस्किइन् र बैठक कोठातिर गइन्। घर खाली महसुस भयो , साँझको लगभग पाँच बजेको थियो, पर्दाबाट मधुरो घामको लामो छायाँ छिर्दै थियो। आमलाले भित्रभित्रै एक किसिमको एक्लोपन बढ्दै आएको महसुस गरिन्, जसले आँसुका रूपमा बाहिर पोखिन खोजिरहेको थियो। उनले आफूलाई सम्हालिन्। यो त राम्रो जीवनको सुरुवात थियो, र उनलाई जति नै झ्यामको न्यानोपन र परिचित वातावरणको सम्झना आए पनि उनी रुन चाहन्नथिन्। उनी भान्सातिर लागिन् र त्यहाँ पुगेपछि अत्यन्त महँगा र छुनै डर लाग्ने जस्ता उपकरणहरूतिर टोलाएर हेरिरहिन्। उनले फ्रिज खोलिन्, तर त्यहाँ पनि आफूले कहिल्यै नचिनेका प्याकेटबन्द सामानहरू मात्र देखिन्। सबै कुरा देखेर उनी अलमल्ल परिन्, तर खाना पकाउने जाँगर र शक्ति दुवै थिएन। अन्ततः उनले आफूले चिनेको एउटै कुरा खाने निर्णय गरिन्—कुनामा देखिएको ब्रेड र केही फलफुल। त्यही उनको रातको भोजन बन्यो। अनजानमै सही, उनी विस्तारै सहरी जीवनमा आफूलाई ढाल्दै गइरहेकी थिइन्।

घर खाली महसुस भयो , साँझको लगभग पाँच बजेको थियो, पर्दाबाट मधुरो घामको लामो छायाँ छिर्दै थियो। आमलाले भित्रभित्रै एक किसिमको एक्लोपन बढ्दै आएको महसुस गरिन्, जसले आँसुका रूपमा बाहिर पोखिन खोजिरहेको थियो। उनले आफूलाई सम्हालिन्। यो त राम्रो जीवनको सुरुवात थियो, र उनलाई जति नै झ्यामको न्यानोपन र परिचित वातावरणको सम्झना आए पनि उनी रुन चाहन्नथिन्।

खाना खाइसकेपछि उनले घरको बाँकी भाग घुम्ने निर्णय गरिन्। उनले आफू बसेको कमरा बाहेक अरु दुई कमरा पनि पाइन्। एउटा कोठा ठ्याक्कै उनको कोठाजस्तै देखिन्थ्यो, तर अर्को कोठा आकारमा ठुलो थियो र त्यहाँ कसैले लामो समयदेखि बस्दै आएको स्पष्ट देखिन्थ्यो। त्यसमा ठूलो ओछ्यान थियो र अन्य दुई कोठाभन्दा निकै राम्रोसँग सजाइएको थियो। त्यहाँ व्यक्तिगत सामानहरू राखिएका थिए, फोटो फ्रेमहरू थिए, र एउटा ठूलो चित्रले पूरै भित्तालाई सजाएको थियो। उनको सरलताले त्यस्तो शङ्का जन्माउन सकेन, जुन संसारको बढी अनुभव भएको मानिसलाई सहजै लाग्न सक्थ्यो। तर अमला त्यस्तो संसारबाट आएकी थिइन् जहाँ ‘मास्टर बेडरूम’ र ‘लिभिङ रूम’ जस्ता अवधारणाहरू नै अपरिचित थिए। यी कुराहरू उनको बुझाइभन्दा बाहिरका थिए; अज्ञानता नै उनका लागि सुख थियो। घर घुम्ने काम धेरै समय लागेन। उनी फेरि हलमा फर्किइन् र आफ्ना श्रीमान्‌को प्रतीक्षा गर्ने निर्णय गरिन्।

उनको सरलताले त्यस्तो शङ्का जन्माउन सकेन, जुन संसारको बढी अनुभव भएको मानिसलाई सहजै लाग्न सक्थ्यो। तर अमला त्यस्तो संसारबाट आएकी थिइन् जहाँ ‘मास्टर बेडरूम’ र ‘लिभिङ रूम’ जस्ता अवधारणाहरू नै अपरिचित थिए। यी कुराहरू उनको बुझाइभन्दा बाहिरका थिए; अज्ञानता नै उनका लागि सुख थियो।

भित्ता घडीको लयबद्ध टिक टिक आवाजले उनलाई निद्रामा पार्‍यो, आमला झ्यालबाट मधुरो प्रकाश आइरहेको सुनेर उठिन्। घडी हेर्दा बिहानको छ बजिसकेको थियो , उनी उनको प्रतीक्षामा सुतिरहेकी थिइन्। बिल्कुलै फरक दृश्य देखेर उठ्दा, उनलाई आफू झ्याममा नभएर गान्तोकमा भएको महसुस गर्न केही सेकेन्ड लाग्यो। वास्तविकता भित्र पस्दै गर्दा, उनले मास्टर बेडरूमको ढोका खुलेको सुनेकी थिइन्, आफ्नो पतिलाई देख्ने आशामा उनले ढोकातिर हेरिन्, उनले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुरामा सचेत हुँदै। उनको नजर अर्को एक जोडी आँखासँग जुध्यो। ती आँखाहरू उनका श्रीमान्‌मा आँखाजस्ता खैरा थिएनन्, ती काला थिए। उसले न्यानो मुस्कान दियो र भान्सातिर गयो, फ्रिज खोलेर पानीको बोतल निकाल्यो। उसका हरेक गतिविधिमा एउटा अनौठो र शङ्कास्पद आत्मीयता झल्किरहेको थियो।

तिमी आमला नै हुनुपर्छ,” उसले भन्यो, तर त्यो भनाइ मानौँ आमलालाई भन्दा बढी आफैँसँग गरेको जस्तो थियो। त्यसपछि ऊ आरामसँग फेरि कोठातिर फर्कियो।

ढोका बन्द गर्न नभुल्नू,” कोठाभित्रबाट श्रीमान्‌को आवाज सुनियो।

आफ्नो अगाडि घटेको घटनातर्फ हेर्दै आमलाको मन असमञ्जस्यताले भरियो। “सायद यो उहाँको सबैभन्दा मिल्ने साथी होला,” उनले सोचिन्। त्यसपछि उनले कपाल बाँध्न थालिन्, ताकि श्रीमान् र उनका साथीका लागि चिया बनाउन सकून्।

Translated by: Tika Rai
About the Author

अर्पण गुरिङ पश्चिम सिक्किमको मंगलबारेकी हुन्। उनी हाल गान्तोकको ताडोङस्थित नरबहादुर भण्डारी सरकारी कलेजमा अंग्रेजी विभागमा सहायक प्राध्यापकको रूपमा काम गर्छिन्।

उनी लेखनको बारेमा धेरै सोच्छिन्, तर कहिलेकाहीं छोटो कथाहरू र थोरै कविता मात्र लेख्छिन् जब मन जीवन्त हुन्छ। हामी सबैले घर भनेर चिन्ने यी पहाडहरूमा जीवन र बाँचेका अनुभवहरूले उनलाई लेख्न प्रेरित गर्छिन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram