Menu

तिब्बती सुलेखन: एक आध्यात्मिक यात्रा

जाम्याङ दोर्जी आफ्नो कार्यपुस्तिकको पाना खोल्दै
तस्बिर : योजक तामाङ

प्रभा राईद्वारा परिचय लेख

जामयाङ दोर्जी तिब्बती सुलेखनको (क्यालिग्राफी) एक वरिष्ठ सिद्धान्तानुयायी अभ्यासकर्ता हुन् उनि लाशामा जन्मिएका थिए र सन् १९५९ मा चीनले तिब्बतलाई लिएपछि उनका परिवारसहित भागेका थिए। उनको परिवार अन्य तिब्बती निर्वासितहरूसित नै सिक्किमको राभाङ्लामा सिक्किमका छोग्यालले छुट्टाइदिएको जमिनमा बसोबासो गर्न थाले। अर्को स्कूलमा सर्नु अघि र त्यसपछि दिल्लीको कलेजमा पढ्न अघि, सुरुमा उनले हिमाचल प्रदेशको सेन्ट्रल स्कूल फर टिबेटियन्स (सीएसटी), शिमलामा पढेका थिए। बी.ए. स्नातक गरेपछि, उनी सिक्किम फर्किए र सिक्किमका छोग्यालले स्थापना गरेको क्युजिङ चिया बगान स्कूलमा शिक्षकको रूपमा काम गरे। पछि, उनी सिक्किम सरकारको पर्यटन र संस्कृति विभागमा वरिष्ठ अनुसन्धान अधिकारीको रूपमा भर्ना लिए। संस्कृतिको सहसचिवका रूपमा आफ्नो कार्यकालमा उनी परम पावन दलाई लामाको अध्यक्षतामा सन् १९९३ मा काल चक्र पूजाको आयोजक समितिको मुख्य सदस्य रहेका थिए।

परम पावन दलाई लामा संग क्यालिग्राफर
तस्बिर सौजन्य : जम्याङ दोर्जी (फेसबुक पेज)

परमपावनले तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीलाई आफ्नो निर्वासित सरकारको धर्मशालामा काम गर्न जाम्याङ दोर्जीलाई प्रतिनियुक्तिमा पठाउन अनुरोध गरे।  केही वर्षहरूका लागि मात्र अभिप्रेरित प्रतिनियुक्तिले  अन्ततः तिब्बती प्रशासनसँगको संलग्नता र तिब्बती सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धनसितै बाह्र वर्षसम्म टाँगिएर गयो। प्रतिष्ठित तिब्बती इन्स्टिच्युट अफ परफॉर्मिङ आर्ट्सका निर्देशकका रूपमा जाम्याङले तिब्बती संस्कृतिको बारेमा चेतना जगाउँदै विश्वका विभिन्न भागहरूमा टोलीहरूको पर्यवेक्षण गरे। उनले परम-पावनका शिक्षाहरूलाई प्रवर्द्धन गर्दै प्रशासकको रूपमा पनि काम गरे।

सन् १९८६ मा सिक्किम फर्किएपछि उनले स्वेच्छा सेवानिवृत्ति लिए अनि तिब्बती सुलेखबारे उनको खोजी र भित्री आध्यात्मिक यात्रा सुरु भयो।

जम्याङ दोर्जीसँगको कुराकानीमा प्रभ राई
तस्बिर : योजक तामाङ

मैले अप्रिल २०२२ मा जाम्याङ दोर्जीलाई सिक्किमको राभाङ्गलास्थित उनको निवासमा भेटेँ। हाम्रो कुराकानीको क्रममा उनले तिब्बती सुलेखनसँग आफ्नो गम्भीर संलग्नता सुरु गर्नु अघि र पछिको आफ्नो जीवनको बारेमा विस्तृत रूपमा कुरा गरे।

"सेवानिवृत्ति पछि मैले गम्भीर बौद्ध अभ्यासहरूमा संलग्न भएँ र बुझेँ कि बौद्ध दर्शन कति विशाल छ। मैले आफै भित्र हेर्न थालेँ, त्यसमा एउटा सुन्दरता छ; मेरो कथाले धेरै सेवानिवृत्तहरूलाई प्रेरित गर्नेछ। जब तिनीहरू (मानिसहरू) सेवानिवृत्त हुन्छन् उनीहरूले महसुस गर्छन् कि उनीहरूले अब गर्नु केही छैन। तर तब समय आएको हुन्छ जब तपाईँ आफैलाई व्यक्त गर्न सक्नुहुन्छ।”

उनले भने कि अवकाशले आफूलाई सुलेखन अभ्यास मार्फत चिन्तन र आध्यात्मिक मार्ग पछ्याउने समय पनि दिएको छ। जाम्याङ दोर्जी सन् २०१० मा चर्चामा आए जब उनले १६५ मिटर लामो तिब्बती क्यालिग्राफी पूरा गरे, जसलाई उनले गल्तीले १५० मिटर लम्बाइको विश्वको सबैभन्दा लामो तिब्बती सुलेखको शाङ्घाई घोषणा हो भनी सोचेर त्यसलाई तोड्ने प्रयास गरेका थिए। जब उनले यो रेकर्ड तोड्ने निर्णय गरे, उनी के लेख्ने बारे अन्योलमा थिए। उनले पत्ता लगाए कि वर्तमान दलाई लामा एकमात्र आध्यात्मिक नेता हुन् जसको लागि बौद्ध धर्मका विभिन्न विद्यालयहरूले दीर्घायु प्रार्थना गरेका थिए। प्रार्थनाहरू दुई भागमा जम्मा गरिएका थिए। उनले यो लेख्ने निर्णय गरे। उनले सोचे, "म आफ्नै समय लिन्छु, मलाई कसैले पछ्याइरहेको छैन। म काठमाडौँ गएँ र त्यहाँ नेपाली हाते कागजमा काम गर्न थालेँ।" ६ महिनामै उनले १६५ मिटर लामो क्यालिग्राफी पूरा गरे । "मेरो साथी, तेन्धर्ला कुन्चोक, एप्लिक मास्टर जसले पछि जाम्लिङ युथाङ चेन्मो, संसारको सबैभन्दा ठूलो फिरोजा थाङ्का पेमायाङ्त्से गुम्बामासिर्जना गरे, आएर स्क्रोललाई भण्डारण गर्न ठूलो गोलाकार बक् बनाए।"


जाम्याङका छोरा फुन्टसोक र साथी टेन्डर ला संसारको सबैभन्दा लामो सुलेख स्क्रोलको लागि नयाँ बक्सको परीक्षण गर्दै
तस्बिर सौजन्य: जम्याङ दोर्जी (फेसबुक पेज)

जम्याङ दोर्जीले उक्त स्क्रोललाई न्यूयोर्कमा लिएर गए अनि गिनिज रेकर्डका लागि आवेदन दिए। उनलाई बेलायतमा गिनिज रेकर्ड पुरस्कृत गरिने बताइएको थियो । यूकेमा, उनीहरूले उनलाई बताए कि त्यहाँ त्यस्तो कुनै रेकर्ड तोड्नका लागि छैन, अनि थाहा लाग्यो त्यो चाइनिज सुलेखन थियो, तिब्बती होइन। त्यसैले, उनीहरूले उनलाई संसारको सबैभन्दा लामो क्यालिग्राफीको लागि आवेदन दिन आग्रह गरे। औपचारिकता पूरा गर्न दुई महिना लाग्यो।  दुई महिनापछि स्थानीय पत्रपत्रिकामा राभाङ्लाका जाम्याङ दोर्जीले विश्वकै लामो सुलेखन सिर्जित गरेको समाचार छापिएको थियो । "म अचानक प्रख्यात भएँ", उनले मुस्कुराउँदै थप्यो। "यसले तिब्बती सुलेखनतिर ध्यान खिच्यो। तिब्बत र विश्वभरका तिब्बतीहरू मेरो उपलब्धिमा गर्व गरे र त्यसबाट प्रेरित भएर उनीहरूले तिब्बती क्यालिग्राफी एसोसिएसन बनाए र आपसमा प्रतिस्पर्धा गर्न थाले।

सन् २०१७ मा तिनीहरूले अप्रिल ३० लाई "४ स्वर र ४० व्यञ्जन दिवस" ​​को रूपमा घोषणा गरे। चिनियाँ सरकारले पनि उनीहरुको नयाँ पहललाई समर्थन गरेको छ ।

तिब्बती क्यालिग्राफीको बारेमा कुरा गर्दै उनी भन्छन्, "सुलेखन एक आध्यात्मिक अभ्यास हो। लेखनको माध्यमबाट म केही सुन्दर सिर्जना गर्ने प्रयास गर्छु।

उनले सिक्किमको खाडो साङ्पो, लेगसिपमा स्तूपा र खेचिपेरीमा गुरु रिन्पोछेको प्रतिमा निर्माण गरेर बुद्ध धर्मको प्रवर्द्धनमा योगदान पुर्‍याएका छन्। हाल उनी आफ्नो गृहनगर राभाङ्लामा ल्हात्सु धर्म केन्द्रको संरक्षण गर्दै छन्, जसले स्थानीय बौद्धहरूलाई धेरै फाइदा पुर्‍याएको छ।

तल हामी उनको कलामा उनको प्रतिबिम्ब पुन: प्रस्तुत गर्दछौँ।

.

तिब्बती सुलेखन: एक बौद्ध तीर्थयात्रा

जाम्याङ दोर्जी

जाम्याङ आफ्नो भर्खरै मसी भएको क्यालिग्राफी समात्दै
तस्बिर : योजक तामाङ

सुलेखन भनेको सुन्दर लेखन हो । उनीहरू यसलाई 'सुफान', लेख्ने तरिका भन्छन्। चीनमा, र धेरै प्रारम्भिक कालदेखि, सुलेखनलाई सजाउने कलाको रूप मात्र होइन; यसको सट्टा, यसलाई शीर्ष दृश्य कला  रूपमा हेरिएको थियो, जसलाई चित्रकला र मूर्तिकला भन्दा बढी मूल्यवान, र कविताको हाराहारीमा स्थान दिइयो। चिनियाँ क्यालिग्राफी र कविताले समर्पित पारखीहरूका साथमा सबैभन्दा सुन्दर परम्परागत कलाहरू मध्ये एकको रूपमा अन्तर्राष्ट्रिय मान्यता पाए, र धेरै मानिसहरू यसको सङ्कलनकर्ता बने।

७ औँ शताब्दीमा तिब्बती शासकहरूका सबैभन्दा सक्षम मन्त्रीहरू मध्ये एक थ्योन्मी सम्भोटालाई तिब्बती भाषाको लागि उपयुक्त वर्णमाला विकास गर्न भारत पठाइएको थियो। थ्योन्मीले नयाँ लिपि भारतमा प्रयोग हुने देवनागरी लिपिबाट निकालेको हो।

शताब्दीयौँसम्म, हाम्रा पुर्खाहरूले कम्तिमा १०० विभिन्न लेखन शैलीहरू विकास गरेका छन्, जसलाई व्यापक रूपमा उचेन, उमेद र ड्रुक्छा शैलीहरूका रूपमा वर्गीकृत गरिएको छ। यद्यपि, तिब्बतले आफ्नो सम्पूर्ण राज्य संयन्त्र र राज्यको स्रोतसाधनलाई 'मनको विज्ञान'-को बौद्ध दर्शनको विकास गर्नका लागि चेतनशील मानिसहरूलाई फाइदा पुर्‍याउन समर्पित गऱ्यो।

लगभग ७०,००० पृष्ठ काङ्ग्युर ('बुद्धका अनुवादित शब्दहरू) र १६१,८०० पृष्ठहरू तेङ्ग्युर (अनुवादित ग्रंथहरू) संस्कृतबाट तिब्बतीमा अनुवाद गरियो। धर्मनिरपेक्ष दृष्टिकोणबाट, तिब्बतले कविता, साहित्य, दर्शन, अधिभौतिकी, चिकित्सा, र खगोल-विज्ञान लेख्ने धेरै महान विद्वानहरू उत्पादन गरे, मनमा केवल एउटै उद्देश्य लिएर : अरूलाई फाइदा पुर्‍याउने।

जे सोङ्खापा जस्ता महान् विद्वानहरूका रचनाहरू, मिलारेपाका गीतहरू, शाक्य र न्यिङ्मा गुरुहरूका रचनाहरू सान्दर्भिक छन् र आजसम्म पनि सबै मठहरूमा अध्ययन गरिन्छ।*

दुर्भाग्यवश, कला र मनोरञ्जन जस्ता आध्यात्मिक अभ्यास बाहेक अरू कुनै पनि कुरालाई बेवास्ता गरियो।

कला के हो? 

कला भनेको कलाकारको हृदयबाट निस्कने, असंरचित, असीमित र सहज भावनाको दृश्य वा स्वरको अभिव्यक्ति हो।

जाम्याङ दोर्जीको क्यालिग्राफी कलाको उदाहरण

कला भनेको कलाकारको हृदयबाट निस्कने, असंरचित, असीमित र सहज भावनाको दृश्य वा स्वरको अभिव्यक्ति हो।यससँगै, शिल्पले एक यस्तो गतिविधिलाई बुझाउँछ, जसमा हात र मस्तिष्कको प्रयोगबाट मूर्त वस्तुहरू सिर्जना गर्ने काम गरिन्छ।

तिब्बती सुलेखन, वा सुन्दर लेखन, एक सीप हो जुन अभ्यास गर्न सकिन्छ, सिद्धता प्राप्त सकिन्छ र पुन: उत्पादन गर्न सकिन्छ। यिग्त्सल, वा लेखन कला, पुन: उत्पादन गर्न सकिँदैन। यो एउटा कला हो। म यिग्त्सल प्लेटफर्मको महत्त्वमा बल दिन चाहन्थेँ, जुन जापानको 'शोडो' र चीनको 'सुफान' बराबर हो।

म सुलेख कलाको लागि मध्य तिब्बत क्षेत्रको कर्सिभ लिपिको रूप 'क्युग शैली' प्रयोग गर्छु। कर्सिभ लिपिमा अधिक लचिलोपन छ, किनकि यसले केवल प्रत्येक क्यारेक्टरको सार राख्छ र बडी व्यक्तिगत उद्धमलाई व्यक्त गर्दछ। त्यसकारण, यसको मूल्य व्यावहारिकता भन्दा बढि, हेर्नेको, प्रशंसामा निहित छ। त्यससितै, दौडने हातले दुई धर्काहरू बीचको जोडिने रेखाहरूको पूर्ण प्रयोग गर्दछ।

कला हेर्नु पनि एउटा कला हो । सुन्दर कला सिर्जना गर्ने प्रक्रिया, एक विचारलाई जन्मदिनेदेखि कागज मा अन्तिम अभिव्यक्ति हुँदासम्मको, एक गहिरो ध्यान प्रक्रिया हो। कला कलाकारको हृदयको आवाजको दृश्यमय अभिव्यक्ति हो, र यदि 'त्सा लुङ्ग', सायद कलाकारको 'ची' ऊर्जा भनिन्छ, सन्तुलित र स्थिर छ भने, परिणामको दृश्यमय कला उत्कृष्ट कृति बन्छ। 

म यसलाई मनको प्रकृतिमा सुलेखनकारको यात्रा भन्न चाहन्छु।


टोकियो मा एक कार्यशाला
तस्बिर सौजन्य: जम्याङ दोर्जी (फेसबुक पेज)

कतिजनाले भन्छन् ‘सुलेखन बोल्दछ’। मैले सुलेखन कलाका २०० भन्दा बढी शैलीहरू सिर्जना गरेको छु, र प्रायः साथीहरूले मलाई सोध्छन्: "तिमीले यति धेरै आइडियाहरू कसरी पायौ?" गुरु रिन्पोछेले मेरा लागि आफ्नो खजाना खोलिदिनुभएको छ भनेर म हल्कासँग भन्छु! तर इमानदारीपूर्वक भन्नुपर्दा, मैले आफैलाई पनि बारम्बार त्यही प्रश्न सोद्धै आएको छु। र अहिले मात्र, मैले जवाफ जान्न थालेको छु। मेरो अनुभव अनुसार मैले एकै समयमा दुईवटाविचार पाएको छुइन।  मैले एउटा काम पूरा गरेपछि मात्र त्यसमा मेरो छाप लगाउँछु, त्यसपछी रित्तो वा खालीपन आउँछ। बिस्तारै, अर्को विचारले आकार लिन्छ। मलाई थाहा छ कि शून्य वा खाली ठाउँ महासागर जस्तै विशाल छ। यो साँच्चै श्रेष्ठतायुक्त ज्ञानको खजाना हो, असीम छ, र हातमा सानो कचौरा लिएको बच्चा जस्तै, म यो समुन्द्रको किनारमा उभिएको हुन्छु, नजिक गएर पानी ल्याउन पर्याप्त बल छैन तर विश्वास हुन्छ कि जब हावा चल्छ, एक थोपा मेरो कपमा खस्नेछ। यी थोपाहरू मेरो सङ्कलन कार्यहरूको परिणाम हो।

जब मैले मेरो आध्यात्मिक गुरु, त्सोक्नी रिन्पोछेसँग मेरो व्यक्तिगत अनुभव साझा गरेँ, उहाँले निम्न कुराहरू राम्ररी व्याख्या गर्नुभयो, जसले मेरो चेतना जगायो र मेरो विचारहरूलाई सही परिप्रेक्ष्यमा राख्यो।

म यसलाई मनको प्रकृतिमा सुलेखनकारको यात्रा भन्न चाहन्छु।

रिन्पोछे भन्छन् कि चार प्रकारका अक्षरहरू छन्:

• मनको प्राकृतिक अवस्थामा आधारित एउटा अक्षर।

• 'नादी' (རྩ) ऊर्जा वा 'त्सा' मा एक अक्षर जुन 'प्राण' (རླུང་), वा भौतिक शरीरमा पवन ऊर्जाको साथ चल्छ।

• एक अक्षर जसले त्यो वायु ऊर्जाको आन्दोलनको परिणामसँग ध्वनि उत्पन्न गर्दछ।

• कलाकारको अन्तिम अभिव्यक्ति सुलेखनको रूपमा हुन्छ।

हामी विश्वास गर्छौँ कि हाम्रो 'मनको प्रकृति' आदिम रूपमा शुद्ध, स्वच्छ र आकाश जस्तै विशाल छ। यसमा अज्ञानता हटाउन सक्ने बुद्धि पनि छ। अक्षर सम्पर्क गर्ने र जानकारी दिने, अज्ञानता हटाउने माध्यम हो।

पवित्र यात्रा

'मनको प्रकृति' देखि कागजमा दृश्यमय रूपसम्मको यो यात्रा कसरी हुन्छ हेरौँ।

कलाकार शान्त अवस्थामा बस्छ र मनको प्रकृति भित्र हेर्ने प्रयास गर्दछ। उसले श्रेष्ठ ज्ञानको सागरबाट एक थोपा उठाउँछ। त्यसपछि उसले यसलाई आफ्नो भौतिक शरीरमा ल्याउँछ र आफ्नो 'त्सा' (རྩ) वा वायु ऊर्जा वा 'लङ' (རླུང་) मा अक्षर ऊर्जा उत्पन्न गर्छ, जसको प्रकृति सधैँ चलायमान रहन्छ, 'त्सा' मा अक्षर लिन्छ र यसलाई ध्वनिको अक्षरमा रूपान्तरण गर्दछ।


क्यालिग्राफरको कार्यशाला
तस्बिर : योजक तामाङ

आवश्यक उपकरणहरू जस्तै ब्रस, मसीको सिन्का, कागज र मसीको स्ल्याब प्रयोग गरेर, जसलाई चिनियाँ सुलेखनका  गुरुहरूले 'अध्ययनका चार खजाना' भनेका छन् र ध्वनिको अक्षरलाई अक्षरको रूपमा रूपान्तरण गर्दछ, जसलाई सुलेखन भनिन्छ। यसरी, उसले भित्री संसारलाई अरूले हेर्नाका लागि सौन्दर्यात्मक अर्थमा व्यक्त गर्दछ।

यो लगभग एक पवित्र यात्रा हो जसलाई थोरै मानिसहरूले प्रशंसा गर्न सक्छन्। कलालाई हेर्नु एउटा कला हो, र बुझ्नेहरूले मात्र त्यस्ता कार्यहरूमा पूर्ण रूपमा चामत्कारिकता पाउन सक्छन्।

त्यसैगरी, जब तपाईँको भित्तामा यस्तो कला छ, तपाईँ यसलाई ध्यानपूर्वक अध्ययन गर्न सक्नुहुन्छ, धर्काको बल, मसीको गाढा र हल्का छायाहरू, लेखन प्रवाह, र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले  दिन प्रयास गरिरहेको सन्देश।

दर्शकले सुलेखन कलामा यसको जरा, ध्वनी, तपाईंको 'त्सा लङ'-मा रहेको अक्षरको रूपलाई र अन्तमा मनको प्रकृतिको विशालता, शुद्धतालाई खोतल्न सक्छ।

बौद्ध मार्ग


गुरु रिम्पोछे, जाम्याङ दोर्जीको सुलेख कलाको अर्को उदाहरण

हाम्रा गुरुहरूले शताब्दीयौँदेखि, धन, ज्ञान, शक्ति, करुणा र दीर्घायु आदिका लागि मूर्तिहरू र थाङ्काहरूका (आध्यात्मिक स्क्रोलहरू) माध्यमबाट धेरै प्रकारका देवताहरूको परिचय गराउँदै, बौद्ध धर्म सिकाउने विभिन्न प्रकारका कुशल माध्यमहरू प्रस्तुत गरेका छन्।अन्तत: यी देवताहरू तपाईँको हृदयमा विलीन हुन्छन्, र जसरी तपाई पानीको थोपा सागरमा हाल्नुहुन्छ, त्यसरी नै सागरसँग एकरूप हुन्छ, अविभाज्य हुन्छ।

तसर्थ, सुलेख कलाको अभ्यास गर्नु तपाईँको मनको प्रकृति हेर्नाका लागि एक कुशल माध्यम हो, जुन सबै बौद्ध शिक्षाहरूको अन्तिम लक्ष्य हो। यो एक अद्वितीय परम्परागत कला प्रवर्द्धन बाहेक मनको पुर्णत्व अभ्यास गर्न सबै भन्दा राम्रो उपकरण हो। यो एक रत्न हो जुन हामी अक्सर बेवास्ता गर्छौँ। मलाई आशा छ कि अबको पुस्ताले मैले के भन्न खोजेको छु भन्ने कुरा बुझ्नेछ। तर पनि म भन्छु कला हेर्नु पनि एउटा कला हो ।

*जे त्सोन्खापा (१३५७ देखि १४१९) एक महान बौद्ध विद्वान थिएजसका कार्यहरूले तिब्बती बौद्ध धर्मको गेलुग स्कूलको जग बसाएका थिए। मिलारेपा (लगभग १०२८ देखि ११११) आदरणीय तिब्बती सिद्धवा "सिद्ध गुरु" थिएर मार्पाका सबैभन्दा निपुण शिष्य हुन्, "महान अनुवादक"जसले मौलिक संस्कृत बौद्ध ग्रंथहरूमा काम गरे।

\

Translated by: िटका भाइ
About the Author

जाम्याङ दोर्जी चक्रीसर तिब्बती सुलेखक र शिक्षक हुन्। उनले भारतको शिमलाको विद्यालयमा महान् गुरु गेशे लोबसाङ थार्चिन र प्रोफेसर सामधङ रिन्पोछेसँग पढेका छन्। 2010 मा, उनले 165 मिटर लामो तिब्बती सुलेख लेखे, जसले विश्वको सबैभन्दा लामो सुलेख स्क्रोलको लागि विश्व रेकर्ड बनाए।

 

उनको सुलेख कला वा धर्म कला, विश्वभर प्रदर्शन गरिएको छ।

 



जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram