हामी सबै जान्दछौँ जलवायु परिवर्तनले हिमाली क्षेत्रको कच्चा पर्यावरणमा निहित नाजुक नियन्त्रणलाई कत्ति नराम्रो असर गरेको छ। बिकास कार्यप्रतिको केन्द्रीत रहँदा पनि कहिले नचाहेको परिणाम आउँदछ।- सडक निर्माण, बाँध निर्माण, गुफा खन्ने काम, कृषि जमीन खाली गर्ने, मानव बस्तीको फैलावट यी सबैले हाम्रो टिकाऊ विश्वको रचना नै कमजोर बनाउँदै लैजान्छ। पहिरो, खडेरी अनि माटो बग्दै जाने प्रक्रियाले पनि जमीनलाई अनुत्पादक बनाउँदै लैजान्छ। वर्षाको प्रतिमानमा परिवर्तन सुरु भइसकेको छ। अहिले हिउँदो महीनातिर वर्षा नै हुँदैन अनि यदि पानी परिहाले त्यसको तीब्रता अत्यन्त धेर हुन्छ- पहिरोसम्म चलाउँदछ। जमीनले खोल्छालाई बढाउने गरेर आकासको पानीलाई जमा राख्न नसक्नुको कारण जमीन सतहमुनिका जलहरू घट्दै जाँदैछन्। लगभग सिक्किमका अस्सी प्रतिसत ग्रामीण जनता उनिहरूले भन्ने गरेको जस्तै धारा अथवा खोल्छामा निर्भर रहन्छन्। तथापि, खोल्छाहरू नै हिउँदोका महीनाहरूमा सुक्खा कि थोपा थोपा झर्ने मात्र रहेका हुन्छन्।
सन् २००८, विश्व जल दिवसको दिन, जिल्ला भवन, नाम्चीमा वर्ल्ड वाइल्डलाइफ फोरम आयोजित वार्तामा एक समूह महिलाहरूले मार्चदेखि मई महिनाको सुक्खा समय प्राकृतिक खोल्छाहरूबाट पानी ल्याउनु पर्ने दैनिक कठिनाईबारे कुरा उल्लेख गरेका थिए। एक अध्ययनबाट पाइएको जानकारी अनुसार पन्द्र प्रतिसत भन्दा कम वर्षाको पानी खोल्छाहरूमा बग्नलाई जमीन मुनि सिचिएर बस्दछन् अरू जमीनको सतहबाट नै यता-उता जान्छ। धारा विकास अथवा स्प्रिंग सेड डेभ्लोपमेन्ट स्किमले, त्यही यता उता बगेर अनि निस्किएर जाने पानीलाई जोगाड गरेर जमीन मुनीका जलभण्डारलाई यथावत राख्ने उद्देश्य लिएको हो। सिक्किम सरकारको ग्रामीण व्यवस्थापन अनि बिकास विभागले (आरएमडीडी) एक युवा इण्डियन फारेस्ट सर्भिस अधिकारी सन्दीप थाम्देको नेतृत्वमा राज्यको सूक्दै गएका तलाव, झरना, खोल्छा आदिलाई पुनर्जीवित गर्न धारा बिकास कार्यक्रमको अवधारणा तैयार गरे। धारा विकासलाई केन्द्र सरकारद्वारा चलाइएको महात्मा गाँधी नेसनल रूरल इम्प्लोइमेन्ट ग्यारेन्टी एक्ट (मनरेगा) अन्तर्गत सुरु गरियो अनि यसलाई वर्ल्ड वाइल्डलाइफ फोरम, भारत, पिपल्स साइन्स इन्स्टिट्यूट, देहरादून अनि सेन्टर फर वाटर रिसोर्सेस डेभ्लोप्मेन्ट, (ACWADAM), पूना अनि अर्ग्याम, बेंगलुरुबाट तकनीकी सहयोग प्राप्त थियो। धारा बिकासले धाराहरूलाई पुनर्जीवन दिने अनि व्यवस्थित गर्न वर्षा जल संचयन (रेनवाटर हार्भेस्टिङ्), जिओहाइड्रोलजी अनि जिओग्राफिकल इन्फर्मेसन सिस्टम (जीआईएस) तकनीकीको प्रयोग गरे। यो कार्यक्रममा बन (फारेस्ट), माइन, विज्ञान अनि तकनीकी जस्ता विभिन्न विभागहरूको उत्कृष्ट विशेषज्ञताको सम्मिलन रहेको थियो।
कार्यक्रम लागू गर्नको निम्ति सन् २००९ मा अस्तित्वमा रहेका कार्यबललाई प्रशिक्षण दिन सुरु गरियो। विभिन्न गैर सरकारी संस्थासित समन्वय गरेर बीसवटा कार्यक्रमहरू बिकास गरियो, जसभित्र आकासको पानी सङ्ग्रह गर्ने (रेनवाटर हार्भेस्टिङ्), जिओहाइड्रोलजी, अनि धाराको बहाव मापनको काम आदिको विशेषीकृत ज्ञान अनि सिप पनि पर्दथ्यो। ग्लोबल पोजिसनिङ् सिस्टम (जीपीएस)को प्रयोग अनि समोच्च खाडल (Contour trenches) बिछ्याउने काम पनि सन्चालित गरिए। धेरै धारा अनि खोल्छाका रिचार्ज क्षेत्रहरू विविध माटो अनि ढुङ्गाका संरचनाको आधारमा चिन्हित गरियो अनि पत्थरहरूको मौसमी प्रकृति अनि पेटर्नलाई चिन्हित गरियो।चयन गरिएका धारा अनि खोल्छामा खाडल खनिए अनि पाइप लगाइए। सन् २००९ को सुरु सुरुका चरणका कार्यक्रम लागू गर्नका निम्ति सबैभन्दा बडी पानीको कमी भोगिरहेका गाउँहरू चयन गरिए। सन् २०१० मा दक्षिण सिक्किमको नागी तलावलाई पुनर्जीवन दिने काम भयो। सन् २०११ सम्म यो एकदम स्पष्ट भयो कि यस्ता हस्तक्षेपले चाहेको जस्तो परिणाम दिनसक्छ।
धारा बिकास कार्यक्रमको सफलताको कुँजी भनेको यस प्रक्रियामा स्थानीय समुदायको सहभागिता र भूमिका नै हो। कार्यक्रममा धेरै वृहत्तर सिमाको हस्तक्षेप अंतर्निहित छ जस्तै- पाहाडको चुचुरामा अवस्थित जङ्गलहरूको जलाशय योगदानलाई वृद्धि गर्नु, रिचार्ज संरचनाको रूपमा कार्य गर्न तलावहरूलाई पुनर्जीवन दिनु, धानखेतीको निम्ति स-साना जलसिचाई सञ्जाल तैयार गर्नु, भिरालो जमीनमा गह्रा अथवा सीडीजस्तो बनाउनु (Terracing), जल संचयन पूर्वाधारलाई बडाउनु, जिओहाइड्रोलजीको क्षेत्रमा अर्ध-पेशेवर (Paraproffesional) विकास गर्नु अनि अनुसन्धान र दस्तावेजीकरणलाई अघि बडाउनु। सचेतना बिकास अनि समुदायसित बहस अनि छलफल सूक्ष्म स्तरको योजनामा सामिल छन्। सबै कामबारेको प्रस्ताव पंचायतद्वारा लिइन्छ अनि ग्राम स्तरीय विमर्शपछि समाधान निकालिन्छ। प्रक्रियामा खण्ड बिकास अधिकारीको निम्ति एकदम सक्रिय सहभागिता अनिवार्य हुन्छ, जसले ग्राम समुदाय अनि तकनीकी टोलीसित सहभागी रहनूपर्दछ। खाडल खन्ने निर्णय अनि रिचार्जको स्थल चिन्हित गर्ने काममा जिओहाइड्रोलजीको सिद्धान्त आधारित हुन्छ।पाहाडको चुचुरामा अवस्थित जङ्गलहरूको जलाशय योगदानलाई वृद्धि गर्नु, रिचार्ज संरचनाको रूपमा कार्य गर्न तलावहरूलाई पुनर्जीवन दिनु, धानखेतीको निम्ति स-साना जलसिचाई सञ्जाल तैयार गर्नु, भिरालो जमीनमा गह्रा अथवा सीडीजस्तो बनाउनु (Terracing), जल संचयन पूर्वाधारलाई बडाउनु, जिओहाइड्रोलजीको क्षेत्रमा अर्ध-पेशेवर (Para professional) विकास गर्नु अनि अनुसन्धान र दस्तावेजीकरण आदि यो समुदाय संचालित परियोजनाको निम्ति अत्यन्त महत्वको कुरा हो।
सन् २०१३ सम्म २.५ करोड रुपियाँ धारा बिकासको निम्ति खर्च भयो, जसमा ४०० हेक्टर क्षेत्रमा काम भयो अनि परिणामस्वरूप वार्षिक ९०० मिलियन लिटर जमीनमुनिका पानीको रिचार्ज हुनथाल्यो। ५० वटा धाराहरूलाई पुनर्जीवित गरिए, सबैभन्दा धेरै कलुक, रिनोक, राबोङ्, सुम्बुक, जोरथाङ् अनि नामथाङमा छन्; पाँच तलावहरू जसको नाम डोल्लिङ्, डेथाङ्, नागी, कार्थोक, अनि डाटुमलाई पुर्नजीवित गराइए; सिमखर्क, सदाम, टेन्डोंग, मैनाम, गेरेथांग, च्याकुंग अनि सुदुङ्लाखाका सात पाहाडी चुचुरा अवस्थित जङ्गलहरूमा पुनर्वनरोपन गरियो। धारा बिकास कार्यक्रम सुरु हुन अघि दक्षिण जिल्लाको नागी तलाव सकिसकेको थियो, यसबाट पानी जाने सबै धारा-खोल्छाहरू पनि बिस्तारै सूक्दै गएका थिए। यो प्रायोगिक परियोजनाले भने तलावलाई फेरि चिस्थायी बनायो अनि धाराहरू फेरि जागी उठे, जस्तो कि सेतीखोला सुक्खा महीनामा पनि पानी आउने भएर जल सुरक्षा कायम गर्नसक्यो। तलाव अनि खोल्छाहरू पुनर्जीवित हुनथालेपछि अनि सचेतना बिकासमा वृद्धिसहित अन्य क्षेत्रका ग्रामवासीहरूले पनि धारा बिकासलाई सम्पर्क गरेर सहयोग अपेक्षा गर्न थाले।
सावित्रीले सम्झना गर्दछिन् कि जब उनि युवा हुँदा नै सन् २०१० मा किताममा आइन् क्षेत्रमा पानीको अत्यन्त धेर कमी देखेर डराइन्।
हामीले जब दक्षिण जिल्लाको किताम खण्ड सन् २०१८को जुलाई महीनामा एक युवा अनि दुइ चोटी पंचायत सभापति रहेकी सावित्री छेत्रीसित भेट्न भ्रमण गऱ्यौँ अनि धारा विकाससित उनको गाउँको अनुभवबारे जानकारी प्राप्त भयो, उनि परिणामसित धेरै सन्तुष्ट देखिएकी थिइन्। किताम मानपुर ग्राम पंचायतलाई सन् २०१७-१८ मा भारत सरकारबाट महात्मा गाँधी रेसनल रूरल एम्प्लाईमेन्ट ग्यारेन्टी एक्ट अन्तर्गतको कार्य लागू गरिँदा उनिहरूको श्रेष्ठ प्रदर्सनका निम्ति राष्ट्रीय अवार्ड प्रदान गरिएको थियो।
सावित्रीले सम्झना गर्दछिन् कि जब उनि युवा हुँदा नै सन् २०१० मा किताममा आइन् क्षेत्रमा पानीको अत्यन्त धेर कमी देखेर डराइन्। उनलाई थाहा थिएन किन त्यस्तो भएको थियो। उनले आफु पंचायत बनिसकेपछि अनि सन् २०१४ मा पंचायतको सभापती बनिसकेपछि मात्र बिस्तारै त्यसको वास्तविक कारणबारे जानकारी प्राप्त गर्न थालिन्। दुर्भाग्यवश, दक्षिण सिक्किमको धेरै भाग, अनि पश्चिम सिक्किमको आंशिक क्षेत्र वर्षा छायाभित्र पर्दैछन् र बर्षा कम मात्र हुने गर्दछ। उनले मनरेगा समर्थित धारा विकास कार्यक्रमबारे सुनिन् अनि मानिसहरूसित सर-सल्लाह लिएर धारा विकास कार्यक्रमको राज्य संयोजक पेम नोर्बुलाई प्रस्ताव राख्ने भइन्।
रिचार्जको निम्ति अपेक्षा गरिएको सामान्य समय पाँच वर्षको हुन्थ्यो , तर किताममा सन् २०१७ देखि नै केवल दुइ वर्षभित्र नै जल उपलब्धतामा आएको परिवर्तनलाई प्रत्यक्ष महसूस गर्न थाले।
पेम नर्बु लगायत उनका टोली कामतिर लागे। उनले क्षेत्रको सबै आवश्यक अध्ययन अघि बढाए, जसको निम्ति विभिन्न विशेषज्ञहरूलाई ल्याए, साथै सठीक जानकारीप्राप्तिको निम्ति क्षेत्रीय ज्ञानलाई पनि साथ लिए जस्तो कि पानीको श्रोतको क्षेत्र; क्षेत्रीय जानकार अनि अनुभवलाई पनि खोल्छाको रिचार्ज क्षेत्र पत्थरको संरचना, मौसमी प्रकृति अनि टुटेका पेटर्न आदिको आधारमा चिन्हित गर्नलाई कार्यक्रममा उतारियो।कितामको निम्ति रिचार्ज क्षेत्र सोलोफोक अनि सिमपानीसित जोडिएका वन्य क्षेत्र हो भन्ने चिन्हित गरियो। त्यो कितामदेखि बाह्र किलोमीटर टाडा थियो। काम २०१५ को जुन महीनादेखि सुरु भयो।अप्पर, मिडल अनि लोवर किताम, यी तीनवटै वार्डका स्वयंसेवक पुरुष अनि महिला दुवैलाई काममा क्रियाशील गरियो। रिचार्ज क्षेत्र सडकदेखि टाडा नै थियो तर पंचययले उनिहरूलाई जहाँसम्म गाडी जान्छ त्यहाँसम्म गाडीमा पुऱ्याइदिने अनि काम सकेपछि घर ल्याउने व्यवस्था गरिदियो। त्यहाँ ५८१ वटा खाडल खन्नलाई बीस दिन लाग्यो। प्रत्येक खाडल एकदम ध्यानपूर्वक तैनात गरियो जसमा कि जब माथिका खाडलमा पानी धेर हुनथाल्छ त्यसको तलका खाडलमा पुग्न सकोस्। रिचार्जको निम्ति अपेक्षा गरिएको सामान्य समय पाँच वर्षको हुन्थ्यो , तर किताममा सन् २०१७ देखि नै केवल दुइ वर्षभित्र नै जल उपलब्धतामा आएको परिवर्तनलाई प्रत्यक्ष महसूस गर्न थाले। मार्च-अप्रेल महीनामा पनि पानी उपलब्ध हुनथाले।
धारा विकास कार्यलाई महत्त्वपूर्ण ठाउँहरूमा जल संचयन ट्याङ्की निर्माण गरेर समर्थन गरिन्थ्यो ताकि त्यहाँबाट पानी वितरण सुविधा हुनसकोस्।अघि अघि पानीको निम्ति हुने हिंसात्मक झगडाहरू अहिले पुराना कथाहरू भएका छन्। मणिकुमार प्रधान, एक खाली खुट्टे अभियन्ता, यस क्षेत्रमा सन् १९९० देखि नै काम गर्दै आएका थिए, उनि जल वितरणका भारप्राप्त मानिस हुन्। उनले बताए सुक्खा महीनाहरूमा पनि ५० प्रतिसत पानी भने उपलब्ध रहन्छ। उनले जल वितरणको जिम्मेवारी निर्वाह गर्छन् अनि प्रत्येक बिहान ६ बजीदेखि ८ बजीसम्म पानी खोलिदिने गर्दछन्। धेरै घरमा हाल पाइपद्वारा पानी पुऱ्याइन्छ अनि प्रधानले बताए कि सुक्खा महिनाहरूमा पनि पचास प्रतिसत घरहरूको निम्ति पानी उपलब्ध रहन्छ। तर धेरै वर्षहरूमा घरहरू पनि धेरै बढेर गए यससित नै पानीको आवश्यकता पनि धेरै बढेर गएको छ।
'के यहाँ पानीको समस्या उहिलेदेखि नै थियो?' भनेर सोधिएको प्रश्नमा रमेश धमला लोवर कितामका एक बासिन्दाले बताए, 'हजुर हामी जबदेखि छौँ तबदेखि नै थाहा छ!' -सन् १९९० मा उनिहरूलाई पहिलोचोटी पाइपद्वारा पानी दिइयो। धारा विकासको आगमनपछि पनि कृषि कार्यका निम्ति चाहिने मात्राको पानीको भने अभाव नै छ। उनले बताए यहाँ धान हुने गर्छ, मकै , साग-सब्जी अनि फल-फूल पनि तर पानीको समस्या छ।
बात गर्दै जाँदा हामीले सोधपूछ गऱ्यौँ कि धारा अनि खोल्छा सुकेर जानूको कारण के होला भनेर। सबैको जवाब थियो 'सडक'। जब जमीन खन्ने काम हुन्छ त्यसले पानीको बहावलाई प्रभावित गर्दछ अनि कि पुरै हराएर जान्छ कि अर्को दिशातिर जान्छ, सामान्यता पाहाडको अझ तल्लो हिस्सातिर जान्छ। अघि अघि जब सडक मार्ग बनिन्थे गाउँका बुडा-पाकाहरूले चेतावनी दिन्थे, ' सबै प्रकारको नचाँहिदो मान्छेहरू आउँछ!' तर अहिले उनिहरू भन्छन् -'हामीलाई सडक चाहिन्छ किनभने जन हामी बिमारी हुन्छौँ, हामी सजिलै अस्पताल जान सक्छौँ।'
अंततः, समुदायहरूले नियन्त्रणलाई पत्तो लगाउनु नै पर्छ अनि उनिहरूले आफैसित सोध्नु पर्छ कुन् धेर आवश्यक छ, जल अथवा सडक?
अनुवादक: टीका 'भाइ '
Photo Gallery
(Click to enlarge)
Designed by NWD.