Menu

रिनक: एक विस्मृत कालो पहाड

सन् १७६९ मा नेपालमा गोर्खा राज्य स्थापनापछि दुइ शताब्दी अघिदेखि नेवारहरू काठमान्डौँ उपत्यकाबाट दार्जिलिङ अनि सिक्किमतिर बसाईँ सर्न सुरू गरे। आक्रमणकारीहरूको अत्याचारबाट निकास पाउन उनीहरू पलायन बने।

R S Shrestha, author of Sikkim: Our New Found Home in the Black Hill, with portraits of his ancestors

सन् १८४६ मा कोटनरसंहारहरूपछाडि भक्तपूरका लक्ष्मीदास प्रधान (कसाजु) यी क्षेत्रहरूमा बसाईँ आए। सन् १८५० मा सुम्बुक आइपुगेका लक्ष्मीदास अनि उनका भाई चन्द्रवीर १८६७ मा सिक्किममा बसोबासो गरेर पहिले दक्षिण सिक्किमको टुकाखानीस्थित तामा खानी त्यसपछि अन्य धेरैवटा खानीमा काम गर्न सुरू गरे। छोग्यालले लक्ष्मीदासलाई राजस्व सङ्ग्रह गर्नको निम्ति डाकेको कुरा पनि विश्वास गरिन्छ, किनकि उनले आफूलाई सफल व्यवसायीको रूपमा स्थापित गरिसकेका थिए। त्यतिबेला नवआगन्तुकहरूमाथि केही द्वेष त रहन्थ्यो, तर यी दाज्युभाइले  खान्सा देवान अनि फुदोङ लामाबाट बलियो मित्रता पाए किनकि उनीहरूलाई लक्ष्मीदास अनि उनको सहयोगीहरूको क्षमता थाहा भइसकेको थियो। सन् १८७४ मा फुदोङ लामा अनि खान्सा देवानले जारी गरेको दलिल अनुसार ‘उत्तर-पूर्वमा रुही नदीदेखि टिस्टा नदीको सङ्गमसम्म, दक्षिण-पूर्वमा सम्पूर्ण टिस्टा नदी, दक्षिण अनि पश्चिममा बडा रङ्गीतमाथि अवस्थित झोलुङे पुलसम्मको सम्पूर्ण बडा रङ्गीत, उत्तर-पश्चिममा रङ्गीतको झोलुङ्गे पुलदेखि पुरानो बाटो भएर पक्का गाउँसम्म बाँधिएको सदाम क्षेत्रलाई...’ (श्रेष्ठ, २०१५) पट्टामा दिइयो।

दलिलमा अझ भनिएको छ, ‘…कि सिमानाले बाँधिएको सम्पूर्ण जमिन सन्ततिले भोग गर्नको निम्ति तपाईँलाई दिइन्छ...शासन, विकास अनि कर उठाउनको निम्ति यो अनुबन्ध गरिएको हो।’

बागवानी कृयाकलापमाथि प्रयोग गरेर यसलाई लाभदायक फूल व्यवसायको रूपमा विकास गर्न यस पट्टाले उनीहरूलाई चाहिएको हौसला दिलायो। अलैँची अनि सुन्तला खेतीलाई चलनमा ल्याउने श्रेय यी दाज्युभाइलाई दिइन्छ।

नेवार समुदाय धेरै क्षेत्रहरूमा सिद्धहस्त थिए- व्यापार, प्रशासन, कला अनि कृषि- हरेक कुरामा उनीहरूसँग नजरअन्दाज गर्न नमिल्ने व्यवसायिक कौशल थियो। जमिनको ठूलो ईकाइको अनुदानले उनीहरूलाई सम्पन्न गरायो। तामाको खानी खन्न अनि सिक्किमका छोग्यालको लागि सिक्का बनाउन उनीहरूलाई अनुमति प्राप्त थियो, अनि टक्सारीको पदवी समेत दिइएको थियो। रिनक अथवा कालो पहाडको कथाले त्यतिबेला नयाँ मोड लियो जतिबेला आजका नेवार समुदायका पूर्वजलाई त्यतिबेलाको दुवै मुख्य शक्ति- अङ्ग्रेज अनि सिक्किमका कुलीन शासकहरूले स्वागत गरे।

टक्सारी चन्द्रवीर प्रधानका वंशज राई साहेब रत्न बहादुर प्रधानले सन् १९१० मा रिनकमा चन्द्र नर्सरीको स्थापना गरे। तुरन्तै अन्तर्राष्ट्रिय फूल व्यापारमा यस नर्सरीले आफ्नो छाप बनायो। फूल व्यावसायमा भएको आमदानीबाट सन् १९३२ भित्र ‘निर्भाना’ नामको एक भवन पनि बनिएको थियो। वास्तवमा, चन्द्र नर्सरी अनि उत्तरवर्ती साहसी मालिकहरूले सिक्किम हिमालयका वनस्पति अन्वेषणको प्रवृति शुरू गरे अनि तीव्र गतिमा ‘सानो हिमाली राज्यलाई पुष्प विज्ञानको मानचित्रमा सामेल गरे’। (श्रेष्ठ, २०१५)।

Ganesh Kumar Pradhan in his nursery

बारम्बार आगोले बस्ती जलाएपछि कालो पहाड भनेर चिनिने रिनक औलो ज्वरोको प्रकोपको निम्ति जानिन्थ्यो, त्यसकारण मानिसहरूले यस ठाउँलाई विवर्जित गरे। तर समय अगाडि बढ्दै जाँदा राजीव श्रेष्ठले आफ्नो किताब सिक्किम, कालो पहाडमा हामीले पाएको नयाँ घर मा बितेका दिनहरूको सम्झना गर्दै भने अनुसार नेवारहरू यस ठाउँमा आएपछि आफ्नो श्रमले यस नयाँ घरलाई साक्षात बघैंचामा रूपान्तरण गरे।

व्यापारसँगै मऱ्यो रिनकको भाग्य पनि। आज रिनक एक सामुहिक विस्मृतिबाट उठ्न खोजिरहेको छ। यहाँ धेरैवटा होटल अनि होमस्टेहरू बनिएका छन् अनि अविचल रूपमा पर्यटकहरू आउने गर्छन्।

रेशम मार्गमा आफ्नो रणनैतिक अवस्थितिको कारण रिनक फल्यो फुल्यो। रिनक शिविर बस्ने ठाउँ थियो जहाँ खच्चडको लस्करलाई रोकेर राखिन्थ्यो। नथुला, जेलेपला, लामापोखरी, यातुङ, रङ्गली अनि रिनक यस्ता नामहरू हुन् जहाँ आज पनि सामान बोकेर हिँड्ने ताँतीले उब्जाएको हलचल प्रतिध्वनित् हुन्छ। रिनकको लहना कालेबुङसँग गाँसिएको थियो जो हिमालयको मुटुमा अवस्थित व्यापारको एक केन्द्र थियो। जब अरिटार भएर जाने रेशम मार्ग वाधित बन्यो, यसले कालेबुङ, पश्चिम बङ्गाल अनि सिक्किमको राजधानी गान्तोकको व्यवसाय शिथिल गऱ्यो।सन् १९६२ को भारत-चीन युद्धले सम्पूर्ण व्यवसायिक क्रियाकलापलाई पूर्ण रूपले ठप्प गऱ्यो। व्यापारसँगै मऱ्यो रिनकको भाग्य पनि। आज रिनक एक सामुहिक विस्मृतिबाट उठ्न खोजिरहेको छ। यहाँ धेरैवटा होटल अनि होमस्टेहरू बनिएका छन् अनि अविचल रूपमा पर्यटकहरू आउने गर्छन्।

View of Aritar lake

बढिरहेको उत्सुक पर्यटकहरूलाई आकर्षण गर्ने एउटा ठाउँ रेनु गौरी सङ्ग्राहलय हो जसलाई गणेशमान प्रधानको पिताले मोहर अनि सिक्काको सङ्ग्रहबाट थालनी गरेका थिए। सङ्ग्रहको विकास हुँदै गएपछि यसमा किताब अनि पत्रिकाहरू पनि सामेल भएको छ। सन् १९८० मा आफ्नो पिताको मृत्यु हुँदा गणेशमान प्रधान पूर्ण रूपले सङ्ग्राहलयको विकास गर्न लागिपरेका थिए। धेरै वर्षको मेहनतले उनी मूल्यवान दस्तावेज, सिक्का, मोहर, बहाव काठ (पानीले बगाएर ल्याएको काठ) अनि चाखलाग्दा पत्थरहरू सङ्ग्रह गर्न सफल बने जसको संरक्षण गर्न उनी तत्पर छन्। अतितको विरासत अनुसार उनी बोन्साई खेतीप्रति आफ्नो मोहलाई पोषण गर्छन्।

गणेशमानका छोराहरू अनि पत्नी सङ्ग्राहलय चलाउन सहभागी बन्छन्। उनीहरूले दास्तावेज संरक्षणको लागि सरकारबाट दिइएको तालिम लिएका छन् अनि पाठशालाहरूतिर मोहरमाथि कार्यशाला आयोजना गर्ने कामसँग आवद्ध छन्। उनीहरूले सङ्ग्राहलयको कामकाज सम्बन्धि दिल्ली अनि कलकत्तासम्मको यात्रा पनि गरिसकेका छन्।

तर आर्थिक पुनरूत्थानको आशालाई अहिले महामारीले कुठाराघात गरिदिएको छ, जसको कारण फेरि एकचोटि अनिश्चितताको बादल लागेको अवस्था छ।  

अनुवादक: लेखनाथ छेत्री

References:

  1. Shrestha, B. (2015), The Newars of Sikkim Reinventing Language, Culture and Identity in the Diaspora,Vajra Books.
  2. Shrestha, Rajiva Shankar (2018), Sikkim, Our Newfound Home in the Black Hill: Newars Here and There, Karuna Devi Smarak Dharmarth Guthi
Translated by: टीका ‘भाइ’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram