यो लेख उपमहाद्वीपमा तीव्र रूपमा बढिरहेको बालसाहित्यको माध्यमका सम्भावित मार्गहरूबारे विचार गर्न केन्द्रित छ, विशेषतः समावेशिताको दृष्टिले। पछिल्ला साढे दुई दशक (२०००–२०२५) मा बालसाहित्य उत्पादनको परिमाण बढे पनि, “बालपुस्तकको उत्पादन र उपभोग दुवै वास्तविक आवश्यकताका तुलनामा थोपा मात्र हुन्” (मेनन एस., राव एस. (सम्पा.),चिल्ड्रेन्स बुक्स: एन इन्डियन स्टोरी एकलव्य फाउन्डेसन, २०२४) भन्ने तथ्य यथावत् छ।
वर्तमान अवस्थामा विभिन्न किसिमका कथाहरू घोषणा गर्न, प्रस्तुत गर्न, पुनःकथन गर्न र पढ्न खुला मैदानजस्तो अवस्था देखिन्छ। तर यो मैदान साँच्चिकै हराभरा बगैँचा बन्नका लागि, मानव अनुभवका सबै आयामबाट आएका कथाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न जटिल, बहुपरत समर्थन र स्थान आवश्यक छ—किनकि बालबालिकाले आफू र संसार बुझ्न “ऐना, झ्याल र सर्ने काँचका ढोका” (बिशप, आर. १९९०) पाउनैपर्छ। बालसाहित्यसँग बालबालिकाको अन्तरक्रियाका स्थानहरूबारे चेतना बढ्दै जाँदा, हामीले प्रमुख ज्ञान–उत्पादन र प्रतिनिधित्वका ढाँचाहरूलाई मात्र पुनःउत्पादन नगरी, पुराना जीवनपद्धति, शान्त र समृद्ध सांस्कृतिक कुनाहरूलाई सम्झनु र सम्मान गर्नु अत्यन्त जरुरी छ। आज बालसाहित्यको चौडाइ, फैलावट र गहिराइ बढाउँदै स्थान सिर्जना गर्ने समय हो।
तर यो मैदान साँच्चिकै हराभरा बगैँचा बन्नका लागि, मानव अनुभवका सबै आयामबाट आएका कथाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न जटिल, बहुपरत समर्थन र स्थान आवश्यक छ—किनकि बालबालिकाले आफू र संसार बुझ्न “ऐना, झ्याल र सर्ने काँचका ढोका” (बिशप, आर. १९९०) पाउनैपर्छ।

हिमाली पादभूमिमा रहेको दुमि गाउँमा रिडिङ रुम नामको एउटा पुस्तकालय छ-पूर्वबाट आउने घामको उज्यालोमा चम्किने, मानौँ दियोघरझैँ। त्यहाँ कुनै कार्यक्रमको उद्घाटन दिन तपाईं उपस्थित हुनुभयो भने, पुस्तकालय टोलीले लाइब्रेरी एन्थम गाइरहेको सुन्नुहुनेछ। यो निबन्ध पढ्दै हुनुहुन्छ भने, तपाईँ त्यो गीत यहाँ सुन्न सक्नुहुन्छ।
अब प्रश्न उठ्छ—बालसाहित्यका लागि स्थानबारे सोच्दा, के लाइब्रेरी एन्थम- लाई हामी बालसाहित्यको क्याननभित्र राख्न सक्छौँ? यदि सक्छौँ भने किन, र नसक्ने हो भने किन सकिन्न ?
जब औपचारिक ज्ञान–व्यवस्थाहरू हाम्रो भूभागमा आए, साहित्य के हो भन्ने परिभाषामा कडा सीमाहरू पनि सँगसँगै आए। आज पनि धेरै मानिस—विद्वान्हरू समेत—मौखिक परम्परा, क्षेत्रीय स्वर र नसुनिएका आवाजहरूलाई साहित्यको आधिकारिक परिभाषाभित्र समेट्न हिच्किचाउँछन्। हामीले ‘साहित्य’ शब्द प्रयोग गर्दा के बुझ्छौँ? के यो केवल मुद्रित शब्द मात्र हो, कि लिखित नभएका सामग्रीहरूका लागि पनि हामी खुला छौँ?
कथाहरू, गीतहरू, उखान–टुक्का, पहेलियाँ—जुन पुस्तौँदेखि पुस्तामा यो भूमिको भाषिक चौडाइ र फैलावटभरि सर्दै आएका छन्। समुदायभित्र सम्झनाका लागि बुडापाकाहरूले सुनाउने कथाहरू। जीवनपद्धतिबारे आमाले छोरीलाई सुनाउने किस्साहरू। आमाले शब्दसँग खेल्ने तरिका सुन्दै छोराले सिक्ने पाठहरू। पुस्तकालयका १४ वर्षीय बालक गणेशले, जटिल हस्तकलाका क्रममा धार नलागेको कैँचीबारे गरिएको टिप्पणीमा भने— “नाच्न नजान्नेले आँगन टेढो भन्छन्”—यो “खराब कामदारले औजारलाई दोष दिन्छ” भन्ने भनाइको कति समृद्ध सांस्कृतिक रूप हो, जुन औपचारिक साक्षर स्थानहरूमा सायदै सुनिएको होला। यी सबैलाई कसरी समेट्ने भन्नेबारे हामीले सोच्नैपर्छ—र प्रश्न उठ्न सक्छ, किन?
आज पनि धेरै मानिस—विद्वान्हरू समेत—मौखिक परम्परा, क्षेत्रीय स्वर र नसुनिएका आवाजहरूलाई साहित्यको आधिकारिक परिभाषाभित्र समेट्न हिच्किचाउँछन्।
मुख्य भूमिका सयौँ विद्यालयमा साना बालबालिकालाई कथा भन्न सिकाइन्छ। उनीहरूलाई “तिमीलाई कुनै कथा थाहा छ?” भनेर सोध्दा बारम्बार तिर्खाएको काग को कथा सुनिनु कुनै आश्चर्य होइन। तर सामाजिक अवस्थाको फरक भए पनि, प्रत्येक बालबालिकासँग घर–आँगनका आफ्नै कथाहरू हुन्छन्—अझ रमाइला, जिज्ञासाजनक, ताजा र अद्भुत। तर ती कथाहरू विद्यालय र पुस्तकालयका औपचारिक क्षेत्रमा स्थान पाउँदैनन्, किनकि हामी तिनलाई ‘साहित्य’ मान्दैनौँ। त्यसैले सुरुमै हामीले रोकिनु पर्छ—बालसाहित्यको श्रेणीमा के–के समेट्न हामी तयार छौँ? यहीँ आशाको कुरा गर्न सकिन्छ। देशभरि बालपुस्तकालयका शान्त आन्दोलनहरू फैलिँदै छन्। डिजी रिडिङ रुम हरेक आइतबार र समृद्ध शीतकालीन कार्यक्रमभरी कथाको बगैँचा बन्छ—जहाँ दर्जनौँ बालबालिका कथा, गीत र गतिविधिमार्फत सिकाइतर्फ प्रेरित हुन्छन्। पुस्तकालयकर्मी र शिक्षकहरूले बालबालिकाले साथमा ल्याएका कथासङ्ग्रह र गीतसँग औपचारिक साक्षर अभ्यास जोड्न थालेका छन्—यसले हामी सबै किसिमका कथाहरूका लागि स्थान बनाउन तयार छौँ भन्ने सङ्केत दिन्छ।
डिजी रिडिङ रुम को शीतकालीन कार्यक्रममा ‘घर’ विषयक कविताहरू पढ्दै अनिसले, जुआन फेलिपे हेरेराको ‘फाइभ डाइरेक्सन टु माई हाउस’- लाई आधार बनाएर कविता लेखे।

पुस्तकालयमा कविताप्रतिको यस्तो प्रतिक्रियामार्फत अनिसले आफ्नै संसार शब्दमा व्यक्त गरे र विद्यमान साहित्यको जटिलताको बुझाइ नजिक पुगे। कति विशाल सम्भावनाहरू खुल्छन्, जब हामी पुस्तकालयका स्थानहरूमा विविध लेखनलाई आमन्त्रण गर्छौँ!
बालपुस्तक प्रकाशनमा केही विविधता देखिन थाले पनि, गोवास्थित बुकवर्म पुस्तकालयमा हामी वयस्क पाठकका धेरै प्रतिक्रियाहरू सङ्कलन गर्छौँ। विविध पुस्तकहरूले सेल्फ भरिराख्नु हाम्रो सासजस्तै हो—तर हामी सधैँ अझ धेरैको चाहना गर्छौँ।
“यी हाम्रा बाख्रा हुन्, यी मेरा मानिस हुन्,” कश्मीर उपत्यकाको बाकरवाल समुदायमा आधारित ममता नायनीको ‘सादिक लर्न्स टु स्टिच्’ (कराडी टेल्स, २०२०) देख्दा एकजना युवतीले भनिन्। “मेरो जीवनबारे कुनै पुस्तक मैले कहिल्यै पाइनँ,” भन्दै उनले पुस्तक छातीमा टाँसिन्।
“लेप्चाले लेखेको बालपुस्तक मैले कहिल्यै देखेकी थिइनँ,” अर्की वयस्कले शान्ति बन (डा. साङ्मु लेप्चा, बुँ अन्त किड्स, २०२३) को आवरणमा औँला घुमाउँदै भनिन्।
“यो त हाम्रो कथा हो। यसबारे पुस्तक पनि छ? गोवामा देख्छु भन्ने कल्पनै गरेकी थिइनँ,” दिसाईबोन हुल (रुबी हेब्रम र साहेब राम टुडु, अदिवाणी, २०१४) हातमा लिएर एक शिक्षकले भनिन्।

किन बाहिरबाट हेर्दा व्यवस्थित र सन्तुलित देखिने वयस्कहरू बालपुस्तकमा आफ्नै जीवनको कुनै अंश प्रतिबिम्बित भएको भेट्दा यति गहिरो भावनात्मक रूपमा प्रभावित हुन्छन्? उनीहरूले हुर्कँदै गर्दा के गुमाए, र त्यो किन महत्त्वपूर्ण छ? यी प्रश्नहरू बालबालिका र पुस्तकसँग काम गर्ने हामीमध्ये धेरैले निरन्तर सोधिरहन्छौँ र बहस गरिरहन्छौँ। हाम्रो उत्तर अन्ततः जीवनमा साहित्यको स्थानतर्फ फर्किन्छ। मानव इतिहासको प्रारम्भिक समयदेखि नै—जब मानिसहरूले चित्र, शब्द, ध्वनि वा तिनको संयोजनमार्फत कथाहरू साझा गर्न थाले—व्यक्तिहरू समुदायमा रूपान्तरित भए। कथाहरूले मानव अनुभवलाई रूपान्तरण गरे र त्यसलाई हामीतर्फ फर्काएर देखाए। त्यो प्रतिबिम्बमा हामी सबैले आफ्नै जीवन र अनुभवलाई व्यापक मानवीय अनुभवको अंशका रूपमा देख्यौँ।
आफूलाई र आफ्नो संसारलाई प्रतिबिम्बित देख्न नपाउनु भनेको गहिरो, अझै नजाँचिएको क्षति हो—एउटा खालीपन, जसलाई हामीले आफूले गुमाएको कुरा भेटिँदासम्म दबाइराख्न सक्छौँ।
आधुनिक युगमा संसार र शब्द पढ्नु भनेको आफूलाई पुष्टि गर्नु र आफू महत्त्वपूर्ण छौँ भन्ने बोध गर्नु हो। आफूलाई र आफ्नो संसारलाई प्रतिबिम्बित देख्न नपाउनु भनेको गहिरो, अझै नजाँचिएको क्षति हो—एउटा खालीपन, जसलाई हामीले आफूले गुमाएको कुरा भेटिँदासम्म दबाइराख्न सक्छौँ।आफूलाई र आफ्नो संसारलाई प्रतिबिम्बित देख्न नपाउनु भनेको गहिरो, अझै नजाँचिएको क्षति हो—एउटा खालीपन, जसलाई हामीले आफूले गुमाएको कुरा भेटिँदासम्म दबाइराख्न सक्छौँ।
यदि यसलाई साक्षरता र मुद्रित संसारका औपचारिक पाठक बन्ने प्रक्रियाका सन्दर्भमा हेर्ने हो भने—१९६० र १९७० का दशकमा धेरै प्रभुत्वशाली साक्षरहरूले “एनिड ब्लाइटन” जस्ता लेखकहरूलाई सजिलै अपनाएको कुरालाई हामीले जति नै रोमान्टिक बनाइरहे पनि—साक्षरतासम्बन्धी अनुसन्धानले स्पष्ट गर्छ, हामी तब मात्र साक्षर बन्छौँ जब हामीले पढेको कुराबाट अर्थ निर्माण गर्न सक्छौँ। अर्थ निर्माण त्यति बेला अझ स्वाभाविक हुन्छ, जब म पाठभित्र आफ्नै संसारलाई डिकोड गरिरहेको हुन्छु। विद्यालयका पाठ्यपुस्तकहरू—विशेष गरी भाषाका—ले स्थानीय सन्दर्भलाई औपचारिक संरचनामा ल्याउन तीव्र प्रयास गरेका छन्, तर हामी ती वार्षिक रूपमा उत्पादन हुने पाठ्यपुस्तकलाई ‘साहित्य’ बनाउने सङ्ग्रहको हिस्सा भनेर मान्दैनौँ। पुस्तकालयका सेल्फहरूलाई गर्वका साथ र जीवन्त रूपमा उत्पादन गरिएका अझ धेरै स्थानीय कथाहरूको अत्यन्त आवश्यकता छ।
रुडिन सिम्स बिसपजस्ता विद्वान्हरूले लेखाइमार्फत हामीलाई सम्झाउँछन्— “पुस्तक कहिलेकाहीँ झ्याल हुन्छन्—वास्तविक वा कल्पित, चिनिएका वा अपरिचित संसारतर्फ हेर्ने दृश्य दिन्छन्। यी झ्यालहरू सर्ने काँचका ढोका पनि हुन्, जहाँ पाठकले कल्पनामा हिँडेर लेखकले सिर्जना वा पुनःसिर्जना गरेको संसारको अंश बन्न सक्छन्। तर प्रकाशको अवस्था ठिक हुँदा, झ्याल ऐनामा पनि रूपान्तरित हुन सक्छ।”
“पुस्तक कहिलेकाहीँ झ्याल हुन्छन्—वास्तविक वा कल्पित, चिनिएका वा अपरिचित संसारतर्फ हेर्ने दृश्य दिन्छन्। ....तर प्रकाशको अवस्था ठिक हुँदा, झ्याल ऐनामा पनि रूपान्तरित हुन सक्छ।”
उपमहाद्वीपको बालपुस्तक बजारतर्फ हेर्दा, बालबालिकाका लागि पुस्तकहरूको विशाल विविधताले भरिएको, जीवन्त क्षेत्र जस्तो देखिन सक्छ। हरेक वर्ष धेरै भाषामा प्रकाशित हुने हजारौँ बालपुस्तकमा प्रतिनिधित्वको अवस्था के छ भन्ने विषयमा अझै गहिरो शैक्षिक अध्ययन छैन। तर अनौपचारिक अध्ययनका आधारमा हामी भन्न सक्छौँ—विविधता बढ्दै छ, तर पर्याप्त तीव्र गतिमा होइन। केही समुदायको प्रतिनिधित्व गर्ने थोरै पुस्तक भेटिएलान्, तर अझ धेरै चाहिन्छ—धेरै नै। पुस्तकमा धेरै संसारहरूको प्रतिनिधित्व गर्नु भनेको ऐना मात्र उपलब्ध गराउनु होइन; अरूको जीवनतर्फ हेर्ने झ्याल खोल्नु पनि उत्तिकै आवश्यक छ। यही साहित्यको अर्को मूलभूत सिद्धान्त हो—हामीलाई ‘देख्न’ सक्षम बनाउनु। किनकि अर्काको दृष्टिकोण देख्दा म उसलाई अझ राम्रोसँग बुझ्छु।
सुन्दरबनका कुनै बालिकाले लद्दाखका पाहाडमा आधारित कथा पढ्दा उसको विश्वदृष्टि बदलिन्छ—र यसको उल्टो पनि त्यत्तिकै सत्य हो। त्यसैगरी, प्रभुत्वशाली पृष्ठभूमिबाट आएका बालबालिकाले ‘झ्याल’ पुस्तक पढ्ने अवसर पाएनन् भने, उनीहरू आफू बसेको संसारको जटिलता र विविधता बुझ्न असफल हुँदै हुर्किन्छन्। तब साहित्यले आफ्नो सबैभन्दा शक्तिशाली वाचा—हामीलाई जटिल संसारमा अझ राम्रो मानव बन्न मद्दत गर्ने—पुरा गर्न सक्दैन। पुस्तकहरूमा नै बालबालिकाले सामाजिक यथार्थ बुझ्ने, पूर्वाग्रहको खतरा चिन्न, आफूभन्दा फरक विश्वास र अभ्यासप्रति सम्मान गर्न, र आफूभन्दा धेरै फरक देखिने तर उत्तिकै रमाइला र मूल्यवान् मानिसहरूलाई भेट्ने सबैभन्दा अमूल्य अवसर पाउँछन्। विज्ञानले पुस्तकालयमा सोमारु मिसेस होम (मुस्कान, २०१९) पढ्दा सोमारुले के–के कुरा मिस गर्छ भन्नेमा गहिरो रूपमा प्रभावित भयो र उसले पनि होस्टेल जानुपरे आफूले खाना, गाउँ र साथीहरू सबै मिस गर्ने बतायो। विविध रूपमा पढ्नुले बालबालिकाको सोच फैलाउँछ र उनीहरूमा एकैसाथ आत्मपरक, कहिलेकाहीँ विस्मयकारी र प्रायः करुणामय विश्वदृष्टि विकास गराउँछ।
विविध रूपमा पढ्नुले बालबालिकाको सोच फैलाउँछ र उनीहरूमा एकैसाथ आत्मपरक, कहिलेकाहीँ विस्मयकारी र प्रायः करुणामय विश्वदृष्टि विकास गराउँछ।

क्यानाडा गिज क्विल्ट (नाटाली किन्सी–वार्नक) नामक सानो पुस्तकमा मैले भर्मन्ट (क्यानडा) को एउटा फार्ममा हाँसहरूको आगमनले सानी एरियललाई आमाको सन्तान जन्मिने समय नजिकिँदैछ भन्ने सङ्केत दिने कथा पढेँ। यस पुस्तकले मलाई अर्को संसारतर्फको झ्याल खोलिदियो। पछि मैले उत्तर अमेरिकाका केही भागमा दासहरू ‘अन्डरग्राउन्ड रेलरोड’ हुँदै क्यानाडातर्फ भाग्दा हाँसहरू स्वतन्त्रताको शक्तिशाली प्रतीकसमेत बनेका थिए भन्ने कुरा पनि जानेँ। घर नजिकै फर्केर हेर्दा, हामी पञ्चतन्त्रको त्यो कथा जान्दछौँ—जहाँ उड्ने हाँसहरूले सिकारीको जालमा मरेजस्तो नाटक गरी सँगै उडेर छल गर्छन्। इसपका कथामा सुनको अन्डा पार्ने हाँस छ, र प्रेरणादायी कथाहरूमा हाँसहरू कसरी समूहमा उड्छन्, एक–अर्कालाई सहयोग गर्छन् र घाइते भएमा हेरचाह गर्छन् भन्ने पढ्छौँ। सन्थाल समुदायसँग हामी सबै हाँसबाट आएका हौँ भन्ने अमूल्य उत्पत्तिकथा छ। प्याट्रिसिया पोलाकोको आइ क्यान हियर द सन-मा हाँसहरूको उडान घर जान नचाहने एक्लो बालकका लागि पलायनको प्रतीक बन्छ। यस्ता ‘हाँस’ सम्बन्धी पुस्तकहरूको सेल्फ नै ऐना, झ्याल र सर्ने ढोकाको पूर्ण अनुभव जस्तो लाग्न सक्छ। तर होइन—हामी जति साँच्चिकै विविध मानव समुदाय हौँ, त्यसको अगाडि हाम्रो सिकाइको संसार अझै सीमित छ। भर्खरै दुमीगाउँमा मैले मौखिक रूपमा सुनेँ—एक सानी केटीलाई खेतबारीबाट हाँसहरू समूहमा उडेको हेर्न पठाइन्छ। जब उसले देख्छे, पूरै परिवारलाई थाहा हुन्छ—अब काक्रोको बीउ रोप्ने समय आयो। यदि यो कथा बालपुस्तक बनेर पुस्तकालयको सेल्फमा राख्न सकियो भने, कति अमूल्य कुरो हुने थियो!
यसरी बालबालिकाका अझ धेरै कथाका लागि स्थान सिर्जना गर्ने, बालसाहित्य भनिने आधिकारिक क्षेत्रलाई विविध बनाउने बोध आज अत्यन्त जरुरी भइसकेको छ। डिजी रिडिङ रुम, बुकवर्म -जस्ता स्थानहरूले बालबालिकाको आवाज सुन्ने र संवाद गर्ने काम गरिरहेका छन्— जुन अन्य शैक्षिक संस्थाहरूले कहिल्यै गरेनन्।

यसरी बालबालिकाका अझ धेरै कथाका लागि स्थान सिर्जना गर्ने, बालसाहित्य भनिने आधिकारिक क्षेत्रलाई विविध बनाउने बोध आज अत्यन्त जरुरी भइसकेको छ। डिजी रिडिङ रुम, बुकवर्म -जस्ता स्थानहरूले बालबालिकाको आवाज सुन्ने र संवाद गर्ने काम गरिरहेका छन्— जुन अन्य शैक्षिक संस्थाहरूले कहिल्यै गरेनन्। पुस्तकालयहरूले बालबालिकाको कल्याणका लागि गर्न सक्ने काममा हामीले जति समर्थन र भरोसा बढाउँछौँ, उति नै साहित्यमार्फत समानता र भिन्नतालाई उत्सवका रूपमा मनाउन सक्ने वातावरण पनि सुनिश्चित गर्नुपर्छ। बालबालिकाले संसारलाई नयाँ ढङ्गले देखून् र आफूलाई अझ उद्देश्यपूर्ण, सक्षम र राम्रो मानवको रूपमा देखून्। हामीलाई अझ धेरै संसारहरूको प्रतिनिधित्व गर्ने साहित्य चाहिन्छ। र त्यो सम्भव बनाउन—हामीले स्थान सिर्जना गर्नैपर्छ—मनभित्र, प्रकाशनमा, बजारमा र सेल्फमा किनकि त्यसपछि नै विस्मय र आशा जन्मन्छ।
सुजाता नोरोन्हा गोवास्थित ‘बुकवर्म ट्रस्ट’- की संस्थापक हुन्। उनी पुस्तकालय अभ्यास र प्रारम्भिक साक्षरतामा विशेषज्ञ हुन्। मुद्रित शब्दको शक्ति, त्यसले सम्भव बनाउने पहुँच, कल्पना र विकासका मार्गहरूबारे गहिरो चिन्तनमा उनी समर्पित छिन्। साझा पठन, लेखन र संवादका आफ्ना अनुभव तथा दीर्घ अभ्यासका आधारमा उनले भारतभरी बालबालिका, पुस्तकालयकर्मी र शिक्षकहरूसँग सहकार्य गर्दै पुस्तकालय स्थापना र सुदृढीकरणमा सहयोग गर्दै आएकी छिन्।


Designed by NWD.