चारजना डिजाइनरहरूको संयुक्त प्रयासमा सन् २००९ मा इकोस्ट्रीम सुरुवात गरिएको थियो, सबै नेसनल इन्स्टिट्यूड अफ डिजाइन, अहमदाबादका स्नातक। बितेको केही वर्षहरूमा यो समुदायमा पनि धेरै डिजाइनर, नृवंशविज्ञानशास्त्री, मानव नृवंशशास्त्री, वास्तुकार, शिक्षाविद, एवं पर्यावरणविद आदि बढेर गए। यो टोलीले बहुविषयक डिजाइन हस्तक्षेपमा विशेषज्ञता लियो, जसले पश्चिममा हिमाचल प्रदेशदेखि पूर्वमा अरुणाचल प्रदेशसम्मको हिमाली राज्यको भरपर्दो जीवनशैली अन्वेषण गर्दैथ्यो। उनिहरूको उद्देश्य ति क्षेत्रहरूलाई गाँस्ने थियो जसमा समान भूगोल अनि सांस्कृतिक साझापन देखिन्थ्यो अनि सिर्जनात्मक पाहाडी अर्थतन्त्र निर्माणको निम्ति सेवा दिने साथै उत्पन्न गर्ने पनि रहेको थियो।
टोलीलाई विश्वास थियो कि 'हामी त्यो समयमा छौँ जहाँ विचारले जीवनको सबै पक्षहरूमा धेरभन्दा धेरै सहानुभूतिपूर्ण साहसिकताको माग गर्दछ। सहानुभूति भनेको हामीले अरूका निम्ति राम्रो काम गर्ने मात्र होइन तर यसले हामीभित्र नवोन्मेष, सेवा, अनि असल जीवन स्तर सिर्जना गर्नको निम्ति पनि सघाउ पुऱ्याउँदछ। छोटकरीमा उनिहरूको डिजाइन घोषणालाई केही शब्दहरूमा भन्न सकिन्छ, 'सिर्जना अघि सहानुभूति'।
टोलीमा एक मात्र सिक्किम बाहिरका रणवीर सिंह शम्भी, एक एनिमेटर, मध्यप्रदेशबाट हुन् उनले कर्मा पालजोरसित वर्ल्ड वाइल्ड लाइफ फन्ड फर नेचरको फ़िल्ममा काम गरिसकेका हुन्। उनले सन् २०१० मा इकोस्ट्रीममा सहभागी बने। 'सोनामले मलाई उनिहरूसित काम गर्न आग्रह गरिरहन्थे। उनिहरूले के गरिरहेका छन् त्यसको फोटोहरू पठाउने गरेका थिए, त्यसले मलाई आह्रिस लागेर आउँथ्यो।' सिक्किम आउनु उनको सबैभन्दा राम्रो निर्णय थियो, उसले बताए।
सुरुमा इकोस्ट्रीम दिल्लीमा आधारित थियो। सदस्यहरूले आफ्नो घरदेखि टाडा रहेर नै काम गरिरहेका थिए, तर बिस्तारै उनिहरू गान्तोक सरे। आफ्नै खर्चको भरमा अनि कहिले विभिन्न संस्थानहरूको अवदानको भरमा उनिहरूले विविध मुद्दा लिएर कार्यक्रम गरे, जसमा प्रमुख सांस्कृतिक विरासतको संरक्षण अनि विशेष परिस्थितिहरूमा जीवन शैलीगत अन्वेषणको नयाँ पद्धति जस्तो कि स्कुलहरूका निम्ति शैक्षिक फ़िल्महरूको विकास। उदाहरणको निम्ति छेवाङ् रिन्छेन लेप्चाले सन् २०१० मा बनाएको एनीमेसन 'पोक्ची'। वर्ल्ड वाइल्डलाइफ फन्ड फोर नेचर-भारतद्वारा निर्मित उक्त फ़िल्ममा एक रेड पान्डा जसको नाम पोक्ची हुन्छ दर्शकलाई सिक्किमको जङ्गलभित्रको खोजीतिर लिएर जान्छ, क्षेत्रको धनी वन्य उद्भिदहरूको परिचय दिन्छ। यो फ़िल्म स्कुलहरूमा एक ख्यातिप्राप्त शैक्षिक साधन बन्न गएको छ।
अर्को परियोजना आदिवासी आर्ट ट्रस्टद्वारा निर्मित 'टेल्स अफ द ट्राइब' मा आदिवासीको कथा भन्ने पारम्परिक थांका पेन्टरहरूको सिपलाई प्रयोग गरिएको छ।
टोलीले क्षेत्रका स्कुलहरूसित पनि काम गरेको छ। एउटा त्यस्तै परियोजना लिङ्दिङ् सरकारी विद्यालयमा गरियो जहाँ एकवर्षसम्म उनिहरू विद्यार्थीहरूसित प्रत्येक सनिबार भेटघाट, बातचितको कार्यक्रम गरे जहाँ विद्यार्थीहरूलाई कविता वाचन, लेखन, खाना बनाउने, सङ्गीत अनि शिल्पमा व्यस्त राखिन्थे। विद्यार्थीहरूले यसबाट कक्षामा अभ्यासबाट अनुभूत गर्ने एकरसतालाई तोड्ने कार्य हुन्थ्यो।
इकोस्ट्रीम जापान इन्टरनेसनल कोपरेसन एजेन्सीद्वारा कोष उपलब्ध गराइएको अनि वन, पर्यावरण अनि वन्य जीवन व्यवस्थापन विभाग, सिक्किमको वन सम्बन्धित परियोजनामा पनि सम्मिलित थिए। चार वर्षको परियोजनामा वन्य उत्पाद अनि उप-उत्पाद जस्तै कुच्चो, बाँस, मकैको खोसेला, जैविक डाईको स्थिरता वा सामर्थ्यलाई बुझ्नको निम्ति गहन फिल्डवर्क आवश्यक थियो। रुखहरूदेखि बाहेक उनिहरूले अन्य कस्तो प्रकारको आय- उत्पादनको कामहरूलाई सिक्किममा प्रोत्साहित गर्न सकिन्छ त्यो पनि हेरिरहेका थिए। परियोजनाको कोसिश वन्य उत्पाद अनि मानिसहरूको आजीविका माझको सम्बन्ध सुत्रलाई खोज्ने पनि थियो। अस्तित्ववान स्वयं सहायता समूहको चिन्हित गरियो जो यस डिजाइन अथवा परियोजनाको वैचारिक चरणदेखि त्यसको पुर्णतासम्म क्रियान्वित हुने प्रक्रियामा हिस्सेदार हुन इच्छुक थिए। उनिहरू यो विश्वास लिएर काम गर्न थाले कि मार्केटिङ् भनेको केवल कुराहरूलाई सुन्दर देखाउने विषय होइन अपितु यसमा धेरै अन्य विषय सम्मिलित गर्न सक्नु पर्छ। तर यी कुरा बुझाउने अनि प्रकाश पार्ने काम धेरै समय लाग्ने खाले थियो अनि यही समय उनीहरुको टोलीले परियोजना अनि उत्पाद आफै विकास गर्ने निश्चित गरे। अनि त्यसपछि ति कुराहरू मानिसमा पुऱ्याएर ति कामहरूबाट हुनसक्ने विभिन्न सम्भावनाहरू प्रकाशित गर्न सकिन्थ्यो।
सिक्किमको संस्कृति आधारित समसामायिक विचारहरूलाई प्रोत्साहित गर्न उनिहरूले भारतको उत्तर-पूर्व एवं उत्तरांचलमा आफ्ना उत्पादहरू सुरु गरे। यो देशका सबै हिमाली खण्डहरूमा आपसी सहयोगलाई प्रोत्साहित गर्ने कोसिस पनि थियो।
त्यस्ता कार्यहरूमध्ये एक थियो पारम्परिक तरीकाले बाँसको बुनाईको काम। भएका सिपलाई निखार दिनका निम्ति, आधुनिक समयको स्वादलाई ध्यान दिएर नयाँ उत्पादका डिजाइन बिकास गरियो। टोलीले बाँसका चोयाबाट उत्पाद बनाउने मानिसहरूलाई उनिहरूको उत्पाद किन्ने आश्वासन दिए किनभने उत्पादकहरूका निम्ति बजार व्यवस्थापन नै ठुलो समस्या हुन्थ्यो। प्रशिक्षण सुरु भयो, तर नियमित उत्पादन दिने उत्पादन केन्द्रहरूको बिस्तारको प्रक्रिया भने एकदम धिमा थियो। तर खुसी अनि सम्भावनाको कुरो भने के रह्यो भने जेआईसीए परियोजना अन्तर्गत चयन गरिएका गाउँबाट चालीस जना भन्दा धेरै शिल्पीहरूले प्रशिक्षण लिए, जसमध्ये चार बाँसका शिल्पी अहिले प्रमुख शिल्पकार बनेका छन् अनि अन्य पारम्परिक बाँसका शिल्पीहरूलाई उनिहरूको आ-आफ्नो गाउँमा प्रशिक्षण दिइरहेका छन्।
सोनाम ग्याल्छेन, जो इकोस्ट्रीम स्थापना गर्नका निम्ति वास्तविक दृष्ट्रा हुन्, उनि स्वयं एक उत्पाद डिजाइनर हुन् जसले बाँसको काममा विशिष्टता हासिल गरेका छन् अनि उनले एक मार्केटिङ्का निम्ति ब्रान्ड 'ला' (जसको अर्थ भूटिया भाषामा पाहाडी मार्ग अथवा पास हुन्छ) पनि सुरु गरेका छन् यससित नै अङ्ग्रेजी वर्ण 'T' मात्र लेखेर चिया पनि रिपैकेजिङ् (उत्पादलाई फेरि नयाँ खोलभित्र लगाउने कार्य) गर्ने गरेका छन्।
सङ्ग्रहले (collective) लण्डन अनि नीदरल्याण्डमा बजार खोजेका छन्, उनिहरूले क्षेत्रीय बजार पनि खोल्ने कोसिस गरिरहेका छन्। सिक्किमको संस्कृति आधारित समसामायिक विचारहरूलाई प्रोत्साहित गर्न उनिहरूले भारतको उत्तर-पूर्व एवं उत्तरांचलमा आफ्ना उत्पादहरू सुरु गरे। यो देशका सबै हिमाली खण्डहरूमा आपसी सहयोगलाई प्रोत्साहित गर्ने कोसिस पनि थियो।
उनको ब्रान्ड 'कुजू' जसको अर्थ भूटिया भाषामा 'सरीर' हुन्छ, मुख्यतया यो एकप्रकार सिक्किमका पोशाक जसलाई बखु अथवा खो भनिन्छ त्यसको जीवनाधार अनि पुनः प्रवर्तनको जाँच हो।
कर्म छिरिङ भोटिया वस्त्र (textile) डिजाइनर हुन् जो आफ्नो हातले काम गर्न रुचाउँदछन् अनि उनिभित्र पारम्परिक देशीय सिलाई प्रक्रियामा रूचि छ जसमा सिस्नुका धागोहरूको प्रयोग हुने गर्दछ। उनले नेपाल, सिक्किम अनि भूटानमा कपास लगायत सिन्थेटिक धागोहरू आउनुभन्दा अघिदेखिको सिस्नुको धागोले लुगा बनाउने प्राचीन कलालाई पुनर्जीवित गराउन चाहन्थ्यो। कर्मा विभर्स सर्भिस सेन्टर (सिलाई-बुनाई सेवा केन्द्र) सित आवद्ध छन् जो डायरेक्टोरेट अफ हयान्डिक्राफ्ट एन्ड हयान्डलूमको अधिनस्त एक उत्पाद केन्द्र हो। ऊनि पैँतालिसजना महिलासित काम गर्दैछिन् जसले बजारको माग अनुसार सिलाई-बुनाईका समसामयिकदेखि पारम्परिकसम्मका विभिन्न थरीका तरीकाहरू प्रयोग गर्दछन्। उनि पारम्परिक डिजाइन अनि सिलाईलाई आधुनिक प्रयोजनका निम्ति रूपान्तरित गर्ने काममा लागेकी छिन्। सिलाई बुनाई जान्ने सानो स्थानीय समूह लिएर कर्माले सिस्नुको धागोबाट पर्दा अनि साल (shawl) हरू डिजाइन गर्दैछिन्। उनको ब्रान्ड 'कुजू' जसको अर्थ भूटिया भाषामा 'सरीर' हुन्छ, मुख्यतया यो एकप्रकार सिक्किमका पोशाक जसलाई बखु अथवा खो भनिन्छ त्यसको जीवनाधार अनि पुनः प्रवर्तनको जाँच हो। उनले चिनिया ब्रोकेडबाट दुइतिर लगाउन मिल्ने ज्याकेट पनि डिजाइन गरिन् जसको एकतिर रङ्गिन बौद्ध सांस्कृतिक बुट्टा भरेर सजाइएका अनि अर्कोतिर भने आधुनिक बुट्टा भरिएका हुन्छन्, जसले गर्दा त्यो कपडा औपचारिक (formal) अनि आकस्मिक (casual) दुवै प्रकारले प्रयोग गर्न मिल्ने भयो।
सोनाम अनि उनका साथीहरू- कर्मा, उनका पति रनवीर, तेन्जिङ् न्यन्त्से भोटिया अनि कर्मा पाल्जोर भोटिया- ले पाहाडमा एक उद्यमि सिर्जनशील उद्योग सिर्जना गर्न चाहना राखेका छन्। उनको प्रमुख उद्देश्य विरासतको संरक्षण हो। 'सिक्किम कलाकर्मीहरूले भरिएको छ, जसले आफैलाई धेरै पीढीसम्म आजीविका सक्षम बनेका छन्।' सोनामले भन्यो, तर उ चिन्तित छ, यो उन्नत तकनीकी अनि विज्ञानको समयमा उनिहरूले आफ्नो सांस्कृतिक जरादेखि टाडिएर जानु पर्छ कि भनेर।
यहाँ भारतको विभिन्न डिजाइन संस्थानबाट शिक्षा लिइ आएका शिक्षार्थीहरू छन्। इकोस्ट्रीमले कार्यस्थल अनि अवसर दिएर सिर्जना अनि नवोन्मेषको धारा प्रभावित गर्न मलिलो भूमिका निर्वाह गरिरहेछ। इकोस्ट्रीम सिक्कीमेली कला एवं शिल्पको विशिष्टता संरक्षण गर्न सम्बद्ध छ अनि सँगै मुख्यधारको सिर्जनात्मकताप्रतिको अनुभूतिसित पनि छन् जसलाई निभाउन टोलीले अक्षरसः सफल बनेका छन्।
अनुवादक: टीका 'भाइ '
Photo Gallery
(Click to enlarge)
Designed by NWD.