Menu

आजिङ्, एक निर्भिक कृषक

मई २०१७ को सुरुआती समय, हाम्रो बातचित हुँदै गर्दाको अन्तिम क्षणतिर आजिङ् केही उदास देखिए जब उनले ति दिनहरू सम्झिए जत्तिबेला उनिसित चप्पल किन्ने क्षमता पनि थिएन अनि रिन्छेन्पोङ्का दोकानदारहरूले उसलाई पचास रुपियाँसम्मको बाँकी पनि दिँदैन थिए। उनको अनुहारमा पीढा अनि ग्लानी पोतियो जब एक दोकानदारले बाँकी मागेको थाहा पाएर सबै समानहरू फिर्ता लिएर आजेङलाई उनको रित्तो झोला फर्काइदिएको सम्झना आयो। आज उनको स्थिति परिवर्तन भएको छ, अहिले उनले धेरै असल ख्याती अनि सम्पन्नता हासिल गरेका छन्। उनको ठुलो छोरा एक ग्राजुएट हो अनि अहिले गान्तोकमा एक होटलमा कार्यरत छ अनि उनको छोरी स्कुल जान्छिन्।

सन् २००४ मा उनले प्राप्त गरेको पुस्तैनी जमीनको निरीक्षण गरे, भिरालो अनि ढुङ्गेनी पाखा भएको जमीन, रिन्छेन्पुङदेखि चार किलोमीटर टाडामा अवस्थित हातीढुङ्गामा त्यो ठाउँमा, ठाउँ अनुसार नै तारसुङ् डाँडा भनेर चिनिन्थ्यो। त्यसतो विकट अनि रुग्न जमीनमा जसले पनि केही काम गर्नुभन्दा अघि नै नसकिने पाएर हात उठाउने थियो तर आजिङले हार खाएनन्। गरीबीको असहनीय सास्ति भोगेर उनले यसलाई नै सुनखानी बनाउने दृढ निश्चय गरी काम गर्न अघि सरे। त्यो जमीनको सूक्ष्म वातावरण जो  चिसेनी कोप्चादेखि सुख्खा डाँडासम्म फैलिएको थियो, त्यसको जन्मजात ज्ञान सबै नै उनको बारी बनाउने योजनामा सहायक बन्यो।

Azing Lepcha, a contented man
Azing Lepcha, a contented man (2017)

पुत्काको मह धेरै कम उत्पादन हुन्छ तर यसबाट आर्थिक लाभ भने राम्रो हुन्छ। यस प्रकारको मौरीको औषधीय गुणका कारण मूल्य धेरै हुनेगर्दछ।

उनले फलफुलका रूखहरू रोपेर काम सुरु गरे- सुन्तला, नासपाती, कटहर, केरा, रुख कटहर, पेसन फ्रूट आदि लगाए। आजिङका बूबा पनि सुन्तला खेती गर्ने कृषक भएकाले उनले फल रोप्ने ज्ञानहरू हुर्किँदै जाँदा नै प्राप्त गरेका थिए। उनले केही सन्तुष्टि व्यक्त गर्दै भन्छन् -'पहिले बिरुवाहरू धेरै टाडाबाट ल्याउनु पर्थ्यो तर अहिले हामीले नर्सरी बनाएका छौँ र हामी आफै बिरुवा तैयार गर्दैछौँ, धेर भएका जति बेच्ने व्यवस्था पनि गर्दैछौँ।' उनले आरुबखडा अनि अमला उमार्छन्, अदुवा-अलैँची जस्ता नगदे फसल, आलू अनि टमाटर पनि फलाऊँदछन्। सँगै पोल्ट्री फार्म, गाई पालन अनि माछा पालनसम्म गरेका छन्। कृषि अनि रोप्ने कार्यबाहेक उनके मौरी पालनसँगै अत्यन्त दुर्लभ पुत्काको पालन पनि गर्दैछन्। धेरै वर्षहरूमा उनले बिस्तारै वाइन बनाउने अनि मह बेच्ने कार्यलाई पनि बढाएर लगे। पुत्काको मह धेरै कम उत्पादन हुन्छ तर यसबाट आर्थिक लाभ भने राम्रो हुन्छ। यस प्रकारको मौरीको औषधीय गुणका कारण मूल्य धेरै हुनेगर्दछ। वास्तवमा उसको मुख्य आर्थिक श्रोत भनेको नै जङ्गल लगायत आफ्नो फार्मबाट निस्किने मह नै थियो, उनले वरिपरीका गाउँबाट पनि मह सङ्ग्रह गर्थे। आजिङ्को मौरी अनि विभिन्न थरीका फूलहरूमाझको सम्बन्ध लिएर अन्तरङ् ज्ञानका कारण मौरीको समस्या बुझ्न उनलाई सहयोग मिलेको थियो। सबै मौसमहरू जतिबेला अलग अलग फूलहरू फुल्ने गरेका हुन्छन्, त्यसबेला निकालिएका महले पनि अलग अलग

स्वाद अनि गुण लिएका हुन्छन्। सन् २०१७ मा चिउरीको रूखले फुलेन अनि महको उत्पादन घटेर गयो। उसले पत्तो पायो कि बारीमा रोपिएका फलका रूखहरूको विपरीत जङ्गलका रूखहरूले प्रत्येक दुइ वर्षमा मात्र फल दिन्थ्यो। जब च्युरी फल पर्याप्त फल्थे, सबै नै खुसी हुन्थे- मौरी, बाँदर अनि फल बेच्नका लागि मान्छेहरू पनि अथवा उनलाई हो भने वाइन बनाउनको निम्ति। जुन-जुलाई महीनामा मकै फुलेको समय पनि मह राम्रो हुन्छ, उसले भन्यो।

जब मौरीले बाँसको फूलबाट रस बटुल्दछ त्यसलाई ओकल्न सक्दैन र तिनीहरू मर्ने गर्दछ। अदुवा अनि लसुनको गन्धले मौरीलाई खती गर्दछ, त्यसैले मौरीको गुँड नजिक त्यसको खेती गर्नु हुँदैन भनेर सतर्क गराए। जनवरी महीनामा जतिबेला अरू किराहरू पाउँदैन एक प्रजातिका पंक्षीले मौरी खाईदिनेगर्छ, उडिरहेको मैं समातेर पनि खान्छ। मलसाप्रोले मह खाईदिन्छ। कमिलाले पनि मौरीलाई खती गर्छ तर उसले पूत्का अनि मौरीको गुँड थाम्ने खाँबोको फ़ेदीमा पानीको तलाव जस्तो बनाएर कमिलादेखि सुरक्षित राखेको छ।

आजिङको उपलब्धिबारे कुराहरू उनको बराबर खटने उनकी पत्नी दिलमाया बारे नबताई पूर्ण हुँदैन, जसले फार्मको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन्। उनले होमस्टे अनि फार्ममा मात्र नसघाएर वाइन (जाँड), जूस अनि केही फलहरूबाट छालामा लगाईने क्रीम आदि पनि बनाउने गर्दछिन् , जुन सबै कुराले आजिङको नमूना फार्मको आयमा वृद्धि गर्दछ।

Dil Maya, Azing’s able partner
Dil Maya, Azing’s able partner

एकचोटी आज़िङको सफलताको कथा फैलिएपछि विभिन्न सरकारी विभाग उनलाई विभिन्न योजना अन्तर्गत सहयोग गर्न अघि आए। हार्टीकल्चर विभागले उनले रोपेका सुन्तलाको निम्ति आजिङसित सम्पर्क गरे अनि उनलाई कतिपय तकनीकी जानकारीहरू उपलब्ध गराए साथ साथै आवश्यक सहयोगहरू दिए। पर्यटन विभागले उनलाई एक होमस्टे बनाउनका निम्ति कोष प्रदान गरे। कृषि विभाग एवं ग्रामीण व्यवस्थापन अनि विकास विभागले उनलाई जल सिँचाई लगायत प्रशिक्षण प्रयोजनका निम्ति संरचनाका निम्ति सहयोग पुऱ्याए।

Bee keeping at Azing_s farm
Bee keeping at Azing's farm

उनको फार्मको भिजिटर पुस्तिकामा प्रभावशाली अनि विविध नामको सूची प्राप्त गर्न सक्छ, यूनाइटेड नेसनको खाद्य एवं कृषि संगठनको अंतरराष्ट्रीय संस्थाको प्रतिनिधिदेखि लिएर, सिक्किम सरकारका मन्त्रीहरू लगायत राज्यभित्रका विभिन्न कृषि समूह अनि पर्यटकहरूको लामो धारा नै पाइन्छ जो सबै यो व्यक्तिको एक अयोग्य अनि बन्जर भूमिलाई कृषियोग्य गार्डनमा परिणत गर्ने  जादुमय हातको शक्तिबाट तानिएका थिए।

अनुवादक: टीका 'भाइ '

Photo Gallery
(Click to enlarge)

Translated by: टीका ‘भाइ’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram