Menu

सिक्किम: जैविक विरासत अनि खानपान

पूर्वी हिमालयको फेदीमा अवस्थित राज्य सिक्किमको बारेमा सोच्दा मनमा ‘जैविक’ शब्द आउँछ। अतियथार्थिक परिदृश्य र पाहाडहरू तिनीहरूको समृद्ध वनस्पतिका साथ, यसको 'जैविक' छविसँग प्रतिध्वनित हुन्छन्। सन् २०१६ मा, सिक्किमले सय प्रतिशत जैविक नीति लागु गर्ने विश्वको पहिलो राज्यको रूपमा विश्वव्यापी ध्यान आकर्षित गर्‍यो। बर्गर (२००८) लेख्छन्, "हामीले कुराहरू हेर्ने तरिकालाई हामीलाई के थाहा छ वा हामीले के विश्वास गर्छौँ त्यसले असर गर्छ। शब्द भन्दा पहिले हेर्नु आउँछ।" हरेक पटक जब म नयाँ ठाउँमा जान्छु, म त्यस क्षेत्रलाई बुझ्न सक्ने विभिन्न तरिकाहरू उजागर गर्न चाहन्छु। जैविक सिक्किम र यसको हरित अर्थतन्त्रको 'संरचित बुझाइ' लाई तोड्ने यो प्रयासले मलाई नाम्चीको किसान बजारमा पुर्‍यायो, जुन आधुनिक पूर्वाधार हो जहाँ स्थानीय किसानहरू र पसलहरूले नजिकैका गाउँहरूमा उब्जाएको उत्पादन (फलफुल र तरकारीहरू) बेच्छन्।

नाम्ची किसान बजार/ तस्बिरः प्रशान्ति प्रधान

सिक्किमले सहरी र ग्रामीणलाई गाँस्ने द्वैधता बोकेको छ। उदाहरणका लागि, किसान बजार एक आर्थिक केन्द्र हो तर यो ग्रामीण र सहरी सिक्किम बिचको अन्तरसम्बन्धको उत्कृष्ट उदाहरण पनि हो।

नाम्चीको किसान बजारले ‘जैविक’ छविलाई जोगाउन सफल भएको छ, प्रदर्शनी गरिएका फलफुल र तरकारीका विविधता देखेर म अचम्भित भए। मेरो एक भ्रमणमा, मैले तिमिटारका श्री अर्जुन क्षेत्रीलाई भेटेँ, जसले रायोको साग बेच्ने सानो पसल चलाउँछन्। उनले रायोको साग मौसमी भएकाले वर्षमा एकपटक मात्रै बिक्री हुन्छ बताए । मैले नाम्चीमा स्थानीय फलफुल र तरकारी बेच्ने अस्थायी पसलहरू पनि देखेँ। यी मानिसहरूले भूमिलाई गहिरो बुझेका छन्। उनीहरूले ‘जैविक’ संरक्षण गर्न खोज्दै मौन क्रान्तिको नेतृत्व गरेका छन्, सपिङ कम्प्लेक्स, फुड जोइन्ट, डिपार्टमेन्टल स्टोरहरू इत्यादि मार्फत सहरी घरहरूले भरिएको र ठुला निगमहरूले उपनिवेश बनाएको द्रुत रूपमा परिवर्तन भइरहेको परिदृश्यको बिरूद्ध। सिक्किमले सहरी र ग्रामीणलाई गाँस्ने द्वैधता बोकेको छ। उदाहरणका लागि, किसान बजार एक आर्थिक केन्द्र हो तर यो ग्रामीण र सहरी सिक्किम बिचको अन्तरसम्बन्धको उत्कृष्ट उदाहरण पनि हो।

किसान बजारहरू विरुद्ध डिपार्टमेन्टल पसलहरू

नाम्ची किसान बजारमा खाद्यले एक फरक विश्व दृष्टिकोण प्रस्तुत गर्दछ - काँक्रोहरू माटो सहित सफा नगरिएका हुन्छन्, दाग भएका अम्बकहरूले आफ्नो कथाहरू प्रदर्शन गर्छ, अनि सबै आकारका सुन्तलाहरू प्रदर्शित हुन्छन्। किराना पसलहरूमा राखिएको अवास्तविक पूर्णताबाट धेरै टाढा। जहाँ हरेक कुना विज्ञापनले ढाकिएको छ, जहाँ प्याकेज गरिएको/बोतल/फ्रोजन/डिब्बामा बन्द गरिएका खाना ग्राहकहरूलाई स्थानीय उत्पादनको तुलनामा अतुलनीय छ भन्ने विश्वास दिलाउने गर्छ। किम्मेरर (२०१५) लेख्छन्, "चिप्ला प्लास्टिकमा बेरिएको स्टाइरोफोम ट्रेमा खाना आउँदा केही भाँचिएका हुन्छ, अस्तित्वको एउटा शव जस्तो जीवन भनेकै एउटा साँघुरो पिंजरा थियो। यो जीवनको उपहार होइन; यो चोरी हो।" डिपार्टमेन्टल स्टोरहरूले स्ट्याक पङ्क्तिहरूमा खाना प्रदर्शन गर्दछ जहाँबाट उपभोक्ताहरूले शब्दखेल र प्रदर्शनमा दक्ष ब्रान्डहरूको श्रेणीबाट छनौट गर्छन्।

सिमी संग व्यस्त एक बच्चा / फोटो: प्रशान्ति प्रधान
जब हामी स्वेच्छाले हाम्रो आफ्नै बेवास्ता गर्दै विश्वव्यापी स्वादलाई अँगाल्न भाग लिन्छौँ के हामीलाई हानि हुँदैछ? के सहरी खाद्य उद्योगले हामीलाई हाम्रो पुर्खा, संस्कृति र जराहरू रहेका कथाहरू पत्ता लगाउन भूमिसँग जोड्न सक्छ र? जामको बोतलले आफ्ना उपभोक्ताहरूलाई स्ट्रबेरी कटनीमा किसानहरूको श्रमको बारेमा जानकारी दिन सक्छ? के च्याउका प्याकेटहरूले तिनीहरूलाई टिप्ने परिश्रमलाई प्रकट गर्न सक्छ? के डिपार्टमेन्टल स्टोरहरूले खरिदकर्ताहरूलाई खाना, जमिन वा प्रकृतिबारे बताउन सक्छ?

“अहिलेका बालबालिकाले खाना खाँदैनन् । तिनीहरू वाइ वाइ, मिमी र चिप्स रुचाउँछन्। पसलहरूले यस्ता वस्तुहरू देखाउन हिचकिचाउँदैनन् र बालबालिकाले देखेपछि सजिलै लोभिन्छन्”, २० वर्षदेखि किसान बजारमा तरकारी बिक्री गर्दै आएकी आसाङथाङकी श्रीमती कमला मगरले बताइन्। उनले थपिन्, "हाम्रो बाल्यकालमा यस्तो थिएन, गोलो मिठाई मात्र बेचिन्थ्यो।" मेरो खानपान पनि राम्रो छैन, नाम्चीको एउटा पसलमा प्रदर्शित विभिन्न प्रकारका निर्यात गरिएका वैश्विक खाजाहरूले मलाई निरन्तर आकर्षित गर्छ। कोरियाली रामेनदेखि अमेरिकी ट्याबास्को सस, जापानी सिवीडदेखि थाई प्रन वेफरसम्म, पसल खाना प्रेमीहरूका लागि सपना हो। जब म त्यस्तो देख्छु, हाम्रो खानाको छनौटहरूबारे विभिन्न प्रश्नहरू उठ्छन्। जब हामी स्वेच्छाले हाम्रो आफ्नै बेवास्ता गर्दै विश्वव्यापी स्वादलाई अँगाल्न भाग लिन्छौँ के हामीलाई हानि हुँदैछ? के सहरी खाद्य उद्योगले हामीलाई हाम्रो पुर्खा, संस्कृति र जराहरू रहेका कथाहरू पत्ता लगाउन भूमिसँग जोड्न सक्छ र? जामको बोतलले आफ्ना उपभोक्ताहरूलाई स्ट्रबेरी कटनीमा किसानहरूको श्रमको बारेमा जानकारी दिन सक्छ? के च्याउका प्याकेटहरूले तिनीहरूलाई टिप्ने परिश्रमलाई प्रकट गर्न सक्छ? के डिपार्टमेन्टल स्टोरहरूले खरिदकर्ताहरूलाई खाना, जमिन वा प्रकृतिबारे बताउन सक्छ?
सागको गुच्छा, पाहाडमा एक सामान्य परिदृश्य /फोटो: अंशु क्षेत्री
 
किराना पसलहरूले मौसमी फलफुल र तरकारीहरू प्रस्ताव गर्छन्, तथापि, त्यहाँ मौसम गडबडी हुन्छ। यसैबीच किसानका बजारहरू मौसमको लयसँग मिल्दोजुल्दो हुँदा, रङ र स्वादले भरिएका छन्।

ओबामाले (२०२१) कसरी उनीहरूको पारिवारिक सेफले किराना पसलहरू विरुद्ध जानाका लागि उनीभित्रको अन्तस्करणलाई प्रज्वलित गर्‍यो भन्ने कुरा गर्छ। “उनले हाम्रो परिवारलाई किराना पसलको फ्लोरोसेन्ट समानताबाट र मौसमको लयतिर सार्‍यो। वसन्तमा ताजा मटरको आगमन वा जुनमा रास्पबेरी पाकेको क्षणको बारेमा उनी आदर प्रकट गर्थे। उनले केटीहरूलाई आरूहरू दिनु अघि पाकेर पोटिलो नहोउन्जेल पर्खिन्थे, केटीहरू क्यान्डीसित समझौता नगरहोस् भनेर। सामले खाना र स्वास्थ्य समस्याहरूमा पनि शिक्षित दृष्टिकोण राखेका थिए, जस्तै कसरी खाद्य उद्योगले सुविधाको नाममा परिवारहरूलाई प्रशोधित खानाहरू बजारमा पुर्‍याउँछ र यसले कसरी गम्भीर स्वास्थ्य परिणामहरू निम्त्याइरहेको थियो।" किराना पसलहरूले मौसमी फलफुल र तरकारीहरू प्रस्ताव गर्छन्, तथापि, त्यहाँ मौसम गडबडी हुन्छ। आँप आफ्नो समय भन्दा अगावै आइपुग्छ, प्याकेज गरिएको स्ट्रबेरीमा प्राकृतिक मिठोपनको अभाव हुन्छ, र अम्बक वर्षैभरि बेचिन्छन्, प्रायः यी फलफुलहरूले आफ्नो नीरस स्वादले खरिदकर्ताहरूलाई निराश पार्छन्। यसैबीच किसानका बजारहरू मौसमको लयसँग मिल्दोजुल्दो हुँदा, रङ र स्वादले भरिएका छन्।

नाम्चीको किसान बजार

किसान बजार स्थानीय किसान समुदायहरूको समूह हो, जो हाम्रो पृथ्वीको उदारताको गवाही प्रस्तुत गर्न भेला हुन्छन्। बार्बिङका श्री टासी शेर्पाले आफ्नो किवी र कागतीको बिरुवा देखाउँदै विगत पचास वर्षदेखि तरकारी बिक्री गर्दै आएको गर्वका साथ सुनाए । “यहाँ बन्दाकोपी, फुलकोपी, गाजर, धनिया र मूली बेच्न थाल्ने म पहिलो व्यक्ति हुँ। त्यतिबेला हामी प्लाजा नजिकै पसल फैलाउथ्यौँ।” हरेक हिउँदमा सिमल तरुल देखा पर्दा मौसम परिवर्तनको साक्षी दिन्छ, तपाईँले यसलाई बजारहरूमा डोकोमा भेट्टाउन सक्नुहुन्छ। किम्मेरर (२०१५) लेख्छन् कि समारोहहरू हामीले "स्मरण गर्न सम्झने" तरिका हो। प्रत्येक जनवरी, जाडोको चरम समयमा, भारतीय उपमहाद्वीप र नेपालमा बसोबास गर्ने नेपालीहरूले माघे सङ्क्रान्ति मनाउँछन्, विभिन्न परम्परागत स्वादिष्ट परिकारहरू र विभिन्न प्रकारका तरुल अनि सकरखण्डहरू खान्छन्। यो एक फसल पर्व हो, जुन विक्रम संवत् (नेपालको आधिकारिक हिन्दू धार्मिक क्यालेन्डर) को दशौँ महिना, माघमा पर्दछ। यो हाम्रा पुर्खाहरूले बनाएको परम्परा हो, परिवार र छिमेकीहरूसँगै आउन र भोज गर्ने दिन। सायद, हाम्रा पुर्खाहरूले हामीलाई सम्झाउन खोजेका थिए कि भूमिप्रति कृतज्ञता जनाउनु आवश्यक छ।

हरेक हिउँदमा सिमल तरुल देखा पर्दा मौसम परिवर्तनको साक्षी दिन्छ, तपाईँले यसलाई बजारहरूमा डोकोमा भेट्टाउन सक्नुहुन्छ।प्रत्येक जनवरी, जाडोको चरम समयमा, भारतीय उपमहाद्वीप र नेपालमा बसोबास गर्ने नेपालीहरूले माघे सङ्क्रान्ति मनाउँछन्, विभिन्न परम्परागत स्वादिष्ट परिकारहरू र विभिन्न प्रकारका तरुल अनि सकरखण्डहरू खान्छन्। सायद, हाम्रा पुर्खाहरूले हामीलाई सम्झाउन खोजेका थिए कि भूमिप्रति कृतज्ञता जनाउनु आवश्यक छ।

सिमल तरुल / तस्विर: प्रशान्ति प्रधान

हरेक आइतवार, जब म नाम्ची किसान बजार जान्छु...जात, वर्ग, रङको भेदभाव बेगरको मानिसहरूको सद्भाव हेर्न पाउनु रोचक लाग्छ। ताजा उत्पादहरूले तपाईँलाई प्रवेशद्वारमा अभिवादन गर्दछ, प्रकृति र यसको इनाम बुझ्न आमन्त्रित गर्दै। पुरुष र महिला दुवै रहेको किसानहरूको समुदाय बिहानदेखि बेलुकासम्म क्रेताहरूसँग संलग्न रहन्छ, र कुरा सुन्न इच्छुकहरूलाई उनीहरूको अनुभव पनि प्रदान गर्दछ।

"पृथ्वी यति धनी छ कि यसको बदली हामीले यसलाई ध्यान दिन र्पर्छ।" (किमेरर, २०१५) हरेक पटक किसानको बजारमा जाँदा यो सत्य लाग्छ। हरेक आइतवार, जब म नाम्ची किसान बजार जान्छु, यसले मलाई जिज्ञासु किशोरावस्थामा हेरेको ट्राभल फुड सोको सम्झना गराउँछ। जात, वर्ग, रङको भेदभाव बेगरको मानिसहरूको सद्भाव हेर्न पाउनु रोचक लाग्छ। ताजा उत्पादहरूले तपाईँलाई प्रवेशद्वारमा अभिवादन गर्दछ, प्रकृति र यसको इनाम बुझ्न आमन्त्रित गर्दै। पुरुष र महिला दुवै रहेको किसानहरूको समुदाय बिहानदेखि बेलुकासम्म क्रेताहरूसँग संलग्न रहन्छ, र कुरा सुन्न इच्छुकहरूलाई उनीहरूको अनुभव पनि प्रदान गर्दछ। आजकल, सेल फोनको लोकप्रियताको कारण एक सानो परिवर्तन देख्न सकिन्छ। मेरो अन्तिम भ्रमणमा, मैले केही बिक्रेताहरूलाई उनीहरूको फोन स्क्रिनमा नै एकोहोरो भएकाले आफ्ना पसलहरूलाई ध्यान नदिएको देखेँ। कहिलेकाहीँ, आधुनिक संसारको 'प्रगति' बेठिक देखिन्छ, विशेष गरी जसरी फोनले मानव सम्बन्धलाई सफलतापूर्वक नष्ट गरिरहेको छ।

नाम्चीको किसान बजारमा आइतबारको चहलपहल/ तस्बिरः प्रशान्ति प्रधान

देखावटीको समाज

डेबोर्ड (२०२१) ले आफ्नो पुस्तकमा लेख्छन् कि "जीवन देखावटीको एक विशाल सञ्चयको रूपमा प्रस्तुत गरिएको छ।" आधुनिक संसारको डेबोर्डियन विश्लेषणले मानिसहरूको दैनिक जीवनमा इन्टरनेटको प्रभावलाई पूर्ण रूपमा वर्णन गर्दछ। मानिसको खाने शैली र बानीमा महत्वपूर्ण परिवर्तनहरू देख्न सकिन्छ। डेबोर्ड (२०२१) थप लेख्छन्, "देखावटीले आफैलाई एक विशाल दुर्गम वास्तविकताको रूपमा प्रस्तुत गर्दछ जुन कहिल्यै प्रश्न गर्न सकिँदैन। यसको एउटै सन्देश हुन्छ: जे देखिन्छ त्यो राम्रो हुन्छ।यसको देखावटीको तरिका, कुनै जवाबलाई अनुमति नदिइ यसले माग गरेको निष्क्रिय स्वीकृति पहिले नै देखावटको एकाधिकारद्वारा प्रभावकारी रूपमा थोपिएको छ।" आज, देखावट एक शीर्ष प्राथमिकता मानिन्छ। उदाहरणका लागि, हामीले उपभोग गर्ने खाना राम्रो देखिनुपर्छ। हुनसक्छ यस कारणले प्याकेज गरिएको स्ट्रबेरीहरू किसानको बजारमा बेच्नेहरू भन्दा मन पराइन्छ, प्याकेज नगरिएका स्ट्रबेरीहरू सम्भवत सबै कुरा अस्वाभाविक रूपमा उत्तम देखिने आधुनिक आवश्यकताहरू पुरा गर्न असफल हुन्छन्।

आज, देखावट एक शीर्ष प्राथमिकता मानिन्छ। उदाहरणका लागि, हामीले उपभोग गर्ने खाना राम्रो देखिनुपर्छ। हुनसक्छ यस कारणले प्याकेज गरिएको स्ट्रबेरीहरू किसानको बजारमा बेच्नेहरू भन्दा मन पराइन्छ, प्याकेज नगरिएका स्ट्रबेरीहरू सम्भवत सबै कुरा अस्वाभाविक रूपमा उत्तम देखिने आधुनिक आवश्यकताहरू पुरा गर्न असफल हुन्छन्।

मुकब्याङ्ग भिडियोहरूद्वारा लोकप्रिय बनाइएको इन्स्ट्यान्ट नुडल्सहरू / फोटो: प्रशांति प्रधान

आज, खाद्य उद्योगको तुलनामा प्राकृतिक संसारको समृद्धिको विज्ञापनमा संलग्न विशेषज्ञहरू भेट्टाउन गाह्रो छ जसले विज्ञापन जिङ्गलहरू र फेन्सी प्याकेजिङ मार्फत आफ्नो प्रशोधित खाद्य वस्तुहरू सिपालु तरिकाले बजारमा उतार्छन्।किम्मेरर (२०१५) लेख्छन्, “हाम्रा जनताले कुनै समय राक्षसी ठानेका आशक्त स्वस्वार्थलाई अहिले सफलताको रूपमा मानिन्छ। हामीलाई हाम्रा मानिसहरूले अक्षम्य रूपमा हेरेका कुराहरूको प्रशंसा गर्न भनिएको छ। उपभोग सञ्चालित मानसिकताले 'जीवनको गुणस्तर' को रूपमा आफैलाई प्रस्तुत गर्दछ तर हामीलाई यसले भित्रभित्रै खान्छ।"

बनर्जी (२००६) लेख्छन्, "मेरी हजुरआमा परम्परागत जडीबुटी विद्यामा ठुलो विश्वासी हुनुहुन्थ्यो, जसका अनुसार तितो तरकारीको नियमित खुराकले तपाईँलाई सबै शारीरिक रोगहरूबाट बचाउँछ जुन प्रकृतिले महिला मानव शरीरलाई आक्रमण गर्छ।" आज, खाद्य उद्योगको तुलनामा प्राकृतिक संसारको समृद्धिको विज्ञापनमा संलग्न विशेषज्ञहरू भेट्टाउन गाह्रो छ जसले विज्ञापन जिङ्गलहरू र फेन्सी प्याकेजिङ मार्फत आफ्नो प्रशोधित खाद्य वस्तुहरू सिपालु तरिकाले बजारमा उतार्छन्। कहिलेकाहीँ, सुविधा पसलहरू र फास्ट-फुड चेनहरूतिर मानिसहरूको पङ्क्तिबद्धताको साथसाथै वर्तमान खाद्य उद्योगको साक्षी बन्नु धेरै चिन्ताजनक छ। नाम्चीको एउटा सुविधा स्टोर जुन म नियमित रूपमा जान्छु, जई, मुस्ली, प्रोटिन बारहरू र अनाज जस्ता विभिन्न प्रकारका स्वस्थ खाजाहरू छन्। तर कोरियाली रामेन नुडल्स युवा पुस्तामाझ व्यापक लोकप्रियताका कारण आकर्षण हो। हालैका वर्षहरूमा, मुकबाङ भिडियोहरूमा अत्यधिक वृद्धि भएको छ जहाँ विश्वभरका मानिसहरू मिडिया प्लेटफर्महरूमा ठुलो मात्रामा खाना उपभोग गर्छन्। सन् २०१० को दशकमा कोरियाली ड्रामा र पप सङ्गीतले प्रशंसा प्राप्त गरेपछि यो विश्वव्यापी लोकप्रियतामा पुग्यो। प्राय खानाको मात्रा एक व्यक्तिलाई वास्तविक जीवनमा खाएर सक्नु चुनौतीपूर्ण देखिन्छ, यसबाहेक, उनीहरूको खाना छनोटको उद्देश्य दर्शक वृद्धिमा आधारित हुन्छ। यद्यपि, मुकबाङको अस्वस्थ खाने बानी, विशेष गरी खाने विकार, पशु क्रूरता, र खानाको फोहोरको प्रचारको बढ्दो आलोचना भइरहेको छ। किम्मेरर (२०१५) लेख्छन्, “हाम्रा जनताले कुनै समय राक्षसी ठानेका आशक्त स्वस्वार्थलाई अहिले सफलताको रूपमा मानिन्छ। हामीलाई हाम्रा मानिसहरूले अक्षम्य रूपमा हेरेका कुराहरूको प्रशंसा गर्न भनिएको छ। उपभोग सञ्चालित मानसिकताले 'जीवनको गुणस्तर' को रूपमा आफैलाई प्रस्तुत गर्दछ तर हामीलाई यसले भित्रभित्रै खान्छ।" यो प्रवृत्तिले अस्वस्थ खानेहरूको पुस्तालाई अनलाइन खानेहरूको सानदार प्रदर्शनले मन्त्रमुग्ध गरेको देखिन्छ।

भूमिका ज्ञान रक्षकहरू

किसानको बजारले हामीले दैनिक खाने खानाको बारेमा जान्नाका लागि अवसर पनि प्रदान गर्दछ। हरेक कुनामा भन्नाका लागि कथा छ, तर के हामी सुन्न तयार छौँ? डिपार्टमेन्टल स्टोरहरूमा खानामा प्याकेजिङ्ग पढ्न सजिलो हुन सक्छ तर ताजा उत्पादनको भाषा बुझ्न  अत्यन्त धेरै फलदायी छ। स्थानीय तरकारी बजारमा यी वाक्यहरू गुन्जिनछन्, “भाइ/बहिनी, यो ब्रोकाउली कतिको हो? के तपाईँ कृपया मूल्य घटाउन सक्नुहुन्छ?"  पर्विङकी एक वृद्ध महिला श्रीमती निमा जाङ्गुले नेपाल, दार्जिलिङ र सिक्किममा प्रचलित गुन्द्रुक को बारेमा कुरा गर्दै पुराना गीतहरूप्रति आफ्नो आकर्षण साझा गर्नुभयो। उनी कहिल्यै विद्यालय गएकी थिइनन् तर जैविक खेती र जमिनसँग विशेष सम्बन्ध कायम राख्नाका लागि यसको महत्त्वमा विशेषज्ञ हुन्। उनले विगतका दिनहरू र वर्तमान समयको तुलनामा जीवनयापनको लागत कत्तिको सस्तो थियो भनेर पनि प्रतिबिम्बित “पहिले नाम्चीमा सिनेमा हल थिएन, हामी कालेबुङ जान्थ्यौँ, तर धेरै खर्च लाग्दैनथियो। म देव आनन्द र अमिताभ बच्चनको ठुलो फ्यान हुँ।" हाम्रो वार्तालाप तरकारीदेखि सिनेमातिर सर्‍यो, तर उहाँका उपाख्यानहरू सुन्दा रमाइलो लाग्यो।

डिपार्टमेन्टल पसलहरूमा मान्छेमाझको सम्पर्कको कमी छ।कसैले प्याकेजिङ्गमा उत्पादनको सामग्रीको बारेमा पढ्न सक्छ वा यो कहाँबाट आयो भनेर थाहा पाउन सक्छ, तर कसैले पनि खानाको पछाडि कथाहरू पत्ता लगाउन सक्दैन। डिपार्टमेन्टल पसलहरू काम गर्ने तरिका यान्त्रिक देखिन्छ, मेसिनहरूको हल्लाले प्रभुत्व जमाउँछ जहाँ मानिसहरूलाई यन्त्र मानव जस्तो हुन तालिम दिइन्छ। अर्कोतर्फ, किसान बजारहरू जीवन्त, हलचल र मानिसहरूको आवाजले भरिएका छन्।

आपसी मिलाप र बार्गेनिङ / फोटो: प्रशान्ति प्रधान

नाम्चीको किसान बजारले एक राम्रो भोलिको अपेक्षा गर्न अनुमति दिन्छ जहाँ धेरै मानिसहरू स्वस्थ खाना छनोटहरूको महत्त्वबारे सचेत हुन्छन्, जसले जीवनको राम्रो गुणस्तरको ग्यारेन्टी गर्छ र हाम्रा भूमिसँग जोडिएका किसानहरू र स्थानीय विक्रेताहरूलाई समर्थन गर्छन् ।

डिपार्टमेन्टल पसलहरूमा मान्छेमाझको सम्पर्कको कमी छ। कसैले प्याकेजिङ्गमा उत्पादनको सामग्रीको बारेमा पढ्न सक्छ वा यो कहाँबाट आयो भनेर थाहा पाउन सक्छ, तर कसैले पनि खानाको पछाडि कथाहरू पत्ता लगाउन सक्दैन। डिपार्टमेन्टल पसलहरू काम गर्ने तरिका यान्त्रिक देखिन्छ, मेसिनहरूको हल्लाले प्रभुत्व जमाउँछ जहाँ मानिसहरूलाई यन्त्र मानव जस्तो हुन तालिम दिइन्छ। अर्कोतर्फ, किसान बजारहरू जीवन्त, हलचल र मानिसहरूको आवाजले भरिएका छन्। खाना प्रेमीका रूपमा, म हरेक आइतवार नाम्चीको किसान बजारमा शरण लिन चाहन्छु जहाँ मलाई मौसमी तरकारी, फलफुल र अन्य स्थानीय उत्पादनहरूका साथ निरन्तर परिचित गराइन्छ। यो बजारले सिक्किमको जैविक राज्यको छवि झल्काउँछ, जहाँ मानिसहरूका हात तरकारीका गुच्छाले भरिएका हुन्छन्। मेरा लागि, किसान बजारले सौहार्द प्रदान गर्दछ, मानिसहरूको समुदाय जसले स्वस्थ खानपान र सङ्गतलाई बढावा दिन्छ। यो नाम्चीको हरित क्षेत्र हो, मौसमी सागसब्जी, तरकारी र फलफुलले भरिएको, यसले वातावरणीय सन्तुलित संसारमा फर्कन अझै सम्भव छ भन्ने विश्वास गराउँछ। किम्मेरर (२०१५) भन्छन् "नेतृत्व शक्ति र अधिकारमा होइन तर सेवा र बुद्धिमा आधारित छ”। बजारले ठुला निगमहरूको पसलहरू विरुद्ध एक गढको रूपमा काम गर्दा यस विश्वासलाई प्रतिनिधित्व गर्दछ जसले प्रतिस्पर्धाबाट फाइदा लिन्छ र उनीहरूको उपभोक्ताहरूको कल्याणलाई जोखिममा पार्छ। बटनर (२०२३) भन्छन्, "एक समुदायको कल्पना गर्नुहोस् जहाँ सस्तो, सबैभन्दा पहुँचयोग्य, र सबैभन्दा स्वादिष्ट खानाहरू सम्पूर्ण, बोट-आधारित खानाहरू छन्। सडकहरू कल्पना गर्नुहोस् जुन केवल कारहरूका लागि बनाइएको होइन, तर मानिसहरूका लागि पनि जहाँ सम्पर्क गर्न र सामाजिकीकृत हुन सजिलो छ, जहाँ मानिसहरूले प्रत्येक दिन काम गर्ने आफ्नो उद्देश्य राख्छन्।” नाम्चीको किसान बजारले एक राम्रो भोलिको अपेक्षा गर्न अनुमति दिन्छ जहाँ धेरै मानिसहरू स्वस्थ खाना छनोटहरूको महत्त्वबारे सचेत हुन्छन्, जसले जीवनको राम्रो गुणस्तरको ग्यारेन्टी गर्छ र हाम्रा भूमिसँग जोडिएका किसानहरू र स्थानीय विक्रेताहरूलाई समर्थन गर्छन् ।

सन्दर्भहरू:

  1. Berger, John. Ways of Seeing. Penguin Books, 2008.
  2. Kimmerer, Robin Wall. Braiding Sweetgrass. Milkweed Editions, 2015.
  3. Obama, Michelle. Penguin Books, 2021.
  4. Debord, Guy. The Society of the Spectacle. Critical Editions, 2021.
  5. Banerji, Chitrita. The Hour of the Goddess. Penguin Books, 2006.
  6. Buettner, Dan. Live to a 100: Secrets of the Blue Zones, 2023, A Netflix documentary.
Translated by: टिका भाइ
About the Author

अंशु सिक्किम अल्पाइन विश्वविद्यालयमा अंग्रेजी साहित्य पढाउँछिन्। उनले उत्तर बंगाल विश्वविद्यालयबाट एमए र एमफिल पूरा गरे र दिल्लीमा रहेको महिलावादी प्रकाशन जुबानसँग एक परियोजनामा ​​काम गरिरहेकी छिन्। उनका लेखहरू धेरै रचनात्मक जर्नलहरू र वेब पोर्टलहरूमा देखा परेका छन् - Livewire, The Little Journal of North East India, On Eating; A Multilingual Journal of Food and Eating, Parcham, Platos Cave Online, र अन्य। उनी पेन्गुइन इन्डियासँगको सहकार्यमा अनलाइन स्टोरीटेलिङ सामूहिक 'Terribly Tiny Tales' तेस्रो पुस्तकका लागि छनोट गरिएका पचास लेखकहरूमध्ये एक थिइन्। उनको रुचि पढाइ, अनुसन्धान र लेखनमा छ।

 

म सिक्किम परियोजनालाई मेरो लेख प्रकाशित गर्ने मञ्च प्रदान गरेकोमा कृतज्ञ छु। डा. मोना क्षेत्रीको अमूल्य योगदान बिना यो सम्भव थिएन। म विभूषाको धैर्यता र सम्पादकीय सहयोगको लागि हार्दिक आभारी छु। म प्रभा राई मैडमको सहयोगको लागि पनि आभारी छु। अन्तमा, म यो लेख नाम्ची किसान बजारका मानिसहरूलाई समर्पित गर्न चाहन्छु, जसले मसँग आफ्ना कथाहरू साझा गर्नुभयो।

 

 


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram