Menu

गुलियो विरासतको पुनर्दाबी: हिमाली महको कथा

बाल्यकालका सम्झनाहरूमा प्रायः आमाले खोकी वा ज्वरो कम गर्न महको एक चम्चा खुवाइदिएको ममत्त्वपूर्ण सान्त्वनाका क्षण जोडिएको हुन्छ। डाक्टरद्वारा सिफारिस नगरिए पनि, यसलाई उपचारको रूपमा अँगालिएको थियो। हिमाली राज्य सिक्किम र दार्जिलिङमा, मह कहिल्यै पनि केवल गुलियो पदार्थ भएको छैन। यसले लामो समयदेखि परम्परा, उपचार र सांस्कृतिक सम्पदाको महत्व बोकेको छ।

महको चाकाको ताजा टुक्रा/ तस्बिर: अपुरब कुमार सिंह

हिमाली राज्य सिक्किम र दार्जिलिङमा, मह कहिल्यै पनि केवल गुलियो पदार्थ भएको छैन। यसले लामो समयदेखि परम्परा, उपचार र सांस्कृतिक सम्पदाको महत्व बोकेको छ।

एक चम्चा मह पहिले र अहिले पनि बाल्यकालमा हुने खोकीका लागि आमाको औषधि, छिमेकीहरूलाई मौरीपालकको उपहार र सामुदायिक जीवनको प्रतीक थियो। तैपनि, बजारहरू आधुनिक हुँदै जाँदा, मानिसहरू, मौरीहरू र तिनीहरूका उत्पादनहरूमाझको यो एक समयको घनिष्ठ सम्बन्ध बिस्तारै कमजोर हुँदै गएको छ। आज स्थानीय बजारहरूमा पाइने अधिकांश मह पुनःप्रयोग गरिएका रमका बोतलहरूमा बेचिने गरिन्छ, जसमा स्पष्ट पहिचान, ब्रान्ड वा स्रोतको जानकारी हुँदैन। यसले महको शुद्धता र प्रामाणिकताबारे गम्भीर प्रश्नहरू उठाएको छ। वास्तवमा,महको साँच्चै शुद्ध बोतल फेला पार्नु आफैमा चुनौती बनेको छ ।यसको मूल्य निर्धारणमा पनि विरोधाभास पाइन्छ। कहिलेकाहीँ मूल्य असङ्गत वा अत्यधिक महँगो हुने भएकाले गुणस्तरीय मह धेरै उपभोक्ताका लागि पाउन नै नसकिने कुरा भएको छ। फलस्वरूप, मह दैनिक भोजन र जीवनशैलीको हिस्सा बन्नुको सट्टा केवल खोकी र रुघाखोकीको बेला प्रयोग गरिने औषधीय सामग्रीमा सीमित हुन पुगेको छ।

स्थानीय हाट र मेलाहरूमा बिक्री हुने स्थानीय प्याकेज गरिएको मह/ तस्बिर: अपुरब कुमार सिंह

हाम्रो मह सम्पदालाई के भयो?यसको उत्तर किसान वा मौरीको असफलतामा होइन, तर संरचित बजार पहुँच, ब्रान्डिङ र परिचयको अभावमा छ। ग्रामीण समुदायहरूले परम्परागत ज्ञान र पारिस्थितिक जागरूकताका साथ मह उत्पादन गर्न जारी राखे पनि, उनीहरूको प्रयास फराकिलो बजारमा अदृश्य नै छ।

यो गिरावटले एउटा गम्भीर प्रश्न खडा गर्छ: हाम्रो मह सम्पदालाई के भयो? यसको उत्तर किसान वा मौरीको असफलतामा होइन, तर संरचित बजार पहुँच, ब्रान्डिङ र परिचयको अभावमा छ। ग्रामीण समुदायहरूले परम्परागत ज्ञान र पारिस्थितिक जागरूकताका साथ मह उत्पादन गर्न जारी राखे पनि, उनीहरूको प्रयास फराकिलो बजारमा अदृश्य नै छ।

जन-गोष्ठीय मौरीपालन परम्पराहरू

मायल्मित लेप्चालाखु डोमा भुटिया जस्ता अनुभवी मौरीपालकहरूले जन-गोष्ठीय मौरीपालनको जीवित परम्परालाई आज पनि निरन्तरता दिइरहेका छन्। यो परम्परा कुनै औपचारिक तालिमबाट होइन, बरु वर्षौँको अवलोकन, धैर्य र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञानबाट आकार लिएको हो।

बिहानको मिर्मिरे वा साँझपख, जब बन शान्त हुन्छ र मौरीहरू कम उत्तेजित हुन्छन्, उनीहरू निःशब्द रूपमा वन्य क्षेत्रमा प्रवेश गर्छन्। मौरीको झुन्डको आवाज, हाँगाहरूको हलचल, हावामा फैलिएको सुगन्धजस्ता वातावरणका सूक्ष्म सङ्केतहरूलाई पढ्दै उनीहरू मौरीको बासस्थान पत्ता लगाउँछन्। लामो अनुभवबाट प्राप्त दक्षता र अद्भुत साहसका साथ उनीहरू नाङ्गा हातले रानी मौरीलाई चिन्ने गर्छन्, किनभने उनीहरूलाई थाहा हुन्छ रानी मौरी नै सम्पूर्ण माहुरीका झुन्डको केन्द्रबिन्दु हो। त्यसपछि रानी मौरीलाई सावधानीपूर्वक नरम र हावा छिर्न सक्ने कपडामा सुरक्षित राखेर पूर्वतयार गरिएको काठको डुँडमा सारिन्छ। कुनै अदृश्य डोरीले तानिएझैँ कामदार मौरीहरू पनि रानीको पछि लाग्दै नयाँ डुँडमा पुग्छन् र त्यहाँ पुनः आफ्नो घर स्थापना गर्छन्।

परम्परागत मौरीपालन (जहाँ घर नजिकै मौरी पालन गरिन्छ)/ तस्बिर: अपुरब कुमार सिंह

यी काठको डुँड आफैमा प्राकृतिक रूपमा झरेका रूखका हाँगाहरूबाट बनाइएका स्वदेशी इन्जिनियरिङको प्रमाण हुन्, खोक्रो र माटो र गाईको गोबरको मिश्रणले बन्द गरिएका हुन्छन्। यसले डुँडलाई तापीय सुरक्षा प्रदान गर्नुका साथै वर्षाबाट जोगाउँछ र मौरीहरूलाई आकर्षित गर्ने परिचित गन्ध पनि दिन्छ। घरको कुलेसोमा राखिएका, ढुङ्गाको थाकहरूमाथि स्थापना गरिएका वा घरको छानामुनि झुन्ड्याइएका यी प्रत्येक डुँडले स्थानीय हावापानी, उपलब्ध सामग्री र मौरीको व्यवहारबारेको गहिरो बुझाइलाई झल्काउँछ। ।यो ज्ञान निर्देश पुस्तिकामा लेखिएको छैन तर मौखिक रूपमा, वृद्धहरूबाट युवा पुस्तामा, प्रदर्शन र दैनिक अभ्यास मार्फत हस्तान्तरण गरिएको छ।

यी काठको डुँड आफैमा प्राकृतिक रूपमा झरेका रूखका हाँगाहरूबाट बनाइएका स्वदेशी इन्जिनियरिङको प्रमाण हुन्, खोक्रो र माटो र गाईको गोबरको मिश्रणले बन्द गरिएका हुन्छन्। यसले डुँडलाई तापीय सुरक्षा प्रदान गर्नुका साथै वर्षाबाट जोगाउँछ र मौरीहरूलाई आकर्षित गर्ने परिचित गन्ध पनि दिन्छ। घरको कुलेसोमा राखिएका, ढुङ्गाको थाकहरूमाथि स्थापना गरिएका वा घरको छानामुनि झुन्ड्याइएका यी प्रत्येक डुँडले स्थानीय हावापानी, उपलब्ध सामग्री र मौरीको व्यवहारबारेको गहिरो बुझाइलाई झल्काउँछ। ।यो ज्ञान निर्देश पुस्तिकामा लेखिएको छैन तर मौखिक रूपमा, वृद्धहरूबाट युवा पुस्तामा, प्रदर्शन र दैनिक अभ्यास मार्फत हस्तान्तरण गरिएको छ।

जब मह काड्ने समय आउँछ, सामान्यतया जुलाई र डिसेम्बरको चरम महिनाहरूमा - यो प्रक्रिया सावधानी र सम्मानका साथ गरिन्छ। रातको आडमा, जब मौरीहरू शान्त हुन्छन्, मौरीपालकहरूले झुन्डलाई बिस्तारै शान्त पार्न बोरा वा थाङ्ना जलाएर धुवाँ प्रयोग गर्छन्। त्यसपछि नरम हरियो घाँसको सहायताले मौरीहरूलाई कुनै हानि नपुर्‍याई पन्छाइन्छ, र सामान्य घरायसी औजारहरूको प्रयोग गरेर महले भरिएका चाकाहरू एक–एक गरी काटिन्छन्। त्यसपछि महलाई निचोरेर कपडाबाट छानिन्छ र प्राकृतिक रूपमा बस्न दिइन्छ, जसले यसको शुद्धता र गुणस्तर जोगाइराख्छ। यस प्रक्रियाको प्रत्येक चरणले उपयोग र संरक्षणबीचको सन्तुलनलाई प्रतिबिम्बित गर्दछ।

पश्चिम सिक्किमको हातिढुङ्गामा पन्जा र DIY नेट हेलमेट लगाएर मह काड्दै एकजना किसान/तस्बिर: अपुरब कुमार सिंह

जब मह काड्ने समय आउँछ, सामान्यतया जुलाई र डिसेम्बरको चरम महिनाहरूमा - यो प्रक्रिया सावधानी र सम्मानका साथ गरिन्छ।...यस प्रक्रियाको प्रत्येक चरणले उपयोग र संरक्षणबीचको सन्तुलनलाई प्रतिबिम्बित गर्दछ।

फसलको मौसम शान्त उत्सवको समय हो। परिवारहरूले डुँडबाट मह सावधानीपूर्वक सङ्कलन गर्छन्, औषधीय प्रयोगका लागि पर्याप्त मात्रामा सुरक्षित गरिएको सुनिश्चित गर्दै उपहार वा व्यापारको लागि केही अंश छुट्याउँछन्। बाँडफाँडको यो कार्य लेनदेन होइन, यो सामुदायिक हो। मह सद्भावनाको सङ्केत हो, किसानहरू, परिवारहरू र गाउँहरू बिचको सम्बन्धलाई बलियो बनाउने तरिका हो।

ताजा मौरीको चाका सिधै डुँडबाट/ तस्बिर: अपुरब कुमार सिंह

फसलको मौसम शान्त उत्सवको समय हो। परिवारहरूले डुँडबाट मह सावधानीपूर्वक सङ्कलन गर्छन्, औषधीय प्रयोगका लागि पर्याप्त मात्रामा सुरक्षित गरिएको सुनिश्चित गर्दै उपहार वा व्यापारको लागि केही अंश छुट्याउँछन्। बाँडफाँडको यो कार्य लेनदेन होइन, यो सामुदायिक हो।

लोकगीत र मौखिक परम्पराले समाजमा महको स्थानलाई अझ उच्च बनायो। प्रकृति र यसको लयप्रति सम्मान व्यक्त गर्दै बालबालिकाहरूलाई मौरी र फुलका कथाहरू सुनाइन्थ्यो। मह धार्मिक अनुष्ठान, चाडपर्व तथा आध्यात्मिक अभ्यासहरूमा समेत प्रयोग गरिन्थ्यो, जहाँ यसले शुद्धता र समृद्धिको प्रतीकका रूपमा स्थान पाएको थियो।

उत्खनन नगरिएको गुलियोपनको भूमि

जैविक विविधताले भरिएको भारतको एकमात्र पूर्ण जैविक राज्यको रूपमा गर्वका साथ चिनिने सिक्किम एउटा यस्तो भू-भाग हो जहाँ प्रकृतिले आफूलाई असङ्ख्य रूपहरूमा अभिव्यक्त गर्दछ, यही कारणले विश्वकै केही विशिष्ट र स्वादिलो मह उत्पादन गर्ने अपार सम्भावना यस क्षेत्रमा निहित छ। घना जङ्गलदेखि खेतीयोग्य जमिनसम्म फैलिएको यसको विविध भौगोलिक बनावटले विभिन्न प्रकारका फूलहरू उपलब्ध गराउँछ, जसले महको स्वाद, सुगन्ध र गुणलाई विशिष्ट बनाउँछन्। अलैंचीका बारीहरूले महलाई गहिरो र माटोसँग जोडिएको स्वाद दिन्छन्; सुन्तलाका बगानहरूले हल्का कागतीजन्य मिठास थप्छन्; र मौसमअनुसार फुल्ने लालीगुराँसका फूलहरूले दुर्लभ तथा सुगन्धित स्वाद प्रदान गर्छन्। यस अर्थमा सिक्किमको मह केवल एउटा उत्पादन मात्र होइन, यो यहाँको उचाइ, वनस्पति र बदलिँदो मौसमको प्रतिबिम्ब हो। महको प्रत्येक थोपामा सिक्किमको समृद्ध पर्यावरणीय विविधताको सार समेटिएको हुन्छ।

आधुनिक फ्रेमयुक्त डुँडसहित आफ्नो मौरी फार्ममा एकजना किसान—मौरीपालनको अझ वैज्ञानिक र व्यवस्थित स्वरूपलाई प्रतिनिधित्व गर्दै/तस्बिर: अपुरब कुमार सिंह

सिक्किमको मह केवल एउटा उत्पादन मात्र होइन, यो यहाँको उचाइ, वनस्पति र बदलिँदो मौसमको प्रतिबिम्ब हो। महको प्रत्येक थोपामा सिक्किमको समृद्ध पर्यावरणीय विविधताको सार समेटिएको हुन्छ।

सिक्किमको फापरको मह हिमाली क्षेत्रमा पाइने सबैभन्दा विशिष्ट र उच्च गुणस्तरका प्रजातिको मह हो। सिक्किमको उच्च-उचाइ, रसायनमुक्त वातावरणमा उब्जाइएको फापरको फुलको रसबाट उत्पादित, यो केवल यसको स्वादका लागि मात्र होइन, तर यसको परिचय, शुद्धता र स्वास्थ्य मूल्यका लागि पनि विशिष्ट छ। यसलाई भौगोलिक सङ्केत (GI) उत्पादको मान्यता प्राप्त गरेको छ, जसले यसको प्रामाणिकता र क्षेत्रीय परिचयलाई सुनिश्चित गर्दछ।

हाल भारतको मह निर्यात करिब १७७ मिलियन अमेरिकी डलरसम्म पुगेको छ, जसका कारण भारत विश्वका प्रमुख मह निर्यातक राष्ट्रहरूमध्ये एउटा बनेको छ। तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि सिक्किमले वार्षिक रूपमा करिब ३५–४० मेट्रिक टन मात्र मह उत्पादन गर्छ।

राष्ट्रिय स्तरमा, राष्ट्रिय मौरीपालन र मह अभियान जस्ता पहलहरू, जसलाई प्रायः "मधु क्रान्ति" भनेर चिनिन्छ, यस ले भारतलाई विश्वस्तरीय मह उत्पादन तथा निर्यात गर्ने राष्ट्र बनाउने दिशामा अघि बढिरहेका छन्। हाल भारतको मह निर्यात करिब १७७ मिलियन अमेरिकी डलरसम्म पुगेको छ, जसका कारण भारत विश्वका प्रमुख मह निर्यातक राष्ट्रहरूमध्ये एउटा बनेको छ। तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि सिक्किमले वार्षिक रूपमा करिब ३५–४० मेट्रिक टन मात्र मह उत्पादन गर्छ। यसले उत्पादन क्षमता र वास्तविक उत्पादनमाझको धेरै ठुलो अन्तरलाई उजागर गर्दछ। सिक्किम यस्तो भूमि हो जहाँ फुलहरूको रसको प्रचुरता छ, तर त्यसको पूर्ण सम्भावना अझै पनि साकार हुन बाँकी छ।

जीवनका मौन शिल्पीहरू

प्रत्येक डुँड पारिस्थितिक सेवाको एक शक्तिगृह हो, जसले हजारौँ फुलहरूको परागसेचन गर्छ र चुपचाप जैविक विविधतालाई कायम राख्छ। तिनीहरूको कामले बाली उत्पादनलाई बलियो बनाउँछ, बीउको गुणस्तर सुधार गर्छ, र जलवायु परिवर्तनशीलता विरुद्ध लचिलोपन निर्माण गर्छ। तिनीहरू बिना, कृषि प्रणाली कमजोर हुनेछ, जैविक विविधता सङ्कुचित हुनेछ, र खाद्य सुरक्षा आफै जोखिममा पर्नेछ। वास्तवमा, मौरीहरू केवल मह उत्पादन गर्ने जीव मात्र होइनन्; उनीहरू पारिस्थितिक प्रणालीका संरक्षक हुन्, जसले कृषि र प्रकृतिमाझको नाजुक सन्तुलनलाई कायम राख्ने काम गर्छन्।

यस अपार सम्भावनाको पछाडि एउटा यस्तो कार्यबल छ, जसले केही माग्दैन तर सबैथोक दिन्छ-ती हुन् मौरीहरू। उनीहरू कृषि प्रणालीका मौन शिल्पीहरू हुन्, जसले बालीहरूलाई केवल बढाउन मात्र होइन, समृद्ध प्रकारले फस्टाउन पनि मद्दत गर्छन्। हिमाली क्षेत्रमा, जहाँ अलैँची, फलफुल तथा तरकारीहरू ग्रामीण जीविकोपार्जनको आधार हुन्, त्यहाँ मौरीहरूको भूमिका अपरिहार्य छ।

पश्चिम सिक्किमको हातीढुङ्गामा गरिएको हाम्रो सर्वेक्षणको एउटा हिस्साको रूपमा, तुलसी छेत्रीले मौरीपालनले कसरी बिस्तारै आफ्नो खेतलाई नयाँ रूप दियो भनेर वर्णन गरे। एउटा सामान्य प्रयोगको रूपमा सुरु भएको यो प्रयासले पछि धेरै गहिरो प्रभाव देखायो। मौरीहरूले केवल मह उत्पादन मात्र गरेनन्, उनीहरूले बालीहरूमा परागसेचन गरेर उत्पादनलाई वर्षेनि वृद्धि गर्न पनि सहयोग गरे। उनले फलहरू अझ समान रूपमा पाक्न थालेको, बोटबिरुवाहरू बढी सबल भएको र उत्पादन क्रमशः बढ्दै गएको अनुभव गरे।  उनका लागि, मौरीपालन आम्दानीको अतिरिक्त स्रोत मात्र बनेन, यो प्रकृतिसँगको शान्त साझेदारीमा विकसित भयो, जसले उनको जीविकोपार्जन र उनले खेती गर्ने जमिन दुवैलाई दिगो बनायो।

पश्चिम सिक्किमको हातीढुङ्गामा गरिएको हाम्रो सर्वेक्षणको एउटा हिस्साको रूपमा, तुलसी छेत्रीले मौरीपालनले कसरी बिस्तारै आफ्नो खेतलाई नयाँ रूप दियो भनेर वर्णन गरे। एउटा सामान्य प्रयोगको रूपमा सुरु भएको यो प्रयासले पछि धेरै गहिरो प्रभाव देखायो। मौरीहरूले केवल मह उत्पादन मात्र गरेनन्, उनीहरूले बालीहरूमा परागसेचन गरेर उत्पादनलाई वर्षेनि वृद्धि गर्न पनि सहयोग गरे। उनले फलहरू अझ समान रूपमा पाक्न थालेको, बोटबिरुवाहरू बढी सबल भएको र उत्पादन क्रमशः बढ्दै गएको अनुभव गरे।  उनका लागि, मौरीपालन आम्दानीको अतिरिक्त स्रोत मात्र बनेन, यो प्रकृतिसँगको शान्त साझेदारीमा विकसित भयो, जसले उनको जीविकोपार्जन र उनले खेती गर्ने जमिन दुवैलाई दिगो बनायो।

प्रत्येक डुँड पारिस्थितिक सेवाको एक शक्तिगृह हो, जसले हजारौँ फुलहरूको परागसेचन गर्छ र चुपचाप जैविक विविधतालाई कायम राख्छ। तिनीहरूको कामले बाली उत्पादनलाई बलियो बनाउँछ, बीउको गुणस्तर सुधार गर्छ, र जलवायु परिवर्तनशीलता विरुद्ध लचिलोपन निर्माण गर्छ। तिनीहरू बिना, कृषि प्रणाली कमजोर हुनेछ, जैविक विविधता सङ्कुचित हुनेछ, र खाद्य सुरक्षा आफै जोखिममा पर्नेछ। वास्तवमा, मौरीहरू केवल मह उत्पादन गर्ने जीव मात्र होइनन्; उनीहरू पारिस्थितिक प्रणालीका संरक्षक हुन्, जसले कृषि र प्रकृतिमाझको नाजुक सन्तुलनलाई कायम राख्ने काम गर्छन्।

छुटेको लिङ्क: डुँडदेखि बजारसम्म

समृद्ध जन-गोष्ठीय ज्ञान बिस्तारै हराउँदै गइरहेको छ। बढ्दो वन फँडानी, जलवायु परिवर्तनशीलता र रासायनिक कीटनाशकहरूको बढ्दो प्रयोगसँगै मौरीको सङ्ख्या घट्दै गइरहेको छ र परम्परागत अभ्यासहरू अवरुद्ध हुँदै गइरहेका छन्। नयाँ पुस्ता आधुनिक पेसा र जीवनशैलीतर्फ आकर्षित हुँदै गइरहेको छ, जसका कारण श्रमसाध्य र विशेष सीप आवश्यक पर्ने यस्ता परम्परागत अभ्यासहरू पछाडि पर्दै गएका छन्। अर्कोतर्फ, आधुनिक मौरीपालन प्रविधिहरू प्रभावकारी भए पनि तिनले पारम्परिक प्रणालीभित्र निहित पारिस्थितिक सन्तुलन र सांस्कृतिक गहिराइलाई कहिलेकाहीँ बेवास्ता गर्छन्। यो ज्ञानको क्षति केवल मह उत्पादनको विधि गुमाउनु मात्र होइन, यो जीवनशैली, प्रकृतिसँगको दिगो सम्बन्ध र सांस्कृतिक परिचयको क्षय हुनु हो

समृद्ध जन-गोष्ठीय ज्ञान बिस्तारै हराउँदै गइरहेको छ। बढ्दो वन फँडानी, जलवायु परिवर्तनशीलता र रासायनिक कीटनाशकहरूको बढ्दो प्रयोगसँगै मौरीको सङ्ख्या घट्दै गइरहेको छ र परम्परागत अभ्यासहरू अवरुद्ध हुँदै गइरहेका छन्। नयाँ पुस्ता आधुनिक पेसा र जीवनशैलीतर्फ आकर्षित हुँदै गइरहेको छ, जसका कारण श्रमसाध्य र विशेष सीप आवश्यक पर्ने यस्ता परम्परागत अभ्यासहरू पछाडि पर्दै गएका छन्। अर्कोतर्फ, आधुनिक मौरीपालन प्रविधिहरू प्रभावकारी भए पनि तिनले पारम्परिक प्रणालीभित्र निहित पारिस्थितिक सन्तुलन र सांस्कृतिक गहिराइलाई कहिलेकाहीँ बेवास्ता गर्छन्। यो ज्ञानको क्षति केवल मह उत्पादनको विधि गुमाउनु मात्र होइन, यो जीवनशैली, प्रकृतिसँगको दिगो सम्बन्ध र सांस्कृतिक परिचयको क्षय हुनु हो।

हाम्रो क्षेत्रीय सर्वेक्षणको एउटा विवरणले यो यस चुनौतीलाई स्पष्ट रूपमा उजागर गर्छ- उत्तरी सिक्किमको रालकका सुखाङ लिम्बू, एक समयका सम्मानित मौरीपालकले, अन्ततः यो अभ्यास त्यागे। उनको निर्णय सिप वा रुचिको अभावका कारण थिएन, समस्या बजारको अभाव थियो। खरिदकर्ता नहुँदा महका डुँडहरूको मूल्य हरायो, र त्यससँगै एउटा यस्तो परम्परा पनि हराउन थाल्यो, जो कुनै समय उनको गर्व र जीविकोपार्जन दुवैको आधार बनेको थियो। । उनको कथाले यस क्षेत्रका धेरै मौरीपालकहरूको व्यापक वास्तविकतालाई प्रतिबिम्बित गर्दछ - जहाँ सांस्कृतिक सम्पदा, वर्षौँको मेहनत र परम्परागत ज्ञान कमजोर व्यापारिक सहयोगका कारण सङ्घर्ष गरिरहनुपर्ने स्थितिमा पुगेको छ।

सुखाङ लिम्बूलाई सफल किसान र मौरीपालक घोषित गर्दै २०१८ को सिक्किम कृषि सम्मान प्रमाणपत्र/ तस्बिर: अपुरब कुमार सिंह

हाम्रो क्षेत्रीय सर्वेक्षणको एउटा विवरणले यो यस चुनौतीलाई स्पष्ट रूपमा उजागर गर्छ- उत्तरी सिक्किमको रालकका सुखाङ लिम्बू, एक समयका सम्मानित मौरीपालकले, अन्ततः यो अभ्यास त्यागे। उनको निर्णय सिप वा रुचिको अभावका कारण थिएन, समस्या बजारको अभाव थियो। खरिदकर्ता नहुँदा महका डुँडहरूको मूल्य हरायो, त्यससँगै एउटा यस्तो परम्परा पनि हराउन थाल्यो, जो कुनै समय उनको गर्व र जीविकोपार्जन दुवैको आधार बनेको थियो। । उनको कथाले यस क्षेत्रका धेरै मौरीपालकहरूको व्यापक वास्तविकतालाई प्रतिबिम्बित गर्दछ - जहाँ सांस्कृतिक सम्पदा, वर्षौँको मेहनत र परम्परागत ज्ञान कमजोर व्यापारिक सहयोगका कारण सङ्घर्ष गरिरहनुपर्ने स्थितिमा पुगेको छ

त्यसैले पारम्परिक मौरीपालनसम्बन्धी ज्ञान, अभ्यास र परम्पराहरूको संरक्षण तथा दस्तावेजीकरण अत्यन्त आवश्यक छ। यसले मायल्मित लेप्चालाखु डोमा भुटियाजस्ता समुदायहरूको पुस्तौँदेखि सञ्चित ज्ञानको सम्मान मात्र गर्दैन, भविष्यका दिगो कृषि अभ्यासहरूमा यी समय–परीक्षित विधिहरूलाई समावेश गर्ने अवसर पनि प्रदान गर्छ। सिक्किम र सेरोफेरोका क्षेत्रका किसानहरूसँग गहिरो पारिस्थितिक ज्ञान छ र उनीहरू उच्च गुणस्तरको मह उत्पादन गर्न सक्षम छन्। तर प्रायः उनीहरूको यात्रा स्थानीय बजारमै सीमित हुन्छ, जहाँ मह कुनै लेबलबिनाका वा पुनःप्रयोग गरिएका बोतलहरूमा बिक्री गरिन्छ। यस प्रक्रियामा महले आफ्नो परिचय र उपभोक्ताको विश्वास दुवै गुमाउँछ। ब्रान्डिङ, प्रमाणीकरण तथा व्यवस्थित बजारसम्म पुग्ने अवसरको अभावमा सबैभन्दा शुद्ध महले समेत आफ्नो वास्तविक मूल्य प्राप्त गर्न सङ्घर्ष गरिरहनुपर्दछ।

सिक्किमको मह सम्पदा पुन: प्राप्त गर्ने पहल, APSRI फूड्स/ तस्बिर: अपुर्ब कुमार सिंह

यो महत्वपूर्ण खाडललाई पूरा गर्ने प्रयास गर्दै APSRI फुड्स जस्ता उदीयमान प्रयासहरू यहीँबाट सुरु हुन्छन्।...यसरी, त्यस्ता पहलहरूले बिस्तारै महलाई बेनामी उत्पादनबाट अर्थपूर्ण अनुभवमा रूपान्तरण गर्दैछन् जुन मानिसहरूले विश्वास गर्न, मूल्यवान बनाउन र आफ्नो दैनिक जीवनमा समावेश गर्न सक्छन्।

उत्पादन कम हुनुको कारण क्षमता वा सिपको कमी होइन, बरु आवश्यक सम्बन्ध र बजारसम्म पुग्ने अवसरको अभाव हो। किसानहरू थप उत्पादन गर्न इच्छुक छन्, तर सुनिश्चित बजार नहुँदा उत्साह घटेर जान्छ। फलस्वरूप एउटा यस्तो चक्र सिर्जना भएको छ, जहाँ अपार सम्भावना उपयोगविहीन रहन्छ र परम्पराहरू क्रमशः कमजोर हुन थाल्छन्। यो महत्वपूर्ण खाडललाई पूरा गर्ने प्रयास गर्दै APSRI फुड्स जस्ता उदीयमान प्रयासहरू यहीँबाट सुरु हुन्छन्। प्रामाणिक स्रोत, कथा सुनाउने र प्राप्त गर्न सकिने प्याकेजिङमा ध्यान केन्द्रित गरेर, APSRI फुड्सले किसानहरूलाई बजार र उपभोक्ताहरूलाई विश्वाससँग पुन: जोड्न काम गरिरहेको छ। यो केवल मह बेच्ने बारेमा मात्र होइन - यो यसको परिचय पुनर्स्थापित गर्ने बारेमा हो। प्रत्येक बोतल एउटा कथामा रूपान्तरण हुन्छ, जसले हिमाली भेगको जीवन, किसानहरूको परिश्रम र मौरीहरूको अदृश्य योगदानलाई बोकेर उपभोक्तासम्म पुर्‍याउँछ।यसरी, त्यस्ता पहलहरूले बिस्तारै महलाई बेनामी उत्पादनबाट अर्थपूर्ण अनुभवमा रूपान्तरण गर्दैछन् जुन मानिसहरूले विश्वास गर्न, मूल्यवान बनाउन र आफ्नो दैनिक जीवनमा समावेश गर्न सक्छन्।

साकार हुने पर्खाइमा एउटा मिठो भविष्य

फ्रेमयुक्त डुँडभित्र रहेको मौरीको बस्ती। यस प्रणालीमा मौरीले बनाएको मैनको संरचना नष्ट नगरी मह सङ्कलन गर्न सकिन्छ/ तस्बिर: अपुरब कुमार सिंह

विश्वभरी, महको यात्रा एउटा सामान्य परम्पराबाट एक सुव्यवस्थित उद्योगमा विकसित भएको छ, जसले हिमाली भेगका लागि मूल्यवान् पाठहरू प्रदान गर्दछ। उनीहरूले महलाई यसको उत्पत्ति, शुद्धता र स्थानीय पहिचानसँग जोडिएको कथामा रूपान्तरण गरे, जसमा उपभोक्ताहरूले विश्वास गरे र उचित मूल्य तिर्न तयार भए। अफ्रिकाका इथियोपिया र तान्जानियाजस्ता देशहरूमा मौरीपालन जीविकोपार्जन र वातावरण संरक्षण दुवैको माध्यम बन्यो। त्यहाँ परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग संयोजन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गरियो। भारत भित्र पनि, केरेला र हिमाचल प्रदेश जस्ता राज्यहरूले सामूहिक कार्य र सरकारी समर्थनले महलाई कसरी मान्यता प्राप्त र मूल्यवान उत्पादनमा रूपान्तरण गर्न सक्छ भनेर देखाएका छन्, जसले हामीलाई सही संरचनाको साथ, सबैभन्दा सानो मौरीले पनि सबैभन्दा ठुलो बजारमा आफ्नो स्थान पाउन सक्छ भन्ने कुरा बोध गराउँछ।

सिक्किम अनि दार्जिलिङ एउटा अनौठो दोबाटोमा उभिएको छ, जहाँ परम्पराले अवसरहरू भेट्छन्। जैविक विविधता समृद्ध छ, ज्ञान गहिरो छ, र विश्वव्यापी माग बढ्दै छ। उत्पादन र धारणा, सम्पदा र बजारमाझको खाडललाई कम गर्न बाँकी छ। किनभने हिमाली महको प्रत्येक थोपामा केवल मिठास मात्र छैन, त्यसमा जीविकोपार्जनको सम्भावना, दिगोपनको सन्देश र सुनाइन बाँकी एउटा प्रेरणादायी कथा पनि लुकेको छ।

सिक्किम अनि दार्जिलिङ एउटा अनौठो दोबाटोमा उभिएको छ, जहाँ परम्पराले अवसरहरू भेट्छन्। जैविक विविधता समृद्ध छ, ज्ञान गहिरो छ, र विश्वव्यापी माग बढ्दै छ। उत्पादन र धारणा, सम्पदा र बजारमाझको खाडललाई कम गर्न बाँकी छ। किनभने हिमाली महको प्रत्येक थोपामा केवल मिठास मात्र छैन, त्यसमा जीविकोपार्जनको सम्भावना, दिगोपनको सन्देश र सुनाइन बाँकी एउटा प्रेरणादायी कथा पनि लुकेको छ।

Translated by: टिका भाइ
About the Author

अपुर्व कुमार सिंह एक उद्यमी र APSRI FOODS का सह-संस्थापक हुन्, जुन सिक्किम र उत्तर पूर्वबाट मह र अन्य प्राथमिक उत्पादनहरूको दिगो र नैतिक बजारीकरणमा आधारित ब्रान्ड हो। उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। विश्लेषणात्मक सोचलाई ग्रासरुट नवप्रवर्तनसँग जोडेर, उनले स्थानीय किसानहरूलाई सशक्त बनाउने लक्ष्य राखेका छन् र सचेत उपभोक्ताहरूले यस क्षेत्रको समृद्ध फसलसँग कसरी जोडिन्छन् भन्ने कुरालाई पुन: आकार दिनेछन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram