Menu

कमली विश्वकर्मा: एक महिला लोहार जो अगाडि बढिरहेकी छिन्

हामीले कमली दिदीलाई फरवरीको न्यानो सीतकालका दिनमा भेट्यौँ। जब मैले उनलाई हामी भ्रमण गरिरहेको जनाउनाका लागि कल गरेँ उनले उत्सुकतासित भनिन्, “आउनुहोस् न म तपाईँहरूका लागि समय मिलाउनेछु”। उनको आरन पश्चिम सिक्किमको सिक्किप राजमार्गमाअवस्थित छ। मैले पहिलोचोटी कमली दिदीबारे हाम्रो निर्देशक प्रभा राईबाट २०२४ मा सुनेको हुँ। एक महिला लोहार! एउटा लैङ्गिक पेशा, अधिकतर लोहार भन्दा दिमागमा पुरुष नै मात्र आउँछ। तर यहाँ छिन् कमली विश्वकर्म, एक ४४ वर्षीय महिला लोहार जसले २८ वर्षभन्दा धेरै समयदेखि फलामको काम गर्दै आएकी छिन्।

कमली दिदी आफ्नो लोहार तालिम प्रमाणपत्रको छेउमा उभिए रहेको/तस्बिर: समीक्षा गुरुङ

भित्तामा सजिएको प्रमाणपत्रलाई औँल्याउँदै, कमली दिदीले उनले २०२० मा जोरथाङको SIRD ग्रामीण विकास तथा पञ्चायती राज संस्थानमा लोहार तालिम लिएको कुरा साझा गरिन्।"म दश जनाको समूहमा एक्ली महिला थिएँ, तर म थप सिक्नाका लागि उपस्थित हुने उद्देश्य राखेकी थिएँ। हाम्रा प्रशिक्षकहरूमा पनि एक महिला लोहार देखेर छक्क परेँ"।

व्यावसायिक औजार अनि सामग्रीले छेकिएको एउटा टिनको छाप्रो मुनि उले नमस्तेसित हामीलाई उज्यालो स्वागत गरिन्। उनी काठको स्टुलमा बसिन्, उनको अगाडि फलामे निहाई र हथौडा, छेउमा भट्टी र आगो थियो। भित्तामा सजिएको फ्रेम गरिएको प्रमाणपत्रलाई औँल्याउँदै, कमली दिदीले उनले २०२० मा जोरथाङको SIRD ग्रामीण विकास तथा पञ्चायती राज संस्थानमा लोहार तालिम लिएको कुरा साझा गरिन्।"म दश जनाको समूहमा एक्ली महिला थिएँ, तर म थप सिक्नाका लागि उपस्थित हुने उद्देश्य राखेकी थिएँ। हाम्रा प्रशिक्षकहरूमा पनि एक महिला लोहार देखेर छक्क परेँ"। उनले अझ भनिन् दश दिनको तालिम, अन्य महिलाहरूसँग गेजिङ पञ्चायत हलमा आवास, यात्रा र खानाको साथै, सरकारी अनुदानमा दिइएको थियो। हामीलाई आफ्नो धातु पिस्ने मेसिन देखाउँदै उनले भनिन्, "म SIRD का प्रशिक्षकहरूप्रति धेरै आभारी छु। मैले मेरो तालिमको क्रममा यो मेसिन कसरी प्रयोग गर्ने भनेर सिकेँ। यसले हामीलाई केवल पिस्न मद्दत गर्छ, तर मानिसहरूले यसको प्रयोग बुझ्दैनन् र भन्छन् कि यसबाट बनाइएका उत्पादनहरू राम्रा छैनन् । तर म यो मेसिनको निर्माताप्रति आभारी छु किनकि यसले हामीलाई मद्दत गर्छ, केही हदसम्म भए पनि, किनकि पहिले हामीले हातले ब्लेड उध्याउनु पर्थ्यो। पिसेपछि, हामी पाइन लगाउँछौँ, अन्यथा, उत्पादनहरू बिग्रन्छन्।" उनले थपिन् कि उनका बिछोडिएका पतिले सोह्र वर्षअघि पनि यस्तै तालिम लिएका थिए।

बाबा चन्द्रबहादुर विश्वकर्मासँग कमली दिदी /
फोटो: समीक्षा गुरुङ

उनी लोहार बन्नेछिन् भन्ने थाहा नभए पनि, सानै उमेरदेखि उनलाई हसियालाई आकार दिन, भान्साको चक्कु बनाउने, मर्मत गर्ने काम र चक्कु तिखार्ने काम पनि मन पर्थ्यो।...पछि कमली दीले उनका बाबा चन्द्रबहादुर विश्वकर्मा र दाजु रत्नबहादुर विश्वकर्मा बाट लोहारको काम सिके।..सानै उमेरदेखि उनलाई थाहा थियो कि उनी लोहार बन्नेछिन् भनेर सोध्दा, उनले एउटा नेपाली उखान “दश मनमा एउटा मनलाई पनि थाहा थिएन” सुनाइन्।

कमली दिदीको जन्म निचगाउँमा भएको थियो, केहि समय पछि उनको परिवार सिक्किप सरे। उनीहरूको परिवारमा उनका बाबा, दुई आमा (जैविक र सौतेनी) र दस वर्ष जेठो ढाजु थिए। गरिब भएको कारणले गर्दा, उनीहरूको आफ्नै जग्गा थिएन र उनी अरूको जग्गामा बस्थिन्, जहाँ उनले खेती, जनावरहरूको हेरचाह गर्न र बाँदरहरूलाई खेद्न सिकिन्। उनले "आोड़ारले को छोरी" जस्ता मानिसहरूले पीडादायी वाक्यांशहरू बोलाएको सम्झिन्। उनका बाबा र दाजु दुवैले लोहारको काम गर्थे। हाँस्दै, उनले आफ्नो बाल्यकालको सम्झना गर्दै भनिन् कि उनी हथौडाहरूसँग खेल्ने गर्थिन् र तिनीहरूलाई हराउने गर्थिन्, उनको दाजुले भन्ने गर्थे, "यो बाँदरले कहाँ लुकायो?" उनी लोहार बन्नेछिन् भन्ने थाहा नभए पनि, सानै उमेरदेखि उनलाई हसियालाई आकार दिन, भान्साको चक्कु बनाउने, मर्मत गर्ने काम र चक्कु तिखार्ने काम पनि मन पर्थ्यो। उनका बाबाले उनको काम देख्थे र भन्थे, "उ मेरो हेरचाह गर्नेछिन्"। त्यसपछि उनको आमा जरी मायाको मृत्यु भयो, र उनको मृत्युको एक वर्ष पछि, उनी भागिन्। कमली दीले एक कुट्टुनीले राम्रो जीवन बिताउन र आफ्नो पढाइ जारी राख्न मनाएपछि उनले चाँडै विवाह गरेको बताइन्। तर जीवन उनले सोचेभन्दा फरक भयो। उनको दाजु उनलाई घर लैजान आएकी थिइन्, तर उनी फर्किएकी थिइनन्। "मलाई लाग्छ यो मेरो कर्म थियो किनकि म घर फर्किनँ तर बसेर दुःख भोगेँ"। पछि कमली दीले उनका बाबा चन्द्रबहादुर विश्वकर्मा र दाजु रत्नबहादुर विश्वकर्मा बाट लोहारको काम सिके। आफ्नो बितेको दाजुलाई सम्झँदा उनको आँखा रसाए, "बाबा बिरामी पर्दा हाम्रो हेरचाह गर्न उसले १४ वर्षको उमेरदेखि नै श्रमिक काम गर्न थाल्यो। मलाई आशा छ कि ऊ राम्रोसँग आराम गर्नेछ। उसले मलाई जानेको सबै कुरा सिकायो"। सानै उमेरदेखि उनलाई थाहा थियो कि उनी लोहार बन्नेछिन् भनेर सोध्दा, उनले एउटा नेपाली उखान “दश मनमा एउटा मनलाई पनि थाहा थिएन” सुनाइन्।

कमली दिदी आफूले बनाएका औजारहरू साथ/
तस्बिर: समीक्षा गुरुङ

“म सबै बनाउँछु उदाहरणका लागि खुकुरी, खुर्मी, हसिया, तलवार, बाम्फोक, छेदो आदि जस्ता हतियार। काँटा, कुट्टे, छुरी जस्ता औजार अनि मुर्चुङ्गा जस्ता साङ्गीतिक वाद्य आदि पनि। म मैले बनाएका औजारहरू जहिले पहिचान्छु।”

उनले बनाएका औजारहरू- खुकुरी, चेडो, कुट्टे, र काँटा/ तस्बिर: समीक्षा गुरुङ

उनी भन्छिन् लोहारको काम बहुआयामिक हुन्छ, जसमा धेरै सिपहरू चाहिन्छ। तिनीहरू आगो बिना काम गर्न सक्दैनन्, त्यसैले उनी भट्टी निर्माण गर्न माटो बोक्छिन्। आगो बाल्नाका लागि कोइला चाहिन्छ, जुन उनी या त किन्छिन् वा कहिलेकाहीं नदीमा भेटिने वा वरपर पाइएका दाउराबाट बनाउँछिन्। उनी आफ्ना औजारहरूका लागि काठको बेँडहरू पनि बनाउँछिन्, उनी भन्छिन् सुकेको सगुन सबैभन्दा राम्रो हो।

कमली दिदीको काम बिहान ८-८.30 बजीदेखि बेलुकी ५ बजीसम्म चल्छ। उनको आरन हप्तामा छ दिन खुल्छ, आइताबार भने उनी इसाई प्रार्थना भेलामा सामेल हुन्छिन्। उनी दसैँ-तिहार जस्तो चाडपर्वहरू बेला पनि काम गर्छिन् केवल कहिलेकाहीँ परिवार अनि साथीहरूसित बाहिर जान्छिन्। उनले के बनाउँछिन् भनेर प्रश्न गर्दा मुस्काउँदै जवाब दिइन्, “म सबै बनाउँछु उदाहरणका लागि खुकुरी, खुर्मी, हसिया, तलवार, बाम्फोक, छेदो आदि जस्ता हतियार। काँटा, कुट्टे, छुरी जस्ता औजार अनि मुर्चुङ्गा जस्ता साङ्गीतिक वाद्य आदि पनि। म मैले बनाएका औजारहरू जहिले पहिचान्छु।” उनी भन्छिन् लोहारको काम बहुआयामिक हुन्छ, जसमा धेरै सिपहरू चाहिन्छ। तिनीहरू आगो बिना काम गर्न सक्दैनन्, त्यसैले उनी भट्टी निर्माण गर्न माटो बोक्छिन्। आगो बाल्नाका लागि कोइला चाहिन्छ, जुन उनी या त किन्छिन् वा कहिलेकाहीं नदीमा भेटिने वा वरपर पाइएका दाउराबाट बनाउँछिन्। उनी आफ्ना औजारहरूका लागि काठको बेँडहरू पनि बनाउँछिन्, उनी भन्छिन् सुकेको सगुन सबैभन्दा राम्रो हो। जनवरी २०२५ मा, दस दिनसम्म, उनले तेस्रो पटक जोरथाङको माघे सङ्क्रान्ति मेलामा सरकारले प्रदान गरेको स्टलमा आफ्ना औजारहरू प्रदर्शन गरिन् र बेचिन्। लीला फुपु को प्रोत्साहनका लागि उनी धेरै आभारी छिन् किनभने उनका उत्पादनहरू राम्रो बिक्री भए। स्वास्थ्य समस्याहरूले उनलाई थप उत्पादन गर्नबाट रोकेकोमा पछुतो छिन्।

ठक-ठक-ठक… उनले जसै कुराहरू बुझाइरहेकी थिइन् उनका आवाजसित धातुलाई पिटिएको आवाज मुछिन्थ्यो।...“यो काम गाह्रो छ, तर म खुसी छु। केही मानिसहरूले लोहार काम पुरुषहरूका लागि हो, छोरीहरूले यस्तो काम गर्नु हुँदैन पनि भने। तर मलाई विश्वास छ कि जो कोहीले पनि यो काम गर्न सक्छन्। महिलाहरू अहिले पाइलट र अरू धेरै नै पेशाहरू भएका छन् ।यो काम भुइँमै बसेर गर्न सकिन्छ र यसको लागि केही प्रयास चाहिँ चाहिन्छ।"

उनको कामको दिन नयाँ औजार बनाउन अथवा औजार मर्मतीमा बित्छ। “म धातु जोरथाङ बजारबाट किन्छु; प्रत्येक टुक्रालाई ५० देखि ६० रुपियाँसम्म लाग्छ। सुरुमा, म काँचो धातुलाई पिट्छु अनि यो हसियामा भएको जस्तो धार बनाउँछु, त्यसपछी फेरि तताएर हातले पिट्छु”।ठक-ठक-ठक… उनले जसै कुराहरू बुझाइरहेकी थिइन् उनका आवाजसित धातुलाई पिटिएको आवाज मुछिन्थ्यो। “यदि मैले छिटो काम गरेँ भने, म १५-२० मिनेटमा मझौला हसियाका धार बनाउन सक्छु, दाउरा काट्ने ठुला हसियाहरूका लागि लगभग आधा घन्टा लाग्छ”।धातुको तापक्रमलाई निरन्तर ध्यान दिनुपर्ने हुन्छ, उनले कुरा थपिन्, “तपाईँले धातुलाई समाउन राम्ररी सिक्नुपर्छ नभए यसले पोल्न सक्छ। तपाईँले धातु समाउने सनासो आफ्नै हातजस्तो प्रयोग गर्नुपर्छ।” मैले उनलाई आफ्नो पेशा कस्तो लाग्छ भनेर सोधेँ, जसको जवाफमा उनले भनिन्, “यो काम गाह्रो छ, तर म खुसी छु। केही मानिसहरूले लोहार काम पुरुषहरूका लागि हो, छोरीहरूले यस्तो काम गर्नु हुँदैन पनि भने। तर मलाई विश्वास छ कि जो कोहीले पनि यो काम गर्न सक्छन्। महिलाहरू अहिले पाइलट र अरू धेरै नै पेशाहरू भएका छन् । यो काम भुइँमै बसेर गर्न सकिन्छ र यसको लागि केही प्रयास चाहिँ चाहिन्छ।" प्रविधिको यस युगमा, कमली दिदी चाहन्छिन्, मानिसहरूले नेपाली संस्कृति र परम्पराहरू सम्झून्। "लोहार हाम्रो समाजको एक महत्त्वपूर्ण भाग हो। औजार बिना खेत कसरी जोत्ने? प्रविधिले सबै प्रकारका उत्पादनहरू ल्याएको छ, तर धेरै स्थानीय मानिसहरू भन्छन् ती औजारहरू धेरै उपयोगी छैनन्। उनीहरूले मलाई भन्छन्, कारखानामा बनेका बेल्चाहरू खुकुलो हुन्छन्, बाङ्गिन्छन् वा सजिलै भाँचिन्छन्"। उनी गुणस्तरमा जोड दिन्छिन् किनकि यसले कामी महिला लोहारको रूपमा उनको प्रतिष्ठालाई हानि पुर्‍याउँछ। “मानिसहरूले मलाई ‘कामी’ वा ‘कामिनी’ भनेर बोलाउँदा मलाई कुनै आपत्ति छैन, तर जब तिनीहरूले ‘डाङ्ग्रा’ जस्ता नराम्रो शब्दहरू प्रयोग गर्छन् तब मलाई रिस उठ्छ। मानिसहरूले केही जातहरूलाई ठुलो र अरूलाई सानो ठान्छन्। म त्यस्ता कुराहरूमा विश्वास गर्दिनँ र मेरो काम राम्रोसँग गर्नमा ध्यान केन्द्रित गर्छु”। उनले थपिन्, “मानिसहरू भन्छन् कामी मानिसहरूले मात्र राम्रो लोहार हुन्छन्। तर त्यस्तो होइन; यदि मानिसहरूले सिके भने, तिनीहरू पनि राम्रो लोहार हुन सक्छन्। यो पेशा कुनै जातमा सीमित छैन। यदि पेशाहरू जात अनुसार छन् भने, महिला भएको नाताले, म लोहार हुनुहुँदैन किनकि यो पेसा पुरुषहरूको हो भनिन्छ। हैन र?”

"लोहार हाम्रो समाजको एक महत्त्वपूर्ण भाग हो। औजार बिना खेत कसरी जोत्ने?"

ब्लेड तताउँदै गरेको/ फोटो: समीक्षा गुरुङ

“मानिसहरूले मलाई ‘कामी’ वा ‘कामिनी’ भनेर बोलाउँदा मलाई कुनै आपत्ति छैन, तर जब तिनीहरूले ‘डाङ्ग्रा’ जस्ता नराम्रो शब्दहरू प्रयोग गर्छन् तब मलाई रिस उठ्छ। मानिसहरूले केही जातहरूलाई ठुलो र अरूलाई सानो ठान्छन्। म त्यस्ता कुराहरूमा विश्वास गर्दिनँ र मेरो काम राम्रोसँग गर्नमा ध्यान केन्द्रित गर्छु”।

हसिया ब्लेडलाई आकार दिँदै गरेको/ फोटो: समीक्षा गुरुङ

“मानिसहरू भन्छन् कामी मानिसहरूले मात्र राम्रो लोहार हुन्छन्। तर त्यस्तो होइन; यदि मानिसहरूले सिके भने, तिनीहरू पनि राम्रो लोहार हुन सक्छन्। यो पेशा कुनै जातमा सीमित छैन। यदि पेशाहरू जात अनुसार छन् भने, महिला भएको नाताले, म लोहार हुनुहुँदैन किनकि यो पेसा पुरुषहरूको हो भनिन्छ। हैन र?”

कमली दिदीले ६० वा ७० वर्षको उमेरसम्म लोहारको काम गर्ने आशा गर्छिन्। “मलाई मेरो काम मन पर्छ। मलाई काममा अल्झिरहने बानी परेको छ र घरमै बस्न मन पर्दैन। मलाई सुत्न, टिभी हेर्न वा फोन प्रयोग गर्न धेरै रुचि छैन। मेरा छोराछोरी भन्छन्, आमा, कृपया आराम गर्नुहोस्। तर म उनीहरूलाई भन्छु, नानी, मलाई आराम गर्न मन पर्दैन किनकि मेरो शरीर अझ बढी दुख्छ। त्यसपछि उनीहरू भन्छन्, ठिक छ, तर कृपया धेरै काम चाहिँ नगर्नुहोस्”। उनले विवाह पछि धेरै दुःख भोगेको कुरा साझा गरिन्। उनका ससुरा-सासु असल मान्छे थिए; उनका बिछोडिएका पति समस्या थिए। “छुट्टिएपछि, म धेरै खुसी छु। म भगवानसँग प्रार्थना गर्छु कि यदि म मरे र पुनर्जन्म पाएँ भने, म उसलाई ७ वटै जीवनमा कहिल्यै देख्न नपरोस्” । विवाहको दुई वर्ष पछि, उनको जेठो छोरा जन्मियो, तर उनीहरूले आर्थिक रूपमा सङ्घर्ष गरे, धेरै कामहरू गरे। त्यसको केही समयपछि, उनकी सौतेनी आमाको मृत्यु भयो, त्यसपछि उनका बाबाले आफ्नो निहाई र भट्टी उनलाई दिए किनकि उनी उनको परिवार आर्थिक रूपमा स्थिर होस् भन्ने चाहन्थे। उनका बिछोडिएका पतिलाई मदिरा सेवनको समस्या थियो, दिदीलाई रक्सी अहिले पनि मन नपर्ने कुरा हो। तर उनी उसलाई माया गर्थिन् र उनी परिवर्तन हुनेछन् भन्ने विश्वास गर्थिन्; उनी दशकौंसम्म उनीसँगै बसे रहे। उनी दुई उनका बाबा र दाजुबाट लोहार काम सिके र सँगै काम गरे, तर बिछोडिएका पतिलाई काममा रुचि थिएन। जब उनले विवाह गरिन्, उनलाई घरको काम मुश्किलले थाहा थियो, तर चाँडै उनले काम गर्न र घर सम्हाल्न थालिन्। उनीहरूले बिरधाङमा एउटा घर बनाए, जहाँ उनीहरू आफ्ना पाँच छोराछोरी (दुई छोरा र तीन छोरी) सँग बस्थे। कमली दीले घरेलु हिंसाका बारम्बार घटनाहरू सम्झन्छिन्, तैपनि उनले कडा परिश्रम गरिरहिन् र अगाडि बढिन्। "म पाहाडी उकालोमा ५० किलो चामल बोकेर हाम्रो बिरधाङ घरमा जान्थेँ। उनी हाम्रा छोराछोरीको शिक्षामा पनि धेरै चासो राख्दैनथे, उनीहरूलाई निरन्तर काममा जोताउथे"। कमली दिदीले कक्षा ३ सम्म पढिन् र सधैँ थप पढ्न चाहन्थिन्; उनका चार छोराछोरीले आफ्नो पढाइ पुरा गर्न नसकेकोमा उनी पछुताउँछिन् र आशा गर्छिन् कि उनकी कान्छी छोरीले वकिलको रूपमा स्नातक गर्नेछिन्। उनको विवाहलाई अन्तिम धक्का त्यतिबेला लाग्यो जब उनका श्रीमानले अर्की श्रीमती ल्याए। उनले आफ्ना छोराछोरीलाई आफूसँगै लिएर जाने निर्णय गरिन्। "हाम्रो बिछोड भएको एक दशक भइसक्यो"।

उनले विवाह पछि धेरै दुःख भोगेको कुरा साझा गरिन्।...उनले घरेलु हिंसाका बारम्बार घटनाहरू सम्झन्छिन्, तैपनि उनले कडा परिश्रम गरिरहिन् र अगाडि बढिन्।..."हाम्रो बिछोड भएको एक दशक भइसक्यो"।

कमली दिदी भान्साको चक्कुको ह्यान्डल बनाइरहेको / तस्बिर: समीक्षा गुरुङ

"यदि हामीले हाम्रो हत्केलाभित्र साहस पाल्दैनौँ भने, केही पनि सम्भव छैन"।

उनले हिन्दू धर्मबाट क्रिश्चियन धर्म अपनाएको लगभग चार वर्ष भइसकेको बताइन्। "मलाई लाग्छ कि सबै देवताहरू एउटै हुन्छन्, चाहे कसैले जुनसुकै धर्म मानेको होस्। सबै धर्महरू एक हुन् भन्ने म विश्वास गर्छु। कुनै पनि धर्म अर्कोभन्दा माथि छैन। आखिर, यो प्रेम र दयाको बारेमा हो"।

उनको कथा खुल्दै जाँदा, कमली दिदीले हसियाको धार बनाइन् र हाम्रा लागि भान्साको चक्कु बनाउने काम थालिन्। उनले हिन्दू धर्मबाट क्रिश्चियन धर्म अपनाएको लगभग चार वर्ष भइसकेको बताइन्। उनको अनुभवको बारेमा सोध्दा, उनले जवाफ दिइन्, राम्रो छ; उनी बिरामी हुँदा इसाई समुदायहरूले सहयोगी भूमिका खेलेका थिए। उनले थपिन्, "मलाई लाग्छ कि सबै देवताहरू एउटै हुन्छन्, चाहे कसैले जुनसुकै धर्म मानेको होस्। सबै धर्महरू एक हुन् भन्ने म विश्वास गर्छु। कुनै पनि धर्म अर्कोभन्दा माथि छैन। आखिर, यो प्रेम र दयाको बारेमा हो"। उनले चक्कुको धारमा हम्मर हान्न थाल्छिन् र भन्छिन् , "कहिलेकाहीँ, मेरो आँखामा धातुका टुक्राहरू पर्छन्।यो अहिले तिन पटक भइसकेको छ।" त्यसबेलादेखि, डाक्टरको सल्लाहमा, उनी चश्मा मन नपर्ने भए पनि लगाउँछिन्। कहिलेकाहीँ, उनी काठको ह्यान्डल बनाउँदा पनि घाइते हुन्छिन्। कहिलेकाहीँ, उनको शरीरमा रोलर चलेको जस्तो दुख्छ; उनी भन्छिन्, यो सम्भवतः उनका बिछोडिएका पतिले दिइएको गहिरो घाउबाट दुखेको हो। उनी मानसिक स्वास्थ्य समस्याहरूसँग पनि सङ्घर्ष गरिन् र उपचार पाइन् भन्ने कुरा उनले साझा गरिन् । "जब मानिसहरू धेरै कुराबाट गुज्रन्छन् र धेरै सोच्छन्, तिनीहरूको दिमाग गडबड हुन्छ, तर मैले मेरा बच्चाहरूको बारेमा सोचे र बाँच्ने निर्णय गरें"। उनको बिछोड पछि, उनका ससुरा काका आर्यन सिलाल, जो एक सहयोगी बुबा व्यक्तित्व हुन्, उनले उनलाई सिक्किप आउने सल्लाह दिए र उनको धातु कार्यशालाका लागि ठाउँ प्रदान गरे। त्यसबेलादेखि, छ वर्ष बितिसक्यो। कमली दिदीको जीवन कठिन थियो, तर उनी अगाडि बढ्दै भन्छिन्, "यदि हामीले हाम्रो हत्केलाभित्र साहस पाल्दैनौँ भने, केही पनि सम्भव छैन"।

कहिलेकाहीँ, उनको शरीरमा रोलर चलेको जस्तो दुख्छ...नी मानसिक स्वास्थ्य समस्याहरूसँग पनि सङ्घर्ष गरिन् र उपचार पनि पाइन् भन्ने कुरा पनि उनले साझा गरिन् ।

उनको बिछोड पछि, उनका ससुरा काका आर्यन सिलाल, जो एक सहयोगी बुबा व्यक्तित्व हुन्, उनले उनलाई सिक्किप आउने सल्लाह दिए र उनको धातु कार्यशालाका लागि ठाउँ प्रदान गरे। त्यसबेलादेखि, छ वर्ष बितिसक्यो।

हाम्रो कुराकानी अवरुद्ध भयो जब उनका नाति सत्यमले उनलाई अमला दिए।"ऊ मेरी छोरी बिर्शिकाको छोरा हो; उनी बाहिर काम गर्छिन्, त्यसैले मैले उसलाई यहाँ मसँग बस्न र शिक्षा दिन ल्याएको हुँ" । उनले उसलाई हामीलाई अमला दिन भने र उनको सानो मार्तोल ल्याउने निर्देशन दिन्छिन्। हाल, उनी आफ्ना बयासी वर्षका बाबा ,सत्यम, उनका जेठा छोरा कृष्ण, उनकी श्रीमती समीक्षा र उनीहरूको छोरा साइमन सँग भाडाको घरमा बस्छिन् । उनी भाटीले आगो बाल्न थाल्छिन्। मैले यस्तो उपकरण कहिल्यै देखेको थिइनँ; उनी धातु पिट्न र एकैसाथ भाटी प्रयोग गर्न गाह्रो छ भनिन्। तर अब, कृष्णा उनीसँगै लोहारको रूपमा काम गरिरहेकी छ, जसले उनलाई खुसी बनाउँछ। उनको आम्दानीको बारेमा, उनी भन्छिन् कि उनी आफ्नी छोरीलाई शिक्षा दिन कडा परिश्रम गरिरहेकी छिन्। कहिलेकाहीँ, उनले पैसा उधारो लिनुपर्छ, तर उनी व्यवस्थापन गरिरहेकी छिन्। "म मेरा छोराछोरीहरू, मेरा नातिनातिनाहरू, मेरा बुहारीहरू र ज्वाइँहरूसँग सन्तुष्ट छु। मेरो कान्छो छोरा र दुई छोरीको पनि विवाह भइसकेको छ। म यो जागिर मार्फत मेरी कान्छी छोरीलाई पढाउँदै छु, उनी एलएलबी पढिरहेकी छिन्। मेरा आशा र चाहनाहरू अब मेरो परिवारमा निर्भर छन्।" जीवनमा धेरै बाधाहरूको सामना गरिसकेपछि, उनी कसैलाई पनि नराम्रो व्यवहार गर्न चाहँदैनन्। मुस्कुराउँदै, उनी भन्छिन् कि उनी सधैँ मानिसहरूलाई सहयोगी हात बढाउन चाहन्छिन्।

"म मेरा छोराछोरीहरू, मेरा नातिनातिनाहरू, मेरा बुहारीहरू र ज्वाइँहरूसँग सन्तुष्ट छु। मेरो कान्छो छोरा र दुई छोरीको पनि विवाह भइसकेको छ। म यो जागिर मार्फत मेरी कान्छी छोरीलाई पढाउँदै छु, उनी एलएलबी पढिरहेकी छिन्। मेरा आशा र चाहनाहरू अब मेरो परिवारमा निर्भर छन्।"

कमली दिदीले आगो बढाउन भट्टीको लिभर तान्दै गरेको/
फोटो: समीक्षा गुरुङ
उनको कार्यशाला नजिकै उनले बनाएको मौरीको घार/ फोटो: समीक्षा गुरुङ

कमली दिदी कहिल्यै सिक्न छोड्न चाहन्नन् र सबै कुरा सिक्न रुचि राख्छिन्। उनी तरकारी भण्डारण गर्न डोको बुन्छिन्, बस्नको लागि मुरा बनाउँछिन्, र मौरी पनि पाल्छिन्।...सिलाई पनि उनलाई मन पर्ने कुरा हो।

हामीसँग कुराकानी गर्दै कमली दिदी / फोटो: समीक्षा गुरुङ

उनी भन्छिन् कि उनी मानिसहरूलाई लोहार काम सिकाउन मन पराउँछिन्। "कुनै काम पनि ठूलो वा सानो हुँदैन। मलाई विश्वास छ कि मानिसहरूले राहर, दुख, वा सुख मार्फत सिक्छन्" । उनी थप्छिन् कि केही महिलाहरूले अर्को महिलाबाट सिक्न सहज महसुस गर्न सक्छन्, र उनी सिक्न चाहने महिलाहरूलाई स्वागत गर्छिन्।...उनी पुरुषहरूलाई सिकाउन पनि खुला छिन्।

कमली दिदी कहिल्यै सिक्न छोड्न चाहन्नन् र सबै कुरा सिक्न रुचि राख्छिन्। उनी तरकारी भण्डारण गर्न डोको बुन्छिन्, बस्नको लागि मुरा बनाउँछिन्, र मौरी पनि पाल्छिन्। मुस्कुराउँदै उनले भनिन् कि उनले मौरीपालन सुरु गरेको दुई वर्ष भइसक्यो। उनको तीन मौरीको घार छ, दुई उनको कामको शेड नजिकै र एउटा उनको घर नजिकै। सिलाई पनि उनलाई मन पर्ने कुरा हो। वर्षौं अघि, उनले आफ्ना पाँच बच्चाहरूको लागि लुगा जुटाउन सिलाई मेसिन किनेकी थिइन्। तर आर्थिक कठिनाइका कारण उनले त्यो बेच्नुपरेको थियो। हाँस्दै उनले भनिन्, "यो पैसा, हामीलाई कुनै न कुनै कामको लागि चाहिन्छ। तर पैसा कसलाई चाहिँदैन?" गाडी चलाउन उनी सिक्न चाहन्छिन्। उनी थप्छिन्, "तर मैले अरू काम गर्न छोडेकी छु। मसँग समय नभएकोले म जे चाहन्छु त्यो गर्न सक्दिन" । उनी भन्छिन् कि उनी मानिसहरूलाई लोहार सिकाउन मन पराउँछिन्। "कुनै पनि काम ठूलो वा सानो हुँदैन। मलाई विश्वास छ कि मानिसहरूले राहर, दुख, वा सुख मार्फत सिक्छन्" । उनी थप्छिन् कि केही महिलाहरूले अर्को महिलाबाट सिक्न सहज महसुस गर्न सक्छन्, र उनी सिक्न चाहने महिलाहरूलाई स्वागत गर्छिन्। उनले आफ्नो आमाले अलिअलि धातुको काम गरेको बताइन्। के उनी अरू कुनै महिला लोहारलाई चिन्छिन् भनेर सोध्दा, कमली दिदीले भनिन् कि उनी कुनै पनि महिला लोहारलाई चिन्दिनन् र भेट्न चाहन्छिन्। उनी पुरुषहरूलाई सिकाउन पनि खुला छिन्। मानिसहरूले सामान्यतया उनीसँग कस्तो व्यवहार गर्छन् भनेर सोध्दा, उनले जवाफ दिइन्, " मेरो कारोबार प्राय पुरुषहरूसँग हुन्छ किनकि यो पेशा यस्तै छ। मेरो छोरा यहाँ आउनुभन्दा पहिले, कहिलेकाहीं मलाई काठ काट्ने र कोइला बनाउने काममा मद्दत चाहिन्थ्यो, म पुरुषहरूलाई काममा राख्थें। उनीहरूले मलाई के सोच्थे भन्ने कुरा उनीहरूमाथि निर्भर गर्दछ। अहिलेसम्म, कसैले पनि ममाथि औँला उठाएको छैन। मलाई विश्वास छ कि पुरुष होस् वा महिला, राम्रो व्यवहार गर्नुपर्छ"

"मैले बाल्यकालदेखि नै हाम्रा पुर्खाहरूको यो बहुमूल्य हतियार बनाउन सिकेको थिएँ। खुकुरीमा रहेको सबै भागहरूको अर्थ छ।"... उनी थप्छिन्, राम्रो पारा र प्रयासले बनाइएको खुकुरीका लागि लगभग पाँच दिन लाग्छ। तर यो २,५०० रुपैयाँमा बेचिन्छ, जसले उनको श्रमको ज्याला मुस्किलले ढाक्छ।

कमली दिदी उनको मनपर्ने हतियार खुकुरी हो भनेर भन्छिन्। मुस्कुराउँदै, उनले आफ्नो बाबालाई सम्झिइन्, खुकुरीहरूको गोत्र हुन्छ भनी भन्दै। “मैले बाल्यकालदेखि नै हाम्रा पुर्खाहरूको यो बहुमूल्य हतियार बनाउन सिकेको थिएँ। खुकुरीमा रहेको सबै भागहरूको अर्थ छ। धारलाई पट्टी भनिन्छ, र खोल यसमा रहेको ढाँचा हो। धारमा रहेको सानो चन्द्राकार घेरोलाई कौडी भनिन्छ। ब्लेडको वक्रलाई धार भनिन्छ। ब्लेडलाई बलियो बनाउने धातुको सानो पट्टीलाई काँजो भनिन्छ। बेँड भित्रको धातुलाई पारो भनिन्छ, ब्लेड यसको भित्र फैलिएको हुनुपर्छ। दाप सयगुणको काठबाट बनेको हुन्छ र धातुका डिजाइनहरू कुँदिएको हुन्छ। बेँडमा भएका धातुका पट्टीहरूलाई बधेको भनिन्छ र धातुको टुप्पोलाई कोठी भनिन्छ"। उनी थप्छिन्, राम्रो पारा र प्रयासले बनाइएको खुकुरीका लागि लगभग पाँच दिन लाग्छ। तर यो २,५०० रुपैयाँमा बेचिन्छ, जसले उनको श्रमको ज्याला मुस्किलले ढाक्छ। " खुकुरी बनाउनु ठुलो कुरा होइन भन्ने मानिसहरू सोच्छन्। तिनीहरू यसलाई धातु ठक-ठक पिट्ने कामको रूपमा मात्र हेर्छन्। तिनीहरूले घन्टौँसम्म लोहारको श्रमसँगै लाग्ने कोइला, धातु र काठ जस्ता आवश्यक स्रोतहरू देख्दैनन्।" उनले खुकुरीको कौडीको पछाडिको कथा पनि सुनाइन् । पुरानो समयमा, खुकुरीको धार सादा थियो। तर युद्धमा, धारबाट रगत चुहुन्थ्यो, बिँडमा जम्थ्यो, र खुखुरीको प्रयोग गर्न गाह्रो बनाउँथ्यो । त्यसपछि हाम्रा पुर्खाहरूले कौडी सिर्जना गरे, धारमा एउटा सानो अर्धचन्द्राकार घेरो जसले रगतको प्रवाहलाई मोड्छ। "हामी अझै पनि कौडी सिर्जना गर्छौं, जस्तै हाम्रा पुर्खाहरूले गरे, जसले खुकुरीलाई राम्रोसँग समात्न सकिन्छ "। उनी भन्छिन् कि एउटा खुकुरी बनाउन धेरै कुराहरू लाग्छ। हथौडाले काँचो धातुलाई पिट्नु पर्छ, धारलाई आकार दिनु पर्छ, बिँड बनाउनु पर्छ र दाप बनाउनु पर्छ। मुस्कुराउँदै, उनी थप्छिन् , "हाम्रो जीवन पनि खुकुरी बनाउने प्रक्रिया जस्तै हो, जीवन निर्माण गर्न हामीलाई धेरै कुराहरू चाहिन्छ"।

कमली दिदीको सम्पर्क नम्बर, उनले बनाएको उपकरण किन्न उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ / फोटो: समीक्षा गुरुङ

उनी भन्छिन् कि एउटा खुकुरी बनाउन धेरै कुराहरू लाग्छ। हथौडाले काँचो धातुलाई पिट्नु पर्छ, धारलाई आकार दिनु पर्छ, बिँड बनाउनु पर्छ र दाप बनाउनु पर्छ। मुस्कुराउँदै, उनी थप्छिन् , "हाम्रो जीवन पनि खुकुरी बनाउने प्रक्रिया जस्तै हो, जीवन निर्माण गर्न हामीलाई धेरै कुराहरू चाहिन्छ"।

कमली दिदीको निहाई, केतली र औजार/
तस्बिर: समीक्षा गुरुङ
कमली दिदी आफ्नो धातु कार्यशालामा / फोटो: समीक्षा गुरुङ

"म धेरै माग्दिनँ, तर म कम माग्दिनँ। म मेरो कामलाई निरन्तरता दिन चाहन्छु र यसलाई राम्रोसँग गर्न चाहन्छु।" उनी अरूबाट थोरै सहयोग र समर्थनको आशा गर्छिन् तर कहिल्यै पनि पूर्ण रूपमा अरूमा निर्भर हुँदैनिन्।उनी आफ्नो लोहारको काम आफ्नो छोरा कृष्णलाई हस्तान्तरण गर्न चाहन्छिन्, जसलाई उनी कुशल लोहार बनाउने विश्वास गर्छिन्।उनी सबै कुराका लागि आभारी छिन्, र उनको हृदयको गहिराइबाट उनको परिवार समृद्ध होस् भन्ने कामना गर्छिन्।

अगाडि बढ्दै, कमली दिदी भन्छिन् उनको धेरै इच्छा छैन। "म धेरै माग्दिनँ, तर म कम माग्दिनँ। म मेरो कामलाई निरन्तरता दिन चाहन्छु र यसलाई राम्रोसँग गर्न चाहन्छु। म एउटा राम्रो धातु कार्यशाला बनाउन चाहन्छु। मसँग ठुलो ग्राइन्डर, वेल्डिङ र ड्रिलिङ मेसिन आदि जस्ता केही आवश्यक उपकरणहरू पनि छैनन्। यदि मसँग राम्रो मेसिनहरू भएको भए, म अझ राम्रो काम गर्न सक्थेँ। कहिलेकाहीँ, कसैले मलाई मद्दत गरोस् भन्ने म चाहन्छु, तर मलाई लाग्छ यो सम्भव छैन। सिक्किम सरकारले लोहारहरूलाई अझ बढी सहयोग गर्न सक्थ्यो"। उनी अरूबाट थोरै सहयोग र समर्थनको आशा गर्छिन् तर कहिल्यै पनि पूर्ण रूपमा अरूमा निर्भर हुँदैनिन्। उनी आफ्नो लोहारको काम आफ्नो छोरा कृष्णलाई हस्तान्तरण गर्न चाहन्छिन्, जसलाई उनी कुशल लोहार बनाउने विश्वास गर्छिन्। बिरधाङमा रहेको आफ्नो घर सम्झँदै, भन्छिन् यदि सडक बन्यो भने, कुनै दिन उनी आफ्ना बच्चाहरूसँगै त्यहाँ बसोबास गर्ने आशामा छिन्। उनी सबै कुराका लागि आभारी छिन्, र उनको हृदयको गहिराइबाट उनको परिवार समृद्ध होस् भन्ने कामना गर्छिन्। उनी थप्छिन् उनका बाबाले उनलाई लोहारको रूपमा काम गरेर हुर्काउनुभएको थियो, र उनी आभारी छिन् बाबाले उनलाई पछ्याउन सक्ने बाटो देखाए। उनी आफ्नो काममा गर्व गर्छिन्। कमली दिदी मुस्कुराउँदै भन्छिन्, "म मेरो कथा सबैलाई बताउँदिन, तर मलाई लाग्छ मानिसहरूले आफ्ना कथाहरू साझा गर्नुपर्छ" ।

उनका बाबाले उनलाई लोहारको रूपमा काम गरेर हुर्काउनुभएको थियो, र उनी आभारी छिन् बाबाले उनलाई पछ्याउन सक्ने बाटो देखाए। उनी आफ्नो काममा गर्व गर्छिन्। कमली दिदी मुस्कुराउँदै भन्छिन्, "म मेरो कथा सबैलाई बताउँदिन, तर मलाई लाग्छ मानिसहरूले आफ्ना कथाहरू साझा गर्नुपर्छ" ।

Translated by: टिका राई
About the Author

बिभुशा राई दार्जिलिङकी लेखिका र अनुसन्धानकर्ता हुन्। उनी 'सिक्किम परियोजना' वेबसाइटको अनुसन्धान र सम्पादकीय सहयोगीका रूपमा काम गर्छिन्। उनले दिल्ली विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा बिए र एमए गरेकी छिन्। २०२२ मा, उनी आफ्नो कविता ‘दार्जिलिङ टी’ का लागि राष्ट्रिय विङ्वर्ड कविता पुरस्कारको दोस्रो पुरस्कार प्राप्तकर्ता थिइन् । उनी कन्फ्लुएन्स कलेक्टिभमा अनुसन्धान फेलो पनि थिइन्, सन् २०२१-२२ परियोजना ‘दार्जिलिङ हिमालय- स्टोरीज फ्रम विदिन’ (इन्डिया फाउन्डेसन फर द आर्ट्स द्वारा वित्त पोषित) सित जोडिएका, जसमा उनी फोटोग्राफर रुची दिक्साङसँग मिलेर "रिङटोङ कमान: उनको संसार के हो?" शीर्षकको महिला-केन्द्रित रचना सिर्जना गरिन्। उनी चित्रण गर्न पनि रमाउँछिन् र अनलाइन हिमालयन पत्रिका पोमेलोसँग दार्जिलिङ खानाको स्टिकरको सेट सिर्जना गरेकि छिन्। उनको रुचिमा खाना, महिला र पहिचानका कथाहरू समावेश छन्।

म कमली दिदीप्रति हार्दिक आभारी छु, जसले आफ्नो कथा र समय हामीसँग साझा गर्नुभयो। उहाँको परिवारका सदस्यहरू र श्री आर्यन सिलाललाई न्यानो स्वागतको लागि धन्यवाद। तपाईंको अद्भुत तस्बिरहरूको लागि समीक्षा धन्यवाद र हामीसँग यात्रा गर्नुभएकोमा निवेश दाजुलाई धन्यवाद। यो लेख लेख्न प्रोत्साहन गर्नुभएकोमा प्रभा म्याम र तपाईंको अमूल्य प्रतिक्रियाको लागि मोना म्यामलाई धेरै धेरै धन्यवाद।


Prev Article

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram