“नेपालको सीमामा रहेको यो भारतीय सहरमा एउटा सामान्य ब्रेकफास्ट भनेको अङ्ग्रेजी ब्रेकफास्ट हो”, यो कुरा
कोलकाताका एकजना फुड ब्लगरले बताए, जसलाई म मेरो फोनको स्क्रिनमा बारम्बार हेरिरहेको थिएँ, जसले हामीलाई दार्जिलिङको सबैभन्दा राम्रो खानाको अन्वेषण गर्न लिएर गए, त्यही ठाउँमा जहाँ म जन्मेको थिएँ। र म यो व्यक्तिको खोजको बारेमा विश्वस्त पनि छु। भ्लगरले दार्जिलिङमा हुँदा 'खानुपर्ने' खानाहरूको सावधानीपूर्वक नक्साङ्कन गर्दा, दार्जिलिङ सहरको चम्किलो विविधताबाट मेरो बाटो छान्नाका लागि मेरो हृदयमा स्वछन्दताताको छाया महसुस नगरी रहन सक्दिनँ।
धेरैजसो सहरहरूमा विभिन्न संस्कृतिका खानाहरू पाउनु सामान्य कुरा भए पनि, दार्जिलिङको विश्वव्यापी खाद्य संस्कृति यस पाहाडी सहरको जगमा एक पौराणिक ताल र जङ्गलदेखि कङ्क्रिटको जङ्गलसम्म पुग्न सकिन्छ जहाँ चियाका झाडीहरूमा उमारिएको पैसा तुरुन्तै रेलवे र रोपवे निर्माण गर्न खन्याइएको थियो। बेलायतीहरूले चियाका बोटहरू मात्र रोपेनन् तर उनीहरूको स्वादका लागि स्थायी प्राथमिकता पनि थिए। आज, हातले बनाएका औपनिवेशिक प्रतिष्ठानहरूले तिब्बती, नेपाली र विश्वव्यापी खानासँगै "अङ्ग्रेजी ब्रेकफास्ट" पनि प्रदान गर्छन्। पर्यटकहरू यी "अवश्य भ्रमण गर्नै पर्ने" भोजनालयहरूको अनुभव लिन साँघुरा सडकहरूमा लाइनमा बस्छन्।
स्कुले केटीका सम्झनाहरू
म झुट बोल्न सक्दिनँ, किनकि घरमा अर्को उदास दिनलाई उज्यालो बनाउन रोटीको टुक्रामा ढाकिएको सन्नी साइडको स्वाद लिँदा मलाई आनन्द लाग्छ। तर, हुर्कदै जाँदा, यस्ता उदाहरणहरू विरलै थिए। आज, म यो तथ्यबाट भाग्न सक्दिन कि धेरैजसो दिनहरूमा हामी गफ गर्छौँ भुटेको भातको, हाम्रो सन्नी साइडसित छिटो र स्वादिष्ट नेपाली शैलीको भुटेको भात।
दार्जिलिङमा खाँदाको मेरो सबैभन्दा मनमोहक खानाको सम्झना भनेको मसलादार आलुको परिकार, आलु-दम हो । हामी स्कुले केटीहरूमध्ये धेरैलाई सामुहिक रुपले मन पर्थ्यो र हामी तुरुन्तै डी र भोला, वा हाम्रा सम्बन्धित मनपर्ने आलु-दम डिलरहरूकहाँ जाने गर्दथ्यौँ। मेरो मनपर्ने पसल भोला भैया थियो, जसले सानो गोलो स्टिलको प्लेटमा आलु- दम र तरकारी मोमो पस्किन्थ्यौँ जुन हामीले फिङ्गर चिप्स र भुजियाले स्वाद लियौँ।
मेरो अर्को मनपर्ने आनन्द भैया हो (जसलाई हामी त्यतिबेला बेबी भैया भन्थ्यौँ), जहाँ हामी स्कुलपछि दिउँसो ३:३० बजे भेला हुन्थे। हामी ५ रुपैयाँमा आलुले भरिएको अखबार किन्न सक्थ्यौँ र यसलाई स्थानीय चिप्स, भुजिया र मकैले अनुकूलित गर्न सक्थ्यौँ । समय बित्दै जाँदा, त्रिकोणीय मामा भुजियाले प्रवेश गर्यो र हामी साना कुरकुरे चिजहरूबाट सन्तुष्ट हुन सकेनौँ। अब, प्रत्येकले मिमी (क्रन्ची नुडल्स), चिटो र फ्रिटोलेका चिप्सको प्याकेटको साथ आफ्नो आलु-दम अनुकूलित गर्दछ।
स्कुले केटीको आलु-दमप्रतिको प्रेम " भोलाज आलु इज सो पिरो " भन्ने वाक्यांशमा परिणत भयो , जुन मिश्रित भाषाहरूमा उच्चारण गरिएको वाक्य हो जुन केटीहरूले आविष्कार गरेका थिए जो आफ्नो कन्भेन्ट स्कुलहरूको औपनिवेशिक संस्थाहरूबाट स्थानीय स्ट्रिट-फुड चेतनामा निरन्तर सर्दै थिए जुन उनीहरू हुर्किरहेको सहरलाई आकार दिइरहेको थियो।
आलु-दमप्रतिको प्रेम केही हदसम्म पुस्तागत हुन सक्छ ? म सोध्न हिम्मत गर्छु। तर मेरा आमाबाबुले रिङ्क सिनेमा
बाहिर आलु-भुजा मकै दोकानहरूको सम्झनालाई मायापूर्वक सम्झनुहुन्छ जहाँ उनीहरू आज जस्तै आइनक्समा
पपकर्नका लागि लाइनमा बस्थे।
दार्जिलिङ घुम्ने फुड भ्लगरहरूमाझ हालैको एउटा प्रवृत्ति भनेको लुकेका खाना पाइने ठाउँ खोज्ने हो। तिनीहरूमध्ये
धेरैजसोले हामीलाई १९६० को दशकतिर सुरु भएका पुराना तिब्बती प्रतिष्ठानहरूमा लैजान्छन् जहाँ मोमो र
थुक्पाको एउटै रेसिपी सेवामा रहेको छ, बजार, अस्पताल र अन्य सहरी कुदाकुदहरूमा व्यस्त कामहरूसित दौडँदै गर्दा
स्वादिष्ट चिज खोज्ने मानिसहरूलाई सेवा प्रदान गर्दै।
मेरो जाने ठाउँ सधैँ सोल्टीको मोमो रहँदै आएको छ। स्कुलमा अभिभावक-शिक्षक बैठकपछि मेरी आमाले मलाई त्यहाँ
खाना खान लैजानु भएको थियो। म उत्सुकतापूर्वक त्यस्ता दिनहरूको प्रतीक्षामा थिएँ, जब हाम्रो औपनिवेशिक र
घरेलु अस्तित्वबिचको यी सीमाहरू केही समयका लागि हट्नेछन्, जब मेरा शिक्षकहरूले मेरी आमासँग नेपालीमा
कुरा गर्नेछन् र उनले म हरेक दिन बिताइरहेकी यो धेरै अँध्यारो शैक्षिक काल्पनिक जीवनको झलक पाउन सक्नेछन् -
घर भन्दा धेरै फरक।
सोल्टीको मोमोमा फर्किँदै, रसिलो गुलाबी किमाले भरिएको, पर्याप्त प्याजसहित सफा सुपसँग सेवा गरिन्छ जसमा
मलाई भिनेगर भर्न मन पर्छ। प्लेटहरू सधैँ रङ मिलाइएका हुन्थ्यो: मटनका लागि हरियो र सुँगुरका लागि क्रिम-रङ।
मलाई लाग्छ, मनपर्ने आलु-दम पसल वा मोमो पाइने कुनामा मात्र खान छनौट गर्नु आत्मीयताको अभ्यास गर्ने
संस्कार बन्यो। यस्तो लाग्ने, कि यो मेरो घर हो, म हरेक पटक यहीँ खान्छु।
दाल भात तरकारी
सहर वरिपरि घुम्दा धेरै प्लेटहरूको अन्वेषण थियो, दाल भात तरकारी घरमै बनाउनु थियो, हामी हाम्रो अन्वेषण र
अस्पष्टताबाट आराम लिन सक्थ्यौँ र हाम्रो त्वचाको सहजतालाई अँगाल्न सक्थ्यौँ। कहिलेकाहीँ, बिहानको खाजामा मास्टर बेकरबाट ताजा रोटीको आनन्द लिन सकिन्छ वा चोक बजारबाट ४ बजीको चियामा छोला-चाट र आलु चिप्सको आनन्द लिन सकिन्छ; तर एउटा कुरा निश्चित थियो: हामीसँग सधैँ घरमा दाल भात तरकारी हुनेछ।
उर्बर किशोरावस्थामा, मलाई स्कुलका साथीहरूसँग गएको सहरको विलासी रेस्टुरेन्टमा भर्खरको थाई चाउचाउ वा
केही धेरै मसलादार पन्जाबी खाना धेरै मन पर्थ्यो। अब, घरबाट टाढा बसेको, इन्स्ट्यान्ट चाउचाउ खाएको देखि लिएर
शाकाहारी राज्यमा मासु खाएकोमा लाज मान्नु पर्नेसम्म, मलाई स्थानीय घिउको डल्लासित दाल भात तरकारीको
तुलना गर्न सकिने कुनै मिठास थाहा छैन । तर मेरो उपनिवेशित सहरको अवतारको रूपमा, म केही ग्लानीका साथ
स्वीकार गर्छु कि म कहिलेकाहीँ युरोपेली चिसा-काटिएको मासुको एक टुक्राको आनन्द लिन्छु।
हामीमध्ये धेरैले घरबाट निस्कँदा हाम्रो जराको सम्झनामा दार्जिलिङका यी उत्कृष्ट परिकारहरू बोकेर निस्कन्छौँ।
हामीलाई हाम्रो पुर्खाको गुफा कहाँ छ भनेर याद छैन। तर बेकरी बिस्कुट, बाँसको अचार र बिच गल्लीबाट खैरो
कागजको झोलामा राखिएका आलु-चिप्सको सुगन्धमा, हामी हाम्रो स्वामित्वको बारेमा आश्वस्त हुन्छौँ।
खानासँगै दार्जिलिङमा खाना खाने अनुभवलाई साम्प्रदायिक निरन्तरताको रूपमा बाँध्ने किंवदन्ती पनि आयो। “
नारायण दासको मालिकले त जिन भेटेको हरे ”, (जिन वा जिनीहरू इस्लामपूर्व संस्कृतिहरूमा उत्पन्न भएका
अलौकिक प्राणी हुन्, तिनीहरू परोपकारी वा दुष्ट हुन सक्छन्। एक परोपकारी जिनीले भेट्ने व्यक्तिको इच्छा पुरा गर्छ
भनिन्छ, सर्तअनुसार व्यक्तिले यो भेट गोप्य राख्छ), प्रतिष्ठित मिठाई पसलमा चियासँग छोला भटुरा प्लेटमा खाँदै
कसैले पनि अनौपचारिक रूपमा भन्नेछ।
"मेरो बुबाले बिच गल्लीमा बस्ने एकजना छेत्री दम्पतीको कथा सुनाउनुहुन्छ जसलाई शाकाहारी मोमोलाई लोकप्रिय
बनाउने श्रेय दिइन्छ, जुन मासुले भरिपूर्ण भोजनमा दुर्लभ मानिन्छ। यी कथाहरू, सायद सजाइए पनि, विश्वव्यापी
खाद्य परम्पराहरूको स्थानीय अनुकूलनले दार्जिलिङका बासिन्दाहरूको प्रतिभालाई कसरी प्रतिबिम्बित गर्दछ,
सांस्कृतिक आवश्यकतालाई विकसित स्वादसँग मिसाउँछ भनेर जोड दिन्छ।" म उनलाई शाकाहारी ग्योजा र डिम
समको अस्तित्वको बारेमा विश्वस्त पार्न सक्दिनँ।
उहाँले मलाई म्युनिसिपल ब्वाइज हाई सेकेन्डरी स्कुलको अगाडि रहेको फ्रिडम रेस्टुरेन्टप्रतिको उनीहरूको प्रेमको
बारेमा पनि बताउनुहुन्छ, जहाँ विद्यार्थीहरूले विशेष गरी थुक्पाको आनन्द लिन्थे।
जब हामी क्विच र एप्पल पाई खान्थ्यौँ र कपिल भैयाको मसालेदार चाटको स्वाद पनि उत्तिकै लिन्थ्यौँ, हामीले कहिल्यै
पनि सोचेनौँ कि हामीले किन पूर्वी हिमालय वा नेपाली संस्कृतिको खाना सडकमा खोजेनौँ। यो एकदमै अचानक भयो,
कसरी पहिचानका प्रश्नहरू, म के खान्छु र यो म को हुँ, यो हाम्रो संस्कृतिको खाना हो भन्ने हाम्रा अज्ञानी
किशोरकिशोरी हृदयहरूमा फुल्न थाले।
दार्जिलिङ पाहाड कसको हो? (दार्जिलिङ पाहाडको मालिक को हो?)
दार्जिलिङको सडकमा नेपाली खाना देख्नु दुर्लभ थियो। सेल-रोटी, आलु-को आचार आदि जस्ता नेपाली परिकारहरू
दसैं र तिहार जस्ता विशेष अवसरहरूका लागि सुरक्षित राखिएका थिए। मेरो मनपर्ने गतिविधि भनेको आमाले सेल
रोटी बनाउन र अखबारले भरिएको कार्टनमा सफासँग थुपारिएको हेर्नु थियो। उत्सवको लगत्तै, उनी फेरि पकाउँछिन्
र छिमेकीहरूलाई सेल-रोटी, मिठाई र अन्य स्वादिष्ट परिकारहरूले भरिएको नाङ्गलो पठाउँछिन् । तुरुन्तै, म हाम्रो
दीपावलीको शुभ कामना दिन हाम्रो शेर्पा छिमेकी छुमलाई भेट्न दौडन्थेँ। फेब्रुअरीमा, तिब्बती (शेर्पा) लोसार उत्सव
मनाइसकेपछि, छुमले खाप्स्यो र खोच्ची (तिब्बती रोटी) र अन्य मिठाईहरू हाम्रा लागि खानको लागि फैलाउन्छिन्।
त्यसको केही समयपछि, हाम्रो किराना विक्रेता रङहरूको पर्व होलीपछि उपहारको रूपमा ठेकुवा र अन्य मिठाईहरू
लिएर आउनेछन्। मलाई थाहा छैन यी रीतिरिवाजहरू कसरी आए, के यी छिमेकीहरू मिलेर बस्न खोज्दा सरेका हुन्
वा सिर्जना गरिएका हुन्। तर यो त्यस्तो चिज हो जसले एकताको भावनालाई बलियो बनाउँछ।
पर्यटकहरू आउने रेस्टुरेन्टहरूमा बङ्गाली खाना पस्किने गरिन्थे। नेहरू रोडमा अहिले प्रशस्त मात्रामा पाइने बङ्गाली
खाना प्रदान गर्ने फ्रान्चाइजी भोजनालयहरू केएफसी र सबवे जस्ता अमेरिकी खाद्य दिग्गजहरूसँगै भर्खरै थपिएका
हुन्। अर्कोतर्फ, चाँदमारीको दुर्गा पूजाको समयमा ठाकुरबारी मन्दिरमा चढाइएको खिचडी, आचार र खीरको भोग
खानु सधैँ दार्जिलिङको एक विशिष्ट अनुष्ठान भएको छ।
प्रतिरोधको थाली
२०२० को कोभिड-१९ महामारी पछि दार्जिलिङको खाद्य परिदृश्यमा नाटकीय परिवर्तन आयो। विश्व यात्रा
प्रतिबन्धहरूसँग जुधिरहेको बेला, दार्जिलिङ र त्यसभन्दा बाहिरका युवाहरू, जो विदेश र भारतका अन्य
महानगरहरूमा करियर र शैक्षिक अवसरहरूको लागि आशावादी थिए, उनीहरूले घरमै आफ्नो जीविकोपार्जनका
विकल्पहरूको पुनर्मूल्याङ्कन गर्न थाले। चाँडै, क्याफे, होम डेलिभरी सेवाहरू, एफएमजिसी जस्ता साना व्यवसायहरू
सामाजिक सञ्जाल मार्फत खुले र दार्जिलिङको सामाजिक-आर्थिक संरचनामा आफ्नो छाप छोड्न जारी राखे।
यसका साथै, पहाडहरूमा आदिवासी र सांस्कृतिक गौरवमा आधारित स्ट्रिट फुड शैलीहरूको शान्त पुनरुत्थानले
आकार लियो। बिहीबार गोरखा हाट (दार्जिलिङबाट सांस्कृतिक र परम्परागत खाना र सामग्रीहरूको लागि
साप्ताहिक बजार), र स्थानीय क्षेत्रीय खानालाई प्रवर्द्धन गर्ने परम्परागत खानामा आधारित उद्यमहरू जस्ता
नवप्रवर्तन र पहलहरूले अब दार्जिलिङका बासिन्दाहरूका लागि सामुदायिक पूर्वाधारलाई सुदृढ पार्न प्रमुख भूमिका
खेलिरहेका छन्, जबकि पर्यटकहरूलाई दार्जिलिङमा सांस्कृतिक र जातीय पहिचानको द्रुत सीमान्तीकरणमा
औपनिवेशिक भव्यताभन्दा बाहिर हेर्न प्रोत्साहित गरिरहेका छन्।
त्यसमा रहेको एउटा गीत सामाजिक सञ्जालमा भाइरल भएको छ जस्मा " दार्जिलिङ पाहाड भैया को भयो "
(अनुवाद: दार्जिलिङ पाहाडहरू "भैयाहरू" द्वारा कब्जा गरिँदैछ, जुन मैदानी क्षेत्रहरू, विशेष गरी बिहारका
मानिसहरूलाई सम्बोधन गर्न बोलचालमा प्रयोग गरिने शब्द हो) जस्तो लहर भेटिन्छ।
गीतको विषयवस्तु, बुझ्न सकिन्छ, दार्जिलिङका आदिवासी र गोर्खा समुदायमा वर्ग चेतना जगाउने उद्देश्यले व्यङ्ग्य
थियो, तर यसमा अन्यायपूर्ण साम्प्रदायिक स्वर छुटाउन सकिँदैन।
दार्जिलिङको आदिवासी र गोर्खा पहिचानलाई पुन: स्थापित गर्नु, प्रणाली निर्माण गर्नु र सामाजिक-आर्थिक र
सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्नु हामी सीमान्तकृतहरूको अस्तित्वका लागि महत्त्वपूर्ण छ, तर दार्जिलिङ सधैँ
साम्प्रदायिक मिश्रणका रूपमा अस्तित्वमा रहेको कुरा सम्झनु सधैँ बढी सौन्दर्यपूर्ण हुन्छ।
मलाई घरको सम्झना दिलाउने सबै खानाहरूमध्ये, मलाई लाग्छ म जोड दिन चाहन्छु कि खानाको उत्पत्ति जहाँ भए
पनि, समावेशीता र सहिष्णुताको मसलाले यसलाई अझ स्वादिष्ट बनायो।
सिमरन शर्मा दार्जिलिङकी एक स्वतन्त्र लेखिका हुन्। उनका लेखहरू पहिले द पोमेलो, द दार्जिलिङ क्रोनिकल, ब्राउन हिस्ट्रीमा प्रकाशित भइसकेका छन्। उनी कथाकथा नामक स्वतन्त्र ब्लग चलाउँछिन् जसले पूर्वी हिमालय क्षेत्र, विशेष गरी दार्जिलिङ र कालिम्पोङको लिखित कथाहरूको अन्वेषण र दस्तावेजीकरण गर्छ।
Designed by NWD.