रिना राईको माटोको बर्तन बनाउने शिल्प यात्रा धेरै अघिदेखि सुरु भएको थियो, उनले आफु के गर्न चाहिरहेकी छिन् भन्ने कुरोलाई पत्तो लगाई टासी नामग्याल अकेडमीबाट शिक्षण पेशा छाड्न भन्दा पनि अघिदेखि।
रिनालाई जहिले कला, शिल्प अनि हातले गर्ने कामप्रति रुची राख्ने गरेकी थिन्। जब उनको उमेर बढ्दै थियो उनको बोज्यूले क्रोचेट (Crochet) बुनेको हेरिरहन्थिन। उनलाई पनि त्यो काम सिक्नु मनपर्थ्यो तर बोज्यूले भन्ने गर्थीन् 'यस्तो दुखिया काम नसिक्नू, धेरै परिश्रम लाग्छ, थाकिन्छ मात्र।' तर रिनाले भने बोज्यूको आँखा छलेर बुनीरहन्थिन्।
जब रिनाले स्कुलको पढाई सकिन्, अर्को पाइला थियो अमेरिकाको ठुलो स्वप्न। उनको फुपू, जो पेशाले डाक्टर थिन्, अघिबाट नै अमेरिकामा हुनुहुन्थ्यो अनि उनले रिनालाई उच्च शिक्षाको निम्ति त्यहाँ जान प्रेरित गरिन्। तर अमेरिका जानुले आफ्नै जमीनप्रति रिनाको आँखा खोलिदियो। उनलाई लाग्न थाल्यो कि उनको पीढी सेटेलाइट टेलिभिजन अनि अमेरिकी कार्यक्रमहरूबाट धेरै प्रभावित बनेर सबैले त्यही जीवन शैली ग्रहण गर्नु प्रेरित बन्दैछन्।
जब मानिसहरूले उनलाई सिक्किमबारे प्रश्न गर्थे, उनलाई थाहा भयो कि उनलाई यो एक हिमालय भूभाग हो अनि सुनखरीको ठाउँ हो भन्ने कुरा बाहेक अरू कुरा केही थाहा छैन। आफ्नै ठाउँबारे कति थोरै जानकारी उनिभित्र रहेछ भन्ने कुराले उनलाई धेरै झक्झकायो। अमेरिकामा रहेर पनि उनि बाहिरको भन्ने हैसियतले उनलाई अझ संवेदनशील तुल्यायो। उनले विश्वविद्यालयको प्रवेशिका परीक्षामा बसेतापनि उनलाई भने सिक्किम नै फर्किने चाहना र हुटहुटी बढ्न थाल्यो। उनले अमेरिका पुगेको पहिलो दिन नै उनको फुपूले भनेकी थिन् -'म फर्केर आइरहेछु!' उनले त्यहाँ तीस वर्ष बिताएकी थिन्। जब रिना फर्किए, उनको परिवार दुखी भए, विशेष गरेर उनि केही गर्ने, केही फरक पार्ने तर धमिलो र अस्पष्ट उद्देश्य लिएर फर्किएकाले निराश थिए।
तर उनि फर्किने हुटहुटीलाई प्रोत्साहित गर्ने कुरा भनेको अमेरिकाको बसाईमा उनले भोगेको असाधारण अनुभवहरू नै थियो। उनको बडी कहिलेकाँहि चिकित्सा सेवाको निम्ति अमिस समुदाय (Amish Community) कहाँ जाने गरेकी थिइन् अनि रिना पनि उनको साथमा जान्थिन्। अमिस समुदाय धेरै सरल जीवन जिउने गरेका थिए अनि आफैलाई सबै प्रकारका आधुनिक तकनीकीदेखि टाडा राखेका थिए। त्यसले रिनालाई उनिहरूको जीवन पद्धतिबारेको चासो बढाईदियो। तकनीकी हिसाबले उन्नत अमेरिकाको बीचमैँ यस्तो सरल जीवन बाँच्ने समुदाय थियो जो आधुनिकताको जंजालदेखि मुक्त थिए। उनले पत्तो पाए त्यहाँ त्यस्तो समुदाय छ जो समसामयिक विकासहरूदेखि अछूत छ। उनिहरूको समुदाय बीचमा समान हिस्सेदारी अनि आपसी देखभाल छ।
सन् २००७ मा जब रिनाले शैक्षिक सेवा त्याग गरिन्, उनले वास्तवमा के गर्न चाहिरहेकी थिइन् त्यो कुरा पत्तो लगाउनु बाँकी नै थियो। उनि माटाको वर्तन बनाउने कार्यमा जहिले इच्छुक थिइन् अनि उनि त्यो सिपलाई सिक्ने अवसरको खोजिमा लागिपरेकी थिइन्। उनि दिल्ली अथवा अन्यत्र स्तुडियो प्रशिक्षणको निम्ति जान पनि तैयार थिइनन् किनभने माटोको वर्तन बनाउने कार्यलाई उनले व्यवसायिक रूपमा होइन तर केवल रुचीका रूपमा लिएकी थिइन्। उनि लामो अनुभवप्राप्ति अपेक्षा गरिरहेकी थिइन्। उनि माटोका वर्तन बनाउने कुम्हालेहरूको गाउँमा बस्न चाहेकी थिइन्, जहाँ उनिहरूले पीढी दर पीढी माटोका वर्तन बनाउने अभ्यास गर्दै आएका होस्। उनले सौभाग्यवश सिक्किम खादी विभागका सीईओद्वारा त्यस्तै गाउँ भेट्न सफल भइन्। उनको एक साथीले आफुले खादीबाट हातबाट निर्मित कागत बनाउने प्रशिक्षण प्राप्त गरेको कुरोको जानकारी दिए। सीईओले उनलाई पश्चिमी घाटको कर्नाटक, गोवा अनि महाराष्ट्रको सिमानामा अवस्थित खानापुर नामक ठाउँमा खादी प्रशिक्षण संस्थान रहेको जानकारी गराए। उनलाई उक्त संस्थानमा जान पन्द्र दिनको मियाद प्राप्त भयो।
उनका शिक्षकले उनलाई सम्झाए , 'तिमी किन गिलो माटोसित डराउँछौ? गिलो माटो पो तिमीसित डराउनु पर्दछ त!'
खानापुर एक पारम्परिक कुम्हालेहरूको बस्ती थियो जहाँका परिवारहरू पीढी डर पीढी माटोका वर्तन बनाउने पेशा अपनाएर आएका थिए अनि हरूको माटोको मिश्रण अनि माटोमा हाथको स्पर्श र अनुभूतिको गहिरो बुझाइ अत्यन्त छुट्टै थियो। खानापुरको पूर्वाधार एकदम सामान्य अनि लगभग अस्तित्वमा नभएको थियो तथापि यहाँको शिक्षा अत्यन्त बहुमूल्य थिए किनभने शिक्षकहरू अति समर्पित अनि अत्यन्त कुशल थिए। उनको निम्ति महत्वपूर्ण शिक्षा यही थियो कि नयाँ शिल्पकारिता सिक्नलाई प्रचलित औजारहरू नै उनलाई चाहिने भन्ने थिएन। सुरुमा गिलो माटोसित उनिभित्र एकप्रकारको भय थियो। उनका शिक्षकले उनलाई सम्झाए , 'तिमी किन गिलो माटोसित डराउँछौ? गिलो माटो पो तिमीसित डराउनु पर्दछ त!'
किताम, दक्षिण सिक्किमको चम्किलो रातो जसमा सिलिका (Silica) धेर रहेको कारण तेज चमक आउँथ्यो। तर उनलाई हतास बनाउने कुरो चाहिँ त्यसमा टाँसिन सक्ने क्षमताको कमी थियो।
तीन महिनाको अभ्यासपछि, उनले लाग्न थाल्यो कि अब उनले अर्को चरणतिर बढ्न आवश्यक छ- ग्लेजिङ्ग (सतह चम्किलो पार्ने) प्रक्रिया। उनि गोवाबाट केवल तीन घन्टाको दुरीमा थिए। उनको गोवाको सुरूवाती भ्रमणमा, उनले पाए कि त्यहाँ सेरामिक टाइल (Ceramic tile) बनाउने सम्पन्न परम्परा थियो, जो टाइल बनाउने अनि रङ्गरोगन गर्ने पर्ट्यूगिज कलाबाट प्रभावित थियो। उनि त्यो सिक्न गोवा आइन् अनि तिन महीना बसिन्। सन् २००८ मा उनि कुम्हालेको जीवन सुरु गर्न सिक्किम फर्केर आइन्।
उनको कम्पनी 'माटो' स्थापना गर्नलाई केही समय लाग्यो। त्यसको निम्ति धेरै कागजी कामहरू थिए, पंजीकरणको निम्ति आवेदन फारम भर्नु अनि उक्त काम शुरू गर्नलाई सरकारबाट ऋण प्राप्त गर्नु। उनले ग्रामीण महिलाहरूलाई प्रशिक्षित गर्नु अनि आर्थिक रूपले उनिहरूलाई आत्मनिर्भर बनाउने सपनालाई पच्छाइरहेकी थिइन्। उनले यसलाई महिलाहरूको निम्ति छ महिने प्रशिक्षण कोर्सका रूपमा सुरु गरिन्। यसको निम्ति घरको महिला एवं छोरीहरूलाई यो प्रशिक्षणको निम्ति पठाउन घरका पुरुष सदस्यहरूलाई बुझाउन पर्ने हुन्थ्यो। महिलाहरूको निम्ति पनि सजिलो थिएन। गाउँमा बसेपछि उनिहरूसित सामाजिक दायित्वहरू पनि हुन्थे, जहाँ बिहे-मरौ आदिमा उनिहरूको सहयोग र सहभागिता अपेक्षा गरिन्थ्यो। कतिले बीचमैं छोडे पनि।
बीचमा, त्यहाँ धेरै कुरा सिक्नु बाँकी नै थियो। किताम, दक्षिण सिक्किमको चम्किलो रातो जसमा सिलिका (Silica) धेर रहेको कारण तेज चमक आउँथ्यो। तर उनलाई हतास बनाउने कुरो चाहिँ त्यसमा टाँसिन सक्ने क्षमताको कमी थियो। उनले उत्पादको बलियोपन अनि त्यसलाई पकाउने प्रक्रियालाई सहन सक्ने बनाउनु कितामको माटोमा मिश्रण गर्न गंगाको गिलो माटो बिहारबाट आयात गर्नु पऱ्यो। यसको निम्ति मिश्रणको ठिक परिमाण पत्तो लगाउनलाई चारदेखि पाँच वर्षको परीक्षण गर्नुपऱ्यो। सन् २०११ सम्म उनिहरू किताम बजार तलको आफ्नो किरायाको घरदेखि आफ्नै घर जो उनले प्रयोग गर्ने माटोबाट नै निर्मित पर्यावरनप्रिय इटाहरूबाट बनिएको छ, त्यहाँ सरीन्।
सन् २००९ मा 'माटो'-ले नाम्ची महोत्सवमा आफ्नो दोकान राख्यो अनि पछि जोरथाङ् माघे मेलामा पनि राखियो। उनको उद्देश्य माटोको वर्तन बनाउने कुरोमा रुचि अनि सजगतालाई बडाउनु रहेको थियो। मानिसहरू सिक्किमका स्थानीय माटोबाट विभिन्न उत्पादहरू देखेर चकित भए अनि त्यो बनाउने प्रक्रिया लिएर धेरै प्रश्नहरू गर्न थाले।
दस वर्षपछि रिनाले महसूस गरिन् नाम्चीमा पूर्वाधार छैन- न त व्यवसाय अघि बडाउन कुनै भरोसा गर्न सकिने कोरियर सेवा नै छ। उनले अनलाइन आर्डरको व्यवस्था त गरिन् तर त्यो आर्डर पुरा गर्न, प्याकेजिङ् अनि प्रेषण सेवाको अभावमा गाह्रो पर्न थाल्यो। उनि अनि उनको पतिले पाक्योङ्, पूर्व सिक्किममा आफ्नो स्टूडियो खोलिन् जो उनका पतिको जन्म क्षेत्र पनि थियो। नयाँ विमानस्थल यहीँ हुनाले उनलाई आफ्ना उत्पादहरू पठाउन सजिलो हुने आशा थियो अनि गान्तोकको दूरी पनि नजिक नै हुनाले पर्यटकहरूलाई उनको स्टूडियो आउन धेरै सुविधा मिल्ने थियो।
तरपनि ठुलो चुनौती भनेको प्रशिक्षित अनि भरपर्दो मानवशक्ति पाउनु रहेको थियो। महिलाहरू हिलो अनि माटोसित काम गर्न पर्ने दिग्दारीलो प्रक्रिया रहेको यो कामप्रति आकृष्ट हुँदैन थिए। उनिहरू होटल, ब्यूटी पार्लर अथवा एयर होस्टेज जस्ता काम गर्न रुचाउने गरेका थिए। मानवशक्तिको अभावको भरपाई गर्न रिनाले यान्त्रिक वस्तुहरू खोजिगर्न थाकिन्।
उनको उत्पादहरू धेरजसो त काम लाग्ने वर्तन आदि छन् तथापि कतिपय गृह सज्जामा प्रयोग हुने अनि कतिपय कलात्मक उत्पादहरू। घरमा प्रयोग हुने सामग्रीहरूका निम्ति उनले मूल्यलाई यथोचित राख्ने कोसिस गरेकीछिन्। उनि उनका उत्पादहरू सिक्किमको प्रत्येक घरमा पुगोस् भन्ने चाहन्छिन् अनि आफ्ना ग्राहकहरू फेरि फर्किएर आवोस् भन्ने अपेक्षा गर्छिन्। उनके प्रयोग हुने स-साना उत्पाद जस्तै क्याण्डल स्टेण्ड, धूपदानी, मच्छड धूप दानी आदि बनाउछन्। यिनीहरू सस्तो अनि उपयोगी छन् अनि मानिसहरू अझ किन्नलाई आउन सक्छन्। समयको आवश्यकतालाई ध्यान दिएर सेता माटोहरूलाई उच्च तापमा पकाएर टेबल वेरहरू पनि बनाउने गरेकीछिन् जसले माइक्रोवेभहरू सहजै बोक्न सक्दछ।
गोवाबाट उदाहरण लिएर उनले मानेका सिक्किमको सांस्कृतिक दृश्य एवं हेरिटेज दर्शाउने सज्जा अनि सोभेनियरका रूपमा टाइलहरू रङ्गरोगन गर्ने काम पनि गर्दैछिन्।
यात्रा अहिले नै सकिएको छैन। अझ धेरै कुरा गरिनु अनि सिर्जना हुनु बाँकी नै छ।
अनुवादक: टीका 'भाइ '
Photo Gallery
(Click to enlarge)
Designed by NWD.