एक सफा बिहानी सिटोङ गाउँमा, वृद्ध किसान निमा छिरिङ लेप्चा साँघुरो बाटो हुँदै ओरालो लाग्छन्, पाहाडको फेदीमा टाँसिदिएको जस्तो लाग्ने त्यो बाटो, कान्ले खेतबारी बिचबाट भएर अघि बढ्छ। बिस वर्ष पहिले, यो जमिनमा कोदो र जौँको बाली उब्जाइन्थे, जसले परिवारहरूलाई भरण-पोषण गर्थ्यो र खाद्य परम्परालाई आकार दिएको थियो। आज, ती कान्ले खेतबारी सुपारी र कालो मरिचका बोटहरूले भरिएका छन्, जुन छनौटको सट्टा अनुकूलनको प्रतीक हो। किसान रोकिन्छ, आकाशतिर हेर्छ, र चुपचाप भन्छ, 'मौसमले अब हाम्रो कुरा सुन्दैन।'
किसान रोकिन्छ, आकाशतिर हेर्छ, र चुपचाप भन्छ, 'मौसमले अब हाम्रो कुरा सुन्दैन।'
यो भावना सिक्किम र दार्जिलिङ हिमालयका गाउँहरूमा प्रतिध्वनित हुन्छ। समूह छलफल र गाउँ-स्तरीय सर्वेक्षणहरू मार्फत सङ्कलन गरिएको तथ्याङ्कले जलवायु अनिश्चितता, ज्ञानको खाडल र परिवर्तनशील जीविकोपार्जनद्वारा परीक्षण गरिएको लचिलोपनको गहिरो मानवीय कथा सुनाउदछ। यी गाउँहरू एकसाथमा, पूर्वी हिमालयमा जलवायु परिवर्तनले कृषिलाई कसरी पुनर्लेखन गरिरहेको छ भनेर देखाउने जीवन्त मानचित्र बनिएको छ।
जीवनलाई परिभाषित गर्ने बालीहरू लोप हुँदैछन्
धेरै समूहहरूमा, परम्परागत बालीहरू निरन्तर घट्दै गइरहेका छन्। सिटोङको लेप्चा गाउँ र मङ्गर गाउँमा, किसानहरूले बताएअनुसार अहिले पहिले जस्तो कोदो, जौँ, कोदो र ज्वार उत्पादन गर्दैनन्। बढ्दो तापक्रमले कार्य क्षमता र उत्पादन घटाएको छ, जबकि अप्रत्याशित वर्षाले महत्त्वपूर्ण चरणहरूमा बालीहरूलाई क्षति पुर्याएको छ। माथिल्लो पान्बु गाउँको याङ माकुममा, धानको उत्पादन नाटकीय रूपमा घटेको छ - लगभग दस क्विन्टलबाट मुस्किलले तिन क्विन्टलमा झरेको छ। त्यस्ता सङ्ख्याहरू केवल तथ्याङ्क मात्र होइनन्; तिनीहरू प्रत्यक्ष रूपमा खाद्य असुरक्षा र आर्थिक तनावमा रुपान्तरित हुन्छन्।
बढ्दो तापक्रमले कार्य क्षमता र उत्पादन घटाएको छ, जबकि अप्रत्याशित वर्षाले महत्त्वपूर्ण चरणहरूमा बालीहरूलाई क्षति पुर्याएको छ

पश्चिम सिक्किमको सरनटार गाउँमा, हिउँ पर्नु पहिले प्राकृतिक पानीको भण्डारको रूपमा काम गर्थ्यो, बिस्तारै माटोमा ओसिलोपन छोड्थ्यो। हिजोआज हिउँ पर्न कम भएपछि, माटो छिटो सुक्छ, र बालीहरू बाँच्न सङ्घर्ष गर्छन्। अमर तामाङ, अमृत क्षेत्री र बिर्ता लेप्चा जस्ता किसानहरूले मकै, आलु र केराउ खेती गर्न जारी छ, तर आगामी वर्षहरूमा यी बालीहरू पनि भरपर्दो नहुन सक्छन् भन्ने धेरैलाई डर छ।
गलत समयमा आउने वर्षा
वर्षा अब भविष्यवाणी गर्न वा योजना बनाउन सकिने वरदान जस्तो रहेन। ढाकी गाउँमा, अक्टोबरमा अचानक भएको वर्षाले तोरीका पात, मुला, गाजर र स्क्वास नष्ट गर्यो। रातो चेरी खुर्सानी खुला मैदानमा सुक्यो, जबकि जाडो महिनाहरूमा सिँचाइको अभावले फुलगोभी राम्रो भएन। रिम्बिक, सेपी र टिम्बुरबाट पनि यस्तै कथाहरू बाहिर आए, जहाँ अनियमित वर्षाको ढाँचाले बारम्बार बालीनाली नोक्सान पुर्याएको छ।
अहिले पनि धेरै गाउँहरू वर्षामा निर्भर छन्। सिँचाइ पूर्वाधार न्यून छ, त्यसैले अनियमित वर्षा हुँदा किसानसँग समस्या समाधान गर्ने विकल्प छैन।
अहिले पनि धेरै गाउँहरू वर्षामा निर्भर छन्। सिँचाइ पूर्वाधार न्यून छ, त्यसैले अनियमित वर्षा हुँदा किसानसँग समस्या समाधान गर्ने विकल्प छैन। जहाँ वर्षा–पानी सङ्कलनका प्रयास छन्, जस्तै धाकी गाउँमा, त्यहाँ पनि निरन्तर प्राविधिक सहयोगको अभाव छ, जसले दीर्घकालीन लाभहरूलाई सीमित तुल्याउँछ। उदाहरणका लागि, प्रशिक्षित विस्तार कार्यकर्ताहरूको नियमित भ्रमणले भण्डारण ट्याङ्कीहरू चुहिने समस्या र माटो जम्मा भएको जाँच गरेर, गाउँलेहरूलाई प्वालहरू बन्द गर्ने र फिल्टरहरू सफा गर्ने जस्ता सरल मर्मत प्रविधिहरू सिकाएर, थोपा वा पिचर सिँचाइ जस्ता कुशल सिँचाइ विधिहरूमा सल्लाह दिएर, अनि भण्डारण गरिएको पानी क्षमताको आधारमा बाली योजनामा किसानहरूलाई मार्गदर्शन गरेर मद्दत गर्न सक्छ। यस्तो लक्षित प्राविधिक सहयोगले प्रणालीहरू कार्यात्मक रहन र किसानहरूले परिवर्तनशील वर्षा ढाँचाहरूमा राम्रोसँग अनुकूलन गर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्नेछ।
माटो थाकेको छ, तर किसानहरूलाई त्यस्तो किन भनेर थाहा छैन
माटोको क्षयीकरण यस क्षेत्रभरि एउटा मौन सङ्कट हो। धेरै किसानहरूले उर्वरता घट्दै गएको महसुस गर्छन् तर यसलाई बुझ्न वा सम्बोधन गर्न उपकरणहरूको अभाव छ। लिम्बू गाउँ, थम्बी, टिम्बुर र बिच गाउँमा, वर्षौँ अघि माटोको नमूनाहरू सङ्कलन गरिएको थियो, तैपनि प्रयोगशाला रिपोर्टहरू ढिलो, नपढिएको, वा किसानहरूले बुझ्न नसक्ने भाषाहरूमा जारी गरिएको थियो। केही अवस्थामा, रिपोर्टहरू कहिल्यै सङ्कलन गरिएन। स्पष्ट मार्गदर्शनको अभावमा, किसानहरू अनुमानमा भर पर्छन्। कोहीले उचित तालिम बिना कीटनाशक जस्ता रासायनिक इनपुटहरू प्रयोग गर्छन्, जबकि अरूहरू पूर्ण रूपमा मल र कम्पोस्टमा निर्भर छन्, यो पर्याप्त छ कि छैन भनेर निश्चित छैनन्। पहिरो-प्रवण गाउँहरूमा किसानहरूले माटोको उर्वरता पुनर्स्थापना गर्न माटोका तहहरू उल्टाउने सुझाव दिएका थिए, तर उनीहरूले त्यसलाई सुरक्षित रूपमा कसरी गर्ने भन्ने प्राविधिक ज्ञान आफूहरूसँग नभएको स्वीकार गरे।

...ककिसानहरूको पारम्परिक स्वदेशी ज्ञान वैज्ञानिक सिफारिसहरूमा विरलै एकीकृत हुन्छ, जसले गर्दा अविश्वास र विच्छेदन सिर्जना हुन्छ।
उपयोगी प्रविधि र किसानको बुझाइ बिचको यो खाडल धेरै कारणले हुन्छ। पहिलो, माथिबाट तल परियोजना कार्यान्वयन हावी हुनु हो: विशेषज्ञहरूले नमूनाहरू सङ्कलन गर्छन् र डेटा उत्पन्न गर्छन्, तर परिणामहरूलाई स्थानीय रूपमा अर्थपूर्ण सल्लाहमा रुपान्तर गर्न असफल हुन्छन्। दोस्रो, भाषा र साक्षरता अवरोध हो - रिपोर्टहरू स्थानीय भाषाहरू वा सरलीकृत ढाँचाहरूमा विरलै प्रदान गरिन्छ। तेस्रो, कमजोर विस्तार सेवाहरूको अर्थ गाउँहरूमा भ्रमण गर्न, निष्कर्षहरू व्याख्या गर्न र व्यावहारिक समाधानहरू प्रदर्शन गर्न थोरै प्रशिक्षित कर्मचारीहरू छन्। चौथो, संस्थागत अनुगमन कमजोर मान्न सकिन्छ; एक पटक डेटा सङ्कलन गरिसकेपछि, परियोजनाहरू प्रायः समाप्त हुन्छन्, जसले गर्दा किसानहरूलाई निरन्तर मार्गदर्शन बिना छोडिन्छ। अन्तमा, किसानहरूको पारम्परिक स्वदेशी ज्ञान वैज्ञानिक सिफारिसहरूमा विरलै एकीकृत हुन्छ, जसले गर्दा अविश्वास र विच्छेदन सिर्जना हुन्छ।
यसैले, माटो परीक्षण प्रविधि उपलब्ध छन् अनि यसद्वारा कृषि उत्पादनशीलता सुधार गर्ने क्षमता भए पनि सञ्चार, तालिम, र संस्थागत सहयोगमा भएका कमजोरीका कारण यसको प्रभाव सीमित नै रहिरहेको छ। यो अन्तरलाई कम गर्न केवल राम्रो प्रविधि मात्र होइन, ज्ञानको राम्रो रूपान्तरण पनि आवश्यक हुन्छ—जस्तै: क्षेत्रीय प्रदर्शनहरू, स्थानीय भाषामा माटो कार्डहरू, नियमित प्राविधिक (एक्सटेन्सन) भ्रमणहरू, र किसानहरूको अनुभवलाई सम्मान गर्ने सहभागितामूलक सिक्ने विधिहरू। तब मात्र वैज्ञानिक उपकरणहरूले वास्तवमै ती व्यक्तिहरूको सेवा गर्न सक्नेछन्, जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ।
कीराहरूले युद्ध जितिरहेका छन्
तातो तापक्रमले पहिले अप्रभावित क्षेत्रहरूमा कीराहरू फैलिन अनुमति दिएको छ। पश्चिम र उत्तरी सिक्किममा आलुका फसलहरू रातो कमिला ( सोलेनोप्सिस प्रजाति) द्वारा बढ्दो रूपमा क्षतिग्रस्त भइरहेका छन्, जसले जमिनमुनि रहेका कन्दहरूमा आक्रमण गर्छन्, ढुसीजन्य संक्रमणका लागि प्रवेश बिन्दुहरू सिर्जना गर्छन्, बजार गुणस्तर घटाउँछन्, र प्रायः सम्पूर्ण बाली नै नष्ट हुने अवस्था सिर्जना गर्छन्। मकै र कोदो जस्ता परम्परागत बालीहरू पनि बढ्दो तापक्रमसँग जोडिएको नयाँ आक्रमणकारी कीरा, फौजी किरा ( स्पोडोप्टेरा फ्रुगिपरडा ) -बाट खतरामा छन्। पातका घुम्रिएका भागहरू (leaf whorls) मा खाना खाँदै यसले पातहरू च्यातिएको जस्तो बनाउँछ, बोटको वृद्धि रोक्छ, र कहिलेकाहीँ सम्पूर्ण खेत नै नष्ट गर्न सक्छ। फाङटार र सोङ जस्ता गाउँहरूमा कीराको बढ्दो प्रकोप बाली प्रणालीमा आएको परिवर्तनसँगै देखिएको छ, जसले किसानहरूलाई लामो समयदेखि लगाइँदै आएका मुख्य खाद्य बालीहरूबाट टाढा जान बाध्य बनाएको छ।
मकै र कोदो जस्ता परम्परागत बालीहरू पनि बढ्दो तापक्रमसँग जोडिएको नयाँ आक्रमणकारी कीरा, फौजी किरा ( स्पोडोप्टेरा फ्रुगिपरडा ) -बाट खतरामा छन्। पातका घुम्रिएका भागहरू (leaf whorls) मा खाना खाँदै यसले पातहरू च्यातिएको जस्तो बनाउँछ, बोटको वृद्धि रोक्छ, र कहिलेकाहीँ सम्पूर्ण खेत नै नष्ट गर्न सक्छ।

नगदे बाली र गैर-कृषि काममा सर्दै
खाद्यान्न बालीहरू असफल हुँदै जाँदा, नगदे बालीहरू धेरै आकर्षक लाग्न थाल्छन्। सिटोङ, पन्बु र याङ बस्तीमा सुपारी, कुच्चो, अलैँची, अदुवा र भारतीय तेजपत्ता बढ्दो रूपमा सामान्य छन्। केही गाउँहरूमा, सुन्तला व्यावसायिक रूपमा उब्जनी गरिन्छ, यद्यपि कलिलोमा नै कुहिने र कीराको प्रकोप गम्भीर चिन्ताको विषय बनेको छ।
साथै, कृषि अब धेरै घरपरिवारका लागि मुख्य जीविकोपार्जनको माध्यम रहेन। पन्बुको समथार गाउँमा, कमल भुजेल, गोपी भुजेल जस्ता किसानहरू कुखुरापालन, दुध वितरण, कुखुरा खेती र इको-टुरिज्ममा विविधीकरण गरिरहेका छन्।

साथै, कृषि अब धेरै घरपरिवारका लागि मुख्य जीविकोपार्जनको माध्यम रहेन। पन्बुको समथार गाउँमा, कमल भुजेल, गोपी भुजेल जस्ता किसानहरू कुखुरापालन, दुध वितरण, कुखुरा खेती र इको-टुरिज्ममा विविधीकरण गरिरहेका छन्। रम्माम र सेपीमा, होमस्टे र पदयात्रासँग सम्बन्धित आम्दानीले खेतीमा निर्भरता घटाएको छ। मौसमी र स्थायी दुवै बसाइँसराइ, विशेष गरी युवाहरूमाझ बाँच्ने रणनीति बन्दै गएको छ।
पहिले कृषिले काम गर्ने घरपरिवारलाई रेमिट्यान्सले अहिले सहयोग गरिरहेको छ। यसले छोटो अवधिको राहत प्रदान गरे पनि खेतहरू बाँझो छोड्छ र स्थानीय खाद्य प्रणालीलाई कमजोर बनाउँछ।
ज्ञान छ तर किसानहरूसम्म पुग्दैन
तथ्याङ्कबाट प्राप्त सबैभन्दा बलियो सन्देश भनेको समाधानको अभाव होइन, तर सञ्चारको असफलता हो। सरकारी विभागहरू, अनुसन्धान संस्थाहरू र गैरसरकारी संस्थाहरूले अध्ययन र तालिमहरू सञ्चालन गर्छन्, तैपनि किसानहरूले यी प्रयासहरूलाई बारम्बार सैद्धान्तिक, दुर्गम वा अप्रासङ्गिकको रूपमा वर्णन गर्छन्। उदाहरणका लागि, गाउँहरूबाट माटो परीक्षण डेटा सङ्कलन गरिन्छ, तर परिणामहरू प्रायः महिनौँ पछि पठाइन्छ, प्राविधिक भाषा वा अङ्ग्रेजीमा लेखिन्छन्, र प्रदर्शनहरू मार्फत कहिल्यै व्याख्या गरिँदैनन्। रङअनुसार वर्गीकृत माटो कार्डहरू वितरण गरिएका थिए, तर “कम नाइट्रोजन” वा “मध्यम फस्फोरस” जस्ता शब्दहरूको बाली व्यवस्थापनका लागि व्यवहारिक रूपमा के अर्थ हुन्छ भन्नेबारे स्पष्टता निकै कम थियो। त्यसपछि कुनै पछिल्लो बैठक वा मार्गदर्शन नभएकाले, उक्त जानकारी प्रायः प्रयोगविहीन नै रहेको छ।

तथ्याङ्कबाट प्राप्त सबैभन्दा बलियो सन्देश भनेको समाधानको अभाव होइन, तर सञ्चारको असफलता हो। सरकारी विभागहरू, अनुसन्धान संस्थाहरू र गैरसरकारी संस्थाहरूले अध्ययन र तालिमहरू सञ्चालन गर्छन्, तैपनि किसानहरूले यी प्रयासहरूलाई बारम्बार सैद्धान्तिक, दुर्गम वा अप्रासङ्गिकको रूपमा वर्णन गर्छन्।
तालिम सत्रहरूमा प्रायः व्यावहारिक प्रदर्शनको अभाव हुन्छ। माटोका रिपोर्टहरू प्राविधिक अङ्ग्रेजीमा जारी गरिन्छ। जलवायु-स्मार्ट कृषि प्रयोगयोग्य टुलकिटको सट्टा चर्चाको विषय बनेको छ। तिङयोङ गाउँका किसानहरूले तथ्याङ्क सङ्कलन गर्ने र ठोस समाधानहरू प्रदान नगरी फर्कने अनुसन्धान टोलीहरूप्रति खुलेआम निराशा व्यक्त गरे। तथ्याङ्क सङ्कलन पछि, अनुसन्धान टोलीहरू कहिल्यै निष्कर्षहरू साझा गर्न फर्केनन्। टिंगभोङमा, डुप लेप्चा जस्ता किसानहरूले साझेदारको सट्टा अनुसन्धान विषयको रूपमा "प्रयोग गरिएको" महसुस गरे। उनले उल्लेख गरे: "तिनीहरूले माटो, तस्बिरहरू र हाम्रो समय लिए - तर हामीले कहिल्यै सुनेनौँ।"
यसबीच, अनिता खवास र दीपा छेत्री जस्ता किसानहरू सिक्न उत्सुक छन्। उनीहरू माटोको नमूना सङ्कलन, ड्रिप सिँचाइ, बीउ संरक्षण, जैविक कीरा नियन्त्रणका उपायहरू, र परिवर्तनशील जलवायुसँग अनुकूल हुने बाली छनोटबारे सरल मार्गदर्शन चाहन्छन्। उनीहरू सैद्धान्तिक मोडेलहरू होइन, समान प्रकृतिका गाउँहरूबाट लिइएका व्यवहारिक उदाहरणहरू चाहन्छन्।
डिजिटल उपकरणहरू: सानो स्क्रिन, ठुलो सम्भावना
कनेक्टिभिटी चुनौतीहरू रहेकै भएपनि, मोबाइल फोनहरू कृषि सञ्चारका लागि शक्तिशाली उपकरणको रूपमा देखा परेका छन्। मौसम पूर्वानुमान र स्थानीय जानकारी साझा गर्न व्हाट्सएप समूहहरू, एसएमएस अलर्टहरू, र फेसबुक अपडेटहरू पहिले नै अनौपचारिक रूपमा प्रयोग गरिन्छ। किसानहरूले बारम्बार समयमै, स्थानीयकृत अपडेटहरूको आवश्यकतालाई जोड दिए - विशेष गरी चरम मौसमी घटनाहरूको समयमा।
यद्यपि, डिजिटल साक्षरता असमान नै छ। केही गाउँहरूमा, किसानहरू कृषि एपहरू वा अनलाइन प्लेटफर्महरूसँग अपरिचित छन्। डिजिटल उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने बारे तालिम उनीहरूले प्रदान गर्ने जानकारी जत्तिकै महत्त्वपूर्ण छ।
हराएको कडी: बजार र मूल्य अभिवृद्धि
बाली सफलतापूर्वक उत्पादन भए पनि बजारमा पहुँच अझै पनि एउटा चुनौती बनेको छ। उदाहरणका लागि, दार्जिलिङकी सुनिता लेप्चा र पश्चिम सिक्किमकी डोल्मा तामाङ जस्ता किसानहरूले फुलगोभी र आलु जस्ता तरकारी बेच्न नजिकको बजारसम्म पुग्न साझा जिप भाडामा लिनुपर्ने बताइन्। मनसुनको समयमा पहिरोले सडकहरू प्रायः अवरुद्ध पार्ने भएकाले किसानहरू कहिलेकाहीँ दिनहुँसम्म पर्खिन बाध्य हुन्छन् वा उत्पादनलाई केही किलोमिटर पैदल बोकेर लैजानुपर्ने हुन्छ। बजार पुग्दासम्म उत्पादनको ठुलो भाग पहिले नै बिग्रिसकेको वा ओइलाइसकेको हुन्छ, जसले यसको मूल्य घटाउँछ। ढुवानी खर्च उच्च भएकाले किसानहरूले सहरी बजारमा राम्रो मूल्य पाइने भए पनि प्रायः स्थानीय व्यापारीहरूलाई निकै कम मूल्यमा बेच्न बाध्य हुन्छन्। यसले खेतीलाई कम लाभदायक बनाउँछ र अतिरिक्त उत्पादन गर्न किसानहरूलाई निरुत्साहित गर्छ।
कृषि उद्यमीहरू र स्वयं सहायता समूहहरू (एसएचजी) का लागि क्षमता विकास कार्यक्रमहरूले बजारमुखी उत्पादन विकास रणनीति, उपभोक्तामैत्री प्याकेजिङ, भण्डारण अवधि वृद्धि, प्रस्तुतीकरणका मापदण्डहरू, र एफएसएसएआई-का नियमहरूको पालना जस्ता पक्षहरूमा केन्द्रित हुनुपर्छ।
मूल्य अभिवृद्धि गरिएका उत्पादनहरू-जस्तै सुन्तलाको रस, सुकाइएका तरकारी, अचार-अवसरका रूपमा हेरिएका छन्, तर किसानहरूलाई प्रशोधन, प्याकेजिङ, र मूल्य निर्धारणसम्बन्धी ज्ञानको अभाव छ। लक्षित मूल्य अभिवृद्धि तालिमले किसानहरूलाई बजारका लागि तयार उत्पादनहरू विकास गर्न सहयोग गर्न सक्छ। कृषि उद्यमीहरू र स्वयं सहायता समूहहरू (एसएचजी) का लागि क्षमता विकास कार्यक्रमहरूले बजारमुखी उत्पादन विकास रणनीति, उपभोक्तामैत्री प्याकेजिङ, भण्डारण अवधि वृद्धि, प्रस्तुतीकरणका मापदण्डहरू, र एफएसएसएआई-का नियमहरूको पालना जस्ता पक्षहरूमा केन्द्रित हुनुपर्छ।
यी सम्बन्धहरू बिना, कृषि उच्च जोखिम र कम प्रतिफलको रहन्छ, जसले किसानहरूलाई गैर-कृषि जीविकोपार्जनतर्फ धकेल्छ।
यहाँ लचिलोपन अघिदेखि नै छ - यसलाई समर्थन चाहिन्छ
यी चुनौतीहरूको रहेका भए पनि, यो क्षेत्र असफलताको कथा होइन। किसानहरूले बाली परिक्रमा, अन्तरबाली, कृषि वनीकरण, मल्चिङ र टेरेस खेतीको अभ्यास गर्छन्। पारम्परिक स्वदेशी ज्ञानले कृषि निर्णयहरूलाई आकार दिइरहेको छ। सामुदायिक खेती, साझा श्रम प्रणाली र सामूहिक रूपले सिक्ने प्रक्रिया अझै जीवित छन्।
जलवायु-प्रतिरोधी कृषि बाहिरबाट लाद्न सकिँदैन, यो गाउँ भित्रबाटै बढ्नु पर्छ, व्यावहारिक तालिम, स्थानीय भाषा सामग्री र उत्तरदायी संस्थाहरूद्वारा समर्थित।
अभाव भनेको यी शक्तिहरूमा निर्माण हुने दिगो, सम्मानजनक समर्थन हो। जलवायु-प्रतिरोधी कृषि बाहिरबाट लाद्न सकिँदैन, यो गाउँ भित्रबाटै बढ्नु पर्छ, व्यावहारिक तालिम, स्थानीय भाषा सामग्री र उत्तरदायी संस्थाहरूद्वारा समर्थित।
पूर्वी हिमालय परिवर्तन हुँदैछ, र कृषि पनि त्यससँगै परिवर्तन हुनुपर्छ। तर अनुकूलन एक्लो हुन सक्दैन। किसानहरूलाई उनीहरूले प्रयोग गर्न सक्ने ज्ञान, उनीहरूले विश्वास गर्न सक्ने प्रणाली र उनीहरूको वास्तविकतालाई पहिचान गर्ने नीतिहरू चाहिन्छ।
पश्चिम सिक्किमका ती किसानले आफ्नो खेत हेर्दा, उनी चमत्कारको लागि मागिरहेका छैनन्। उनी मार्गदर्शन, समयसापेक्ष जानकारी र कृषि अझै पनि विश्वास गर्न लायक भविष्यका लागि मागिरहेका छन्। तथ्याङ्कले एउटा कुरा स्पष्ट पार्छ: यदि हामीले यी आवाजहरूलाई ध्यानपूर्वक सुन्यौँ भने, अगाडिको बाटो पहिले नै देखिनेछ।
श्रीजना शर्मा पश्चिम सिक्किमको रिन्चेनपोङकी ATREE मा अनुसन्धान सहयोगी हुन्। उनको कामले हिमालयमा दिगो जीविकोपार्जनका अवसरहरूको खोजी गर्छ, जसमा समुदाय-आधारित पहलहरू, संरक्षण-सम्बन्धित जीविकोपार्जन, र स्थानीय आर्थिक विकाससँग पारिस्थितिक दिगोपनलाई सन्तुलनमा राख्ने रणनीतिहरूमा ध्यान केन्द्रित गरिएको छ।


Designed by NWD.