Menu

पाहाड, सूर्य र नदी

पाहाड, सूर्य, नदी र झुपडीको एउटा बालकको चित्रकारिता - वैश्विक भारतीय बाल्यकालको चित्रकारी

भारतीय कवि जावेद अख्तरले एक पटक गरेको एउटा अवलोकनले मलाई सोच्न बाध्य बनायो। उनले उल्लेख गरे-उत्तर र दक्षिण, सहर र गाउँ- भारतभरीका बालबालिकाहरूलाई जब केही चित्र कोर्न लगाइन्छ, तिनीहरूले लगभग उस्तै छविहरू सिर्जित गर्छन्: पृष्ठभूमिमा पाहाडहरू, पछाडिबाट देखिने विकिरण रेखाहरू भएको सूर्य, सानो झुपडी, यसको वरिपरि घुमेको एस-आकारको नदी, नजिकै उभिएका रूखहरू, र आकाशमा रेखा जस्ता कोरिरहेका चराहरू।

म भारतमा हुर्किएँ। मैले त्यो चित्र कोरेको थिएँ। म अझै पनि त्यो चित्र कोर्छु।

समानता अचम्मको छ। लाखौँ बालबालिका, जसमध्ये धेरैले कहिल्यै पाहाड देखेका छैनन्, जो अग्ला भवनहरू, अटो-रिक्सा र भिडभाड भएको बजारहरूमा बस्छन्, कसरी एउटै ग्राम्य प्राकृतिक दृश्यमा आइपुग्छन्? तिनीहरूले आफ्नो सडक, आफ्नो भवन, क्रिकेट खेल्ने पार्क कोर्न सक्छन्। तर तिनीहरू त्यसो गर्दैनन्।

किनभने यी सबै चित्र कस्तो देखिन्छ भनेर सिकाइएको थिएन।

अघि बढ्ने क्रममा कतै, यो रचना नै टेम्प्लेट बन्यो। यो ब्ल्याकबोर्डहरूमा, नोटबुकहरूमा देखा पर्दछ, शिक्षकहरूद्वारा तिमीहरूले दृश्यहरूको चित्र यसरी कोर्न सक्छौ भएर प्रदर्शित गर्दछन्।  एस आकारको-नदी सरल छ। त्रिकोण-वर्ग घर ज्यामितीय छ र सहजै बनाउन सकिन्छ। किरणहरू सहितको सूर्य प्रतिष्ठित छ। यसले काम गर्छ। यो पुनरुत्पादन योग्य छ। र त्यसैले, यो पुनरुत्पादन हुन्छ - दशकौँसम्म, विभिन्न क्षेत्रहरूमा, लाखौँ पेन्सिल समातेका साना हातहरूमा।

बच्चाहरू असफल भइरहेका छैनन्। तिनीहरू सफल भइरहेका छन्। तिनीहरूलाई भनिएको सही उत्तर पुन: उत्पादन गर्ने काम दुरुस्त गरिरहेका छन्। 

तर पुन: उत्पादनको त्यो क्षणमा चुपचाप के हुन्छ भन्ने कुरा यहाँ छ।

चेन्नईमा समुद्र मात्र चिनेको एकजना नानीले आफ्नो वास्तविक संसार विषय होइन भन्ने सिक्छ। दिल्लीको अपार्टमेन्टमा बस्ने एउटा केटाले  अवलोकन कार्यका लागि अप्रासङ्गिक छ भन्ने कुरा सिक्छ। महत्त्वपूर्ण कुरा भनेको टेम्प्लेट मिलाउनु हो। शिक्षकको भनाइ सत्य हो। विचलन अन्वेषण होइन - यो त्रुटि हो।

म देख्छु , व्याख्या गर्छु , र मेरो व्याख्यालाई कागजमा राख्न पर्याप्त विश्वास गर्छु बिचको सम्पर्क चुपचाप कमजोर बन्छ । त्यो श्रृङ्खलालाई सरलले प्रतिस्थापन गरिन्छ: अधिकारले दिन्छ, म पुनरुत्पादन गर्छु

यो बालबालिकाको असफलता होइन। यो कुनै पनि साधारण तरिकाले, शिक्षकहरूको असफलता पनि होइन जो आफै भिडभाडयुक्त कक्षाकोठा र मानकीकृत अपेक्षाहरूमा तैरिरहेका छन्। यो कुनै विशिष्ट कुराका लागि अनुकूलित प्रणाली हो - र त्यो कुरा व्यक्तिगत धारणाको खेती होइन।

कहिलेकाहीँ मलाई लाग्छ कि यदि बच्चालाई पहिले बाहिर लगियो भने कस्तो देखिएला - के चित्र कोर्ने भनेर देखाउन होइन, केवल हेर्नाका लागि। कुनै खास समयमा कुनै खास भित्तामा प्रकाश कसरी पर्छ भनेर अवलोकन गर्न। झ्याल बाहिरको रूखको आकार कुनै पनि टेम्प्लेट भन्दा फरक छ भनेर हेर्न।

यदि प्रकट भएको चित्र कुनै पनि मानकीकृत मापन भन्दा खस्रो, अनौठो, अत्यन्त गलत होस् - तर नानीको आफ्नै हेराइ जस्तो अरू नै केही बोकेको हुन्छ भने के हुन्छ। यस प्रकारको संसार मअघि प्रकट हुन्छ भन्ने उनीहरूको आफ्नै सानो कार्य। 

मलाई थाहा छैन यो राम्रो हुन्छ कि हुँदैन। मलाई थाहा छैन हामीले यस लेनदेनमा के गुमाउन सक्छौँ। तर तीहरू जसले प्रारम्भिक रूपमा अवलोकन गर्न, व्याख्या गर्न, आफ्नो व्याख्यामा विश्वास गर्न पर्याप्त तालिम प्राप्त गरेको हुन्छ र त्यसमा कार्य गर्न सक्छ त्यस्तो व्यक्तिले वयस्कतामा के बोक्न सक्छ भन्ने कुराबारेमा म आफूलाई उत्सुक पाउँछु।

म यहाँ त्यस्तो प्रणालीको निन्दा गर्न आएको होइन जसले प्रतिभाशाली इन्जिनियर, डाक्टर र विद्वानहरू उत्पादन गरेको छ। यो टेम्प्लेट धेरै कुराहरूका लागि काम गर्छ। निपुणता प्रायः नक्कलबाट सुरु हुन्छ।

तर म हामीले के कुराको लेनदेन गरिरहेका छौँ भन्ने कुरा आफैलाई सोचिरहेको हुन्छु। जब कुनै बच्चाले  उसले वास्तवमा देखेको कुनै पनि नदी जस्तो नभएर सही नदी एस आकारको छ भन्ने कुरा सिक्छ, उसले अरू के कुरालाई ओझेलमा पार्न सिक्छ? उसको जिज्ञासा? उसको शङ्का? उसलाई भनिएको कुरासँग केहि मेल खाँदैन भन्ने उसको भावना? मेरो निष्कर्ष स्पष्ट छैन। मलाई निश्चित छैन कि म के चाहन्छु।

तर मैले  प्रश्न चित्रकलाभन्दा बाहिर फैलिएको छ भन्ने कुरा याद गरेँ। यदि मैले यसरी नै परिदृश्यहरूलाई प्रतिनिधित्व गर्न सिकेको हुँ भने, त्यही संयन्त्र अरू कहाँ काम गर्न सक्छ?

मलाई लाग्छ करियर कसरी अगाडि बढ्नुपर्छ। राम्रो सम्बन्ध कस्तो देखिन्छ भन्ने मलाई बिश्वास लाग्छ। सफलता, खुशी र अर्थपूर्ण जीवनलाई म कसरी परिभाषित गर्छु। मेरा विचारहरू—के ती देखिए , वा प्राप्त भए? म कसरी सोच्छु, कसरी तर्क गर्छु, कसरी विचारलाई संरचित गर्छु।

चित्र निर्दोष छ। तर यसले एउटा संयन्त्र प्रकट गर्छ। र एकचोटि तपाईँले संयन्त्रलाई एक ठाउँमा देख्नुभयो भने, तपाईँले सोच्नुपर्नेछ कि यो कति टाढासम्म फैलिएको छ। गहिरो निहितार्थ अस्थिर छ: म "म" भनेर अनुमान गरेको धेरैजसो कुराको लेखक नहुन सक्छु।

म तपाईँलाई यो कुरामा छोड्छु: अर्को पटक जब तपाईँले केही चित्र कोर्ने मौका पाउनुहुन्छ—केही पनि—तपाईँको हातले के खोज्छ भन्ने कुरामा ध्यान दिनुहोस्। के यो तपाईँको अगाडिको संसार हो? वा यो तपाईँले धेरै पहिले सिकेको टेम्प्लेट हो, जसले तपाईँलाई चित्र कस्तो देखिनुपर्छ भनेर बतायो?

अनि यदि यो टेम्प्लेट हो भने, तपाईंले आफैलाई सोध्न सक्नुहुन्छ, बिस्तारै, कुनै निर्णय नगरी:

नदेखी नै म अरु के पुनरुत्पादन गर्दैछु?

Translated by: टिका राई
About the Author

थुप्टेन चक्रीशर एक सफ्टवेयर विकासकर्ता र रचनात्मक प्राविधिक हुन् जसले सफ्टवेयर, VR अनुभवहरू, र सांस्कृतिक उपकरणहरू निर्माण गर्छन्। उनले हिमालयन एल्डर्स परियोजनाको सह-स्थापना गरे र गनटेक चलाउँछन्, जहाँ उनी कथा कथन, माइन्डफुलनेस र सामुदायिक प्रभावमा आधारित प्रविधि विकास गर्न स्टार्टअपहरू र उद्यमहरूसँग सहकार्य गर्छन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram