जारी चलचित्रले बक्स अफिसमा पाएको सफलताले सांस्कृतिक जागरूकता र नेपाली भाषाका चलचित्रहरूमा बढ्दो चासोलाई देखाएको छ। परम्परागत रूपमा ग्रामीण पारिवारिक संरचनामा देखाइएको र जीवनका दैनिक सामाजिक र सांस्कृतिक पक्षहरूको कथा भन्ने चलचित्रले विस्तृत फाँटका दर्शकहरूमाझ चासो सिर्जना गर्यो। यसो गरिँदा, यसले हामीलाई लिम्बू परम्परागत संस्कृतिको जटिलता, यसको सामाजिक-आर्थिक शक्ति संरचना, घरेलु गतिशीलताको वास्तविकता र त्यसमा महिलाको स्थान आदिलाई मुखामुखी ल्यायो।

समाजमा स्पष्ट पितृसत्ता प्रदर्शन गर्ने क्षमताका कारण चलचित्रले आलोचनात्मक प्रशंसा पनि प्राप्त गरेको छ, तर अझ धेरै कुरालाई सतहमा ल्याउन बाँकी नै छ। यो लेखले चलचित्रको समीक्षा गर्दा अन्ततोगत्वा चलचित्रबाट विषयवस्तु र त्यसका चित्रणहरू निकाल्दछ र यसमा अन्तर्निहित वास्तविकताहरूको बारेमा छलफल गर्दछ, जुन प्रायजसो रिलमा प्रदर्शन गरिन्छ अनि जसको वास्तविक जीवनमा प्रभाव हुन्छ। यसले समाजको सूक्ष्म हिस्सामा रहने ठुला अर्थहरू र जटिल विवरणहरूको बारेमा छलफल गर्दछ जहाँ महिलाको भूमिकालाई निरन्तर परीक्षण गरिन्छ र उनको दुर्भाग्यका लागि दोषी ठहराइन्छ। यद्यपि यो कथा एउटा विशिष्ट समुदायभित्र अवस्थित छ, यसले महिलाहरूको अनुभव र दैनिक भेटघाटहरूको दुखद विश्वव्यापी प्रकृतिलाई प्रतिबिम्बित गर्दछ। यसले समाजमा पितृसत्तात्मक संरचनाहरूमाथि प्रश्न उठाउँछ जसले विवाह र परिवार जस्ता संस्थाहरू मार्फत महिलाको जीवनलाई निरन्तर शासन गर्दछ।
जारी , चलचित्र
जारी चलचित्रको सुरुवाती दृश्यमा पति, नामसाङ र उनकी श्रीमती, हाङ्मा बिचको झगडा हुन्छ। झगडा आक्रामक बन्दै जान्छ, जहाँ नामसाङले हाङ्मालाई थप्पड हान्छ, धक्का दिन्छ र लगभग लात हिर्काउँदछ। विवाहको पाँच वर्षपछि पनि हाङ्माले कुनै पनि सन्तान जन्माउन नसकेकोमा रिसाएका नामसाङले हाङ्मालाई आफ्नो आँगनमा रुँदै गरेको अवस्थामा नै छाडेर निस्किन्छ। घरपरिवारमा पति र पत्नी बिचको शक्ति सम्बन्धको स्पष्ट चित्रणले चलचित्रलाई केही सान्दर्भिक सामाजिक-आर्थिक वास्तविकतामा पुर्याउँछ। शारीरिक हिँसा बाहेक, नामसाङले हाङ्मामाथि गरेको मौखिक हिंसा , उनको परिवारको कमजोर आर्थिक स्थितिको कुरादेखि उसले सजिलै नयाँ श्रीमती पाउनसक्ने उसको दम्भको प्रस्तुतिसम्म पुग्छ। यद्यपि, श्रीमतीको अनुपस्थितिमा, घरको सबै काम परिवारकी आमाको जिम्मेवारीमा पर्छ। बिरामी नामसाङकी आमाले छोरा र बुबालाई उनी वृद्ध हुँदै गइरहेकी छिन् र घरको सबै काम आफै गर्न सक्दिनन् भनेर निरन्तर सम्झाउँदै, नामसाङले चाँडै श्रीमती खोज्नपर्ने सङ्केत गर्छिन् ।


घरको दैनिक काम
यी दृश्यहरूले विशेष गरी दक्षिण एसियाली सन्दर्भमा परिचित स्वरलाई चित्रण गरेको छ। घरको काम वा घरायसी श्रमलाई महिलाहरूको 'जिम्मेवारी' को रूपमा असमान रूपमा तोकिएको छ, विशेष गरी दक्षिण एसियाका विकासशील देशहरूमा। घरायसी कामको अवमूल्यन र यसको अवैतनिक प्रकृति घरपरिवारमा महिलाहरूको परम्परा र कर्तव्यको चङ्गुलमा फसेको छ। सबै महिलाहरू सामान्यतया कामदार हुन्, चाहे उनीहरूलाई मान्यता दिइयोस् वा नदिइयोस्, विशेष गरी विकासशील देशहरूमा, किनभने तिनीहरू जिम्मेवारीको रूपमा अवैतनिक श्रममा संलग्न छन् (घोष, २०१३)। हाङमाको आफ्नै माइती घर, जहाँ उनी ठुलो झगडापछि फर्किन्छिन्, उनको भेट उनकी आमासँग हुन्छ, जसले श्रीमान्-श्रीमतीहरू बिच झगडा सामान्य हो भनेर भन्छिन् र उनलाई सकेसम्म चाँडो फर्कन आग्रह गर्छिन्। हाङमाकी आमाले नराम्रो वैवाहिक सम्बन्धलाई त्याग्ने निर्णय गर्दा कुनै पनि महिलाले कस्तो कुरा सामना गर्नुपर्थ्यो भन्ने कुरा व्यक्त गर्छिन्। विवाह संस्थाको 'विश्वासघात' -ले दक्षिण एसियाली समाजहरूलाई सताएको छ, जहाँ सम्बन्ध विच्छेद निषेधित छ र मागी विवाहहरू आज पनि लोकप्रिय छन्।
सबै महिलाहरू सामान्यतया कामदार हुन्, चाहे उनीहरूलाई मान्यता दिइयोस् वा नदिइयोस्, विशेष गरी विकासशील देशहरूमा, किनभने तिनीहरू जिम्मेवारीको रूपमा अवैतनिक श्रममा संलग्न छन् (घोष, २०१३)।


चलचित्रमा महिलाहरू हरेक फ्रेममा काम गरिरहेका देखिन्छन्। हाङ्मा आफ्नै घरमा हुँदा पनि उनी निरन्तर काम गरिरहेकी हुन्छिन्। एक दिन धान मिलमा काम गरिरहेको बेला, तिन महिलाहरू - हाङमा , एकजना ठुली उमेरकी महिला र गाउँकी एकजना कलिलो ठिटीमाझ अनौपचारिक कुराकानी भइरहेको हुन्छ । तीमध्ये ठुली महिलाले पालममा उनी पुरुषहरूबाट पराजित हुन कसरी अस्वीकार गर्छिन् भनेर टिप्पणी गर्छिन् र कलिला युवतीले यही कारणले गर्दा नै उनले अविवाहित रहनु परेको कुरातिर तुरुन्तै औँल्याउँछिन्। ठुली महिलाले रिसले गाली गर्छिन् । पालम, एक लोकप्रिय लिम्बू समूह गतिविधिको रूपमा, जहाँ सम्भावित दावेदारहरूले संवादात्मक गायन मार्फत सम्भावित साझेदारहरूमा आफ्नो रुचि स्वीकार गर्छन्; आफ्नो प्रेम, विश्वास र कुल वंशको पनि दाबी गर्छन्। यो एक प्रतिस्पर्धा पनि हो, जहाँ यदि एकजनाले अर्को विरुद्ध पालम खेल्छ भने, जसले जित्छ उसले हार्नेलाई प्रेम सम्बन्ध र विवाह गरेर पनि लैजान सक्छ। चलचित्रमा नारीवादी विषयवस्तुहरूलाई उतार्ने चेस्टा गरिएपनि खुसीसाथ अविवाहित रहने महिलाहरूलाई सफलतापूर्वक प्रतिनिधित्व गर्न सकेको छैन। चलचित्रमा महिलाहरूले कहिल्यै पनि महिलामाथिका सामाजिक कलङ्कहरूको सामना गर्दैनन् तर एकअर्कालाई खिसिट्युरी गर्नाका लागि भने नजिक आउँछन्।
श्रममा भुक्तानी
गाउँ नजिकैको एउटा ठुलो मेलामा, हाङमाले पालममा एकजना पुरुषलाई जित्छिन र नयाँ पुरुषसँग भाग्छिन्। उनी भागेको र विवाह गरेको खबर गाउँभरि फैलिन्छ, त्यसपछि नामसाङको परिवार जारीको सम्पूर्ण भुक्तानी चाहन्छ। चलचित्रको नाम जस्तै, जारी भनेको एक निश्चित रकम हो जसमा पैसा मात्र नभई पशुधन, मासु, रक्सी र विवाहको समयमा दुलहाको परिवारले दुलहीको परिवारलाई दिएको कुनै पनि सर-समान समावेश हुन सक्छ। पतिको परिवार, पुरुषहरूको ठुलो समूह लिएर, जारी फिर्ता लिन हाङमाको घरमा जान्छन्। हाङमाको परिवारसँग फिर्ता गर्ने कुनै साधन नभएकोले, दुवै पक्षका सबै पुरुष सदस्यहरूमाझ भनाभैरी चल्छ। नामसाङ र हाङमा बिचको झगडा वर्षौंदेखि खाएको खानाको कुरादेखि लिएर वैवाहिक दायित्व पुरा गर्नेसम्मका पक्षहरूको हर-हिसाबले सङ्कीर्ण अनि तुच्छतामा परिणत हुन्छ।, यी कुराहरू हाङमाको घरको आँगनमा , उनको अनुपस्थितिमा छलफल भइरहेको। अन्तमा, हाङमाले उक्त झगडालाई रोक्छिन र जारीको पैसा नतिरेसम्म नामसाङको घरमा कामदारको रूपमा रहन स्वीकार गर्छिन्।


चलचित्रको नाम जस्तै, जारी भनेको एक निश्चित रकम हो जसमा पैसा मात्र नभई पशुधन, मासु, रक्सी र विवाहको समयमा दुलहाको परिवारले दुलहीको परिवारलाई दिएको कुनै पनि सर-समान समावेश हुन सक्छ।
यस दृश्यले दुई कुराहरू प्रदर्शन गर्दछ; हाङमाको जिम्मेवारी र घरेलु श्रमको मूल्य। हाङमा र क्लुगम्यान (२०१५) ले व्यक्तिगत दायित्वलाई लिङ्गको संस्थागत शक्ति सम्बन्धसँग जोड्छन् । तिनीहरूले यी संरचनाहरू गठनमा अनि नाता र परिवारमा राखिएको नियम, मान्यता र अभ्यासहरूको महत्त्वमा आन्तरिक वैचारिक र भौतिक कारकहरू छन् भनेर प्रकाश पार्छन्। महिलाहरूका लागि संरचनात्मक परिवर्तनको अभावमा, धेरैजसो घरेलु कर्तव्यहरूका लागि कलिला युवतीहरूलाई विवाह संस्थाद्वारा परिवारमा प्राथमिक कामदारको रूपमा हेरिन्छ। यससित नै, घरकी बुहारी/पत्नीका रूपमा हाङमाले गर्दै आएको घरेलु श्रम भने निस्वार्थ र मूल्यहीन थियो। यद्यपि, यस पटक भने उनको श्रमको मूल्य छ। दृश्यको अन्त्यमा हाङमाले आफ्नो दायित्वशीलतालाई अन्ततः प्रयोग गर्दा, जहाँ उनी पहिले एक घरायसी कामदारका रूपमा जहाँ थिइन, अब भुक्तानीका लागि श्रम गर्दै हुन्छिन्।
पितृसत्ता र हिंसा
जब हाङमा नामसाङको घरमा फर्किन्छिन्, उनले आफ्ना ससुरालीबाट रिस, अपमान र दुर्व्यवहारको सामना गर्छिन्। एक दिन, आफ्नो कामबाट फर्किँदै गर्दा, उनका पूर्व पति नामसाङले उनलाई लगभग आक्रमण गर्छन्। त्यस दिनको सुरुमा, फुर्सदको समयमा, गाउँका केही पुरुषहरूले आफ्नी श्रीमतीलाई अर्को पुरुषसँग जान दिएकोमा नामसाङको पुरुषत्वमाथि प्रश्न उठाएका थिए। ती पुरुषहरूलाई उनले देखाउन नसकेको रिसको प्रकोप र चोटले हाङमालाई शत्रुको रूपमा चित्रण गर्दछ, पितृसत्ताको रूपमा होइन जसले पुरुषहरूले कसरी व्यवहार गर्नुपर्छ र आफ्नो पुरुषत्व प्रदर्शन गर्नुपर्छ भन्ने कुरालाई सक्रिय रूपमा आकार दिन्छ। नामसाङका बुबाले उनलाई रोक्छन् र नयाँ श्रीमती ल्याउँदा उनलाई हिर्काउनु भन्दा बढी क्षति पुग्नेछ भनेर भन्छन्। त्यसपछि, नामसाङले अर्को महिलासँग विवाह गर्ने धेरै प्रयास गर्छन् तर असफल हुन्छन्, किनकि हाङमा र उनको परिवारसँगको उनको दुर्व्यवहारबारे खबर गाउँभरि फैलिएको हुन्छ र कोही पनि आफ्नी छोरीलाई त्यस परिवारमा विवाह गर्न चाहँदैनन्। प्रत्येक असफल प्रयाससँगै नामसाङको निराशा बढ्दै जाँदा, उनी पालम गीत गाउँदै पनि घुम्छन् र कसो कसो गरेर एक पटक एउटी महिलासँग कुरा गर्न सफल पनि हुन्छन्, तर भोलिपल्टै, उनी उनलाई अपहरण गर्ने प्रयास गर्छन्। नामसाङ र उनका साथीहरूको समूहले ती महिलालाई तान्दै भगाएर लान्छन् तर त्यसको केही समयपछि नै, उनलाई पुरुषहरूको अर्को समूहले उद्धार गर्दछ। नामसाङको घरमा, उनका बुबाले उनलाई अपहरण गरेर पनि श्रीमती ल्याउन नसकेको भनेर असफल भएकामा नराम्रो वचन लगाउँछन्। भागी विवाहलाई आपसी सहमतिमा भएको मानिए तापनि, चलचित्रमा अपहरणको त्यस कृत्यले हिंसाको दैनिकता र पुरुष र महिला दुवैलाई असर गर्ने पितृसत्ताको उल्लेखनीय सादृश्यता अनुभूत गराउँछ।
भागी विवाहलाई आपसी सहमतिमा भएको मानिए तापनि, चलचित्रमा अपहरणको त्यस कृत्यले हिंसाको दैनिकता र पुरुष र महिला दुवैलाई असर गर्ने पितृसत्ताको उल्लेखनीय सादृश्यता अनुभूत गराउँछ।


समय बित्दै जाँदा, नामसाङकी आमा धेरै बिरामी पर्छिन् र एक पटक, हाङमाले उनको र घरपरिवारको हेरचाह गर्छिन्। जब सासूले अन्ततः नामसाङसँग उनको असफल विवाहको कारण सोध्छिन् तब फेरि, हाङमाको बुहारी भूमिकाको पुनरागमन हुन्छ, । त्यो क्षण, हाङमालाई, नामसाङले उनीमाथि हात उठाएको देखि लिएर जब उनी कामदारको रूपमा घरमा जारी तिर्न फर्किएकी थिइन् तबदेखि उनीसँग कस्तो व्यवहार गरिएको थियो,त्यो धेरै दिनको अपमान सम्झना आउँछ । मर्न लागेकी सासूले हाङमालाई अन्तिम उपकारका लागि अनुरोध गर्छिन् - नामसाङले फेरि विवाह नगरेसम्म घरमै बसिदिने अनुरोध। घर बस्ने अनुरोध गर्दै भन्छिन् "छोरी मान्छे बिनाको घर गोठ जस्तो हुन्छ"। यस पङ्क्तिले घरमा एकजना महिला मात्र कामदार हुन्छिन् भन्ने तथ्यलाई प्रतिबिम्बित गर्दछ, जहाँ परिवारमा दुई पुरुष उपस्थित भए पनि, हाङमा बिनाको घर एक गोठमा परिणत हुन्छ । एक महिलाको रूपमा उनीबाट धेरै अपेक्षा गरिएको छ, चलचित्रको यस बिन्दुमा हाङमाको महिला भूमिकाले उनलाई फेरि उक्त परिवारप्रति समर्पित एकजना सुरक्षा दिने कामदार बनाउँछ जुन हाल उनको /आफ्नै पनि छैन।
मर्न लागेकी सासूले हाङमालाई अन्तिम उपकारका लागि अनुरोध गर्छिन् - नामसाङले फेरि विवाह नगरेसम्म घरमै बसिदिने अनुरोध। घर बस्ने अनुरोध गर्दै भन्छिन् "छोरी मान्छे बिनाको घर गोठ जस्तो हुन्छ"।
महिलाका अनुभव, काम र उनीहरूको अदृश्य योगदान
घरायसी अर्थतन्त्र महिलाहरूद्वारा सञ्चालित भए तापनि, तिनीहरू तलब बिना नै रहन्छन् र अझ खराब, कामदारको रूपमा पनि मान्यता प्राप्त हुँदैनन्। तिनीहरूबाट परोपकारमा चल्ने महत्त्वपूर्ण सेवाको अपेक्षा गरिन्छ। ‘परोपकारिताको नैतिकताले परिवारलाई त्यसैगरी चलायमान गर्छ भन्ने मानिएको छ, जसरी व्यक्तिवादको नैतिकता बजारमा व्याप्त छ भन्ने मानिएको छ।' (ओल्सेन, १९८३: १५०५) जबकि, जारी, चलचित्रको शक्ति, यो तथ्यमा निहित छ कि यसले घरको राजनीतिलाई प्रदर्शन गर्दछ। पर्दामा यो दृश्यावलोकन, जब नारीवादी लेन्सबाट विश्लेषण गरिन्छ, महिला श्रमको अदृश्यता र विकासशील विश्वको अर्थतन्त्रमा व्याप्त घरको कामको अवमूल्यनलाई दोहोर्याउँछ। डेन्जिन १९८९, वेस्ट १९९१, स्मिथ १९८७, १९९० जस्ता विद्वानहरूले महिलाहरूको दैनिक अनुभवहरू र संस्कृति र परम्पराद्वारा दबिएका उनीहरूको सामाजिक-आर्थिक योगदानलाई जोड्न विश्लेषणात्मक रूपरेखा प्रदान गरेका छन्। ;यद्यपि यी नियम, मान्यता र अभ्यासहरू घरेलु क्षेत्रमा जरा गाडेका छन्, तिनीहरूको प्रभाव फराकिलो सार्वजनिक क्षेत्रमा स्पष्ट छ, जस्तै राज्य, नागरिक समाज र बजार सम्बन्धहरूमा। विशेष रूपले, विश्वका कम मौद्रिकीकृत अर्थतन्त्रहरूमा पनि तिनीहरूको प्रभाव देखिन्छ।’ (कबीर, २००८: ८)।
जबकि, जारी, चलचित्रको शक्ति, यो तथ्यमा निहित छ कि यसले घरको राजनीतिलाई प्रदर्शन गर्दछ। पर्दामा यो दृश्यावलोकन, जब नारीवादी लेन्सबाट विश्लेषण गरिन्छ, महिला श्रमको अदृश्यता र विकासशील विश्वको अर्थतन्त्रमा व्याप्त घरको कामको अवमूल्यनलाई दोहोर्याउँछ।


पितृसत्तालाई बलियो बनाउने यो अवैतनिक श्रमको व्यवस्था चुनौतीरहित रहेको छ र यसलाई प्रायः 'कर्तव्य' -को रूपमा बलियो बनाइएको छ, जहाँ आमाहरूले आन्तरिक पितृसत्ताको अभ्यास गर्छन् र प्रायः यसलाई पुस्ता-पुस्तामा हस्तान्तरण गर्छन्। त्यसकारण, चलचित्रका केही विषयवस्तुहरूले परिवार र विवाहको क्षेत्रभित्र महिलाको जीवन र अनुभवहरूमा कुराकानी गरेको भए पनि, धेरै गर्न बाँकी छ। दर्शकहरूले घरपरिवारको विशाल गतिशीलताको झलक पाए पनि, केही वास्तविक अनुभवहरूले आजको संसारमा महिला सशक्तिकरणलाई बलियो बनाउने संरचनात्मक परिवर्तनको पर्खाइमा छन्।
सन्दर्भ:
Kabeer, Naila. 2008. “Paid Work, Women’s Empowerment and Gender Justice: Critical Pathways of Social Change.” Pathways Working Paper 3. Institute of Development Studies, University of Sussex, Brighton.
Lucia Hanmer & Jeni Klugman (2016) Exploring Women's Agency and Empowerment in Developing Countries: Where do we stand?, Feminist Economics, 22:1, 237-263.
Ghosh, J. (2013). Women’s work in the India in the early 21st century. India Today: Looking Back, looking forward, www. catalog. ihsn. org, 1, 43-59.
अन्त्य टिप्पणी
यस टिप्पणीले बाँसुरी फिल्म्सद्वारा निर्मित जारी (२०२३) लाई विधिवत् रूपमा स्वीकार गर्दछ।
नानुमा सुब्बा जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्लीबाट विद्यावारिधि गरेकी स्वतन्त्र अनुसन्धानकर्ता हुन्। उनको 'राज्य र आदिवासी परम्परागत शासन: सिक्किममा सामाजिक-आर्थिक परिवर्तन' शीर्षकको थेसिस, सिक्किममा जनजातिहरूको वातावरण र जीवनमा प्रमुख परिवर्तनहरू देखेको 'विकास' मार्फत आदिवासी क्षेत्रहरूको शासनमा केन्द्रित छ। उनको अनुसन्धान रुचिहरूमा सिक्किममा जनजातिहरूको अध्ययन, विकासको राजनीति, शासनको ढाँचा, नारीवादी न्यायशास्त्र र लिङ्ग अध्ययन समावेश छन्। अनुसन्धान लेखनको साथसाथै, उनी दैनिक जीवनमा प्रेरणा पाउने व्यक्तिगत-राजनीतिक निबन्धहरू लेख्न पनि रमाउँछिन्।


Designed by NWD.