बीसौँ शताब्दीको प्रारम्भमा सर चार्ल्स बेलका अर्दली अथवा सेवक रहेका राब्देन लेप्चा सायद सिक्किमका पहिलो ज्ञात फोटोग्राफर थिए। जब उनले राजनीतिक अधिकारीको अर्दलीको रूपमा सेवा गरे, राब्देन लेप्चाले फोटोग्राफीमा रुचि देखाए र बेलले उनको प्रयासलाई प्रोत्साहित गरे। यो विश्वास गरिन्छ कि धेरै फोटोहरू, विशेष गरी सिक्किमका मानिसहरूका चित्रहरू जसको निम्ति बेललाई श्रेय दिने गरिन्छ, त्यो वास्तवमा राब्देन लेप्चाले खिचेका थिए। दुर्भाग्यवश, बेलसँगको उनको जीवनको सन्दर्भ बाहेक, कसैले पनि उनको परिवार वा उनको बारेमा अन्य विवरणहरू पत्ता लगाउन सक्दैन।
सन् १९४० अनि ५०-को दसकमा रेनोकका याप छितेन टाशी, जो दुई सिक्किमे राजाका निजी सचिव थिए, धेरै घटनाहरूलाई खिच्ने काम गरे र यसरी इतिहासलाई सुरक्षित राख्ने काम भयो। उनका तस्बिरहरू उनले आफु हिँड्ने क्रममा खिचेका थिए। उहाँको जेठो छोरा, याप पेन्जोरलाले उनकै पाइला पछ्याएर हिँडे।
दुई फोटोग्राफरहरूको फोटोग्राफी लिएर एकदम फरक दृष्टिकोण थियो। पिताले डुल्दै-घुम्दै तस्बिरहरू खिच्दा, छोराले आफ्ना विषयहरू सावधानीपूर्वक रचना गर्न मन पराउँथे। यी दुबै फोटोग्राफरहरूलाई सिक्किममा फोटोग्राफीको प्रारम्भिक अगुवा मानिन्छ र निस्सन्देह उनीहरूले यहाँ फोटोग्राफीप्रति गम्भीर चासो र अभ्यास सिर्जना गर्न योगदान पुर्याएको छ।
सिक्किमको राजधानी गान्तोकदेखि धेरै टाडा, एक अन्य मानिसले फोटोग्राफीलाई सिक्किमका विकट भागहरूमा बसोबासो गर्ने सामान्य मानिसहरूसम्म पुऱ्याउनलाई सङ्घर्ष गरिरहेका थिए।
सिक्किमको राजधानी गान्तोकदेखि धेरै टाडा, एक अन्य मानिसले फोटोग्राफीलाई सिक्किमका विकट भागहरूमा बसोबासो गर्ने सामान्य मानिसहरूसम्म पुऱ्याउनलाई सङ्घर्ष गरिरहेका थिए।
पर्तुमान लोहोरुङ राई आफै सिकेका फोटोग्राफर थिए। उनी सन् १८९९ मा आसधन राईको पाँच भाइ छोरामध्ये जेठो छोराको रुपमा जन्मिएका थिए। आसधन राईका पिता चाङफुङको साइमन राईका साईँला पुत्र थिए। चाङफुङका दुइ नाती प्रताप सिंग अनि आसधन किशोर उमेरमैँ नेपालको मल्ता भन्ने ठाउँदेखि उन्नाइसौँ शताब्दीको उत्तरार्धमा भारतको पश्चिम बङ्गालमा आइपुगे। उनीहरूको पूर्वतिरको यात्रा दार्जिलिङ जिल्लाको खर्साङ अवस्थित रङटङ चिया बगानको सिपाईँधुरामा समाप्त भएको थियो । जे होस्, आसधन भने फेरि एकचोटी घुम्दै-फिर्दै दक्षिण सिक्किम गए अनि यसचोटी चौतारा गाँउ, कामराङमा आइपुगे। सिक्किममा त्यसताक नवौँ छोग्याल थुटोप नामग्याल (१८७४-१९१४)-को शासन चलिरहेको थियो।
पछि आसधन नजिकैको तिन्जीर गाउँमा स्थायी रूपमा बसोबास गर्नथाले । कडा परिश्रम र इमानदारीका साथ, उनी एक बैदार बन्न सफल भए - त्यो बेला सिक्किममा प्रचलित सामन्ती व्यवस्थाको प्रशासनिक पदानुक्रममा सबैभन्दा तल्लो पद थियो त्यो। सन् १९११ र १९२१ को जनगणना सञ्चालनका क्रममा गणकको रूपमा सेवा गरेवापत उनलाई मजिस्ट्रेट एवं सह-डेपुटी कमिश्नरबाट प्रमाणपत्र प्रदान गरिएको थियो। यी दुई दशकीय जनगणना सिक्किमका दुई छोग्याल थुटोप नामग्याल र सर टाशी नामग्यालको शासनकालमा गरिएको थियो।
आसधनका पुत्र पर्तुमान लोहोरुङ राईले कुनै औपचारिक शिक्षा लिएका थिएनन्, फोटोग्राफीको कुरा त झन् टाडाको कुरा थियो। उनले सन् १९४० को दसकदेखि फोटोग्राफी सुरू गरे। साप्ताहिक हाट लाग्दा वरपरका गाउँहरूबाट आएका उत्सुक ग्राहकहरू उनले पाए। तस्बिर खिच्नु आफैमा एक प्रकारको उत्सव बन्यो; मानिसहरू आफ्नो राम्रा पोशाक लगाएर भेला हुन्थे, तिनीहरूले आफ्नो वंशजका लागि फोटो खिच्न उत्सुक हुन्थे। बिस्तारै, मुखको हल्लाबाट नै, फोटोग्राफरको रूपमा उनको ख्याति छिमेकी गाउँहरूसम्ममा फैलियो र उनलाई उत्सुकतापूर्वक खोजि चल्न थाल्यो।
स्वयं एक दक्ष काठ-मिस्त्री रहेका पर्तुमानले आफै पुरानो नाम्चीमा आफ्नो ‘डार्करुम’ बनाए। विद्युतको अभावका कारण, उनले काम गर्नका निम्ति प्राकृतिक प्रकाशलाई नै प्रयोग गरे।
उनले आफ्नै डार्करूम नबनाएसम्म अनि प्रिन्टहरू निकाल्न र ठूलो बनाउनका लागि सुलभ तरिकाहरू तैयारसम्म, उनी आफ्ना फिल्महरू प्रिन्ट गर्न दार्जिलिङको दास स्टुडियोसम्म जान पर्थ्यो। दार्जिलिङ नाम्चीबाट केही टाढा थियो; प्रायजसो उसलाई कुनै न कुनै गाउँमा बास बसेर भोलिपल्ट यात्रा सुरु गर्नुपर्थ्यो। यो यात्रा समय खाने मात्रै होइन महँगो पनि थियो। सन् १९४३ मा उनले कलकत्तामा काम गरिरहेका फोके गुरुङलाई भेटेका थिए र तीनलाई फिल्म प्रिन्ट गर्ने बारे केही प्राविधिक ज्ञान थियो। उनले पर्तुमानलाई खुला ग्लास प्लेटहरू (exposed glass plates) विकास गर्ने प्रक्रियाको बारेमा सबै कुरा सिकाए।
स्वयं एक दक्ष काठ-मिस्त्री रहेका पर्तुमानले आफै पुरानो नाम्चीमा आफ्नो ‘डार्करुम’ बनाए। विद्युतको अभावका कारण, उनले काम गर्नका निम्ति प्राकृतिक प्रकाशलाई नै प्रयोग गरे। प्राकृतिक प्रकाश छिर्ने बाटो ‘डार्क रुम’-को काठको विभाजित गरिएको दुइ प्वालहरू मार्फत छिर्ने बनाइएको थियो, एउटा अस्पष्ट प्रकाश (रातो बत्ती)-लाई छिर्न दिनका लागि, र अर्को प्राकृतिक दिनको उज्यालोमा फिल्महरू एक्सपोज (उजागर) गरेर ठुलो बनाउनका लागि। फिल्म विकास गर्न आवश्यक रातो बत्तीको प्रभाव सिर्जना गर्नलाई उनले रङ्ग लगाइएका ग्लासको टुक्रालाई भित्ताको प्वालको मुखमा राख्न प्रयोग गरे।
पर्तुमानले मिस्त्री काम अनि फोटोग्राफीलाई जोडिदिए। पछि, जब उसले आफ्नो स्टुडियो एवं कार्यशाला नाम्ची बजारमा साऱ्यो, उनको सानो कार्यशालामा, उनलाई आफ्नो कुशल हातले काम गरेको हेर्न र केही घण्टाभित्र नै सुन्दर काठको फोटो फ्रेम र फर्निचर बनाएको हेर्न मानिसहरूको भीड जम्नथाल्यो। त्यस्तै बीच उनी ‘डार्करुम’-मा काम गर्थे, अनि आफ्नो प्रिन्टहरू विकास गर्थे।
फोटोग्राफीप्रतिको उनको लगाव यत्ति गहिरो थियो कि उनले धेरै महँगो क्यामेरा प्राप्त गरे – ब्रिटिस निर्मित सन् १९०२ को स्यान्डरसन ट्रपिकल क्यामेरा। यो एकदमै सौभाग्यवश उनको हातमा आयो। उक्त क्यामेरा छोग्यालले इङ्ल्यान्डबाट किनेर ल्याइ आफ्नो सोल्टीलाई दिएका थिए, जसले फेरि राङ्काका एकजनालाई लट्रीको पुरस्कारस्वरूप दिएका थिए। उक्त मानिसलाई त्यो क्यामेराको कुनै प्रयोजन थिएन त्यसैले त्यो उनले सिक्किमका पहिलो प्रहरी अधिकृत बलभद्र राईलाई दिए, जसले त्यो पर्तुमानलाई बाह्र रुपियाँको महँगो रकममा बेचे। उनका नाति भीमचन्द्र राई अहिले यो पारिवारिक सम्पदाको गौरवशाली मालिक हुन्।
फोटोग्राफीकै सिलसिलामा पर्तुमानले सिक्किमका धेरै दुर्गम गाउँहरूमा पदयात्रा गरे। उनले फ्रेम गरिएका तस्बिरहरू टाढाका गाउँहरूमा समेत आफ्ना ग्राहकहरूको घरमा पुर्याए।
फोटोग्राफीकै सिलसिलामा पर्तुमानले सिक्किमका धेरै दुर्गम गाउँहरूमा पदयात्रा गरे। उनले फ्रेम गरिएका तस्बिरहरू टाढाका गाउँहरूमा समेत आफ्ना ग्राहकहरूको घरमा पुर्याए। भर्खरै सेनाबाट फर्केका उनका एक छोरा लाल सिंहले तयार भएका तस्बिरहरू पिठ्यूँमा बोकेर आफ्नो बुबासित हि फोटोग्राफीको सिलसिलामा पर्तुमानले सिक्किमका धेरै पृथक गाउँहरूमा पदयात्रा गरे। उनले फ्रेम गरिएका तस्बिरहरू टाढाका गाउँहरूमा समेत आफ्ना ग्राहकहरूको घरमा पुर्याए। भर्खरै सेनाबाट फर्केका उनका एक छोरा लाल सिंह, तयार तस्बिरहरू पिठ्यूँमा बोकेर हिँड्थे। त्यतिबेला राम्रो बाटो थिएन र कहिलेकाहीँ उनीहरूले जङ्गलमा बाटो हराउने गर्दथे । यद्यपि, उनीहरूले भोगेको कठिनाईलाई गाउँलेहरूले गरेको न्यानो स्वागतले राम्रोसँग क्षतिपूर्ति गरिदिन्थ्यो। लाल सिंहले आफ्नो पीठमा भार बोकेर ठाडो ढलानहरू सामना गर्नुपर्दाको कठिनाइहरू सम्झन्छन्, र एक दिन उनी कसरी चिप्लिएर लडे र सिसाका फ्रेमहरू भत्किएर धेरै टुक्राहरू भएर फुट्यो भयो भन्ने कुरालाई डरसहित सम्झिन्छन्। त्यतिखेर उनले आफ्ना स्तब्ध बाबाबाट बिस्तारै यत्तिमात्र गाली भेटेछन्- ‘तैँले गरिस्!’
पर्तुमानले जहाँ गए पनि साथी बनाए र मानिसहरूको जीवनका अमूल्य अन्तर्दृष्टि प्राप्त गरे। उनी प्रायजसो नै दार्जिलिङको बिजनबारी तथा सम्पूर्ण दक्षिण र पश्चिम सिक्किमसम्मका गाउँहरूमा गएर विवाह र विशेष अवसरहरू मनाउने परिवारहरूको फोटो खिच्ने गर्थे। उनले आफ्ना विषयहरूलाई औपचारिक रचनामा मिलाएर पोर्ट्रेट र सामूहिक तस्बिरहरू पनि खिच्ने गर्थे।
पर्तुमान राई क्रान्तिकारी कालमा बाँचेका थिए र राजनीतिमा पनि सक्रिय थिए । उनी सिक्किम राज्य कांग्रेसको सदस्य थिए, त्यो राजनैतिक डल जो सामन्तवादको पतन र देशको सरकारमा निर्वाचित सदस्यहरूसित गणतन्त्रको एक रूपलाई स्थापित गर्न जिम्मेवार थियो। फोटोग्राफीप्रतिको आफ्नो अत्यन्त तिब्र चासोका साथ-साथै उनले ऐतिहासिक विद्रोहलाई पनि रेकर्ड गरे। दुर्भाग्यवश, धेरै फोटोहरू व्यवस्थित छैनन् र केही खराब अवस्थामा छन्। तथापि त्यो समाज, जो हालैसम्म मात्र पनि अशिक्षित थियो, दृश्यगत (Visual) अभिलेखहरूले मानिसहरूको जीवन र आकांक्षाहरूको स्पष्ट गवाही दिन्छ।
पर्तुमानले सन् १९७४ मा उनको दुःखद मृत्यु नहुँदासम्म फोटो खिच्ने काम जारी राखे। उनी दास स्टुडियोको भ्रमणपछी फर्कँदै गर्दा बाटोमा सवार जीप लड्यो अनि उनलाई घिसारेर मृत्युको मुखमा लिएरगयो। जे होस्, पर्तुमान लोहरुङ राईको विरासत परिवारहरूले सुरक्षित राखेका धमिला र कतिपय भने आश्चर्यजनक रूपले स्पष्ट फोटोहरूमा जीवित छ।
(अनुवाद: टीका भाइ)
Designed by NWD.