पश्चिम सिक्किमको गेजिङ नजिक सानो गाउँ तिकजेकमा हामीले फीपमाया लिम्बूलाई भेट्न गएको दिन, टारी खेतमा हरियो धानका बालाहरू लहलहाइरहेका थिए। गाडीबाट झरेपछि ओह्रालै-ओह्रालो पाहाडको फेदतिर हिँड्नु संयोगले धेरै नै फलदायी बन्यो। घरपटी फीपमायाज्यूको घरमा पुग्दा उनी जाँड बनाउन चाहिने विशेष सामग्री बनाएर हामीलाई देखाउन तयार बसेकी थिइन्।
फीपमाया लिम्बूले हामीलाई यस्तो मर्चालाई लिम्बू भाषामा खेसुङ भन्ने गरिएको हल्का आवाजमा बताइन्। सिक्किमका प्रायः सबै समुदायले छी वा छाङ/जाँड बनाउन आ-आफ्नो तरिकाले मर्चा बनाउने गर्दछन् भने छाङ/जाँड मरौ-परौ, जन्मका साथै पूजा-आजामा नभई नहुने वस्तु हो। छाङ/जाँड बनाउने विषय प्रायः सबै घर-परिवारको अभिन्न कार्य भए तापनि खेसुङ अथवा मर्चा बनाउने विधि भने खास सीपको कुरा हो।
खेसुङ बनाउने सीप आमाले छोरीलाई सिकाउने चलन अनुसार अघि बढ्दै आएको छ। फीपमाया आफ्नो परिवारमा यो सीप जान्ने पाँचौँ पिँढीकी छोरी हुन्। कुमारी उमेरमा हुँदा नै आमाले उनलाई खेसुङ/मर्चा बनाउने तरिका सिकाएकी थिइन्। खेसुङ बनाउनु पर्दा केही खाने कुरा बार्नुपर्ने कुरा उनी बताउँछन्, विशेष गरी धेरै गन्हाउने, अमिलो खाने कुरा खानु नहुने साथै प्याज, मूला र पास राखेर बनाइएका खाने वस्तुहरू।
खेसुङ बनाउनका लागि चामल, अदुवा, खोर्सानी र पुराना मर्चाको सानो टुक्राका साथै एउटा विशेष बिरुवाको जरा चाहिन्छ, जुन उच्च लेकाली भेकतिर मात्र पाइन्छ। यस बिरुवाको पहिचान भने गोप्य राखिन्छ, कसैलाई बताउँदैनन्, खुलाउँदैनन्।
आजको दिनसम्म पनि तर खेसुङको महत्त्व घटेको छैन। धेरै अवसरमा कारखाना-भट्टीतिर बनिएका मदिराहरूले ठाउँ लिन थालेको भए तापनि, खेसुङ हालेर बनाइएको छाङ/जाँडको माग आज पनि त्यति नै धेरै छ।
प्रायः पच्चीस केजी चामललाई रातभरी भिजाएर बिहान पानी तारेपछि ढिकीमा कुटिन्छ। यो काम मरदहरूले गर्दछन्। भिजाइएको चामलमा अदुवा, खोर्सानी (एक-एक पावा) र गोप्य बिरुवाको जरा मिसाइन्छ। यी सबैलाई पीठो हुने गरी कुटेपछि त्यसलाई भाँडामा खन्याएर उचित मात्रामा पुराना खेसुङ मिसाएर मुछिन्छ। पीठो राम्ररी मुछिएपछि हातले स-साना पेडा बनाएर नाङलोमा फिजाएर पीरे उन्युले छोपिन्छ। यो प्रक्रिया पूरा भएपछि नाङलोलाई अगेनोमाथि भारमा राखिन्छ। खेसुङ तयार हुन कैयौँ दिन लाग्ने गर्दछ।
फीपमायाले यो काम प्रायः बिहिबारको साँझदेखि शुरु गर्दछन्। आफ्नो आमाले जस्तै उनी शुक्रबारको दिन गेजिङको हाट बजारमा दस रुपियाँ गोटाको दरले खेसुङको पेडा बेच्दछन्। आफू सानो छँदा कहिले बाबु त कहिले आमासँग हाटमा गएर चार आना गोटाको दरले बेच्ने खेसुङ बेच्ने गरेको उनी स्मृति बताउँछन्।
आजको दिनसम्म पनि तर खेसुङको महत्त्व घटेको छैन। धेरै अवसरमा कारखाना-भट्टीतिर बनिएका मदिराहरूले ठाउँ लिन थालेको भए तापनि, खेसुङ हालेर बनाइएको छाङ/जाँडको माग आज पनि त्यति नै धेरै छ। पहिले गाडीका साथै सम्पर्कका साधनहरू नहुँदा बेपारीहरूले हिँडेरै घर-घर गएर खेसुङ किन्ने गर्थे, तर हालमा आएर भने मोबाइलको माध्यमद्वारा अथवा गाडीको सुविधाको कारण बेपारीहरूले कुनै निर्धारित ठाउँबाटै उठाउने गर्दछन्।
औषधिको रूपमा उपयोग गर्न पनि खेसुङको धेरै माग छ। यो पीलो पकाउनका साथै गाई-वस्तुहरूको रोगमा पनि प्रयोग गरिन्छ। फीपमायाको खेसुङ राभङला, किउजिङ र दामथाङ जस्ता टाढा ठाउँसम्म पनि पुग्दछ। यस उत्पादको यस अर्थमा माग रहेसम्म, खेसुङ बनाउने सीप-कला भविष्यमा पनि जीवित नै आशा गर्नसकिन्छ।
अनुवादक: राजेन्द्र प्रधान
Photo Gallery
(Click to enlarge)
Designed by NWD.
The translation work of the above mentioned article has been wrongly attributed to Rajendra Pradhan instead of Khagendramani Pradhan. It may kindly be corrected please.