Menu

उनिभित्रका चित्रकार

सेतो धुवाँमा सुगठित मानिस जस्तै क्यानभासमाथि आफ्नो बुट्टादार खो-मा पोतिएको पेन्टहरूमा शान्त हिमाली चुचुराहरू विरुद्ध एक आडम्बरहिन दरबारको सिल्हौट (छाया चित्र) चित्रन गरिएको छ। उनका प्यारा पहाडहरूले उनको ब्रसस्ट्रोकहरूद्वारा आकर्षक आकार र रूप लिन्थे। उनी सिक्किमका छोग्याल हुन्- धार्मिकताका साथ शासन गर्ने राजा- संयोगवश उनले उत्कृष्ट रुपमा आलंकारिक रङ्गहरू भरेका छन्।

इतिहास ती राजाहरूले भरिएको छ जो कलाका संरक्षक थिए; तिनीहरूले कलाका उत्कृष्ट कार्यहरू दिए, तर तिनीहरूले आफैले विरलै चित्रण गरे। छोग्याल टाशी नामग्याल चित्रकलाको लागि एकल सीप प्रदर्शन गर्ने केही राजाहरू मध्ये एक थिए।

Sir Tashi Namgyal, the 11th Chogyal of Sikkim / Photo : Tseten Tashi - TCC Photo Archive

इतिहास ती राजाहरूले भरिएको छ जो कलाका संरक्षक थिए; तिनीहरूले कलाका उत्कृष्ट कार्यहरू दिए, तर तिनीहरूले आफैले विरलै चित्रण गरे। छोग्याल टाशी नामग्याल चित्रकलाको लागि एकल सीप प्रदर्शन गर्ने केही राजाहरू मध्ये एक थिए। २६ अक्टोबर,१८९३ मा, महाराजा थुटोब नामग्याल र महारानी येसे डोल्माको घरमा जन्मेका कुमार टाशी नामग्याल सिक्किमको नवौँ छोग्यालको दोस्रो सन्तान र तिनको तिब्बती पत्नीसितको बिहेबारीबाट भएको एक मात्र छोरा थिए।

उनले पहिले गान्तोकको भुटिया बोर्डिङ स्कूलमा पढेका थिए, त्यसपछि दार्जिलिङको सेन्ट पल्स स्कूलमा पढेका थिए। उनले पछि मुख्य रूपमा- भारतीय राजकुमारहरूका निम्ति बनेको शैक्षिक संस्थान मेयो कलेज, अजमेरमा भर्ना भए, जहाँ उनले चित्रकलाको क्षेत्रमा कुशल प्रतिभा प्रदर्शन गरे र अङ्ग्रेजी, भूगोल र चित्रकारिता विषयमा पुरस्कारहरू प्राप्त गरे। (सिक्किम राज्यको प्रशासन प्रतिवेदन १९०९-१० १९११: १) यद्यपि, वर्षको छ महिनासम्म, वर्षा र तातो मौसममा, सिक्किमका युवा राजकुमार गान्तोकमा घर फर्किए जहाँ उनले आफ्नो निजी शिक्षक श्री बरेथ अम्बादानको अधीनमा आफ्नो अध्ययन जारी राखे।

१५ डिसेम्बर, १९१४ मा आफ्नो सौतेलो भाइ छोग्याल सिद्क्योङ टुल्कुको मृत्युपछी, २१ वर्षको उमेरमा, उनले सिक्किमको गद्दी-मा आसिन भए। परम्परागत शोकको वर्ष पछि, दरबार हलमा उहाँलाई औपचारिक रूपमा एघारौँ डेन्जोङ छोग्यालको रूपमा १५ मई, १९१६ मा अभिषेक गरियो र ५ अप्रिल, १९१८ उनलाई पूर्ण शासन क्षमता दिइयो। उनले छोग्याल टाशी नामग्याल नाम आत्मसात गरे, नामको जुन संस्करणसँग हामी आज बढी परिचित छौँ। उनले अक्टोबर ८, १९१८ मा ल्हासाको कुलीन रागासा परिवारकी छोरी कुन्जाङ डिछेन त्सोमोसँग विवाह गरे।

टाशी नामग्यालको आधा शताब्दीको लामो शासनकालमा धेरै सामाजिक र आर्थिक सुधारहरू देखिए ‘देश आदिम, सामन्ती राज्यबाट आधुनिक प्रगतिशील राज्यमा परिणत भएको छ’ (कोएल्हो १९६७:३३)। यद्यपि उनको धेरै परिघटना सम्मिलित  शासन र व्यस्त प्रशासनले छोग्याललाई पत्र र चित्रकलाको खेती गर्नबाट रोक्न सकेन, जुन एक प्रतिभाशाली आमाबाट वंशानुगत रुपमा प्राप्त स्वाद थियो। विश्वका विद्वानहरू, बौद्ध अध्ययनमा संलग्न विद्वानहरू र सिक्किममा प्रकृतिको अनुग्रहको खोजीमा सङ्लग्न विद्वानहरूले उनको  राजकीय संरक्षणको लाभ उठाएका थिए।... उनको निजी फुर्सदको समय, जुन प्रार्थना र ध्यान पछि धेरै रहँदैन थियो, छोग्यालले आफूलाई ल्यान्डस्केपको चित्र बनाउनमा समर्पित गरे र उनले आफ्नै शैलीको विकास गरेका थिए। यो रहस्यवादी प्रतीकवादमा केन्द्रित हिमालयको यथार्थवादी प्रतिनिधित्वको लागि खडा भयो। (Sikkim: A Concise Chronicle No प्रकाशन मिति: २९)

उनको शासनकालको उत्तरार्धमा छोग्याल टाशी नामग्याल, केसीएसआई (K.C.S.I)., केसीआईइ (K.C.I.E.) आफ्नो उत्तराधिकारी ग्येल्से पाल्देन थोन्डुप नामग्याललाई प्रशासनको लगाम सम्हाल्न दिन रुचाउँदै स्वयंले भने अर्ध-सेवानिवृत्त जीवन बिताउनुभयो। उनले आफ्नो समय ध्यान र चित्रकलामा बिताए, यी दुई गतिविधिहरू एकअर्कासँग जोडिएका थिए किनभने उनको ध्यानले उनको चित्रका महत्त्वपूर्ण तत्वहरूलाई प्रेरित गर्‍यो।

Acrylic on canvas, June 24 1962, collection of Prince Palden Gyurmed Namgyal.
Photograph: Marte Visser.

उनको शासनकालको उत्तरार्धमा छोग्याल टाशी नामग्याल, केसीएसआई (K.C.S.I)., केसीआईइ (K.C.I.E.) आफ्नो उत्तराधिकारी ग्येल्से पाल्देन थोन्डुप नामग्याललाई प्रशासनको लगाम सम्हाल्न दिन रुचाउँदै स्वयंले भने अर्ध-सेवानिवृत्त जीवन बिताउनुभयो। उनले आफ्नो समय ध्यान र चित्रकलामा बिताए, यी दुई गतिविधिहरू एकअर्कासँग जोडिएका थिए किनभने उनको ध्यानले उनको चित्रका महत्त्वपूर्ण तत्वहरूलाई प्रेरित गर्‍यो।

सत्यको खोजी गर्ने र गहिरो धार्मिक, उहाँका लागि कला प्रबुद्धलाई श्रद्धांजलि अर्पण गर्ने माध्यम हो। उहाँ कति सरल रूपमा भन्नुहुन्छ, "म मेरो दैनिक प्रार्थनामा देवताहरू देख्छु। म तिनीहरूसँग बोल्न सक्दिन तर तिनीहरू मसँग कुरा गर्छन्।” (प्रदर्शनी ब्रोसर १९६१: पृष्ठांकन छैन) छोग्यालिनको दरबारमा रहेको उनको स्टुडियोका तस्बिरहरूले यसको विपरीत एक चाखलाग्दो अध्ययनको विषय बन्छ। सानो, चश्मायुक्त राजाको बारेमा सबै कुराले पूर्वलाई चित्रण गर्दछ। सम्पन्न बुट्टेदार खो र परम्परागत टोपी लगाएका, उनी आफ्नो साधारण इजलको अगाडि बसेका छन्, अलंकृत तामाको कलशमा उनको ब्रश, उनका लामो, संवेदनशील औँलाहरूले हल्का रूपमा फोटो समातेका छन्, जबकि उनी गम्भीर एकाग्रताका साथ चित्रण गर्छन्। उनी आफै सिकेका आधुनिक पश्चिमी शैलीको चित्रकला बाहेक सबै हिसाबले साँच्चै पूर्वीय छन्। चाखलाग्दो कुरा के छ भने, उनले परम्परागत बौद्ध थाङ्का चित्रकला शैलीसँग छोटो प्रणय देखाएतापनि, उनले क्यानभासमा तेल चित्रहरूको आफ्नो मनपर्ने माध्यमका लागि त्यो शैलीलाई त्यागे।

''Gurudongmar and Yulhekhang'' inverted twin peaks in the crystal clear lake. Gifted to Pandit Jawaharlal Nehru. The collection of Teen Murti House, New Delhi. Photo courtesy: Nehru Memorial Museum and Library, New Delhi.

तैपनि महाराजा यो युगको मान्छे हो। आफ्ना विषयहरूको भौतिक कल्याणको लागि उनको चासो उनको आध्यात्मिक प्राप्तिको खोजी भन्दा कम उत्सुक छैन। आफ्नो भूमिको सांस्कृतिक परम्परा, किम्वदन्ती, लोक-कथा, कला र शिल्पमा राम्ररी जानकार, उनले हाम्रो समयको आधुनिकतालाई चिनेका थिए यो कुनै विरोधाभासपूर्ण कुरा होइन कि उनले आफ्नो कलामा आधुनिक मिडिया र प्राविधिक-क्यानभास, तेलीय रङ्ग र अन्यलाई छनोट गरे। (प्रदर्शनी पुस्तिका १९६१ पृष्ठांकन छैन)

सेन्ट पलको स्कूलमा अध्ययन गर्दा नै स्वेत-श्याम स्केचहरू र रेखाचित्र सहित, निस्सन्देह, उनको आधारभूत चित्रकलाको सीपहरूले मौलाउने आधार पाएको थियो। उनमा त्यो भित्री स्वभाव थियो जसले उनलाई आफ्ना चित्रहरूको प्राविधिक कुशलता हासिल गर्ने अनुमति दियो। उनका चित्रहरूमा सबै कुरा जीवनभन्दा ठूलो छ, प्रेरणादेखि लिएर- सिक्किमको राजसी हिम-श्रृंखलाहरू- अनि रङ्गहरूको अपरम्परागत छनोटदेखि लिएर आफ्नो क्यानभासमा चतुरतापूर्वक बुनिएको तेजस्वी रहस्यवादसम्म। उनी एक दूरदर्शी चित्रकार थिए, उनका चित्रहरू केवल दृश्यका छापहरू थिएनन्, तर उनको प्रकृतिप्रतिको उच्च जागरूकता र  मुख्य रूपमा उनका पहाडहरू र उनका देव र देवी हरूप्रति उनको भावनाको गहनतालाई झल्काउँदछन्।

उनका चित्रहरूको वास्तविक मूल्य मूल्याङ्कन गर्न गाह्रो छ, किनकि उनले प्रतिष्ठा वा प्रसिद्धिको लागि चित्रण गरेका थिएनन्। चित्रकला केही हदसम्म उनको निम्ति अनुष्ठान थियो, भित्री आनन्दको खोजी। उनले योग-ध्यानमा  सिक्किमका पहाडहरूको आकार र रूपहरूमा चिन्हित गरिएका प्रसिद्ध देवता र देवीहरूको दर्शन  हिउँ, चट्टान र पत्कररूका बदलिँदै गएका रङ्गहरूमा पाए। (प्रदर्शनी पुस्तिका १९६१ कुनै पृष्ठीकरण छैन)

छोग्यालका चित्रहरूलाई सामान्यभन्दा माथि उठाउने कुरा भनेको देवहरू र देवीहरूले उनिसँग कुराकानी गरे भन्ने कुराको  प्रतीकात्मक प्रतिनिधित्व उनका धेरै क्यान्भासहरूमा प्राप्त हुने उनको   दृढ विश्वास हो। साथै, उनको क्यानभासको सुन्दरता, अरू सबै चीजहरू जस्तै, तिनीहरूको जन्मजात सरलतामा निहित छ। चित्रकारी को सबै भन्दा उल्लेखनीय विशेषताहरु भनेको रूपरेखा को सरल प्रयोग र सामञ्जस्यपूर्ण रङ्गहरूको प्रस्तुतिकरण हो। क्यानभासहरूले सफा र स्वस्थ हिमाली हावामा सास लिन्छन्। चित्रहरूको शुद्ध वातावरणले तपाईँमा उच्च प्रभाव पार्छ। हरियो, खरानी, ​​नीलो र खैरो रङ्गको विवेकाधिन उत्कृष्ट प्रयोगले अभिव्यक्तिलाई प्रभावी पारिदिन्छ, जसले दृश्यलाई सामान्य स्थान हुनदेखि अलग राख्छ। रहस्यमयी आकर्षणलाई रङ्गको तेर्सो धर्काहरूले अझ धेर बढाइएको छ। गोलाकार चक्र र अन्य धार्मिक आकृतिहरू शान्ति र सद्भावको शुभ संकेतहरूको प्रतीक हो। (प्रदर्शनी ब्रोसर १९६१ पृष्ठांकन छैन)

Acrylic on canvas (date unknown). Collection of Prince Palden Gyurmed Namgyal.
Photograph: Marte Visser.

छोग्यालले जीवनको धेरै पछिल्तिर पेन्टिङमा लागे , लगभग सन् १९५० तिर  जब उनको उमेर ५७ वर्षको पुगिसकेको थियो, तर पनि उनि एक उत्कृष्ट चित्रकार थिए। उनलाई आफ्नो सरल ढंगमा फ्रेम गरिएका पूर्ण क्यानभासहरूले घेरिएको चित्र बनाउन मनपर्थ्यो। उनले आगन्तुकहरूलाई आफ्ना चित्रहरू देखाउन रमाइलो मान्थे, तर  विरलै मात्र तिनीहरूसँग भाग लिन अस्वीकार गर्थे। मेरो जन्मदिनको दिन बिहान सबेरै, मेरो सुत्ने कोठाको ढोका ढक्ढकियो  र सर टाशीले दूत सर टाशीको नयाँ सिर्जना मेरो पहिलो जन्मदिनको उपहारको रूपमा लिएर प्रवेश गर्दा मैले यसलाई विशेष सम्मानको रूपमा लिएको थिएँ। (रुस्तमजी १९८७-१२-१३।

२४ जनवरी, १९६१ मा, पंडित नेहरूले छोग्याल टाशी नामग्यालका 40 चित्रहरूको प्रदर्शनीको उद्घाटन गर्नुभयो। छोग्यालले स्वीकार गरेको यो पहिलो र एकमात्र औपचारिक प्रदर्शनी थियो। महामहिमले आफ्नो विस्तारित परिवारसँग उक्त सफल प्रदर्शनी अवधिको लागि दिल्लीमा बिताए।

त्यसपछि उनले पण्डित नेहरूलाई उपहार दिएका थिए जुन उनको सबैभन्दा उत्कृष्ट चित्रहरू मध्ये एक मानिन्छ, जसको शीर्षक 'गुरुदोङमार र युल्हेखाङ' हो, जसले उनका दुई बहुमूल्य हिमाल चुचुराहरूलाई माथि आकाशसम्म चुलिएको देखाउँछ, मानो उत्तर सिक्किमको गुरुदोङमार तालको शान्त पानीमा प्रतिबिम्बित एक मौन कोरस जस्तै। । उक्त पेन्टिङ, आज पनि, नयाँ दिल्लीको तीन मूर्ति भवनमा नेहरूको शयनकक्षमा झुण्डिएको छ, जसले सिक्किमसँग नेहरूसँग भएको घनिष्ठ, लगभग पारिवारिक सम्बन्धलाई उचित रूपमा झल्काउँछ।

छोग्यालको संवेदनशीलता उनको व्यक्तिगत जीवनसम्म फैलियो। उनी एक निष्पक्ष शासक थिए, र उनका प्रजाहरूले धेरै माया गरे। यद्यपि उनी पछि आफ्नी पत्नी, महारानीबाट अलग भए तथापि उनी आफ्ना छ छोराछोरीहरूका लागि धेरै संलग्न र मायालु बुबा थिए। उनीहरूले दार्जिलिङ पाहाड र पछि सिमलाका विभिन्न बोर्डिङ स्कूलहरूमा अध्ययन गरे, जहाँबाट उनीहरूले उनलाई हरेक हप्ता पत्र लेख्थे। उनले पनि आफु बिरामी हुँदा बाहेक हरेक हप्ता उनीहरूलाई स्नेहपूर्वक पत्र लेख्थे। उनीहरूलाई लेखेका उनका पत्रहरू माया र पितृत्वको स्नेहले भरिएका छन्, सधैँ उनीहरूलाई शैक्षिक रूपमा राम्रो गर्न सक्दो प्रयास गर्न आग्रह गर्दथे किनकि ‘तपाईँको भविष्यका सबै सम्भावनाहरू तपाईँको वर्तमान प्रयासहरूमा निहित छन्’ (टाशी नामग्यालको पत्र उनको छोरा, पाल्देन थेन्डुप नामग्याललाई १९३५)। उनका छोराछोरीसँगको व्यक्तिगत पत्राचार भएको पहेँलो फाइलहरूको थुप्रो आज पनि दरबारको सङ्ग्रहमा जीवित छ, र छोग्याल कस्ता उदार र मिलनसार बुबा थिए भन्ने प्रशस्त प्रमाण दिन्छ।

२४ जनवरी, १९६१ मा, पंडित नेहरूले छोग्याल टाशी नामग्यालका 40 चित्रहरूको प्रदर्शनीको उद्घाटन गर्नुभयो। छोग्यालले स्वीकार गरेको यो पहिलो र एकमात्र औपचारिक प्रदर्शनी थियो। महामहिमले आफ्नो विस्तारित परिवारसँग उक्त सफल प्रदर्शनी अवधिको लागि दिल्लीमा बिताए।

Acrylic on canvas (date unknown). Collection of Prince Palden Gyurmed Namgyal.
Photograph: Marte Visser.

लामो र फलदायी शासन पछि २ डिसेम्बर, १९६३ मा छोग्याल टाशी नामग्यालको निधन भयो। एक दशक पछि, १९७५ मा, सिक्किम भारतको २२ औँ राज्य भयो। सिक्किमको परिदृश्य धेरै परिवर्तन भएको छ, तर उनका प्यारा पहाडहरूले स्थानीय र राज्यका आगन्तुकहरूलाई समान रूपमा मोहित गरिरहन्छन्। उनका चित्रहरू आज उनको विस्तारित परिवारको घरका पर्खालहरूमा कृपा वर्षा गरिरहेछन्, र यदि तपाईँसँग अन्तरआत्मा छ भने, तपाईँले यी क्यानभासहरूबाट देवताहरू र देवीहरू तपाईँसँग बोलेको सुन्न सक्नुहुनेछ।

 

 

 

 

 

 

 

 

Translated by: टीका ‘भाइ’
About the Author

तेन्जिन सी ताशी नामग्याल इन्स्टिच्युट अफ तिब्बतोलोजी, गंगटोकका वरिष्ठ अनुसन्धानकर्ता तथा सम्पादक हुन्। उनी एक बी टेक (Electrical & Electronics Engineer) र एक एमबीए (Marketing & International Business) हुन् तर सिक्किम केन्द्रित अनुसन्धानमा उनको मन पछ्यायो। उनी फेसबुकमा सिक्किम लिभिङ हिस्ट्री प्रोजेक्टकी संस्थापक पनि हुन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram