Menu

आत्महत्या अनि सिक्किममा आत्मघाती व्यवहार: एक सिंहावलोकन

सब इन्स्पेक्टर नरेश क्षेत्री, 42 वर्षीया महिलाको आत्महत्या स्थलको निरीक्षण गर्न पश्चिम सिक्किमको दारपको नम्बु गाउँमा जाँदै थिए। प्रहरी सहायक निरीक्षकको रूपमा आफ्नो ३ वर्षको कार्यकालमा उनले सयभन्दा बढी यस्ता घटना देखेका छन् ।
तस्बिर: प्रवीण क्षेत्री / जुन, २०१८

सन् २००८ मा, सिक्किमले देशमा सबैभन्दा बढी आत्महत्या दर भएको राज्यको रूपमा शङ्कास्पद भिन्नता प्राप्त गर्‍यो र पछिल्लो दशकमा राज्यलाई निरन्तर 'उत्तर पूर्वको आत्महत्या राजधानी' भनेर चिनाइएको छ।

मृत्युले सबैलाई प्रभावित पार्दछ। डब्ल्युएचओ-को डेटा अनुसार विश्वमा प्रतिवर्ष लगभग ७००,००० व्यक्ति आत्महत्याका कारण मृत्यु हुनेगर्छ (डब्ल्युएचओ फ्याक्टसिट)। यस अनुसार लगभग हरेक चालीस सेकेन्डमा आत्महत्याद्वारा एक व्यक्तिको मृत्यु हुने गरेको छ। सिक्किमले झेलिरहेका धेरै समस्याहरूमध्ये आत्महत्या एउटा हो। थोरै जनसङ्ख्याका कारण कुल आत्महत्याको प्रतिशत हिस्सा नगण्य भए पनि आत्महत्याको दर (प्रति लाख जनसङ्ख्यामा आत्महत्या गर्नेको सङ्ख्या) उल्लेख्य रूपमा उच्च छ। सन् २००८ मा, सिक्किमले देशमा सबैभन्दा बढी आत्महत्या दर भएको राज्यको रूपमा शङ्कास्पद भिन्नता प्राप्त गर्‍यो र पछिल्लो दशकमा राज्यलाई निरन्तर 'उत्तर पूर्वको आत्महत्या राजधानी' भनेर चिनाइएको छ। तालिका १.० ले सिक्किमसित यस्तो नाम किन जोडिएको छ भनेर प्रकाश पार्दछ। तेह्र वर्षको अवधिमा (२००८-२०२०), सिक्किमले लगातार उच्चतम आत्महत्या दर दर्ता गरेको छ, त्यसपछि त्रिपुरा दोस्रो स्थानमा छ। यसैबीच, नागाल्यान्ड र मणिपुरले देशमा सबैभन्दा कम आत्महत्या दरहरू रिपोर्ट गर्छन्। यस्तो डरलाग्दो तथ्याङ्कले राज्यमा भइरहेको सामाजिक–आर्थिक सङ्क्रमणले ल्याएको बढ्दो चुनौतीलाई औँल्याएको छ ।

चित्र १.०: आत्महत्या दर- सम्पूर्ण भारत अनि सिक्किम, २००८-२०२०

स्रोत: एनसिआरबी, भारतमा दुर्घटनाको मृत्यु र आत्महत्या, वार्षिक प्रकाशन, २००८-२०२०

चित्र १.० ले तेह्र वर्षको अवधिको क्रमशः सर्व भारतीय स्तर र सिक्किममा आत्महत्याको दरहरू बीचको तुलना गर्छ। माथिको तथ्याङ्कले आत्महत्याका कारण ज्यान गुमाउने सङ्ख्याको सन्दर्भमा सिक्किमको निराशाजनक अवस्थालाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ।

तालिका १.०: आत्महत्या दर- उत्तर-पूर्वी भारत, २००८-२०२०

स्रोत: एनसिआरबी, भारतमा दुर्घटनाको मृत्यु र आत्महत्या, वार्षिक प्रकाशन, २००८-२०२०

५ अगस्त, २०२२ मा एक २७ वर्षीय सिक्किमकी केटी, दक्षिण भारतको बङ्गलोरमा किरायाको कमरामा झुन्डिएकी अवस्थामा भेटिइन् (सिक्किम क्रोनिकल्स)।त्यो समाचारले कमैको ध्यान आकर्षित गऱ्यो। स्थानीय सञ्चारमाध्यममा सुरुमा आत्महत्याका घटनाहरू रिपोर्ट गर्दा नागरिकहरू यस घटनाको पछाडिको कारणहरू जान्न उत्सुक थिए। समय बित्दै जाँदा जिज्ञासा क्षीण हुँदै गएको देखियो । पछिल्लो समय नीति निर्माता, चिकित्सा व्यवसायी, प्राज्ञिक विद्वान र नागरिक समाजबीच यस विषयमा धेरै छलफल भएको छ । दुःखको कुरा, आत्महत्यालाई अझै पनि परिष्कृत दूरीबाट हेरिन्छ र आत्महत्याद्वारा आफ्ना प्रियजन गुमाउनेहरू चुपचाप बस्न रुचाउँछन्।

तालिका:१.२: सिक्किममा अप्राकृतिक मृत्युको जिल्लाव्यापी तथ्याङ्क, २०००-२०१५

श्रोत: क्राइम ब्रान्च, राज्य प्रहरी रिकर्ड (एसपिआर)

सबै मिलाएर, यसको अर्थ सिक्किमले आत्महत्याका लागि १,१७८ ज्यान गुमायो जसमा १५-४४ वर्ष उमेर समूहका पीडितहरू ७२.५२ प्रतिशत थिए। (एनसिआरबी, २००६-१३)। लैङ्गिक वर्गीकरण अनुसार पनि यस्तै प्रवृत्तिलाई देखाउँछ। आत्महत्याका कारण महिलाभन्दा पुरुष बढी मर्ने गरेका छन्।

एसपिआर (राज्य प्रहरी रेकर्ड) डेटामा आत्महत्याका लागि छुट्टै श्रेणी छैन। अप्राकृतिक मृत्युमा झुन्डिएर मृत्यु, विष सेवन, लागूऔषधको अत्यधिक सेवन, जलेर, डुबेर, अज्ञात शव, आकस्मिक मृत्यु, उचाइबाट खसेर, मदिरा सेवन, विविध कारण र अज्ञात कारणले मृत्यु हुने गर्दछ । अप्राकृतिक मृत्युको जिल्लागत विभाजनले सबैभन्दा बढी मृत्यु (२,२२७ घटना) भएको पूर्व जिल्लालाई देखाउँछ। पश्चिम र दक्षिण जिल्लाहरू क्रमशः ९३० र ९०२ मुद्दाहरू नजिक रहेको देखिन्छ। उत्तरी जिल्लाले मात्र ३०४ जनाको मृत्यु (एसपिआर, २०००-१५) रिपोर्ट गरेको छ। जिल्ला विशिष्ट जनसङ्ख्यामा हुने अप्राकृतिक मृत्युको प्रतिशत हिस्सालाई विचार गर्दा उत्तर सिक्किम पश्चिम र दक्षिण जिल्लाहरूसँग बराबर छ। यसलाई आंशिक रूपमा उत्तर सिक्किमबाट रिपोर्ट गरिएका असङ्ख्य मोटर सवारी दुर्घटनाहरूको सन्दर्भमा व्याख्या गर्न सकिन्छ। जुन २०२२ सम्म, ६६ ट्राफिक दुर्घटनाहरू रिपोर्ट गरिएका थिए, जसमध्ये अधिकांश दुर्घटनाहरू उत्तर सिक्किममा भएका थिए। प्रतिकूल मौसम, सडकको दुरावस्था, सिकौरे चालक र कमजोर मर्मतसम्भार भएका व्यवसायिक सवारी साधन यस्ता दुर्घटनाको प्रमुख कारण मानिन्छन्।

उमेर समूहका हिसाबले कूल १६२४ पीडितमध्ये १५–२९ वर्ष उमेर समूहका ६९२ जना घाइते भएका छन्। यसपछि ३० देखि ४४ वर्ष उमेर समूहका ४८६ जना पीडित थिए। सबै मिलाएर, यसको अर्थ सिक्किमले आत्महत्याका लागि १,१७८ ज्यान गुमायो जसमा १५-४४ वर्ष उमेर समूहका पीडितहरू ७२.५२ प्रतिशत थिए। (एनसिआरबी, २००६-१३)। लैङ्गिक वर्गीकरण अनुसार पनि यस्तै प्रवृत्तिलाई देखाउँछ। आत्महत्याका कारण महिलाभन्दा पुरुष बढी मर्ने गरेका छन्। आत्महत्याको अध्ययनले बढी महिलाहरूले आत्महत्या गर्ने प्रयासलाई गरेको, तर आत्महत्याद्वारा पुरुषहरू बढी मृत बनेको लैङ्गिक विरोधाभासलाई प्रकाश पार्दछ  (क्यानेटो, 1998)। यो प्रवृत्तिको एउटा व्याख्या सम्भवतः पितृसत्तात्मक संरचनामा फेला पार्न सकिन्छ जसले पुरुषहरूलाई अभूतपूर्व अधिकार दिन्छ उनीहरूलाई कठिनाइको समय, आफ्नो समस्याहरूबारे बोल्न वा मद्दत खोज्नबाट वञ्चित राख्दछ। सिक्किमे समाजमा पनि ‘पुरुषत्व’ को यो विचार-संस्कृतिले उनीहरूको जीवनमा असर गरिरहेको देखिन्छ। जबकि सामाजिक मान्यता र मूल्यहरु महिलाहरूका लागि अधिक दमनकारी छन्, उनीहरु सानै उमेरदेखि यी प्रतिकूलताहरूको सामना गर्न र स्वीकार गर्नाका लागि दीक्षित हुन्छन्। त्यसैले आत्महत्याको प्रयास मद्दतका लागि पुकार हुन सक्छ। आत्महत्याका घटनाहरूले सिक्किममा आत्महत्या गर्ने व्यक्तिहरूले एक विशेष विधि प्रयोग गर्ने थोरै प्रमाणहरूले देखाउँदछ किनभने त्यसले उनीहरूलाई विशेष आकर्षित गर्छ तर झुण्डिएर हुने मृत्यु सबैभन्दा सामान्य विधि हो (एनसिआरबी)।

चित्र १.१: आत्महत्या पीडितहरूको शैक्षिक स्तर, सिक्किम (२०१२-२०)

स्रोत: एनसिआरबी, भारतमा दुर्घटनाको मृत्यु र आत्महत्या, वार्षिक प्रकाशन, २००८-२०२०

आत्महत्याका पीडितहरूको शैक्षिक योग्यताले प्रवृत्तिमा थोरै परिवर्तन देखाउँछ। सन् २००० र २०१२ को बीचमा, अशिक्षितहरूमा आत्महत्याको घटना धेरैजसो भएको थियो, त्यसपछि प्राथमिक तहसम्म, र माध्यमिक विद्यालय (एनसिआरबी) सम्म अध्ययन गरेकाहरूबीच। २०१६-२० को बीचमा प्राथमिक वा माध्यमिक विद्यालयसम्म पढेकाहरूमध्ये आत्महत्या गर्नेहरू सबैभन्दा बढी थिए भने त्यसपछि निरक्षरहरू थिए। व्यक्तिले उच्च डिग्री हासिल गरेपछि आत्महत्याको सम्भावना कम हुँदै गएको देखिन्छ। यो चित्र १.१ बाट व्याख्या गर्न सकिन्छ जसले आत्महत्या गर्ने १,१८१ पीडितहरूमध्ये २२ जना स्नातक र सोभन्दा माथि, २९६ पीडितले कक्षा ५ सम्म पढेका, २९४ पीडितले माध्यमिक शिक्षा पूरा गरेका थिए र १४९ जना निरक्षर थिए (एनसिआरबी, २०१६- २०) सिक्किममा, सामाजिक स्थिति पदानुक्रम आत्महत्या दरको विपरीत समानुपातिक देखिन्छ। यसको मतलब यो हो कि शिक्षा वास्तवमा आत्महत्या दर नियन्त्रण गर्न एक सकारात्मक उपकरण हो। सिक्किममा ८२.२ प्रतिशतको उच्च साक्षरता दर छ। पुरुष साक्षरता क्रमशः ८७.३ र महिला साक्षरता ७६.४ प्रतिशत रहेको छ (जनगणना २०११)। एकातिर शिक्षामा बढ्दो पहुँचले रोजगारीको प्रतिस्पर्धात्मक बजारतिर लगिरहेको छ भने अर्कोतर्फ आत्महत्या गर्नेहरूको ठूलो प्रतिशत अर्धशिक्षित छन् । शिक्षाको गुणस्तरमा ध्यान केन्द्रित गर्न, वर्तमान पाठ्यक्रमको पुन: मूल्याङ्कन गर्न र साक्षर मानिएकाहरू रोजगार बजारमा प्रवेश गर्न सक्षम छन् कि छैनन् भन्ने मूल्याङ्कन गर्न वा बहुसंख्यकहरूले विद्यालय छाड्दै, वयस्कताको माग र जिम्मेवारीहरूको सामना गर्नु परेकाले उनीहरूमा निराशा र तनाव थपिँदैछन् कि भनेर जान्न आवश्यक छ। २०००-१२ को एनसिआरबी डेटाको आधारमा, सिक्किममा केही पेशाहरु अन्य भन्दा आत्महत्याको उच्च जोखिमसित छन्। जोखिममा परेका समूहहरूमा स्वरोजगार भएका व्यक्तिहरू (व्यवसाय/व्यवसायिक गतिविधि/कृषिमा संलग्न), बेरोजगार व्यक्तिहरू, निजी क्षेत्रका कर्मचारीहरू र गृहिणीहरू पर्छन्। पछिल्लो तथ्याङ्क अनुसार, बेरोजगार व्यक्तिहरूले सिक्किममा आत्महत्या गर्ने सबैभन्दा बढी सङ्ख्या (१०४), त्यसपछि विद्यार्थीहरू (५५) र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा संलग्न (३८) (एनसिआरबी, २०२०) छन्।

शोकमा परेका छिमेकीहरू जहाँ एक ४२ वर्षीया महिलाले आफ्नो ८२ वर्षीय बुबालाई एक्लै छोडेर आत्महत्या गरे। दुर्गम क्षेत्रमा अझै पनि एम्बुलेन्सको सुविधा उपलब्ध नभएकाले शवलाई पोष्टमार्टमका लागि ट्याक्सीमा लगिन्छ । तस्बिर: प्रवीण क्षेत्री, जुन २०१८

वर्ग, पेशा, आय, सम्पत्ति स्वामित्व वा राजनीतिक शक्तिको आधारमा नयाँ स्तरीकरणका साथ सिक्किमे समाज आफ्नो सामाजिक-आर्थिक र राजनीतिक संरचनामा द्रुत रूपान्तरणबाट गुज्रिरहेको छ। घरेलु बजारको नगण्य आकार र राज्यबाट शुद्ध निर्यात हुने भएतापनि, सिक्किमको जिडिपी यसको सानो जनसङ्ख्याको कारण तुलनात्मक रूपमा उच्च छ। प्रतिव्यक्ति आय सन् २०११-१२ मा १५८, ६६७ देखि सन् २०१७-१८ मा २९७, ७६५ हुँदै उल्लेखनीय प्रगति गर्नुसकेको छ(डिइएसएम &इ)। यद्यपि, बढेको जिडिपीका फाइदाहरू समाजका सबै वर्गहरूमा पुग्न सकेको छैन। स्वास्थ्य, साक्षरता र पर्यटन जस्ता क्षेत्रमा उल्लेख्य सुधार भएकाले प्रगतिले नयाँ रूपका अभाव र समस्याहरू ल्याउने सम्भावना छ । आर्थिक वृद्धि भए तापनि, सिक्किममा लागूपदार्थको लत, मद्यपान, आत्महत्या र घरेलु हिंसा जस्ता चुनौतीहरू बढिरहेका छन् (एनएफएचएस-५, २०१९-२१)।

विभिन्न कारकहरूको अन्तरक्रियाले आत्महत्याको परिणाम दिन्छ। उदाहरणका लागि, बेरोजगारी आत्महत्याको प्रत्यक्ष कारण नहुन सक्छ, कार्यस्थल सामाजिक सम्बन्ध र साझा लक्ष्यहरूको महत्त्वपूर्ण स्थान हो। बेरोजगारीले निर्णायक प्रभाव पार्न सक्छ, जस्तै जोखिम उत्प्रेरित गर्ने, सम्बन्ध लिएर कठिनाइहरू वा वित्तीय समस्याहरू उत्प्रेरित गर्ने (ब्लेकली, २००३)। बेरोजगार हुनुले समाजमा उनीहरूको स्थानलाई कमजोर बनाउन सक्छ। ‘कल्चरल ल्याग’ पनि सिक्किमे जनताले अनुभव गरेको स्पष्ट सामाजिक परिघटना हो। यो शब्द पहिलो पटक डब्ल्यु. एफ. ओगबर्न (१९२२) द्वारा कुनै पनि समाजमा भौतिक संस्कृति र गैर-भौतिक संस्कृति समान रूपमा देखा पर्दैन भन्ने धारणालाई वर्णन गर्न प्रयोग गरिएको थियो। भौतिक संस्कृतिमा तीव्र गतिमा विकास र परिवर्तन हुने प्रवृत्ति हुन्छ, तर गैर-भौतिक संस्कृति भनेको विचार, उपाय आदि जस्ता अमूर्त कुराहरू हुन्, जुन परिवर्तनको प्रतिरोधी हुन्छन् र त्यसैले नयाँ ढाँचामा अनुकूलन हुन धेरै समय लाग्छ। सिक्किमे समाज परम्परागत रूपमा एक अत्यन्त नजिकको समुदाय भएको छ तर पश्चिमी संस्कृतिसितको निकटता, महिला शिक्षामा वृद्धि, आधुनिकीकरण, व्यक्ति र समाजबीचको परम्परागत सम्बन्ध तोड्ने केही कारकहरू हुन्। २००१-११ को बीचमा ग्रामीण-सहरी आप्रवास ढाँचामा १३.२ प्रतिशतको वृद्धिले जनताको आकांक्षामा महत्त्वपूर्ण परिवर्तनको सङ्केत गर्छ (जनगणना २०११)।

हाल, भारतमा राष्ट्रिय आत्महत्या रोकथाम रणनीतिको कार्यान्वयनका लागि तत्काल कारबाही आवश्यक छ जसले सम्भावित रूपमा आत्महत्याबाट हुने मृत्युलाई रोक्नाका लागि मार्गदर्शकको रूपमा काम गर्न सक्छ। यस्तो नीतिले राज्यहरूलाई स्थानीय आवश्यकता अनुसार आफ्नै रोकथाम रणनीति बनाउन निर्देशन दिन सक्छ।

सिक्किममा आत्महत्याका मुद्दाहरूलाई सम्बोधन गर्न राज्य सरकारले धेरै कार्यक्रमहरू र नीतिहरू सुरु गरेको छ। उदाहरणका लागि, सिक्किम सरकारको स्वास्थ्य र परिवार कल्याण विभागद्वारा सन् २०१५ मा २४/७ आत्महत्या हेल्पलाइन स्थापना गरिएको थियो। हेल्पलाइनका दुई परिचालित नम्बरहरू छन्- १८००-३४५-३२२५ र ०३५९२-२०२१११। हेल्पलाइनमा ८ जना पुरुष र २ जना महिला गरी ८ जना रहेका छन् । हेल्पलाइनमा आफ्नो सहभागिताको आधारमा, श्री केसी निमा, टोली नेता/संयोजक, सुसाइड हेल्पलाइनले घरेलु समस्या, लागुऔषध दुव्र्यसनदेखि रक्सीसम्मको दोहोरिरहने समस्याहरू रहेको उल्लेख गरे। हेल्पलाइनले हालसम्म करिब ७-८ जनाको ज्यान जोगाउन सफल भएको छ तर उनीहरूले अझै धेरै हासिल गर्न सक्ने उनको विश्वास छ। यो क्षेत्रमा काम गर्दा निकै विनम्र अनुभव भएको उनको भनाइ छ । शान्त कार्यस्थलमा सञ्चालित हेल्पलाइन कर्मचारीहरूको मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू समाधान गर्नु ठूलो चुनौती हो, सङ्कटको समय आउने कल पर्खिनु, जसमा मद्दतका लागि रुनेदेखि लिएर आरोप, चुनौती आदिसम्म हुन सक्छ। "हाम्रो आफ्नै मानसिक समस्याहरूको निकासीको ठाउँ छैन" उनले जोड दिए । यो एक विचार थियो जसले उनलाई कोभिड-१९ लकडाउनको समयमा समस्यामा पारेको थियो जब उनको आफ्नै मानसिक स्वास्थ्य अवस्था बिग्रन थाल्यो। सन् २०१९ मा, स्वास्थ्य  अनि परिवार कल्याण विभाग, सिक्किम सरकारले बङ्गलोरको , निम्हान्ससितको सहकार्यमा सिक्किम सुसाइड प्रिभेन्सन एन्ड एक्सन नेटवर्क (एसपिएएन) परियोजना सुरु गऱ्यो। विभागले स्वस्थ जीवन सीपहरू प्रवर्द्धन गर्न र बाल्य उमेरका किसोरहरूको समस्या सामना गर्न जीवन सीप शिक्षा (एलएससी) कार्यक्रम पनि सुरु गरेको छ। मानसिक स्वास्थ्य सेवाहरू (एमएचएस) प्राथमिक स्वास्थ्य केन्द्रहरू (पिएचसी) मार्फत पनि उपलब्ध गराइन्छ। मानसिक रोग, आत्महत्या आदि बारे मिथक र अज्ञानता हटाउन जिल्लाहरूमा नियमित पुग्ने प्रयासहरू सञ्चालन गरिन्छ।

हाल, भारतमा राष्ट्रिय आत्महत्या रोकथाम रणनीतिको कार्यान्वयनका लागि तत्काल कारबाही आवश्यक छ जसले सम्भावित रूपमा आत्महत्याबाट हुने मृत्युलाई रोक्नाका लागि मार्गदर्शकको रूपमा काम गर्न सक्छ। यस्तो नीतिले राज्यहरूलाई स्थानीय आवश्यकता अनुसार आफ्नै रोकथाम रणनीति बनाउन निर्देशन दिन सक्छ। उचित अनुगमन प्राधिकरणको अभावमा, सिक्किमको स्टेट सुसाइड रजिस्ट्री (एसएसआरएस) को सृजना महत्त्वपूर्ण छ। यस्तो रजिस्ट्रीले राज्यमा आत्महत्याको प्रयास र पूरा भएका घटनाहरूको विस्तृत डेटाबेस प्रदान गर्न सक्छ जसले पीडितहरूको सामाजिक, सांस्कृतिक, चिकित्सा, शैक्षिक र आर्थिक प्रोफाइलमा गहिरो जानकारीको पहुँचको साथ आत्महत्याको बारेमा थप विस्तृत र समयसापेक्ष तथ्याङ्क सङ्कलन गर्न सक्छ। आत्महत्याको, अधिकारीहरूले पुनरावर्ती विषयवस्तुहरू पहिचान गर्दा राज्यमा आत्महत्याको मूल कारण मूल्याङ्कन गर्न सक्छन्। यस्तो रजिस्ट्रीले धेरै सरोकारवालाहरू जस्तै नीति निर्माताहरू, डाक्टरहरू, शिक्षाविद्हरू, अनुसन्धानकर्ताहरू आदिसँग मिलेर काम गर्न सक्छ। सिक्किममा, बेरोजगार र स्वरोजगारको मृत्युको उच्च तथ्याङ्क र सरकारी कर्मचारीहरू बीच आत्महत्याको कम सङ्ख्याले प्रकट गर्दछ कि पछिल्लो थरिकाहरूलाई आत्महत्या विरुद्ध सुरक्षा जाल प्राप्त छ। सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई आत्महत्याबाट जोगाउने आधारभूत कारणहरू के के हुन्? साथै, वर्तमान पाठ्यक्रमको पुनर्मूल्याङ्कन र शिक्षा प्रणालीमा समसामयिक समयको आवश्यकता अनुरुपको संरचना बनाउन जरुरी छ । जीवन कौशल शिक्षा (एलएसइ) शैक्षिक अनुभवको एक भागको रूपमा स्कूल र कलेजहरूमा किशोर र युवा वयस्कहरूलाई प्रदान गरिनुपर्छ। विद्यालय वा कलेज छाड्नेलाई जीविकोपार्जन गर्न र आफ्नो परिवारको पालनपोषण गर्न न्यूनतम तालिम प्राप्त गर्न थप व्यावसायिक र जीविकोपार्जन उन्मुख शैक्षिक कार्यक्रमहरू ल्याउनुपर्छ। आत्महत्या रोकथामको प्रयासहरूमा युवाहरूको समावेशी सकारात्मक आत्म-छविलाई प्रवर्द्धन गर्न र उपयुक्त मद्दत खोज्ने व्यवहारहरू प्रवर्द्धन गर्न आवश्यक छ। आत्महत्या रोकथाममा समुदायमा आधारित दृष्टिकोण प्रभावकारी साबित हुन सक्छ। स्रोत व्यक्तिको रूपमा स्थानीयहरूको रोजगारी र गैर-सरकारी संस्थाहरूसँग (एनजीओहरू) साझेदारी महत्त्वपूर्ण छ किनभने उनीहरूलाई विशेष समुदाय वा क्षेत्रको शक्ति र आवश्यकताहरूको ज्ञान छ र व्यापक जनताहरूसँग जोडिन सक्छ। यसले सम्भावित समाधानहरू खोज्न मद्दत गर्न सक्छ। जागरूकता सिर्जना आत्महत्या रोकथाम प्रयासहरूको एक महत्वपूर्ण भाग हो। सिक्किममा, ज्यान गुमाउनेहरूले आत्महत्याको बारेमा कुरा गर्नु असामान्य छ। समस्याको उचित निदानका लागि यस विषयमा खुलापन र छलफल महत्त्वपूर्ण छ।

*राष्ट्रिय अपराध रेकर्ड ब्यूरो (एनसिआरबी) वार्षिक प्रकाशन, "भारतमा दुर्घटनाबाट मृत्यु र आत्महत्याहरू" शीर्षकमा, यस विषयमा भारत सरकारसँग उपलब्ध सबैभन्दा व्यापक डेटा ब्याङ्क हो।

About the Author

नान्सी सी. लाचुङ्पा एक सहायक प्राध्यापक हुन्, समाजशास्त्र विभाग, नरबहादुर भण्डारी सरकारी कलेज ताडोङ, गान्तोक, सिक्किम।
उनले जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर स्टडी अफ सोशल सिस्टम्सबाट एम.फिल र पीएचडी प्राप्त गरेकी थिइन्। उनले दिल्ली स्कूल अफ इकोनोमिक्स (समाजशास्त्र), दिल्ली विश्वविद्यालय र किंग्स कलेज, एबरडीन विश्वविद्यालय (अन्तर्राष्ट्रिय सम्बन्ध), स्कटल्याण्ड, युनाइटेड किंगडमबाट डबल मास्टर्स डिग्री हासिल गरेकी छिन्।
उनको अनुसन्धान रुचिहरूमा संस्कृति, लिङ्ग, विश्वव्यापीकरण र सामाजिक परिवर्तन, प्रवास र डायस्पोरा समावेश छ। उनले पुस्तक र व्यावसायिक जर्नलहरूमा आफ्नो रुचिका क्षेत्रमा अनुसन्धान पत्रहरू योगदान दिएकी छिन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram