यस पेपरले रेनोकले पहिलोको रूपमा रमाइलो गरेको स्थानिय महत्त्वलाई हाइलाइट गर्ने प्रयास गर्दछ सन् १९६२ सम्म सिक्किमको जेलेपला हुँदै पुरानो रेशम मार्गमा हिलिङ स्टेशन र त्यसपछि मुख्यतया नेवारी व्यवसायीहरूद्वारा सञ्चालित साना व्यवसायहरूको उदय - जोड्दै 'आधुनिक संसार' को प्रणालीमा परिधीय समाज।
दक्षिणी रेशम मार्गमा आसम, पूर्वोत्तर भारतले प्रमुख कारोबारी केन्द्रको रूपमा भूमिका खेल्दै आएको थियो। युरोप अनि छिमेकी दक्षिण एशियाली मुलुकहरू जस्तै नेपाल अनि भोटाङका कारोबारीहरूले म्यानमार हुँदै तिब्बत पुग्नका लागि आसम हुँदै जानुपर्थ्यो। तथापि ल्हासा पुग्नका लागि वैकल्पिक मार्ग पनि थियो, जुन पश्चिम बङ्गालको कालेबुङ हुँदै सिक्किमको जेलेपलाबाट जान्थ्यो, जसलाई पुराना रेशम मार्ग पनि भनिन्छ।
व्यापार सञ्जालले समाज निर्माणमा निर्णायक भूमिका खेलेको छ टाढाका ठाउँहरू जडान गरेर र सामानको आदानप्रदानको लागि नालीको रूपमा सेवा गरेर ज्ञान, विचार र संस्कृतिको प्रसार। सबैभन्दा ठूलो र प्रमुख व्यापार नेटवर्क मध्ये एक चीन र भूमध्यसागरलाई जमिन र सामुद्रिक मार्गबाट जोड्ने रेशम थियो महाद्वीपहरूमा रेशम र मसलाको व्यापारको लागि महत्त्वपूर्ण रूपमा परिचित मार्ग। विशाल नेटवर्क व्यापारिक गतिविधिहरूले पनि विज्ञान, संस्कृति र कलाको प्रभाव र विकास देखेको छ प्राचीन सिल्क रुट संगै। सुदूर इलाकाहरूलाई जोड्दै वस्तुहरूको विनिमयका लागि माध्यम बनी तथा ज्ञान, विचार अनि संस्कृतिको प्रसार गरी समाज निर्माणमा कारोबारी सञ्जालले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
यद्यपि, धेरै कम ज्ञात प्राचीन रेशम मार्ग जसले एशिया, युरोप र अफ्रिकालाई जोडेको छ दक्षिणी सिल्क रुट थियो जुन भारतको उत्तर-पूर्वी भाग हुँदै म्यानमार हुँदै जान्छ तिब्बत। यस व्यापार मार्गले पहिले नै स्थापित आर्थिक र सांस्कृतिक वृद्धि गर्यो पूर्वी एशिया र बाँकी विश्व बीचको अन्तरक्रिया/विनिमय।
दक्षिणी रेशम मार्गमा आसम, पूर्वोत्तर भारतले प्रमुख कारोबारी केन्द्रको रूपमा भूमिका खेल्दै आएको थियो। युरोप अनि छिमेकी दक्षिण एशियाली मुलुकहरू जस्तै नेपाल अनि भोटाङका कारोबारीहरूले म्यानमार हुँदै तिब्बत पुग्नका लागि आसम हुँदै जानुपर्थ्यो। तथापि ल्हासा पुग्नका लागि वैकल्पिक मार्ग पनि थियो, जुन पश्चिम बङ्गालको कालेबुङ हुँदै सिक्किमको जेलेपलाबाट जान्थ्यो, जसलाई पुराना रेशम मार्ग पनि भनिन्छ। तिब्बत पुग्नका लागि कश्मीर वा आसम हुँदै जानुपर्ने करिब 2000 किलोमटिर लामो बाटो भन्दा धेरै छोटो ल्हासा नजिकको फारीसम्म पुग्न कालेबुङबाट दूरी केवल 95 माइल थियो। अनुकूल जलवायु स्थितिका साथै सजिलो उतार-चढाउ कारोबारी अनि खच्चरका लागि पनि सुविधाजनक थियो। जेलेपला हुँदै ल्हासा-कालेबुङबीच कारोबार सन् 1903-04 तिर सिक्किम हुँदै तिब्बतसम्मको फ्रान्सिस यङ हस्ब्याण्डको नेतृत्त्वमा रहेको बृटिश अभियानपछि अझ लोकप्रिय बन्नपुगेको थियो। उक्त अभियान सिक्किम र तिब्बतबीचको सीमा विवाद सल्टाउन तथा बृटिश इण्डियाको संरक्षणमा रहेको सिक्किम र तिब्बतबीच वाणिज्यिक एवं कूटनीतिक सम्बन्धलाई अझ व्यापक बनाउने उद्देश्यका साथ चलाइएको थियो।
सिल्क रुटको तस्बिर पार गर्दै यात्रा गर्ने काराभानमा व्यापारीहरूको साक्षी रेशमको समृद्धि र ऊनको न्यानो आदानप्रदानका लागि महादेशहरू, मसला, चम्किलो बहुमूल्य पत्थर, र स्वादयुक्त चियाको सुगन्धसँगै कलाको प्रसार र संस्कृति एक बरु रोमान्टिक एक हो! आजसम्म स्मृतिमा पुराना रेशम मार्गको रोमाञ्च आलो रहे तापनि, कुरा यथार्थदेखि टाढाको थियो, जहाँ व्यापारीहरूले मौसमको स्थितिका साथै खच्चर लगायत आफ्नै स्वास्थ्य अनुसार कठिन अनि दुष्कर पर्वतहरू हुँदै यात्रा गर्नुपर्थ्यो। यात्राको क्रममा बिसाउनी स्थलहरू आवश्यक पर्थ्यो, तर वस्तु, संस्कृति अनि विचारको विनिमयका लागि प्रमुख कारोबारी केन्द्रलाई मान्यता दिने चलन र अन्तरराष्ट्रिय सम्बन्धको विकासको क्रममा ती सबै अज्ञात अनि अञ्जान रहने गर्दछन्।
पूर्व सिक्किममा अवस्थित सानो गाउँ रिनाकले सिक्किम र ल्हासा-कालेबुङ वाणिज्यिक मार्गमा पहिलो बिसाउनीको काम गर्थ्यो। त्यसताका प्रमुख कारोबारी केन्द्र रहेको कालेबुङलाई नथुला हुँदै ल्हासासम्म जोड्ने गान्तोकभन्दा यो कालेबुङदेखि धेरै नजिक थियो। लेप्चा भाषामा कालो पाहाड (रि अर्थात् कालो अनि नक अर्थात् पाहाड) नामले जानिने रिनाकले आफ्नो नाम यस भेकमा व्याप्त औले ज्वरो (मलेरिया) साथै बारम्बार गाउँ नै खरानी बनाउने आगलागीको परिणामस्वरूप पाएको मानिन्छ। यसका साथै रिनाक एउटा आलो स्मृति पनि हो, जहाँ विश्वभरीका व्यापारीहरू आफ्ना खच्चर अनि गह्रौं भारीका साथ हिजोआजको हाट बजारमा भोजन अनि शरणको निम्ति बिसाउने गर्थे।
यङहस्ब्याण्डको तिब्बत अभियानसँगै जेलेपलाले प्रमुख कारोबारी मार्गको मान्यता पाउनुअघि पनि तिब्बत जानका लागि जेलेपला मार्ग अस्तित्त्वमा रहेको थियो। तर तिब्बत र सिक्किमबीच इलाकाको विवाद रहेको थियो। सिक्किमका प्रथम राजनीतिक अधिकारी सर जेम्स क्लाउड वाइटले सन् 1897 मा रिनाक नजिक आरिटारमा पहिलो पुलिस चौकी स्थापित गरेका थिए। यसपछि, यस मार्ग हुँदै कारोबार फस्टाएको थियो भने ल्हासा अनि कालेबुङबीच यात्रा गर्ने कारोबारीहरूको सङ्ख्या धेरै बढेर गएको थियो। कारोबारीहरूका साथै प्रशासकका (अधिकांश रूपमा बृटिश कारोबारीद्वारा प्रयोग गरिन्थ्यो) लागि आरिटारमा डाक बङलो निर्माण गरिएको थियो। यस कारण पनि सिक्किम अधिराज्यका लागि आरिटार अनि रिनाकको सामरिक महत्त्व बढेर गएको थियो।
ल्हासाबाट ऊन, चौंरीको पुच्छर, चाँदीका सिक्का, गुँड, कस्तुरीको बुङ्गा, जडीबुटी आदि रिनाक हुँदै कालेबुङ ल्याइन्थ्यो। तर सबैभन्दा धेरै ऊनकै कारोबार हुन्थ्यो। र मानिसहरूले पनि यस पुराना रेशम मार्गलाई ऊन मार्गसम्म भन्न थालेका थिए। कालेबुङबाट ल्हासा पठाइने सामानहरूमा अन्न, नुन, घरायसी औजारहरू, सुतीका कपडा अनि रोलेक्स घडीहरू हुन्थे। विनिमय कारोबारले वस्तुहरूको साटफेर मात्र सुगम नबनाएर कारोबारी गतिविधितिसत सम्बन्धित विशेषज्ञहरू पनि सिर्जना गरेको थियो। कारोबारी समुदायहरूमा तिब्बती, नेवारी अनि मारवाडीहरू थिए, जसले हिमाल वारिपारीको कारोबारी जगतमा आधिपत्य जमाएका थिए।
वाणिज्यिक गतिविधिका साथमा कारोबारीहरूका जीवनशैली अनि मूल्य-मान्यता पनि सोही अनुरूप फैलिएको थियो। कारोबारले सुदूर इलाकाहरूलाई जोड्दै विश्वलाई सानो ठाउँ बनाएको छ – अन्तरराष्ट्रिय बजार तथा त्यसले प्रदान गर्ने हरेक वस्तुलाई कारोबारी केन्द्रको निम्ति मात्र नभएर कारोबारी मार्गमा पर्ने स-साना गाउँहरूलाई समेत सुगम्य बनाएको छ।
कालेबुङलाई जहाँ सीमापार हिमाली कारोबारी मार्गमा प्रमुख केन्द्र मानिएको थियो भने यस मार्गमा पर्ने स-साना गाउँहरू पनि बिसाउनी स्थलको रूपमा स्थापित हुँदै व्यापारीहरूलाई सुरक्षित मार्ग सुलभ गराउनका अतिरिक्त साना-तिना कारोबार फस्टाउँदै रिनाक पनि यस्तै एउटा केन्द्र बन्नपुगेको थियो, जहाँ अधिकांश कारोबार नेवारी अनि मारवाडी व्यापारीहरूले परिचालन गर्थे।
अन्तरराष्ट्रिय फूल बजारको क्षेत्रमा उल्लेखनीय छाप छोड्न सफल बनेको थियो रिनाकको चन्द्र नर्सरी, जुन विख्यात टक्सारी चन्द्रवीर नेवारका पुत्र रायसाहेब रत्नबहादुर अनि रायसाहेब दुर्गाशमशेरद्वारा सन् 1910 मा शुरु गरिएको थियो। उनी राजस्व सङ्कलन गर्ने मुख्तियार हुनका साथै सिक्किममा ताँबा खानीमा संलग्न व्यापारी हुनका अतिरिक्त लक्ष्मीदास प्रधान (कसजु), चन्द्रवीर मास्के एवं अन्य जस्ता प्रतिष्ठित नेवारी व्यापारीमध्ये एक थिए।
रत्नबहादुरको सिक्किम राष्ट्र परिषदका सदस्यका रूपमा बृटिश राजनीतिक अधिकारी, राज्यपाल अनि बेलायतबाट सिक्किम भ्रमणमा आउने उनीहरूका अतिथिहरूसँग राम्रो सम्बन्धले सुनाखरीको विभिन्न प्रजातिका लागि प्रख्यात चन्द्र नर्सरीको विस्तारलाई टेवा प्रदान गरेको थियो। चन्द्र नर्सरीबाट सुनाखरी फूल बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानाडा अनि चीनसम्म निर्यात गरिन्थ्यो।
नाथाङ भ्रमणको समय रत्नबहादुरले नयाँ प्रजातिको कोब्रा लिली पहिचान गरेका थिए, जसलाई पछि गएर किवका वनस्पति शास्त्री सीईसी फिस्चरले उनको सम्मानमा एरिसेईमा प्रधानी भनी नाम दिए।
चन्द्र नर्सरीद्वारा फूलहरूको निर्यातका साथै आयातलाई रिनाक डाकघरले सुगम बनाएको थियो। फूल निर्यात गर्न कार्डबोर्डका बाकस उपलब्ध नहुँदा बाँसको चोयाले डाक प्रणालीको मानक आकारमा फुर्लुङहरू बुनेर उच्च गुणस्तरको फूलहरू निर्यात गरिन्थ्यो।
रिनाकमा डाकघरको स्थापनाको श्रेय पनि चन्द्र नर्सरीलाई जाने कुरा बताइन्छ, जहाँ अन्तरराष्ट्रिय बजारमा फूलहरूको माग पूरा गर्न सन् 1910 देखि नै चन्द्र नर्सरीले रिनाक डाकघरको काम सम्हालिरहेको हुँदा सिक्किममा स्थापित सबैभन्दा पुराना डाकघरमध्ये एक पनि रहेको छ।
रिनाकमा डाकघर जस्तो सार्वजनिक संस्थानको स्थापनाले वरिपरीका समाजलाई पनि “आधुनिक समाज”सँग जोड्ने सन्दर्भमा नयाँ मोड ल्याएको थियो। डाक सेवाले वस्तुहरूको विनिमय गर्न माध्यमको रूपमा मात्र नभएर ब्याङ्किङ सुविधा/ आवासको बीमा सेवा, ऋण सेवा आदि जस्ता सुविधा पनि सुगम बनाएको थियो।
रिनाक निवासी 98 वर्षीय सामाजिककर्मी श्री सुन्दरकुमार प्रधान जस्ता केही मान्यजनले उत्तर प्रदेशको मथुरा अनि गुजरातका शहरहरूबाट पुस्तकहरू मगाएर औषधि अनि त्यसको जाती पार्ने गुणबारे ज्ञान प्रसारित गर्न डाकघरको राम्रो सदुपयोग गरेका थिए। कैयौं वर्षसम्म डाक्टरका रूपमा काम गरेको पुराना दिनहरू स्मरण गर्दै उनी मन खोलेर हाँस्छन् र केही वर्ष अघिसम्म मानिसहरू स्वास्थ्यको सम्बन्धमा सोधखोज गर्न आउने गरेको उनी बताउँछन्।
ल्हासा निर्यात गर्न भनी स्व. पारसमणि प्रधानले रिनाकको आफ्नो घडी दोकान एवं फोटो स्टुडियोका लागि कालेबुङ बजारबाट केही रोलेक्स घडी किनेका थिए, जसले पनि रिनाकमा आधुनिक उपकरणको चलन शुरु गरेको थियो।
विगतको अध्ययन गरी वर्तमानलाई बुझ्ने अनेकौं माध्यममध्ये एउटा हो श्री गणेशकुमार प्रधानद्वारा रिनाकमा सञ्चालित राम गौरी सङ्ग्रहालय एवं नर्सरी। आफ्ना पिताको पदछाप पैलाउँदै श्री गणेशकुमार प्रधानले खूबै जतनका साथ सिक्किमको इतिहास सङ्ग्रहहित गरेका छन्। सिक्किम जस्तो सानो ठाउँ र यसभन्दा पनि अझ सानो रिनाकले विगत केही शताब्दीमा देखेको परिवर्तनको स्मृतिलाई उनले आलो राखेका छन्। कार्ल सागनले (1980), “वर्तमानलाई बुझ्नका लागि विगतबारे जान्न आवश्यक हुन्छ” भने जस्तै राम गौरी सङ्ग्रहालय साररूपमा अतीतको स्मृति हो जसले वर्तमानलाई बुझ्न सहयोग गर्दछ।
पुराना रेशम मार्ग अनि रिनाकको सामरिक महत्त्व तथा ल्हासा-कालेबुङ व्यापार मार्गको कथा सुनेका वा त्यसको साक्षी बनेकाहरूको निम्ति समय-समयमा यो पुराना विरह बल्झिने गर्दछ। सन् 1962 को भारत-चीन युद्धपछि यो मार्ग बन्द भएको हो। एशिया, युरोप अनि अफ्रिकासम्म जोड्ने एक समय चहलपहलले भरिएको व्यापार मार्ग अब केवल विगतको कथा बनेर रहेको छ।
रिनाक अनि आरिटारका जनमास जीवनमा अघि बढिसके तापनि, कैयौं दसकअघि व्यापारले धाने झैं स्थानीयहरूका लागि पर्यटनको माध्यमद्वारा आमदानीको केही स्रोत जुटाउन जेलेपला हुँदै जाने पुराना रेशम मार्ग खोल्नुपर्ने अझ पनि उनीहरू आशा व्यक्त गर्दछन्। रिनाक र आरिटारको ऐतिहासिक महत्त्व सम्झनामा आलै रहेको हुँदा तथा डाकघर, पुलिस चौकी, नर्सरी अनि सङ्ग्रहालय जस्ता सार्वजनिक संस्थान लगायत महत्त्वपूर्ण दक्षिणी रेशम मार्गको साक्षी रहेको हुँदा, रिनाकका जनमानसद्वारा पुनरूद्धारको आशा गर्नु स्वाभाविक नै हो।
तस्बिर पुस्तिका
(ठूलो गर्न क्लिक गर्नुहोस्)
स्तुति प्रधानले युनिभर्सिटी कलेज लण्डनबाट पब्लिक पोलिसीमा एमएससी गरेकी छिन् । उनी खोज इन्टरनेशनल आर्टिस्ट एसोसिएसनद्वारा समर्थित सहयोगी पहल कन्स्ट्रक्टिङ होमल्यान्ड्सको पनि एक हिस्सा हुन्, जसले सिक्किममा अनौपचारिक क्षेत्रमा काम गर्ने प्रवासी महिलाहरूसँग संलग्न हुन खोज्छ — थप अन्वेषण गर्दै कसरी एथनोग्राफी र कला हस्तक्षेपहरू, विशेष गरी दृश्य कथा कथनले एक सहभागीलाई सूचित गर्न सक्छ। लैङ्गिक-उत्तरदायी नीति ढाँचा।
स्तुति न्युक्यासल युनिभर्सिटी, बेलायतमा समाजशास्त्रमा पीएचडी गरिरहेकी उदीयमान अनुसन्धान विद्वान हुन्। उनको अनुसन्धानले सिक्किममा लिङ्ग, आदिवासी, उत्तर-औपनिवेशिकता र नागरिकता अभ्यासहरूमा केन्द्रित छ।
Designed by NWD.