मोना गान्तोक, सिक्किमकी सामाजिक विज्ञान अनुसन्धानकर्ता हुन्। उनले २०१४ मा लण्डन विश्वविद्यालयको स्कूल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (SOAS) बाट दक्षिण एसिया अनुसन्धानमा आफ्नो विद्यावारिधि पूरा गरेकी हुन्। उनले संयुक्त अधिराज्य, भारत, डेनमार्क र अस्ट्रेलियाका उच्च शिक्षा क्षेत्रका विभिन्न अनुसन्धान र शिक्षणमा आधारित पदहरूमा काम गरेकी छिन्।
मोना पूर्वी हिमालय क्षेत्रमा जातीय राजनीति, लैंगिकता, शहरीकरण, वातावरण र विकासका विषयमा विभिन्न मञ्चहरूमा अनुसन्धान र प्रकाशन गरिसकेकी छिन् र अनुसन्धान, प्रकाशन, क्षमता निर्माण र समुदाय संलग्नतामा व्यापक अनुभव राख्छिन्। उनी 'कन्स्ट्रक्टिङ डेमोक्रेसी: इथ्निसिटी एन्ड डेमोक्रेसी इन द इस्टर्न हिमालयन बोर्डरल्यान्ड' (२०१७, एम्स्टर्डम युनिभर्सिटी प्रेस) पुस्तकका लेखिका हुन्, 'डेभलपमेन्ट जोन्स इन एशियन बोर्डरल्यान्ड्स' (एम्स्टर्डम युनिभर्सिटी प्रेस, २०२१) पुस्तकका सह-सम्पादक हुन् र 'इस्टर्न हिमालय सिरिज' (रचना बुक्स एन्ड पब्लिकेशन्स) को सिरिज सम्पादक हुन्।
अनुसन्धान, लेखन र विभिन्न परियोजनाहरूमा सहकार्य बाहेक, मोना अहिले बाल्यकालको सम्झनासँग जोडिएका खाजाहरू बनाउनमा संलग्न छिन्।
Designed by NWD.