प्रभा राई
मार्च २०१९ मा, रिडिङ रुम रिसोर्स सेन्टर, डुमिगाउँ, असाङ्थाङ, नाम्चीलाई सर्वसाधारणका लागि खोलिएको थियो। रिडिङ रुम रिसोर्स सेन्टरको अवधारणा धेरै वर्षदेखि विकसित हुँदै थियो, पुस्तकालय/पढ्ने कोठाको निर्माण भने २०१४ मा सुरु भएको थियो। यो गोवाका वास्तुकार इन्द्रजित चटर्जीले योजना अनि चित्रित गरेका थिए र गान्तोक आधारित वास्तुकार कैलाश प्रधानले कार्यान्वयन गरेका थिए। रिडिङ रूम रिसोर्स सेन्टरमा तिनवटा अवयवहरू छन्: पुस्तकालय होल्डिङ, पढ्ने कार्यक्रम र द्विभाषी वेबसाइट, सिक्किम प्रोजेक्ट।
हाम्रो लाइब्रेरी होल्डिङ्समा हामीसँग बालबालिकाका पुस्तकहरूदेखि इतिहास, राजनीति, दर्शन, जीवनी, अन्तर्राष्ट्रिय सम्बन्ध र कलासम्मका ५००० भन्दा बढी पुस्तकहरू छन्। हामीसँग नेपाली र अङ्ग्रेजी दुवै भाषामा पुस्तकहरू छन्। पुस्तकालयलाई व्यवस्थित ढङ्गले वर्गीकरण र सञ्चालन गर्न तालिमप्राप्त पुस्तकालयकर्मीको अभावका चुनौती रहेको भए तापनि हामी आफ्नै तदर्थ रूपमा पुस्तकालय सञ्चालन गर्न सफल भएका छौँ। अगाडि बढ्दै, हामी पुस्तकालयलाई अझ प्रभावकारी रूपमा चलाउन मद्दत गर्न पुस्तकालयकर्मीहरूलाई तालिम दिने दिशामा काम गर्ने आशा गर्छौँ।
रिडिङ रुम नेपाली र अङ्ग्रेजी भाषामा पढ्ने, लेख्ने र भाषा कौशल विकास गर्न र बालबालिका र वयस्क दुवैका लागि सकारात्मक अभ्यास वातावरण सिर्जना गर्न समर्पित सुरक्षित ठाउँ हो। पढाइ कार्यक्रम आपसी निराशाबाट जन्मेको थियो - मेरो र पुस्तकालयमा आएका बच्चाहरूको, जसको शिक्षा र ज्ञानको प्रयासलाई विद्यालयहरूमा शिक्षाको माध्यम, अङ्ग्रेजीमा पढ्न र/वा बुझ्न नसक्ने कारणले असफल भएको थियो। सन् २०१९ मा, रेश्मा थापा गुरुङ जो एक अन्तर्राष्ट्रिय प्रशिक्षित र मान्यता प्राप्त पाठक शिक्षिका हुन्, हाम्रा स्रोत व्यक्तिले बालबालिकामा पठनलाई कसरी परिचय दिने र प्रवर्द्धन गर्ने भन्ने बारे एक दिने कार्यशाला सञ्चालन गरे। कार्यशालामा उदिची प्राथमिक विद्यालय नाम्चीका केही शिक्षक, केही कलेजका विद्यार्थी र रिडिङ रुम रिसोर्स सेन्टरको टोलीको सहभागिता रहेको थियो ।
शिक्षार्थीहरूलाई चिन्तनशील, जिज्ञासु र जिम्मेवार वैश्विक नागरिक बन्न सहयोग गर्ने उद्देश्यका साथ, सहभागीहरू, चाहे तिनीहरू बालबालिका वा वयस्क होस्, उनीहरूको आफ्नै इच्छामा भाग लिन प्रोत्साहित गरिन्छ। पक्कै पनि यसको मतलब यो हो कि यो पढ्ने कोठामा सधैँ पूर्ण घर हुँदैन, तर समयको साथ हामीले याद गऱ्यौँ कि तिनीहरू जब सक्छन् तब आउँछन्, जुन वास्तवमै उत्साहजनक छ!
नोभेम्बर २०२१ मा हामीले स्कूलका बालबालिकाहरू बिचको निरक्षरतालाई सम्बोधन गर्ने उद्देश्यले 'आनन्दको लागि पढाइ' नामक विद्यालय पठन परियोजना सुरु गऱ्यौँ। समय बित्दै जाँदा यो परियोजना रिडिङ रुमको सबैभन्दा महत्त्वपूर्ण भागको रूपमा विकसित भएको छ। यो पहललाई असाङ्गथाङ, पुरानो नाम्ची, गुरुङगाउँ र सालघारीका विभिन्न विद्यालयका प्रमुखहरूले चासो र उत्साहका साथ स्वागत गरेका थिए। पढाइ र साक्षरता शिक्षाको सन्दर्भमा आफ्ना विद्यालयको आवश्यकता र चुनौतीहरूबारे छलफल गर्न शिक्षकहरूलाई अभिमुखीकरण सत्रको व्यवस्था गरिएको थियो। रिडिङ रुमले आयोजना गरेको इन्डक्सन बैठकमा १९ नोभेम्बर २०२१ मा परियोजनाको औपचारिक सुरुवात गरिएको थियो। बैठकमा विभिन्न चार विद्यालयका प्राथमिक तहका १७ भाषा शिक्षकको सहभागिता रहेको थियो। शिक्षकहरूसँगको इन्डक्सन बैठक पछि, हामीले डिसेम्बरमा उनीहरूका विद्यालयहरूमा हाम्रो पहिलो परिचयात्मक पठन गतिविधि सञ्चालन गऱ्यौँ। ठूलो स्वरमा पढ्नका लागि प्रयोग गरिएको मोडेल पाठ ओलिभर जेफर्स द्वारा 'हाउ टु क्याच ए स्टार' थियो। हामीले परिचयात्मक सत्रहरूमा ८१ जना बालबालिकाहरूसम्म पुग्यौँ।
जुलाई २०२२ मा, सहयोगी विद्यालयहरूका प्रमुखहरूलाई परियोजनाको भविष्य र उनीहरूका अपेक्षाहरूबारे विचार-विमर्श गर्न पठन कक्षमा आमन्त्रित गरियो। विद्यालय प्रमुखहरूले प्रस्ताव गरे (क) उनीहरूको भाषा शिक्षकहरूका लागि पठन रणनीतिहरू सञ्चालन गर्न र (ख) विद्यालय र पुस्तकालय बीचको भ्रमणको सङ्ख्यामा वृद्धि। यी प्रस्तावहरूलाई पछ्याउँदै, जुलाई, २०२२ मा दुई दिने अभिमुखीकरण कार्यशाला सञ्चालन गरिएको थियो जसको नेतृत्व सुश्री रेश्मा थापाद्वारा गरियो। प्राथमिक र माध्यमिक विद्यालयका आठ अङ्ग्रेजी शिक्षकहरू अभिमुखीकरणमा सहभागी थिए। विद्यालय प्रमुखहरूको सुझाउअनुसार हामीले विद्यालय र पुस्तकालयबिच नियमित भ्रमणको तालिका बनाएका छौँ। सुश्री रेश्मा थापाले पठन सहजीकरण तालिमको पनि नेतृत्व गर्छिन्, रिडिङ रुममा व्यावसायिक विकास तालिम जसमा चारजना प्रशिक्षार्थी पठन शिक्षकहरू सहभागी हुन्छन्।
रिडिङ रुममा सफलतापूर्वक लागू गरिएका मुख्य रणनीतिहरू र मूल्याङ्कन उपकरणहरू हुन्:
ठूलो स्वरमा पढ्नुहोस्: यो रणनीति बालबालिकाहरूलाई पढ्न, बुझ्न र आलोचनात्मक रूपमा सोच्न मद्दत गर्ने सबैभन्दा अनुकूल तरिका हो, र साक्षरता विकास र भाषा अधिग्रहणको आधार हो। रिडिङ रुमले ठूलो स्वरमा पढ्ने रणनीतिलाई समर्थन गर्न चित्र पुस्तकहरूको अद्भुत सङ्ग्रहको प्रयोग गरिरहेको छ। चित्र पुस्तकहरूमा भिजुअल र दृष्टान्तहरूले सिक्नाका लागि महत्त्वपूर्ण भूमिका खेल्छन्।
शब्दावली निर्देशनहरू: यो बच्चाहरूमा शब्दावली निर्माण गर्ने रणनीति हो। निर्देशनहरू रोबर्ट मार्जानोको शब्दावली निर्देशनमा छवटा चरणहरूबाट कोरिएका छन्। ठूलो स्वरमा पढ्ने सत्रमा समय कति हुन्छ त्यही अनुसार एक अथवा दुइ शब्द चिनाइन्छ अथवा कुनै एक छलफलहरू जसलाई नानीहरूलाई चिनाइन्छ। पाठ योजनाले सरल शब्दमा शब्दहरूको अर्थ बताउन र उपयुक्त दृष्टान्तका साथको शब्द प्रयोग रहेको वाक्य समावेश गर्दछ। बच्चाहरू गतिविधिहरूको एक श्रृङ्खलाको माध्यमबाट अघि बढ्छन् जहाँ उनिहरू रमाइलो तरीकाले सिक्ने अनुभव लिन्छन्।
फोनिक्स: यो अक्षर र ध्वनि सम्बन्ध मार्फत वर्णमाला भाषामा कसरी पढ्न र लेख्न सिकाउने तरिका हो। यसले बच्चालाई अपरिचित ध्वनिका शब्दहरू डिकोड गर्न अक्षरहरूको आवाज मिलाउन मद्दत गर्छ। पढ्ने शिक्षकहरूले आफ्नो अध्यापनमा निपुणता देखाउने बित्तिकै पुस्तकालयमा यसलाई पूर्ण रूपमा अवलोकन र अभ्यास गरिनेछ।
पठन मूल्याङ्कन: यो रणनीतिले बच्चाको पढाइ र बुझाइको स्तरको विश्लेषण गर्न मद्दत गर्छ र शिक्षकलाई बच्चाको निर्देशित पठन र नक्सा पढ्ने कार्यसम्पादन बनाउन मद्दत गर्छ। नियमित रूपमा पढ्ने कोठामा आउने बालबालिकाको पठनस्तरको मूल्याङ्कन गर्न एउटा सानो परियोजना चलिरहेको छ। अहिलेसम्म सङ्कलन गरिएको तथ्याङ्कको आधारमा, हामी यो निष्कर्षमा पुगेका छौँ कि अधिकांश बालबालिकाले आफ्नो उमेर र विद्यालय वर्षका लागि उपयुक्त पाठ मात्र पढ्न सक्छन्; साथै, तिनीहरूको डिकोडिङ र बुझ्ने स्तर सामान्यतया तिनीहरूको उमेरमा अपेक्षा गरिएको भन्दा धेरै तल छ।
'रिडिङ फर जोय' परियोजना हाम्रो जमिनी वास्तविकताको बुझाइबाट बढेको हो र सायद हामीले यस समस्यालाई सम्बोधन गर्ने प्रभावकारी उपायहरू फेला पारेका छौँ। यस कार्यक्रमको सफलता विद्यालय र अभिभावक र पक्कै पनि बालबालिकाको सहयोगमा निर्भर गर्दछ। प्रभावको मूल्याङ्कन गर्न यो धेरै चाँडो छ तर एउटा कुरा हामीलाई थाहा छ कि हामी यस महत्वपूर्ण कमीलाई सम्बोधन गर्न दृढ र नवीन हुनुपर्छ अनि यसलाई यदि सम्बोधन गरिएन भने समग्र रूपमा हाम्रो समाजमा विनाशकारी प्रभाव हुनेछ।
राजीव गान्धी फाउन्डेशन:सहयोगी संस्था
दिल्लीस्थित राजीव गान्धी फाउन्डेसनले रिडिङ रुमसँग एक वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै आएको छ। सुश्री कुर्संगकिट लेप्चा, रिडिङ रुममा कार्यक्रम सहयोगी सिक्किममा फाउन्डेसनकी फेलो हुन्।
रिडिङ रुमले GeNext STEP (Generation Next Science, Technology and Entrepreneurship Practice) नामक विज्ञान कार्यक्रमसँगै आसाङ्थाङ-नामचीका साना बालबालिकाहरूका बीचमा ‘प्रकृतिसँग सद्भावना’ भन्ने फाउण्डेशनको सन्देशलाई सहयोग गर्दै आएको छ।
जुन २१, १९९१ मा स्थापित, राजीव गान्धी फाउन्डेशन भारतका पूर्व प्रधानमन्त्री श्री राजीव गान्धीको दर्शनलाई साकार पार्न स्थापना गरिएको थियो। फाउन्डेसनले स्वास्थ्य, शिक्षा, विज्ञान, महिला तथा बालबालिकाको विकास, पञ्चायती राज संस्थाहरू, पुस्तकालयहरू लगायतका धेरै विषयमा काम गर्छ।
GeNext STEP को उद्देश्य रमाइलो सिकाइ प्रक्रिया मार्फत बालबालिकामा जिज्ञासा र वैज्ञानिक स्वभावको विकास गर्नु हो। यसले बालबालिकाको भाषामा विज्ञानको बारेमा तथ्यहरू जोड्न र सिक्नमा केन्द्रित छ।
कार्यक्रम अगस्त २०२२ मा रिडिङ रुमको गतिविधिको एक हिस्सा बन्यो। फाउन्डेसनले बालबालिकालाई विज्ञान अवधारणाहरू परिचय गराउन ४० वटा विज्ञान किट पठाएको छ। सहयोगी विद्यालयहरूले विज्ञान सिकाउने किटहरू प्रयोग गर्न आफ्नो रुचि प्रकट गरेका छन्। पुस्तकालयको भ्रमणको क्रममा बच्चाहरूलाई केही किटहरू परिचय गराइएको छ।
रिडिङ रुममा हालसम्म नन्दुगाउँ वरिष्ठ माध्यमिक विद्यालय, सालघारी माध्यमिक विद्यालय र पुरानो नाम्ची प्राथमिक स्कूलका विभिन्न कक्षाका बालबालिकाहरूले विज्ञान सत्रमा भाग लिएका छन्। रिडिङ रुमले सेप्टेम्बर २०२२ मा गाउँका नियमित बालबालिकाका लागि ५ GeNext STEP सत्रहरू आयोजना गरेको छ।
द सिक्किम प्रोजेक्ट वेबसाइट
अक्टोबर २०२२ मा, सिक्किम परियोजना (सिक्किम प्रोजेक्ट), एक द्वि-भाषी वेबसाइटले एक वर्ष पूरा गऱ्यो। यद्यपि, रिडिङ रुमजस्तै, वेबसाइटका लागि विचार, अनुसन्धान र रणनीति सन् २०१४ मा अङ्कुरित हुन थाल्यो। सिक्किममा कफी टेबल बुकका लागि कथाहरू र छविहरूको यात्राको रूपमा जो सुरु भएको थियो, यसले हामीलाई गहिराइसित खोजी गर्न र विरलै भनिएका कथाहरूका लागि हाम्रो दायरा फराकिलो गर्न अनुमति दियो। रम्य पोर्ट्रेट र प्राकृतिक सौन्दर्यको क्लिसे तोड्ने विचार थियो। हामीले सिक्किमको हरेक भागमा यात्रा गऱ्यौँ, अनगिन्ती मानिसहरूलाई भेट्यौँ र अन्तर्वार्ता लियौँ र तिनीहरूका कथाहरू सुन्यौँ। हामीले हाम्रो कुराकानीलाई अनुसन्धान र अध्ययनको अनुपरक दियौँ।
हाम्रो यात्राको दौरान हामी पीडादायी सुन्दर परिदृश्यको बारेमा तीव्र रूपमा सचेत भयौँ र न्यानो हृदय र उदार व्यक्तिहरूसँग भेट्यौँ जसले स्वेच्छाले हामीसँग आफ्ना कथाहरू साझा गरे। हामीले सङ्कलन गरेका कथाहरू र परियोजनाका आधिकारिक फोटोग्राफर प्रवीण छेत्रीले खिचेका अद्भुत तस्बिरहरूबाट वेबसाइटको कल्पना बढेको हो।वेबसाईट लेखकहरू, अनुसन्धानकर्ताहरू र जनताका सदस्यहरूका लागि सिक्किम, र पूर्वी हिमालयमा सिक्किमका सबै चीजहरूको बारेमा कुराकानीमा संलग्न हुनाका लागि मञ्च हो। विगत एक वर्षमा हामीले सिक्किमको वातावरण, इतिहास, संस्कृति, राजनीति र विकासका बारेमा लेखहरू प्रकाशित गरेका छौँ। यी लेखहरू शोधकर्ताहरू, शिक्षाविद्हरू र कलाकारहरूको उदार मिश्रणद्वारा लेखिएका हुन्। तस्बिरहरू हाम्रो वेबसाइट र लेखहरूको अभिन्न अङ्ग हुन्, किनकि हामी विश्वास गर्छौँ कि छविसँग शब्दहरू भन्दा फरक तरिकामा परिस्थितिको सार क्याप्चर गर्ने शक्ति हुन्छ, र कहिलेकाहीँ अझ बढी उत्तेजक रूपमा।
सिक्किम प्रोजेक्टको यात्रा भर्खरै सुरु भएको छ, र हामीले विश्वका विभिन्न भागहरूबाट प्राप्त गरेको समर्थन र उत्साहबाट हामी प्रोत्साहित छौँ; यसले सिक्किम प्रोजेक्ट जस्तो प्लेटफर्मको आवश्यकता र मूल्यमा हाम्रो विश्वासलाई बलियो बनाएको छ। सिक्किम प्रोजेक्टका लेखहरू अङ्ग्रेजी र नेपाली दुवैमा प्रकाशित हुन्छन् र हामी विश्वास गर्छौँ कि यो सायद हाम्रो सबैभन्दा महत्त्वपूर्ण योगदानमध्ये एक हो, किनकि सिक्किमका कथाहरू र आवाजहरू अब अङ्ग्रेजी भाषाद्वारा सीमित छैनन्। सिक्किममा ज्ञान, सूचना र अनुसन्धानको पहुँचमा प्राय बाधा हुन्छ, र त्यसैले सिक्किममा अनुसन्धान र लेखनलाई व्यापक दर्शकमाझ पुर्याउनु हाम्रो उद्देश्य हो। डिजिटल संसारको सुन्दरता र शक्ति यो हो कि हामी फराकिलो भौगोलिक क्षेत्रमा फैलिएको पाठकहरूको अकल्पनीय सङ्ख्यामा पुग्न सक्छौँ। हाम्रो पछिल्लो गणनामा हामीले संसारका धेरै भागहरूमा २२००० भन्दा बढी पाठकहरू पुगेका छौँ। तर अझ महत्त्वपूर्ण कुरा हाम्रो क्षेत्रका धेरै युवाहरूले वेबसाइटमा गएर प्रतिक्रिया दिइरहेका छन्।
वेबसाइट एक निरन्तर गतिविधि हो, र यद्यपि यात्रा भर्खरै सुरु भएको छ, हामी हाम्रा पाठकहरूको संलग्नताको स्तरबाट प्रोत्साहित छौँ किनकि हामी आगामी वर्षहरूका लागि तयारी गरिरहेका छौँ। तल हाम्रा पाठकहरूबाट टिप्पणीहरूका केही अंशहरू छन्:
"जब कथाहरू पहिले कहिल्यै नभनेका र कमै सुनेका कथाहरू हामीलाई दिइन्छ, यसले दृष्टिकोण र सायद जीवन पनि परिवर्तन गर्छ! यो एक अद्भुत पठन थियो " ('थ्रु हुज आइज? द वर्क अफ पर्तुमान राई' -मा प्रतिक्रिया गर्दै)
"यस प्रकाशनमा सिक्किमको अनुग्रही संस्कृतिको दीप प्रज्वलित भएको देख्न पाउँदा खुसी लाग्यो। सिक्किम प्रोजेक्ट सुरु गर्ने टोलीलाई धन्यवाद। म थप लेखहरू अनि चित्रहरूका लागि प्रतिक्षारत छु।" ('रिभाइभिङ लिम्बु ल्याङ्ग्वेज एन्ड कल्चर'-माथि प्रतिक्रिया गर्दै)
यी हामीमध्ये धेरैलाई थाहा नभएका कुराहरू थिए। हामीले निरन्तर सामाजिक सञ्जाल प्रयोग गरिरहेका भए पनि। धेरै रोचक र जानकारीमूलक 👍🏻👍🏻 ('इकोस्ट्रीममा: अ कलेक्टिभ अफ डिजाइनर एन्ड ड्रिमर' मा टिप्पणी)
Designed by NWD.