Menu
Book Review

युद्ध र शान्तिको कथा

Review by
प्रभा राई

गन्जु लामा, भिसी: युद्ध र शान्तिमा सिक्किमका नायक अनुराधा शर्माद्वारा लिखित, पङ्कज थापाद्वारा चित्रित (२०२५)। । फुटहिल्स पब्लिसिङ, हिल कार्ट रोड, मेथीबारी, हुलाक: सल्बारी, पश्चिम बङ्गाल, भारत।

मैले पुस्तक पढ्न सुरु गर्दा, मेरो पुस्ताका बालबालिकाले हुर्किँदा पढेका परिचित लेखकहरू—एनिड ब्लाइटन र त्यतिबेलाका अन्य लोकप्रिय लेखकहरू—याद आए। हामी भाग्यमानी थियौँ, किनकि अङ्ग्रेजी भाषालाई विशेष महत्त्व दिने निजी विद्यालयमा पढ्ने अवसर पाएका थियौँ, जसका कारण बाल साहित्यका विभिन्न पुस्तकहरूलाई हामी पाउन सक्थ्यौँ। खासगरी केटीहरूका लागि लेखिएका मालोरी टावर्स जस्ता कथाहरू, एनी अफ ग्रिन गेबल्स शृङ्खला, र केटाहरूका लागि हार्डी ब्वाइज शृङ्खलाजस्ता साहसिक कथाहरू हामीले प्रशस्त पढ्यौँ।

तर जति-जति म ठुलो हुँदै गएँ, त्यति नै हाम्रो आफ्नै भूमिबाट आएका पुस्तक र कथाहरूको अभाव खट्किन थाल्यो। यद्यपि यो अभाव केही हदसम्म हाम्रा बुडापाकाहरूले सुनाउने साहसिक कथाहरूले पूर्ति गर्थे, विशेष गरी युद्धबाट फर्किएका मानिसहरूले सुनाउने अनुभवहरूले। ती कथाहरू मौखिक रूपमा सुनाइन्थे, र हामी अचिनारु भूमिमा भएका युद्धका दृश्यहरू, लामो पैदल यात्राहरू सुनेर मन्त्रमुग्ध हुन्थ्यौँ। युद्धकालीन यात्रामा अनपेक्षित रूपमा बनेका मित्रता र सहकार्यका कथाहरूले पनि हामीलाई गहिरो प्रभाव पार्थे।

दुवै विश्वयुद्धले हाम्रो पाहाडी क्षेत्रबाट सयौँ र हजारौँ युवाहरूलाई टाढाटाढाका युद्धभूमितर्फ ताने। साम्राज्यले आफ्नो अधीनस्थ मुलुकहरूबाट लाखौँ जीवन तान्यो। धेरैजसो युवकहरू, केही त राम्ररी जवानसमेत भइसकेका थिएनन्, युद्धको निर्मम मेसिनरीमा भर्ती गरिए। उनीहरूले भोगेका अवर्णनीय हिंसा र कठिनाइबाट उत्पन्न मानसिक आघातका कुरा पनि हामीले सुन्थ्यौँ। तर सिक्किमका शान्त गाउँहरूबाट साहस र सम्मानको खोजीमा बाहिरिएका ती युवाहरूको कुनै लिखित अभिलेख थिएन।

अनुराधा शर्माद्वारा लिखित गन्जु लामा, भिसी: युद्ध र शान्तिमा सिक्किमका नायक-ले यही अभाव पूर्ति गर्ने समयसापेक्ष कृति बनेको छ। पुस्तकको सुरुआत दक्षिण सिक्किमको सुन्दर र शान्त गाउँ साङ्मोबाट हुन्छ, जहाँ हाम्रा नायकको जन्म भयो। उनको नाम थियो—ग्याम्त्सो, जसको अर्थ ‘अनन्त महासागर’ हो।

“राज्यको दक्षिणी भागमा अवस्थित साङ्मो एउटा मनमोहक गाउँ थियो। पाहाडका पहराहरू अँगालेर फैलिएका अन्तहीन सिँचिएका खेतहरू, काठ र ढुङ्गाले बनेका सुन्दर घरहरू हरियाली भू-दृश्यमा छरिएका थिए। आकाश विशाल निलो क्यानभासजस्तै फैलिएको थियो, जहाँ सूर्यको उदय र अस्तसँगै अनि बादल तथा कुहिरोको आवतजावतसँगै रङ्गहरू बदलिन्थे। पूर्वतर्फ छोला पर्वतमालाका भव्य पाहाडहरू उभिएका थिए, जसले प्राचीन तिब्बततर्फ जाने एउटा गोप्य ढोका लुकाएका थिए।”

ग्याम्त्सो सानै हुँदा उनकी आमाको देहान्त भयो। तर उनकी सौतेनी आमाले उनलाई अत्यन्त माया र स्नेहका साथ हुर्काइन्। कडा स्वभावका उनका बाबुबाट उनले अनुशासन र नैतिक मूल्यहरू सिके। जब उनी जवान भए, उनका सैनिक काकाले सुनाउने रङ्गीन साहसिक कथाहरू र पाहाडपारिका भूमिको मोहले उनलाई रोमाञ्चक जीवनतर्फ आकृष्ट गर्‍यो।

२० वर्षको उमेरमा ग्याम्त्सोले भारतीय गोर्खा सेनामा भर्ती भए। भर्ती केन्द्रमा उनको नाम परिवर्तन भई गन्जु लामा बन्यो। गोर्खा सैनिकहरूलाई ‘मार्सल रेस’ का रूपमा वर्गीकृत गरिन्थ्यो—राई, लिम्बु, मगर, थापा लगायत पाहाडी समुदायहरू। ग्याम्त्सो भर्ती हुन जाँदा युद्ध चौथो वर्षमा प्रवेश गरिसकेको थियो, र सैनिकहरूको बढ्दो आवश्यकता भएकाले गैर–मार्सल जातिका भए पनि यो बलियो युवकलाई भर्ती अधिकृतले स्वीकार गरेको हुन सक्छ।

पालमपुरमा तालिमपछि, सन् १९४३ मा उनलाई बर्मा अभियानअन्तर्गत इम्फाल पठाइयो। यहीँ गन्जु लामा आफ्नो वास्तविक क्षमतामा उदाए। जापानी सेनाले बर्मा कब्जा गरिसकेको थियो र मणिपुरतर्फ तीव्र गतिमा अघि बढिरहेको थियो। पहिलोपटक उनले युद्धको कठोर यथार्थ अनुभव गरे—“…युद्धले ठुलो पीडा र विनाश ल्याउँछ। यसले घरहरू ध्वस्त पार्छ, मानिसहरूलाई चोट पुर्‍याउँछ र परिवारहरूलाई टुक्र्याउँछ।” उनले चाँडै बुझिहाले, युद्ध सधैँ अन्तिम विकल्प हुनुपर्छ, जसलाई सकेसम्म टार्नुपर्दछ।

देशको रक्षा गर्ने सवालमा गन्जु लामा अत्यन्त साहसी सैनिक थिए। उनले दृढता र बुद्धिमत्ताका साथ युद्ध लडे। सन् १९४४ मे १६ मा गोर्खा सैनिकहरूले टिड्डिम रोडको ‘पोइन्ट ३३’ मा आकस्मिक आक्रमण गरी जापानी फौजलाई परास्त गरे। लडाइँ सकिन नपाउँदै जापानी ट्याङ्कहरू अघि बढे। यति ठुलो ट्याङ्क उनले पहिलोपटक देखेका थिए। तर उनीसँग शक्तिशाली एन्टि–ट्याङ्क हतियार—पिआइएटी—थियो। अन्तिम क्षणसम्म लड्दै उनले शत्रुका ट्याङ्कहरू ध्वस्त पारे र आफ्ना सहकर्मीहरूलाई जोगाए। यही वीरताका लागि सन् १९४४ मा उनलाई ब्रिटिस सेनाको सर्वोच्च सम्मान ‘भिक्टोरिया क्रस’ प्रदान गरियो र सन् १९६६ मा सिक्किमको ‘पेमा–दोर्जी’ उपाधिबाट सम्मानित गरियो।

हाम्रा नायकको कथा यतिमै समाप्त हुँदैन। शान्तिकालमा पनि उनी महान् नायक बने। भारतीय सेनाबाट अवकाश पाएपछि उनी आफ्नो गाउँ फर्किए र विद्यालय, सडक तथा गुम्बाहरू निर्माण गरे। नागरिक जीवनमा उनले गरेका योगदानहरू युद्धभूमिमा देखाएको वीरताजत्तिकै महत्त्वपूर्ण छन्।

अनुराधा शर्माका लागि गन्जु लामाको जीवनी लेख्दा एउटा द्विविधा थियो—युद्धभूमिको साहस र वीरतालाई युद्ध र हिंसाको महिमामण्डन नगरी कसरी प्रस्तुत गर्ने, र जीवनप्रति शान्तिपूर्ण दृष्टिकोण पनि सँगसँगै कसरी पोषित गर्ने। गन्जु लामा, भिसी: युद्ध र शान्तिमा सिक्किमका नायक शीर्षकले यही सन्तुलन स्पष्ट गर्छ—युद्धमा अनुशासन, कर्तव्य र साहसलाई सम्मान गर्दै, युद्धपछि शान्तिको पक्षधरता पनि उत्तिकै जोडका साथ प्रस्तुत गरिएको छ। युद्ध र शान्तिका दुवै कालखण्डमा हाम्रा नायकको जीवनकथा बालसाहित्यमा हाम्रो क्षेत्रका असाधारण व्यक्तित्वहरूको अभाव पूर्ति गर्ने समयोचित प्रकाशन हो।

यस पुस्तकका चित्रकार पङ्कज थापा सिक्किम र दार्जिलिङ पाहाडका उत्कृष्ट चित्रकारमध्ये एकजना हुन्। सूक्ष्म अनुसन्धान र विवरणप्रतिको ध्यानका साथ बनाइएका उनका चित्रहरूले कथालाई अझ जीवन्त बनाएका छन् र युद्धभूमिको रोमाञ्चकता प्रभावकारी रूपमा उतारेका छन्।

पुस्तकमा युद्धसम्बन्धी उपयोगी जानकारी, गोर्खाहरूको सहभागिता र उनीहरूको बलिदानसमेत समावेश गरिएको छ। अनुराधा शर्माको लेखनशैली र विषयको प्रस्तुति पत्रकारिताका उत्कृष्ट अभ्यासहरूको प्रतिबिम्ब हो—सशक्त कथावाचन र आवश्यक सूचनाको सुन्दर संयोजन।

यस पुस्तकले यस्ता धेरै कृतिहरू लेखिनु पर्ने बाटो खोलिदिएको छ। बालसाहित्यलाई समृद्ध बनाउने यो पहलका

About the author

प्रभा राई दक्षिण सिक्किमको डुमिगाउँमा रहेको शिक्षा र अनुसन्धानमुखी संस्था, डीजी रिडिङ रुम रिसोर्स एण्ड एजुकेशन फाउन्डेसनकी सम्पादक र संस्थापक निर्देशक हुन्। उनलाई प्रकाशन, शिक्षा र विकासमा व्यापक अनुभव छ। उनले चार वर्षसम्म द बुक रिभ्यू सम्पादन गरिन्, दिल्लीको इन्स्टिच्युट अफ मास कम्युनिकेसनमा अध्यापन गरिन् र १९८६ देखि १९८९ सम्म प्रदानसँग काम गरिन्। उनले गोवा हेरिटेज एक्सन ग्रुपको जर्नल PARMAL गोवामा पनि सम्पादन गरिन्। २०१५ मा, उनले मुम्बईस्थित MARG पब्लिकेशन्सका लागि सिक्किमको संस्कृति र कलामा विशेष अंक सम्पादन गरिन्, जसले गर्दा द सिक्किम प्रोजेक्ट: द ल्याण्ड एन्ड इट्स पिपलको सुरुवात भयो।

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram