Menu

खोले दाईँ महोत्सव: समुदाय, संस्कृति, र सामर्थ्यको उत्सव

खोले दाईँ महोत्सव’ वर्षको त्यो समय हो जब म मेरो दैनन्दिन जीवनबाट टाढा एउटा यात्रामा निस्कन्छु जसले मलाई नयाँ शिक्षा र दृष्टिकोणलाई अँगाल्ने अनुमति दिन्छ, जसले म को बन्दैछु भन्ने कुरालाई आकार दिन्छ। प्रत्येक वर्ष, बाली काट्ने मौसमको आगमनसँगै, गाउँ परम्परागत गीतहरूको लय र धानले भरिएका खेतहरूको सुगन्धले जीवन्त बन्छ। धुलाम्मे स्वर्णिम खेतबारी माथिको सफा आकाशको हिउँदे घामले, बाली उत्सवलाई न्यानो रूपमा आयोजना गर्ने संस्कृति र समुदायलाई अँगाल्दै कसैलाई पनि टक्क अडिन प्रेरित गर्छ। धेरैका लागि, परेङटारको यात्रा वार्षिक घर फर्कने दिन हो। कोही त चाडपर्व अघि हप्तौँसम्म बस्छन्, सामुदायिक कार्यमा संलग्न हुन्छन्।

'खोले दाईँ’ जस्ता सांस्कृतिक उत्सवहरूको पुनरुत्थान लगभग लोप हुने अवस्थामा पुगेका आदिवासी परम्पराहरूलाई पुन: प्राप्त गर्ने आवश्यकतासित बलियो जरा गाडिएको छ।

'खोले दाईँ’ जस्ता सांस्कृतिक उत्सवहरूको पुनरुत्थान लगभग लोप हुने अवस्थामा पुगेका आदिवासी परम्पराहरूलाई पुन: प्राप्त गर्ने आवश्यकतासित बलियो जरा गाडिएको छ। वैश्वीकरण तेज बन्दै जाँदा, धेरै ग्रामीण समुदायहरूले आफूलाई सांस्कृतिक एकरूपताको जोखिममा पाउँछन्। यस आम महोत्सवले स्थानीय पहिचानलाई सुदृढ पार्ने र युवा पुस्ताहरूमाझ आफ्नोपनको भावना जगाउने माध्यमको रूपमा काम गर्दछ। अघि-अघि केवल फसलको परम्परा भएको यो कुरा अब विविध पृष्ठभूमिका मानिसहरूको विश्वव्यापी सङ्गम बनेको छ, जसले सांस्कृतिक पुनरुत्थानवाद, जिम्मेवार पर्यटन र युवा-सञ्चालित परिवर्तनलाई सक्षम बनाउँछ। द्रुत वातावरणीय र आर्थिक परिवर्तनको युगमा, 'सांस्कृतिक पुनरुत्थानवाद' केवल सम्पदाको बारेमा होइन; यो सामर्थ्य, दिगोपन, अनि आफ्नो इतिहास र भविष्यलाई पुन दावी गर्ने माध्यमका बारेमा पनि हो।

उत्पत्ति: सामूहिक कार्य मार्फत संस्कृतिको पुनरुत्थान

'दाईँ' को परम्परागत अभ्यास / तस्बिर सौजन्य: खोले दाईँ महोत्सव

दुईतर्फी रणनीतिले यस महोत्सवको पुनरुत्थानलाई प्रेरित गर्‍यो। आयोजक समुदायले महोत्सवलाई आर्थिक र सामाजिक सशक्तिकरणको माध्यमको रूपमा प्रयोग गर्दै यसको परम्परागत जराहरूसँग पुन: जोड्ने लक्ष्य राखेको थियो। यसैबिच, बाह्य सहजकर्ता र सहयोगीहरूले 'जिम्मेवार पर्यटन' को मोडेल सिर्जना गर्न खोजे, जहाँ आगन्तुकहरूले समुदायसँग गहिरो रूपमा संलग्न हुन सकून् र उनीहरूको उपस्थितिले सकारात्मक योगदान पुर्‍याउन सकून्

कृषि परेङटारका समुदायको जीवनरेखा हो। पुस्तौँदेखि, रोपाइँ र बाली काट्ने मौसमको अन्त्य सामूहिक उत्सवको रूपमा पालन हुन्थ्यो, जुन समय गाउँलेहरू प्रकृतिको प्रशस्तताका लागि कृतज्ञता व्यक्त गर्न गाउन, नाच्न र भोज गर्न भेला हुन्थे। यद्यपि, आर्थिक परिवर्तन र आधुनिकीकरणसँगै, यी परम्पराहरू हराउन थाले। परेङटारको सांस्कृतिक पहिचान जोगाउने आवश्यकतालाई बुझ्दै, स्थानीय युवा र वृद्धहरू परम्परागत अभ्यासहरूलाई पुनर्जीवित गर्न एकसाथ आए, जसको सुरुवात ‘असार पन्ध्र’ बाट भयो, जुन रोप्ने मौसमको उत्सव हो। २०२० मा, छिमेकी गाउँ परेनका एक युवा डोमिनिक राईले परेङटारका रोशन राईसँगै पहिलो पटक सामूहिक स्तरमा ‘असार पन्ध्र’ मनाउन मानिसहरूलाई परिचालन गरे। एक वर्ष पछि, उनीहरूले अरुणाभ दाम र विक्की शर्मासँग भेटघाट गरे र कालिम्पोङको सामसिङमा आधारित युवा समूह 'मुहान' गठन गरे। त्यसपछि ‘मुहान’ ले प्रवीण छेत्री अनि उनको ‘क्याफे कालिम्पोङ’ सँग सहकार्य गर्‍यो। २०२१ मा, दिगो जीविकोपार्जन पहलहरू मार्फत गाउँलाई समग्र कल्याण प्रदान गर्ने आकांक्षाका साथ ‘परेङटार नौलो उमङ कल्याणकारी समाज’ को पनि स्थापना भयो। तिनीहरूले परेङटारमा युवा संलग्नता बढाउने र जमिनी पहलहरू मार्फत संयुक्त राष्ट्र दिगो विकास लक्ष्यहरू प्राप्त गर्नमा भाग लिने लक्ष्य पनि राखेका छन्। दुईतर्फी रणनीतिले यस महोत्सवको पुनरुत्थानलाई प्रेरित गर्‍यो। आयोजक समुदायले महोत्सवलाई आर्थिक र सामाजिक सशक्तिकरणको माध्यमको रूपमा प्रयोग गर्दै यसको परम्परागत जराहरूसँग पुन: जोड्ने लक्ष्य राखेको थियो। यसैबिच, बाह्य सहजकर्ता र सहयोगीहरूले 'जिम्मेवार पर्यटन' को मोडेल सिर्जना गर्न खोजे, जहाँ आगन्तुकहरूले समुदायसँग गहिरो रूपमा संलग्न हुन सकून् र उनीहरूको उपस्थितिले सकारात्मक योगदान पुर्‍याउन सकून्। स्थानीय सरोकारवालाहरू र बाह्य सहयोगहरू बिचको तालमेलले महोत्सवलाई यसको मौलिक सारमा सत्य रहँदै यसको प्रभाव विस्तार गर्न अनुमति दिएको छ। माथिका सबैले ‘खोले दाईँ महोत्सव’ लाई जन्म दिँदै, ‘दाईँ’ को प्रथाको लुप्त हुँदै गएको परम्परागत उत्सवलाई पुनर्जीवित गर्न एक पङ्क्तिबद्ध मिसन सिर्जना गरे।

एउटा दुरदृष्टि भएको गाउँ

'लिङ्गे पिङ'-मा झुल्दै - सांस्कृतिक उत्सवको समयमा परम्परागत पिङ / तस्बिर सौजन्य: खोले दाईँ महोत्सव

समुदायको एउटा प्रमुख उद्देश्य पुस्तागत खाडललाई कम गर्नु हो, जसले परम्परागत ज्ञान र अभ्यासहरूलाई युवा पुस्ताहरूले अँगालेको र संरक्षित गरेको सुनिश्चित गर्दछ।

यसको अन्तरतहमा, ‘खोले दाईँ महोत्सव’ एक वर्ष लामो समुदाय-सञ्चालित पहलको चुचुरा मात्र हो जुन जैविक सांस्कृतिक संरक्षणलाई दिगो नवप्रवर्तनसँग जोड्दछ। यो महोत्सवले उत्सव र आन्दोलन दुवैको रूपमा काम गर्दछ, वर्षभरिका पहलहरूसित यसले परेङटारको सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, सामाजिक-आर्थिक प्रगतिलाई सक्षम पार्ने, वातावरणीय दिगोपनको सुरक्षा गर्ने र सामाजिक नवप्रवर्तनलाई कायम राख्ने उद्देश्य लिएको छ। समुदायको एउटा प्रमुख उद्देश्य पुस्तागत खाडललाई कम गर्नु हो, जसले परम्परागत ज्ञान र अभ्यासहरूलाई युवा पुस्ताहरूले अँगालेको र संरक्षित गरेको सुनिश्चित गर्दछ। महोत्सवले सशक्तिकरणको माध्यमको रूपमा 'जिम्मेवार पर्यटन'-लाई पनि विस्तार गर्दै स्थानीयहरूका लागि वैकल्पिक जीविकोपार्जन सिर्जना गर्दछ। चुनिएर निकालिएका अनुभवात्मक प्राशिक्षण कार्यशाला र कार्यक्रमहरू मार्फत, गाउँ एउटा जीवित कक्षाकोठा बनेको छ जहाँ इतिहास, कृषि र संस्कृति निर्बाध रूपमा मिल्छ। भारत, नेपाल र दक्षिणपूर्व एसियाका केही भागहरूबाट युवाहरूका साथसाथै रचनात्मक अभ्यासकर्ताहरू, विषयगत विशेषज्ञहरूलाई आमन्त्रित गरेर, महोत्सवले परेङ्टारलाई जिम्मेवार ग्रामीण पर्यटनका लागि एक मोडेल गाउँमा रूपान्तरण गरेको छ, जसले सांस्कृतिक संरक्षण र सामाजिक-आर्थिक विकास सँगसँगै जान सक्छ भन्ने प्रमाणित गर्दछ।

परेङटारमा जीवन

पारेङटारको दैनिक जीवन रोमान्टिक दृष्टिकोणबाट टाढा तर पर्याप्त जीवनमय छ। बिहान सबेरै उठेर खेतालाहरूहरूसित (कृषि मजदुरहरू) जोडिन सकिन्छ।

सिक्किम र भुटानको नेउरा भेल्ली राष्ट्रिय निकुञ्जको बिचमा रहेको कालेबुङमा अवस्थित पारेङटारले एउटा विशिष्ठ भूपरिदृश्यबाट आफ्नो नाम पाएको छ - 'परेङ' जसको अर्थ बाँस र 'टार' जसको अर्थ समतल जमिन हो, जुन ठाडो पाहाड र पाहाडहरूको बिचमा अवस्थित छ। यो गाउँ मुख्यतया राई समुदायको घर हो। पारेङटारको दैनिक जीवन रोमान्टिक दृष्टिकोणबाट टाढा तर पर्याप्त जीवनमय छ। बिहान सबेरै उठेर खेतालाहरूहरूसित (कृषि मजदुरहरू) जोडिन सकिन्छ। खेतबारीको काम आयोजक परिवारले श्रमको बदलामा दिने गरिएको भोजसित समाप्त हुन्छ। यो परम्परागत तर अहिले सकिँदै गएको अभ्यास हो जसलाई ‘पर्मा’ भनिन्छ, किसानहरूमाझको वस्तु विनिमय प्रणाली जहाँ खेतबारीको श्रम मौद्रिक लेनदेन बिना तर सामूहिक भावनाका साथ आदानप्रदान गरिन्छ। समुदायले हरेक आइतबार ‘श्रमदान’ (स्वैच्छिक सामुदायिक कार्य) पनि अभ्यास गर्दछ, जसमा सफाइ अभियान, सडक निर्माण र घर निर्माण जस्ता गतिविधिहरू समावेश छन्। यस बाहेक, तिनीहरू बिरामी भएका परिवारहरूलाई आर्थिक सहयोग प्रदान गर्न पनि एकसाथ आउँछन्। परेङ्टारमा मुख्यतया स्कुल जाने कलिलाहरूको धेरै जनसङ्ख्या छ तर यहाँ 'ज्ञान रक्षक' भनेर चिनिने केही वृद्धहरूको घर पनि छ, जो पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै आउने मौखिक कथाहरूमा धनी छन्। परेङ्टारको जीवन र संस्कृतिमा डुब्ने यात्रा वास्तविक चाडपर्वको केही दिनअघि सबैभन्दा राम्रो अनुभव गर्न सकिन्छ, जब आगन्तुकहरूले सामाजिक कार्यमा योगदान दिन र चाडपर्वको तयारीमा सहयोग गर्न सक्छन्।

खेतबारीको काम आयोजक परिवारले श्रमको बदलामा दिने गरिएको भोजसित समाप्त हुन्छ। यो परम्परागत तर अहिले सकिँदै गएको अभ्यास हो जसलाई ‘पर्मा’ भनिन्छ, किसानहरूमाझको वस्तु विनिमय प्रणाली जहाँ खेतबारीको श्रम मौद्रिक लेनदेन बिना तर सामूहिक भावनाका साथ आदानप्रदान गरिन्छ।

बिहान खेतालाहरूको ताँती/ तस्बिर सौजन्य: खोले दाईँ महोत्सव

एउटा अनुभव: समुदाय, संस्कृति अनि कलाको तिन दिन

सहभागीहरूका लागि, ‘खोले दाईँ महोत्सव’ तिन दिने साम्वेगिक अनुभव हो जसले आगन्तुकहरूलाई ग्रामीण जीवन र सांस्कृतिक सम्पदाको लयमा डुबाउँछ।

'खोले दाईँ महोत्सव’ को विकास एउटा जैविक र सामूहिक यात्रा भएको छ। यो सांस्कृतिक संरक्षणका लागि जोसिला मानिसहरूको सानो समूहबाट सुरु भएको थियो, बिस्तारै धेरै व्यक्ति र संस्थाहरू सामेल हुँदै जाँदा यसले गति लिँदै गयो। वर्षौं वर्ष, सिप-साझेदारी कार्यशालाहरू, प्रत्यक्ष कला प्रदर्शनहरू, र दिगोपन विमर्शहरू जस्ता नयाँ तत्त्वहरूसमावेश गर्दै महोत्सव विकसित हुँदै गयो। प्रत्येक संस्करण त्यसअघिकाबाट नै निर्मित हुँदै आएका छन्, जसले परम्परामा जरा भासिएको महोत्सव गतिशील रहन्छ भन्ने कुरा सुनिश्चित गर्दछ।सहभागीहरूका लागि, ‘खोले दाईँ महोत्सव’ तिन दिने साम्वेगिक अनुभव हो जसले आगन्तुकहरूलाई ग्रामीण जीवन र सांस्कृतिक सम्पदाको लयमा डुबाउँछ।

उत्सवमा रमाइरहेका बुबा र छोरी/ तस्बिर सौजन्य: खोले दाईँ महोत्सव

दिउँसो गाउँका बूढापाकाहरूसँग घाम ताप्दै बिताउन सकिन्छ, जसले कठिनाइहरूको मौखिक इतिहास, सीमापार चल्ने प्रेम कथाहरू, लोककथा र मिथकहरू साझा गर्छन्। सूर्यास्त हुँदै जाँदा, महोत्सव न्यानोपन र सौहार्दताको ठाउँमा परिणत हुन्छ, जहाँ प्रायः साँझदेखि बिहानसम्म आगन्तुकहरू, सङ्गीतकारहरू र समुदायका कथावाचकहरू भेला हुन्छन्।

अथितिहरूले गाउँमा निर्देशित पदयात्राद्वारा घुम्न सक्छन्, स्वच्छ नदी अथवा खोलामा पौडिन सक्छन् अनि खेताला (कृषि मजदुर) भएर पनि योगदान दिन सक्छन्। पक्षी अवलोकनकर्ताहरूका लागि, बिहानको पैदल यात्राले नउरा उपत्यकाको जङ्गलको जीवन्त जैविक विविधतासँग शान्त भेटघाट प्रदान गर्दछ। दिउँसो गाउँका बूढापाकाहरूसँग घाम ताप्दै बिताउन सकिन्छ, जसले कठिनाइहरूको मौखिक इतिहास, सीमापार चल्ने प्रेम कथाहरू, लोककथा र मिथकहरू साझा गर्छन्। सूर्यास्त हुँदै जाँदा, महोत्सव न्यानोपन र सौहार्दताको ठाउँमा परिणत हुन्छ, जहाँ प्रायः साँझदेखि बिहानसम्म आगन्तुकहरू, सङ्गीतकारहरू र समुदायका कथावाचकहरू भेला हुन्छन्।

बिहान टहलिँदै पक्षी अवलोकनकर्ताहरू / तस्बिर सौजन्य: खोले दाईँ महोत्सव

महोत्सव स्थल नेउरा उपत्यका राष्ट्रिय निकुञ्जको मनमोहक पृष्ठभूमिमा स्थापित धानखेत हो। यहाँ, लोक र समकालीन सङ्गीतमय कार्यक्रमहरूसँगै, विविध पूर्वी हिमाली समुदायका परम्परागत नृत्य प्रस्तुतिहरू केन्द्रबिन्दु बन्छन्। राई, लिम्बू, लेप्चा, नेवार, शेर्पा, भुटिया, संथाल र मङ्गर लगायत किराती र खस समूहहरूको प्रस्तुतिले यस क्षेत्रको समृद्ध सांस्कृतिक विविधता प्रदर्शन गर्दछ।

नौमती बाजा बजाउँदै सङ्गीतकारहरू / तस्बिर सौजन्य: खोले दाईँ महोत्सव

महोत्सव स्थल नेउरा उपत्यका राष्ट्रिय निकुञ्जको मनमोहक पृष्ठभूमिमा स्थापित धानखेत हो। यहाँ, लोक र समकालीन सङ्गीतमय कार्यक्रमहरूसँगै, विविध पूर्वी हिमाली समुदायका परम्परागत नृत्य प्रस्तुतिहरू केन्द्रबिन्दु बन्छन्।

वर्षौँदेखि, महोत्सवले विपुल क्षेत्री, पूर्ण राई, नाइट, वार्ता गन्धर्व, झुमा लिम्बू, सोफियम, र गाउँले भाइ जस्ता प्रसिद्ध कलाकारहरूका साथै परेङ्टार र नजिकैका क्षेत्रका उदीयमान स्थानीय कलाकारहरू, जसमा अञ्जली राई, हेनरी र चार्ल्स राई, प्रजित र सङ्घी, असोक स्कुल अफ म्युजिक, हाउस अफ म्युजिक, र टेबरनेकल्स आदिका प्रस्तुतिहरू आयोजना गर्दै आएको छ। सबैलाई एकै मञ्चमा ल्याउने लक्ष्य भनेको स्थानीय युवाहरूलाई उनीहरूको प्रतिभालाई अँगाल्न र आफ्नोपनको भावना विकास गर्न प्रेरित गर्नु हो।


स्थानीय परम्पराको महोत्सव

२०२४ मा खोले दाईँ महोत्सवको चौथो संस्करणले समुदाय-केन्द्रित दिगो खेती, आदिवासी शिल्प, फोहोर व्यवस्थापन, र लिङ्ग, महिनावारी स्वास्थ्य, र थपमा विषयगत सत्रहरूमा अन्तरक्रियात्मक कार्यशालाहरू प्रस्तुत गर्‍यो।

महोत्सवमा राखिएका खानाका पसलहरू परेङ्टारको पाककला सम्पदाप्रतिको सम्मान हो, जहाँ किनेमा , सेल रोटी , र चामल र कोदो -बाट बनेका विभिन्न प्रकारका खाना र पेय पदार्थहरू जस्ता घरेलु स्वादिष्ट परिकारहरू उपलब्ध छन्।

खाद्य पसलको भिड / तस्बिर सौजन्य: खोले दाईँ महोत्सव

अझ बडी, कलाकारहरू, उद्यमीहरू, र कृषि-आधारित उत्पादकहरूका लागि पसलहरूले ज्ञान आदानप्रदान र नेटवर्किङलाई बढाउने बजार सिर्जना गर्दछ। परम्परागत कृषि सङ्ग्रहालयले रोप्नेदेखि फसल काट्नेसम्म प्रत्येक चरणमा प्रयोग हुने विभिन्न प्रकारका बीउ, बाली र उपकरणहरू प्रदर्शन गर्दै वार्षिक खेती चक्र देखाइदिन्छ।

झारखण्डबाट वन्य फसल, उनीहरूको पोषण-समृद्ध महुआ उत्पादनहरू प्रदर्शन गर्दै / फोटो सौजन्य: खोले दाईँ महोत्सव

२०२४ मा खोले दाईँ महोत्सवको चौथो संस्करणले समुदाय-केन्द्रित दिगो खेती, आदिवासी शिल्प, फोहोर व्यवस्थापन, र लिङ्ग, महिनावारी स्वास्थ्य, र थपमा विषयगत सत्रहरूमा अन्तरक्रियात्मक कार्यशालाहरू प्रस्तुत गर्‍यो।

परम्परागत ज्ञान अनि अभ्यासहरूमाथि विमर्श

परेङटार समुदाय र आगन्तुकहरूसँगका जकु का सत्रहरूले आददवासी संस्कृतिहरू, परम्परागि
ज्ञान र प्रत्तवर्धहरूको संरिण, र बढ्दो वैश्वीकरण भएको संसारमा अनुकूलनका लागि
रणनीतिहरूबारे जानकारी गरायो।

महोत्सवमा रिको जुक जस्ता प्रख्यात विज्ञहरू उपस्थित थिए, जो एक स्थायी संस्कृतिविद् हुन् जसले वातावरणीय र सांस्कृतिक रूपमा दिगो जीवन प्रणाली विकास गर्न विश्वव्यापी समुदाय र संस्थाहरूसँग सहकार्य गर्छन्। परेङटार समुदाय र आगन्तुकहरूसँगका उनका सत्रहरूले आदिवासी संस्कृतिहरू, परम्परागत ज्ञान र प्रविधिहरूको संरक्षण, र बढ्दो वैश्वीकरण भएको संसारमा अनुकूलनका लागि रणनीतिहरूबारे जानकारी गरायो।

परम्परागत अभ्यासहरूको संरक्षणको महत्त्वका बारेमा बोल्दै रिको जुक / फोटो सौजन्य: खोले दाईँ महोत्सव

अर्का प्रमुख वक्ता OOO फार्मका सह-संस्थापक शैलेश अवटे थिए, जसले भारतीय कृषि समुदायलाई सशक्त बनाउन दिगो, रसायनमुक्त कृषिको वकालत गर्छन्। उनले चामल, दाल र कोदो जस्ता उच्च गुणस्तरका अन्न उत्पादन गर्न स्वदेशी बीउ र परम्परागत खेती अभ्यासहरूलाई पुनर्जीवित गर्ने बारेमा कुरा राखे।

अर्का प्रमुख वक्ता OOO फार्मका सह-संस्थापक शैलेश अवटे थिए, जसले भारतीय कृषि समुदायलाई सशक्त बनाउन दिगो, रसायनमुक्त कृषिको वकालत गर्छन्।

सबैका लागि कलात्मक अभिव्यक्ति

नेपालको 'देही आर्ट्स' र दार्जिलिङको 'फ्लोस्टेट' द्वारा सञ्चालित सत्रहरू रहेको कला र शिल्प कार्यशालाहरू अर्को आकर्षण हुन्।

नेपालको 'देही आर्ट्स' र दार्जिलिङको 'फ्लोस्टेट' द्वारा सञ्चालित सत्रहरू रहेको कला र शिल्प कार्यशालाहरू अर्को आकर्षण हुन्। यस वर्ष, बालबालिका र वयस्क दुवैका लागि 'गथान कलेक्टिभ' द्वारा सुसाध्य माटो कार्यशालाहरू सुरु गरिएको थियो। यससितै, सिक्किममा बस्ने पोलिस भिजुवल कलाकार मारिया म्याग्डालेना मलेन्टाले 'न्यूरोग्राफिक आर्ट कार्यशाला' को नेतृत्व गरिन्, जसले सहभागीहरूलाई गहिरो ध्यान र आत्मनिरीक्षण गर्ने कलात्मक अनुभव प्रदान गर्‍यो।


यसको मूलमा दिगोपन

शून्य-फोहोर, प्लास्टिक-मुक्त लोकाचारका लागि दृढ यस महोत्सवले स्थानीय रूपमा प्राप्त गरिएका प्राकृतिक सामग्रीहरू, पुन: प्रयोगयोग्य सम्पदाहरू, र दिगो विधिहरू प्रयोग गरेर परम्परागत पर्यावरण-मैत्री अभ्यासहरूको समर्थन गर्दछ।सम्पूर्ण महोत्सवको पूर्वाधार विशेष रूपमा बाँस, घाँस, र प्राकृतिक रूपमा रङ्गिएको कपडाबाट बनाइएको छ। स्टुडियो इन्टरविभ, विन्डहर्स, र आपतकालीन अभ्यास कार्यालयका विशेषज्ञ वास्तुकारहरू र डिजाइनरहरूसँग उल्लेखनीय सहकार्य मार्फत यो दृष्टिकोणलाई जीवन्त बनाइएको छ।

शून्य-फोहोर, प्लास्टिक-मुक्त लोकाचारका लागि दृढ यस महोत्सवले स्थानीय रूपमा प्राप्त गरिएका प्राकृतिक सामग्रीहरू, पुन: प्रयोगयोग्य सम्पदाहरू, र दिगो विधिहरू प्रयोग गरेर परम्परागत पर्यावरण-मैत्री अभ्यासहरूको समर्थन गर्दछ।


युवाहरूको सशक्तिकरण: परिवर्तनका वाहकहरू

‘खोले दाईँ महोत्सव’ को एउटा परिभाषित विशेषता युवा सशक्तिकरणप्रति प्रतिबद्धता हो। वर्षौंदेखि, महोत्सवले स्थानीय युवाहरूलाई सामुदायिक परिचालन, कार्यक्रम व्यवस्थापन, र जिम्मेवार पर्यटनमा अमूल्य व्यावहारिक अनुभव प्रदान गरेको छ। परेङ्टार र छिमेकी गाउँका युवा स्वयंसेवकहरूले रसद समन्वय, फोहोर व्यवस्थापन प्रणाली डिजाइन, सजावटको शिल्प, र सांस्कृतिक आदानप्रदान आदिमा समन्वय गर्दै महोत्सव सञ्चालनमा नेतृत्वकारी भूमिका लिन्छन्।

२०२४ मा, महोत्सवले उत्तर र उत्तरपूर्वी भारतका १३ युवा आकांक्षी 'सामुदायिक बुनकरहरू' लाई एकसाथ ल्याएर 'थ्रेड अफ चेन्ज' कार्यक्रम सुरुवात गर्‍यो।यस पहलले विशेष गरी परेङ्टारका स्थानीय युवाहरूसँग अर्थपूर्ण ज्ञान आदानप्रदानलाई मलजल गर्‍यो।

पहिलो थ्रेड्स अफ चेन्ज समूह / तस्बिर सौजन्य: खोले दाईँ महोत्सव २०२४

२०२४ मा, महोत्सवले उत्तर र उत्तरपूर्वी भारतका १३ युवा आकांक्षी 'सामुदायिक बुनकरहरू' लाई एकसाथ ल्याएर 'थ्रेड अफ चेन्ज' कार्यक्रम सुरुवात गर्‍यो। यस पहलले विशेष गरी परेङ्टारका स्थानीय युवाहरूसँग अर्थपूर्ण ज्ञान आदानप्रदानलाई मलजल गर्‍यो। दिगोपनमा नवोन्मेश अघि बढाउने आफ्नो अभियानको एउटा भागको रूपमा, कार्यक्रमले समुदाय-आधारित नेतृत्वका लागि महत्त्वपूर्ण ज्ञान, सिप र मनोवृत्ति परिवर्तनहरूले सुसज्जित गर्ने प्रभावकारी यात्राहरू मार्फत युवा नेताहरूको नयाँ पुस्ताको विकास गर्ने लक्ष्य राखेको छ।

थ्रेड्स अफ चेन्ज कार्यक्रमका युवा परिवर्तनकारीहरू गाउँका बूढापाकाहरूसँग हात मिलाएर नाच्दै 'धान नाच' -को आनन्द लिँदै / तस्बिर सौजन्य: खोले दाईँ महोत्सव २०२४

यो अनुभवात्मक शिक्षा महोत्सवभन्दा धेरै टाढासम्म फैलिएको छ। सामुदायिक बुनकरहरू सरल, नवीन र दिगो समाधानहरूको समर्थन गर्दै सांस्कृतिक र वातावरणीय संवेदनशीलतालाई कायम राख्ने सक्रिय नागरिकहरूको रूपमा आफ्नो समुदायमा फर्कन्छन्।

यो अनुभवात्मक शिक्षा महोत्सवभन्दा धेरै टाढासम्म फैलिएको छ। सामुदायिक बुनकरहरू सरल, नवीन र दिगो समाधानहरूको समर्थन गर्दै सांस्कृतिक र वातावरणीय संवेदनशीलतालाई कायम राख्ने सक्रिय नागरिकहरूको रूपमा आफ्नो समुदायमा फर्कन्छन्। महोत्सवले मानसिक स्वास्थ्य, लैङ्गिक अधिकार र वातावरणीय दिगोपनमा अन्तरपुस्ता विमर्श र विषयगत कार्यशालाहरूलाई पनि एकीकृत गर्दछ, जसले सांस्कृतिक पुनरुत्थानवादभन्दा बाहिर यसको प्रभावलाई विस्तार गर्ने महत्त्वपूर्ण कुराकानीहरूक लागि ठाउँ सिर्जना गर्दछ। हामीले यी महत्वाकांक्षी परिवर्तनकर्ताहरूलाई स्वास्थ्य, जीविकोपार्जन, शिक्षा, कृषि, जलवायु लचिलोपन, र परम्परागत ज्ञान जस्ता प्रमुख विषयवस्तुहरूको अन्वेषण गर्दै, धेरै स्तरहरूमा समुदायसँग विविध रूपमा संलग्न भएको देखेका छौँ। थप, तिनीहरूले २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म वार्षिक रूपमा हुने लिङ्ग-आधारित हिंसा विरुद्धको विश्वव्यापी आन्दोलन, '१६ दिनको सक्रियता' का लागि युवा अभियान आयोजना गरे। तिनीहरूले यो अभियानलाई सबै उमेर समूहहरूको समावेशी आन्दोलन बनाउँदै पारेङ्टारको सांस्कृतिक र सामाजिक सन्दर्भभित्र कसरी मिलाए, यो हेर्नु रोचक थियो। एकजना व्यक्ति, नितिन महोदयले महोत्सवको समयमा समलैङ्गिक समुदायका लागि 'रेनबो स्काइज' शीर्षकको एक सर्वेक्षण आयोजना गरे र कार्यशाला सञ्चालन गरे, जसले महोत्सवको समावेशीताप्रतिको प्रतिबद्धतालाई अझ प्रकाश पार्‍यो।

हामीले यी महत्वाकांक्षी परिवर्तनकर्ताहरूलाई स्वास्थ्य, जीविकोपार्जन, शिक्षा, कृषि, जलवायु लचिलोपन, र परम्परागत ज्ञान जस्ता प्रमुख विषयवस्तुहरूको अन्वेषण गर्दै, धेरै स्तरहरूमा समुदायसँग विविध रूपमा संलग्न भएको देखेका छौँ।


‘थ्रेड्स अफ चेन्ज’ समूहले स्थानीय युवाहरूसँग मिलेर महोत्सवभित्र कोष सङ्कलन अभियान पनि सुरु गर्‍यो। तिनीहरूले पी सुटर्स लगायत पुरानो बाल्यकालका झल्को आउने खेलहरू प्रस्तुत गर्ने पसल स्थापना गरे, लेमोनेड बेचे, कलाकृति प्रदर्शन गरे, र विभिन्न सामुदायिक पहलहरूका लागि कोष जुटाउन क्यारिकेचर अथवा पोलारोइड फोटोहरू पेस गरे।

एक समर्थवान् मोडल गाउँतर्फ

यसको विकासमा, परेङ्टार एक विश्वव्यापी समुदायमा परिणत भएको छ जहाँ स्थानीय परम्पराहरू निर्बाध रूपमा विश्वव्यापी दृष्टिकोणसँग एकीकृत हुन्छन्, जसले सम्पदा संरक्षणसँग प्रगति सन्तुलन गर्न प्रयासरत ग्रामीण क्षेत्रहरूका लागि एउटा आकर्षक खाका प्रदान गर्दछ।

‘खोले दाईँ महोत्सव’ को विशेषता रहेको जिम्मेवार पर्यटन मोडलले वर्षौंदेखि पारेङ्टारमा ठोस लाभहरू ल्याएको छ। आगन्तुकहरूको वृद्धिले स्थानीय होमस्टेहरूलाई प्रोत्साहन मिलेको छ, परिवारहरूका लागि दिगो आय अवसरहरू सिर्जना गरेको छ, जबकि बिर्सिएका परम्पराहरूको पुनरुत्थानले भावी पुस्ताहरूका लागि परम्परागत ज्ञानको संरक्षण सुनिश्चित गरेको छ। साथै, दिगो पर्यटनप्रति महोत्सवको प्रतिबद्धताले परेङ्टारलाई वातावरणीय व्यवस्थापनका लागि एक मोडलको रूपमा स्थापित गरेको छ, जसले अन्य गाउँहरूलाई समान पर्यावरण-सचेत अभ्यासहरू अपनाउन प्रेरित गरेको छ। यसको विकासमा, परेङ्टार एक विश्वव्यापी समुदायमा परिणत भएको छ जहाँ स्थानीय परम्पराहरू निर्बाध रूपमा विश्वव्यापी दृष्टिकोणसँग एकीकृत हुन्छन्, जसले सम्पदा संरक्षणसँग प्रगति सन्तुलन गर्न प्रयासरत ग्रामीण क्षेत्रहरूका लागि एउटा आकर्षक खाका प्रदान गर्दछ।

परेङ्टार नौलो उमङ्ग कल्याण समाज / फोटो सौजन्य: खोले दाई महोत्सव

सहकार्यको शक्ति

‘खोले दाईँ महोत्सव’ सामूहिक प्रयासको शक्तिको प्रमाण हो, जसले सांस्कृतिक संरक्षण, पुनरुत्थान र दिगोपनका निम्ति समुदायको आकांक्षाप्रति प्रतिबद्ध व्यक्तिहरू, उद्यमहरू र संस्थाहरूलाई एकसाथ ल्याउँछ।

‘खोले दाईँ महोत्सव’ सामूहिक प्रयासको शक्तिको प्रमाण हो, जसले सांस्कृतिक संरक्षण, पुनरुत्थान र दिगोपनका निम्ति समुदायको आकांक्षाप्रति प्रतिबद्ध व्यक्तिहरू, उद्यमहरू र संस्थाहरूलाई एकसाथ ल्याउँछ। परेङ्टार नौलो उमङ्ग कल्याण समाज, 'मुहान' र 'क्याफे कालिम्पोङ' -द्वारा आयोजित, यो महोत्सव निर्बाध यात्रा, न्यानो आतिथ्य, सेफ्टी प्रोटोकल र गुणस्तर व्यवस्थापन सुनिश्चित गर्ने हस्पिटालिटी पार्टनरहरूको बढ्दो सञ्जालसँगै तिनीहरूका डिजाइन पार्टनरहरूको रचनात्मक दृष्टिकोणमा फस्टाउँछ। नलेज पार्टनरहरूले पनि नवीन हस्तक्षेपहरू, स्रोत समर्थन, र ज्ञानको साझेदारी मार्फत युवा विकास, सामाजिक परिवर्तन, र दिगोपनमा बहुमूल्य विशेषज्ञता थपिदिएको छ। सँगै, यी साझेदारीहरूले अझ सामर्थ्यवान् र अन्तरसम्पर्कित संसारतर्फको अग्रगमनका रूपमा महोत्सवको जग बसाएको छ।

साझेदारहरू र सहयोगीहरूलाई सम्मान जनाइँदै / तस्बिर सौजन्य: खोले दाईँ महोत्सव

चुनौतीहरू

आयोजकहरूले सामना गर्ने प्रमुख बाधाहरूमध्ये एउटा परम्परालाई आधुनिकतासँग सन्तुलन गर्नु, साथै महोत्सवलाई धेरै दर्शकहरूका लागि आकर्षक पनि बनाउँदै यसको प्रामाणिकता कसरी जोगाउने भन्ने हो।

महोत्सव फस्टाएको छ, तर यसका चुनौतीहरू बेगर पनि होइन। आयोजकहरूले सामना गर्ने प्रमुख बाधाहरूमध्ये एउटा परम्परालाई आधुनिकतासँग सन्तुलन गर्नु, साथै महोत्सवलाई धेरै दर्शकहरूका लागि आकर्षक पनि बनाउँदै यसको प्रामाणिकता कसरी जोगाउने भन्ने हो। पूर्वाधार सीमितता, कोषको अवरोध र अप्रत्याशित मौसमी अवस्थाले पनि आयोजनका विभिन्न पक्षहरूमा कठिनाइहरू निम्त्याउँछ। थप, महोत्सवका दिनहरूभन्दा उता वर्षभरि सामुदायिक संलग्नतालाई कायम राख्नु चुनौती नै रहन्छ, जसका लागि सबै सरोकारवालाहरूबाट निरन्तर सम्वाद र प्रतिबद्धता आवश्यक पर्दछ।

भविष्य

‘खोले दाईँ महोत्सव’ केवल एक कार्यक्रम मात्र होइन, यो समुदायको सामर्थ्यको जीवन्त अभिव्यक्ति हो। सांस्कृतिक सम्पदा केवल विगतको संरक्षणको बारेमा मात्र होइन तर परिवर्तनमा अनुकूलन गर्ने र भविष्यलाई आकार दिने बारेमा पनि हो भनेर यसले हामीलाई सम्झाउँछ।

‘खोले दाईँ महोत्सव’ केवल एक कार्यक्रम मात्र होइन, यो समुदायको सामर्थ्यको जीवन्त अभिव्यक्ति हो। सांस्कृतिक सम्पदा केवल विगतको संरक्षणको बारेमा मात्र होइन तर परिवर्तनमा अनुकूलन गर्ने र भविष्यलाई आकार दिने बारेमा पनि हो भनेर यसले हामीलाई सम्झाउँछ। महोत्सव विकसित हुँदै जाँदा, समुदायसँग भविष्यका लागि महत्वाकांक्षी योजनाहरू छन्। यसमा अर्थपूर्ण सहकार्यलाई बढावा दिने, युवा-केन्द्रित कार्यक्रमहरू विस्तार गर्ने, परेङ्टारलाई एउटा आदर्श गाउँ बनाउन जैविक सांस्कृतिक संरक्षणका निम्ति नीतिगत वकालतलाई सुदृढ पार्ने, र चाडपर्वको मौसमभन्दा बाहिरको विकासलाई दिगो बनाउने, वर्षभरि समुदाय-नेतृत्वको पर्यटन पहलहरू विकास गर्ने समावेश छ। परेङ्टारका मानिसहरूका निम्ति, यो महोत्सव उनीहरूको सामूहिक भावनाको प्रमाण हो - पहिचान पुन: प्राप्त गर्ने, सामर्थ्यलाई पोषण गर्ने र समुदायको शक्ति मनाउने आन्दोलन हो। आधारभूत र रूपान्तरणकारी दुवै अनुभव खोज्नेहरूका लागि, परेङ्टार खुला अँगालोसित अनि कथाहरू सुनाउन पर्खिरहेका छन्।

गतिविधिहरूमा संलग्न सहभागीहरू / फोटो सौजन्य: खोले दाईँ महोत्सव

आधारभूत र रूपान्तरणकारी दुवै अनुभव खोज्नेहरूका लागि, परेङ्टार खुला अँगालोसित अनि कथाहरू सुनाउन पर्खिरहेका छन्।

हाम्रा साझेदारहरूप्रति आभार व्यक्त गर्दै


हामी हाम्रा साझेदारहरूप्रति गहिरो आभारी छौँ जसले हरेक फसलसँगै निरन्तर बढ्दै जान्छन्:
आयोजकहरू: पारेङ्तार नौलो उमङ्ग वेलफेयर सोसाइटी, मुहान, र क्याफे कालिम्पोङ
डिजाइन साझेदारहरू: स्टुडियो इन्टरविभ, अफिस अफ इमर्जेन्ट प्रैक्टिसेस, र विन्डहर्स
समुदाय साझेदारहरू: ट्याग अलङ, मुनबिम फार्मस्टे, येलबोङ एडभेन्चर क्याम्प, OOO फार्म्स, वाइल्ड हार्वेस्ट, बोजु स्टोर, ठिकाना बाई मुलाकात, N.V.S सोसाइटी, ब्याकवुड्स एडभेन्चर क्याम्प
ज्ञान साझेदारहरू: प्रवाह, कम्युटिनी, DLR प्रेरणा, द अर्थ सर्कल, वन मिलियन लिडर्स एसिया प्यासिफिक, नेलिस ग्लोबल
ट्राभल साझेदारहरू: सफर बाई मुलाकात, एनक्याम्प एडभेन्चर, ब्लू ड्र्यागन एडभेन्चर एन्ड ट्राभल्स
एक परम्परागत राई नृत्य प्रदर्शन / फोटो सौजन्य: खोले दाईँ महोत्सव

परम्परागत राई साकेला नृत्य प्रस्तुति / तस्बिर सौजन्य: खोले दाई महोत्सव


  • लेखमा भएका सबै तस्बिरहरू खोले दाई महोत्सवको सौजन्यमा हुन्। केही तस्बिरहरू १३-१५ डिसेम्बर २०२४ महोत्सवका हुन्, जबकि अरू फरक वर्षका हुन्। तस्बिरहरूको सही मितिहरू साझा गर्न नसकेकोमा हामी क्षमा चाहन्छौं।
Translated by: टिका राई
About the Author

निहाल राज प्रधान दार्जिलिङका एक रचनात्मक अभ्यासकर्ता र विकास क्षेत्रका प्रोफेसनल हुन्। इन्डियन स्कुल अफ डेभलपमेन्ट म्यानेजमेन्टका पूर्व विद्यार्थी, उनले जमिनी सङ्गठनहरू र युवा-नेतृत्वको पहलहरूसँग व्यापक रूपमा काम गरेका छन्। समुदाय निर्माण र सामाजिक नवप्रवर्तनप्रतिको उनको जोसले उनलाई विविध युवा समुदायहरूको 'ग्लोकल' नेटवर्क, द अर्थ सर्कल प्राप्तितिर लिएर गयो। पर्माकल्चरमा पृष्ठभूमि भएका, उनी दिगोपन र जलवायु कार्यप्रति गहिरोसित प्रतिबद्ध छन्। उनी दिगो पर्यटन मार्फत पूर्वी हिमालयमा जलवायु-जोखिममा परेका समुदायहरूलाई समर्थन गर्ने युवा समूह, मुहानका संस्थापक साझेदार पनि हुन्। २०२३ मा, उनले फ्युचर इज नाउ - च्याम्पियन अफ चेन्ज फर क्लाइमेट एक्सन अवार्ड प्राप्त गरे। हाल दिल्लीमा आधारित, उनी ३० वर्ष पुरानो युवा विकास संस्था प्रवाहको हिस्सा हुन्, जहाँ उनले आफ्नो नेतृत्व र रचनात्मक खोजहरू विस्तार गर्न जारी राखेका छन्। उनी विश्वव्यापी रूपमा युवा-नेतृत्वको पहलहरूमा संलग्न हुँदै, वन मिलियन लिडर्स- एसिया प्यासिफिक फेलोसिपका पूर्व विद्यार्थी पनि हुन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram