Menu

थोलुङ गुम्बामा कमसिल

थोलुङ गुम्बा अप्पर जङ्गु, कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जको बफर जोनमा अवस्थित छ। रिगजिन छोदुब्लिङ नामले पनि चिनिने यो गुम्बा सिक्किमकै सर्वाधिक प्रतीक्षित गुम्बाहरू मध्ये एक हो। त्यो यही गुम्बा हो जहाँ पौराणिक लेख, धार्मिक वस्तु अनि उहिलेका लामा अनि छोग्यालका चीजबीजजस्ता आध्यात्मिक अवशेष राखिएको छ। छोग्याल तेन्जिङ नामग्याल(१७६९-१७९३)को शासनको समय जतिबेला राजमहल उत्तर सिक्किमको राबदेन्त्सेमा थियो, हमलाको त्रासमा पाँचौँ ल्हात्सुन पेमा दिच्छेन ग्यात्सोले सन् १७८८ मा थोलुङ गुम्बा निर्माण गरे अनि दुब्दे अनि साङगाग छोलिङ गुम्बाका सारा बहुमुल्य वस्तु यहाँ ल्याउने काम गरे।

ल्हात्सुन पेमा दिच्छेन ग्यात्सोले तिब्बतसम्मको यात्रा गरेका थिए जहाँ उनले दुई लामा ताग्ये साम्बो अनि जो सोङपोनलाई सम्पत्तिको देखभाल गर्नाका निम्ति चयन गरे। छोटो समयको निम्ति यी दुई लामाहरू नेपालको वालुङमा बसेपछि ल्हात्सुन पेमा दिच्छेन ग्यात्सोले यिनीहरूलाई थोलुङ पठाए। यी लामाहरूको वंशजले सन् १९४० को दसकसम्म व्यवस्थापकको रूपमा यी अवशेषहरूको रखवाली गरिरहे। त्यसपछि  सिक्किम सरकारको धार्मिक विभागले यसको जिम्मेवारी लियो।

Tholung monastery after the 2011 earthquake

थोलुङ गुम्बाको महत्व साधारण जनतालाई सम्झाउनको निम्ति उनीहरूले कथालाई दोहोऱ्याएर भन्ने अनौठो तरिका फेला पारेका छन्। कमसिल अनुष्ठानको समय गुम्बाको उत्पति अनि सिक्किममा बौद्ध धर्मको स्थापनाको कथालाई नाटकमार्फत अभिव्यक्त गरिन्छ।

थोलुङको ठण्डा जलवायु अनि ओसको कारण कलाकृतिहरूको संरक्षण गर्न अनुकुल हुँदैन, जसको कारण हरेक तीन वर्षको अप्रेल महिनामा कमसिल नामको विशेष अनुष्ठान अनुरूप यी किमती वस्तुहरूलाई बाहिर घाममा निकालिन्छ। अनुष्ठानको समय कलाकृतिहरूलाई साधारण जनता अगाडि अनावरण पनि गरिन्छ।

Preparation for the Kamsil ceremony

थोलुङ गुम्बाको महत्व साधारण जनतालाई सम्झाउनको निम्ति उनीहरूले कथालाई दोहोऱ्याएर भन्ने अनौठो तरिका फेला पारेका छन्। कमसिल अनुष्ठानको समय गुम्बाको उत्पति अनि सिक्किममा बौद्ध धर्मको स्थापनाको कथालाई नाटकमार्फत अभिव्यक्त गरिन्छ।। कथावाचकले संक्षिप्तमा कथा यसरी दोहोऱ्याउँछन् कि कसरी सम्पत्तिको सुरक्षामाथि ल्हात्सुन पेमा दिच्छेन ग्यात्सो चिन्तित थिए, कसरी उनी छोग्याललाई भेट्न गए अनि अतिक्रमणकारी गोर्खा सेनाबाट ती चिजबीचलाई सुरक्षीत राख्न छोग्याल समक्ष सल्लाह राखे। कसैले आफ्नो सम्पत्तिमाथि हात लगाउने आँट गर्न सक्दैन भनेर जब छोग्यालले जवाब दिए, लामाले आफ्नो सम्पत्ति छुट्याए अनि त्यसको निम्ति एउटा सुरक्षित स्थानको खोजीमा निस्किए। सम्पत्तिको निम्ति सुरक्षीत ठाउँ खोज्न बाक्लो जङ्गलमा चराहरूको गीतसहित वृहत पाहाड पर्वत नाघेर, गहिरो खोला अनि खोल्सा तरेर उनले यात्रा निरन्तर गरे।

सम्पत्तिलाई सुरक्षित राख्नको निम्ति गुम्बा स्थापना गर्ने उनको निवेदनलाई स्थानीय देवी-देवताले स्वीकार गर्छन् भन्ने कुरामा लामालाई आश्वस्त हुनु थियो। सकारात्मक सन्देशको निम्ति लामाले उनीहरूसँग आह्वान गरे। अन्तिम स्वीकृति अगाडि उनले आफ्नो दोर्जी( वज्रपात अथवा अक्षयताको प्रतिक मानिने एक धार्मिक वस्तु) जमिनमा गाडे अनि स्थानीय देवी देवताले उनको निवेदन स्वीकार गरेको अथवा नगरेको जान्न बिहानसम्म पर्खेर बसे। अर्को बिहान लामाले दोर्जीलाई जमिनबाट बाहिर निस्किरहेको भेटे। अर्थात उनलाई त्यस ठाउँमा स्वागत गरिएन। जबसम्म उनी थोलुङ आइपुगेनन्, पाहाड अनि खोलाहरू नाघ्दै अघि बढिरहे। थोलुङ आइपुगेपछि उनले जमिनको मालिकलाई झ्याली-झ्याम्टाको आवाजमा नाचेर उत्सव मनाइरहेको देखे। तर जब उनीहरू जमिनको मालिकतर्फ बढे, मानिसहरूले उनीहरूलाई रोके। यस परिस्थितिको सामना गर्न परेपछि लामाले आफ्नो उपस्थितिको औचित्य बताए जो अतिक्रणकारीहरूको पहुँचबाट आफ्नो सम्पत्ति सुरक्षित ठाउँमा राख्नु मात्र थियो।

थिभोङ फिसिक नामको एक लेप्चाले टाढाबाट लामाले आफ्नो दोर्जी जमिनमा गाडिरहेको देखे। उनले आफैलाई लुकाएर लामा अनि उनको समूहको गतिविधिमाथि नजर बनाइरहे। स्थानीय देवताहरूले उनको निवेदनलाई स्वीकार गर्ने हुन् अथवा होइनन् भनेर बुझ्न उनीहरूले रातभरि पर्खिरहे।

अर्को बिहान उनीहरूको भेट भयो। लामाको सुरक्षित स्थान खोज्ने अभियानबारे थिभोङ फिसिकलाई जनाइयो। दोर्जी जमिनमा गाडिएकै अवस्थामा भेटेपछि यसले देवताहरूबाट स्वीकृति मिलिसकेको बुझायो। थिभोङ फिसिकले लामालाई आफ्नो सम्पत्ति राख्ने अनुमति दिन मात्र होइन, तर खाद्य वनस्पती अनि जराहरू चिनाएर जङ्गलमा बाँच्ने उपाय समेत सिकाए।  

थोलुङ गुम्बा एक महत्वपूर्ण ऐतिहासिक थलो हो जहाँ स्थानीय देवता अनि मानिसहरूले नयाँ धर्मलाई स्वीकार गरेका थिए अनि पवित्र धार्मिक सम्पत्तिले अन्त्यमा सुरक्षित स्थान पाएको थियो।

अनुवादक: लेखनाथ छेत्री

Translated by: टीका ‘भाइ’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram