गाङग्याप पश्चिम सिक्किमको एक सानो गाउँ हो। भूटिया भाषामा यसको अर्थ हुन्छ पाहाडदेखि पनि उता, एउटा नाम जसले यसको विकटतालाई सङ्केत गर्दछ। धेरै कम मानिसहरू, राज्यभित्रका सम्मले यो विकट सानो गाउँबारे थोरै सुनेका छन्। तर यो केही वर्ष अघि अचानक परिवर्तन भयो, जसको निम्ति स्कुलको महिला बास्केटबल टोली अनि उनिहरूका प्रधान अध्यापकलाई आभार प्रकट गर्न सकिन्छ।
सिद्धार्थ योन्जन गाङग्याप अवस्थित एकलव्य मोडल रेसिडेन्सियल स्कुलका सरल अनि नम्र प्रधान अध्यापक हुन्। पहिले उनले अङ्ग्रेजी शिक्षकका रूपमा सरकारी पाठशाला मंगलबारेमा अध्यापन गर्थे। उनको कार्यावधि समाप्त भयो त्यसपछि उनले नेसनल एलीजिबिलिटी टेस्ट उतीर्ण गरे, अनि कलेजमा प्राध्यापकको पदको निम्ति आवेदन दिए अनि त्यो प्राप्त पनि भयो। उनि हिँड्नको निम्ति तैयार भएका पनि थिए तर मंगलबारेका अभिभावकहरूले उनलाई त्यहीँ बसेको चाहन्थे।
सिक्किमको मानव संसाधन विकास विभागसित पनि उनलाई लिएर अन्य योजना थियो। तत्कालीन मुख्य सचिव टी. टी. दोर्जीले सिद्धार्थसित सम्पर्क गरे अनि ईएमआरएसको प्रमुखको दायित्व निभाउने प्रस्ताव दिए। यो स्कुल सामाजिक कल्याण विभाग अधिनस्त थियो तर त्यसलाई आदिवासी मामिला मन्त्रालय (Tribal Affair Ministry)-ले सञ्चालन गरिरहेथ्यो। हामी भेट भएको समय थियो सन् २०१७ को मध्यतिर, उनले स्कुलको प्रधान अध्यापक पद सम्भालेको दस वर्ष भइसकेको थियो। सन् २००७, जतिबेला सिद्धार्थ पहिलोचोटी गाङग्येप पुगे, त्यहाँ 'सिक्किम ट्राइबल स्कुल जाने बाटो' भनेर देखाइएको बोर्ड मात्र थियो।
जब केही महिनापछि विद्यार्थीहरू आए, उनिहरूले एक तल्ले भवन, एक जोडी ब्ल्याकबोर्ड, चकको बक्स अनि केही शिक्षकहरू मात्र पाए। त्यहाँ स्कुलसित सम्बद्ध हुन आवश्यक पुस्तक एवं अन्य सामग्री केही थिएन। उनिहरू व्याकुल थिए। सिद्धार्थको निम्ति प्रारम्भिक चुनौति भनेको विद्यार्थीहरू त्यो स्कुल त्यागेर नजाउन् भन्ने थियो। त्यसैले उनले सुरुको केही महीनामा पाठ्येतर (खेल कूद, कला,सिर्जना, शिल्प आदि) क्रियाकलापमा केन्द्रित गरे। उनले उनिहरूको दिन सङ्गीत, नाटक, खेल-कूद अनि चलचित्रले भरिदिए। विद्यार्थीहरूले ति क्रियाकलापमा रूचिदिन थाले अनि छाडेर गएनन्। वास्तवमा उनले त्यहाँ सुरु गरेका खेल विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने निम्ति केन्द्रीय रुचीको कुरा बन्यो विशेष गरेर महिला विद्यार्थीहरूलाई जसले बास्केटबल लिए। यी क्रियाकलापहरूको माध्यमद्वारा उनिहरू असल व्यक्तिका रूपमा हुर्किन थाले, सामूहिक कार्यको ज्ञान लिए, सामूहिक जिम्मेवारी लिन सिके अनि त्यसले एक-आपसमा प्रगाढ सम्बन्ध बिकास गरिदियो।
निमा डोमा भोटियाले पहिलो चोटी सिद्धार्थले एक सुन्तले रङ्गको गोली ल्याएर आई बालिकाहरूलाई खेल्न दिएको स्मरण गर्छिन्। उनिहरूले त्यसभन्दा अघि कहिले बास्केटबल देखेकी थिइनन्।
उनले हाल भारतीय बास्केटबल टोलीका निम्ति खेल्ने गरेकी छिन् अनि उनको बास्केटबल खेलकै कारण पूर्वीय रेलमा सेवारत छिन्।
सिद्धार्थ बास्केटबल खेलका ठुलो प्रसंसक थिए, तथापि उनके स्कुली जीवनमा बास्केटबल खेलेका थिएनन्। उनले पहिले मंगलबारेको ग्रामीण सरकारी पाठशालामा बास्केटबल सुरु गरेका थिए अनि एक सानो बास्केटबल टोलीलाई प्रशिक्षित गर्थे। जब उनलाई इएमआरएस मा प्रधान अध्यापकको पद दिइयो उनले आफ्नो टोलीका दुइ खेलाडी रिन्छेन डोमा अनि निमा लामुलाई पनि लिएर आए अनि उनिहरूसित नै टिम तैयार गरियो। यी बालिकाहरूले अन्य साना बालिकाहरूलाई टोलीमा सहभागी बनाए।
सन् २०१० मा यो टोली हुवाहटीमा सेन्ट्रल बोर्ड अफ सेकेण्ड्री एजुकेसन उत्तर पूर्वी च्याम्पियनमा उत्कृष्ट टोलीका रूपमा स्थान प्राप्त गरे अनि राष्ट्रीय च्याम्पियनसिपका निम्ति छत्तीसगढ लागे। एक खेलमा उनिहरू हरयाणाका अगला, हट्टाकट्टा अनि चर्को केटीहरूसित भिड्न पऱ्यो। यस खेलमा निमा डोमालाई एक खेलाडीले धक्का दियो अनि उनको कुमको हड्डी चर्कियो।त्यसपछि इएमआरएसले अर्को खेल छत्तीसगढ विरुद्ध पराजित बनेर निराश घर फर्किनु पऱ्यो। यो अनुभव तर आँखा खोलिदिने अनुभव थियो। त्यसपछि नेसनल जित्ने नै उनिहरूको सपना बन्यो। बाह्र महीनाको कठोर अभ्यास पछि सन् २०११ मा उनिहरू चेन्नई लागे।
वर्ष २०११ अनि २०१२ गाङग्यापका बालिकाहरूको निम्ति सबैभन्दा महत्वपूर्ण वर्ष रह्यो अनि विशेष गरेर निमा डोमाको निम्ति जसले यो दुवै वर्ष 'सबैभन्दा मूल्यवान् खेलाडी'-को अवार्डले निरन्तर सम्मानित रहिन्। टोलीले सन् २०११ मा राष्ट्रीय च्याम्पियनसिप जित्यो अनि २०१२ मा दोस्रो स्थान ओगट्न सक्षम बन्यो।
वर्ष २०११ अनि २०१२ गाङग्यापका बालिकाहरूको निम्ति सबैभन्दा महत्वपूर्ण वर्ष रह्यो अनि विशेष गरेर निमा डोमाको निम्ति जसले यो दुवै वर्ष 'सबैभन्दा मूल्यवान् खेलाडी'-को अवार्डले निरन्तर सम्मानित रहिन्। टोलीले सन् २०११ मा राष्ट्रीय च्याम्पियनसिप जित्यो अनि २०१२ मा दोस्रो स्थान ओगट्न सक्षम बन्यो।
सिक्किमले यसअघि कहिले बास्केटबल जितेको थिएन। सिक्किमको बास्केटबल असोसीएसनका जिग्मेला वाजिलिङपाले त्यसपछि प्रतिक्रिया व्यक्त गरे, 'गाङग्येप नामक ग्रामीण क्षेत्रको एक सानो स्कुलले राष्ट्रीय स्तरमा धेरै राम्रो प्रदर्शन गरिरहेछन्। वास्तवमा उनिहरू भारतकै श्रेष्ठ बास्केटबल स्कुल टीम बनिएका छन्।' उनि खेलाडीहरूको कठोर परिश्रम अनि समर्पणबाट प्रभावित बने, जसले छुट्टीका दिन पनि अभ्यास नै गरिरहेका हुन्थे। स्कुल लागेका दिन उनिहरूको अभ्यास बिहानको ७.३० बजीदेखि अनि स्कुल सकेर ३.३० देखि ५.३० सम्म चल्थ्यो। अभ्यासको बेला धेरै सामूहिक क्रिया अथवा ड्रिल हुन्थे, यदि एकजनाको कारण ड्रिल बिग्रिए सबै टोलीले जिम्मेवारी लिन्थे।
सबैभन्दा प्रभावशाली कुरा के थियो भने उनिहरू अघि उभिदिएको जस्तै समस्या अनि सङ्कटहरू झेलेर पनि यी बालिकाहरू राष्ट्रीय च्याम्पियन बन्न पुगे। उनिहरूले कामचलाऊ मैदानमा अभ्यास गरेका थिए, जो माटोको ताल भएको अनि सामान्य बास्केटबल मैदानभन्दा आकारमा पनि सानो थियो। सन् २०१० देखि २०१३ भित्र उनिहरूले दुइ राष्ट्रीय च्याम्पियनसिप जितेर मात्र उनिहरूको उपलब्धिका कारण अरूको ध्यान त्यता जान थाल्यो र एक उचित बास्केटबल मैदान बनाउने सहयोग प्राप्त हुनथाल्यो। यसको निम्ति पनि खेलाडी बालिकाहरूले आफ्नै हातले काम गरे- ढुङ्गा फुटाए, मैदानको सतह मिलाउनलाई खने, सीमेन्ट-बालुवा फिटे र मैदान चिल्लो, उचित आकारको अनि अभ्यास योग्यको बन्यो।
ईएमआरएसको पहिलो विजयी टोलीमा थिइन्, डिकी डोमा भोटिया, छिरिङ इडेन भोटिया, निमा लामु भोटिया, रिन्छेन डोमा भोटिया, अनि कप्तान निमा डोमा। उस्तै कुसल खेलाडीहरू थिए, मनिता सुब्बा, पेम छोडेन लेप्चा, बिमोचन तामाङ्, टासी छिरिङ शेर्पा अनि बिनु हाङमा सुब्बा। नोर्जम भोटिया, लाक्चुङ् लेप्चा, किन्चुमित लेप्चा, डिछेन भोटिया, पेमा लामु भोटिया अनि किन्जाङ् छोमो लेप्चाले उनिहरूसित पछि सहभागी भए।
बास्केटबलमा स्कुलको महिला टोलीले उत्तरपूर्वको प्रतिस्पर्धा दस वर्षसम्म जीतीरहे (२०१०-२०१९)। एकचोटी ठुला विद्यार्थीहरूले स्कुल सकेपछि उनिहरू कलेजतिर जान्थे, त्यसपछि नयाँ खेलाडीले टिममा सहभागी बन्थे अनि जीतलाई निरन्तरता दिन्थे। टीमले दुइ चोटी राष्ट्रीय प्रतिस्पर्धामा जीत हासिल गर्न सफल भयो, दुइचोटी सिल्भर (चाँदी) अनि दुइचोटी ब्रोन्ज (काश्य पदक) जीते। बास्केटबल टोली देशभरी भ्रमण गरे, अनि नेपाल र भूटान पनि निमन्त्रण पाएर गए। जहाँ जहाँ गए उनिहरूले आयोजकलाई प्रभावित गरेर नै छोडे केवल उनिहरूको खेल प्रदर्शनले मात्र होइन तर उनिहरूको अनुशासन अनि शृष्टाचारद्वारा पनि। उनिहरूलाई सजिलो पनि थिएन, जन उनिहरूले दर्शकबाट अनि कहिले रेफरीहरूबाट पनि वर्ण आधारित गाली-गलौजको शिकार बन्नू पर्दथ्यो। तर उनिहरूले कहिले कहिले आफ्नो शिष्टता अनि अनुग्रहदेखि अलग भएनन्। त्यस्तो सोच्न नै नसकिने सफलता प्राप्ति पछि पनि सङ्घर्ष अझ बाँकी नै थियो। कोषको कमीका कारण टोलीले राष्ट्रीय च्याम्पियनसिप २०१५ मा अंशग्रहण गर्न पाएनन्।
महिला खेलाडीहरू जब प्रतियोगीता सकेर फिर्दथे जहिले भव्य स्वागत प्राप्त गर्थे। अन्य विद्यार्थी, शिक्षकहरू एवं स्थानीय जनताहरूले उनिहरूको घर वापसी उल्लासपूर्वक मनाउदथे। उनिहरूमाथि ब्याण्ड बाजासहित पुष्पवृष्टि हुन्थ्यो, खदा लगाइन्थे। निमा डोमा अनि उनका साथीहरूले उनिहरूको उपलब्धिको श्रेय उनिहरूका कोचलाई दिए।
बास्केटबल खेल्नु केटीहरूको निम्ति जीवन-बदलिने कुरा प्रमाणित भयो। 'भाग्यले हामीलाई इएमआरएसमा नल्याएको भए, हामी मध्ये धेरै नै दैनिक हाजिरामा काम गर्ने मजदूर अथवा सायद धेरैले बिहे गरिसकेका हुनेथियौँ' एक केटीले भनिन्।
सिद्धार्थले टोलीको प्रगतिका निम्ति गर्व गर्छन्। उनले भन्ने गरेका छन्, 'सुरुमा धेरैले बास्केटबल हाम्रो निम्ति होइन भनेर भन्ने गरेका थिए। तर त्यो सबै गलत साबित भयो। धेरै मानिसहरूले त मैले उनिहरूलाई कोच गर्न सक्छ भनेर नै विश्वास गरेका थिएनन्; तर फेरि त्यही सन्देह नै मेरो निम्ति उनीहरूको साँचो तारीफ थियो'
बास्केटबल खेल्नु केटीहरूको निम्ति जीवन-बदलिने कुरा प्रमाणित भयो। 'भाग्यले हामीलाई इएमआरएसमा नल्याएको भए, हामी मध्ये धेरै नै दैनिक हाजिरामा काम गर्ने मजदूर अथवा सायद धेरैले बिहे गरिसकेका हुनेथियौँ' एक केटीले भनिन्। यसले उनिहरूलाई ठुलो अनावरण (exposure) दियो अनि उनिहरूको बास्केटबलको यात्राले उनिहरूलाई पराजय अनि गौरवको अनुभव प्रदान गऱ्यो। खेलले उनिहरूलाई मानसिक रुपले बलियो बनायो अनि उनिहरूलाई दैनन्दिन जीवनका जस्तै चुनौति पनि समभावसित सामना गर्न तैयार गरिदियो। यसले उनिहरूलाई अनुशासनको महत्व पनि बुझायो। बास्केटबलले उनिहरूको सोच्ने तरीकालाई धारिलो बनायो, उदाहरणको निम्ति खेलमा उनिहरूले सेकेण्डको फरकमा लिनु पर्ने निर्णयहरू र त्यो अभ्यासले आफ्नो कक्षामा पनि सहयोग गऱ्यो जसले उनिहरूलाई आफ्नो पढाईमा राम्रो गर्नमा पनि मदद मिल्यो।
ईएमआरएसको कथा सङ्घर्ष अनि सफलताको कथा हो। सन् २०१२ सम्म पहिलो पीढीका विद्यार्थीहरू कक्षा दसको परीक्षा बस्ने भइसकेका थिए, त्यहाँका विद्यार्थीले नब्बे प्रतिशतसम्म अंक हासिल गर्न सके अनि कोही पनि असफल भएनन्। उनिहरूका निम्ति कलेजमा भर्ना चहिन्थ्यो र सिद्धार्थले उनिहरूका निम्ति प्रतिष्ठित कलेजहरूमा सीट सुनिश्चित गर्नलाई साथ दिए सिद्धार्थले बताए, पहिलो पीढीको एक विद्यार्थी हाल छात्रवासको संरक्षक बनेका छन् अनि अर्का एक विद्यार्थी खेल शिक्षक छन्। उनिहरू बाहेक अरू 3 पूर्व विद्यार्थी शिक्षकको रूपमा कार्यरत भएकाले त्यहाँ जम्मा पाँच पूर्व विद्यार्थी कार्यरत छन्।
उनले आफुलाई भाग्यशाली मान्छन् कि तत्कालीन जिल्ला शासक शान्ता प्रधान अनि वर्तमानका जिल्ला शासक कर्मा आर बोन्पो जो स्कुलका चेयरमेन पनि हुन् जहिले उनलाई उनका कार्यहरूमा टेवा दिने कार्य गरे। सबैभन्दा ठुलो श्रेय श्री डी. एन. थाकर्पालाई जान्छ, जो विद्यालयको प्रारम्भिक दिनहरूमा टाशिडिङ समष्टिको विद्यायक थिए, उनले नै इएमआरएस -लाई गाङ्ग्येपमा ल्याउने महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनि सम्झना गर्छन् कि सम्बन्धित विभागका उच्च अधिकारीहरू एडिसनल सेक्रेटरी टी.टी.दोर्जीदेखि आर. तेलाङ्, कमिश्नर तथा सचिव, सोसियल जस्टिस-ले पनि सबै स्तरमा महत्वपूर्ण सहायक भूमिका निर्वाह गरेका थिए। उनलाई ईएमआरएसका शिक्षकहरूबाट पनि धेरै राम्रो सहयोग प्राप्त भएको थियो।
स्कुल व्यवस्थापन समिति जसमा गाङग्येपका तिन अभिभावक, एक पंचायत एनि दुइ टाशिडिङ अनि योक्समबाट रहेका छन्- उनिहरू पनि स्कुलको कामकाजलाई निर्देशित गर्न क्रियाशील रहन्छन्। पहिलो ब्याचका विद्यार्थीहरूले कक्षा दसको परीक्षा उतीर्ण गरिसकेपछि सिद्धार्थ स्कुललाई अपग्रेड गरेर उच्च माध्यमिक विद्यालय बनाउन इच्छुक बने अनि त्यसलाई पुरा गर्नका निम्ति आवश्यक कार्यलाई अघि बढाए। यसको निम्ति सम्बन्धित विभागसित बैठक गर्न गुवाहटी अनि दिल्ली जानुपर्ने हुन्थ्यो।
सङ्गीत अनि खेल स्कुलको निम्ति जहिले एक प्रमुख हिस्सा रहँदै आएको थियो; विद्यार्थीहरूले यसदिशामा आफ्नो योग्यता अनि धैर्य देखाए। स्कुलले तिन ठुलो सांगीतिक नाट्य प्रस्तुत गरे जो गान्तोक, कालेबुङ लगायत राज्यका अन्य ठाउँमा प्रस्तुत गरिए। 'अक्रोस द युनिभर्स' बिटल्सको कथा आधारित एक प्रेम कथा सन् २०१३ मा प्रस्तुत गरियो; 'इट्स अन्ली लभ' दोस्रो विश्व युद्धको समय जिउजहरू माथि नाजीको अमानवीय अत्याचारको पृष्ठभूमिमा बनेको रक प्रेम कथा जसमा सन् १९६० देखि १९९० बीचका क्लासिक हिट गीतहरूको धारा बुनिएका थिए, त्यो सन् २०१६ मा मंचन गरियो अनि उनिहरूले एल्भिस प्रेसले म्यूजिकलबाट 'अल सुक अप' प्रदर्शन गरे।
केटीहरू विशेष जसले बास्केटबल लिए उनिहरूले स्कुल अनि राज्यकै निम्ति ख्याती जितेर ल्याए। उनिहरूले खेल शिक्षाको क्षेत्रमा निष्ठावान विद्यार्थीहरूको निम्ति करियर (वृत्ति/पेशा) मार्ग नै खोलिदिए। दुइ महिला विद्यार्थीहरूले अहिले ग्वालियरबाट खेल शिक्षामा स्नातकीय अध्ययन लिएर अघि बढेकी छिन्। अनि कतीजना इएमआरएसका विद्यार्थीहरू दिल्ली विश्वविद्यालय अधिनस्त मिरान्डा हाउस अनि हिन्दु कलेजजस्ता प्रतिष्ठित संस्थानमा अध्ययन गरिरहेका छन्।
महिला विद्यार्थीहरूले बास्केटबलप्रति बडी रुचि देखाए भने ईएमआरइस, गाङग्येपका केटाहरूले फुटबल अनि भलिबलमा बडी रुची देखाए अनि जिल्ला लगायत राज्यका प्रतिस्पर्धाहरूमा राम्रो खेल पनि प्रस्तुत गरे। तथापि सन् २०१८ अनि २०१९ मा केटाहरूको बास्केटबल टोलीले पनि उत्तर पूर्वी क्षेत्रको गुवाहटीमा सम्पन्न सीबीएस सीमा निरन्तर दुइ चोटी सिल्भर मेडल जितेर आफुलाई गौरवान्वित तुल्याए।
प्रत्येक वर्ष नै कक्षा दस अनि बाह्रमा लगभग नौदेखि दस विद्यार्थीले ९० प्रतिसतभन्दा धेरै अंक प्राप्त गर्दछन् विशेष गरेर बाह्रौँ श्रेणीको बोर्ड परीक्षामा।
सिद्धार्थ नयाँ प्रतिभालाई हुर्काउन धेरै रुचि लिन्छन् अनि आफ्नो विद्यार्थी लिएर धेरै रक्षात्मक छन्। उदाहरणको निम्ति जब विद्यार्थीहरूले दिल्लीमा खेले, एक निजी स्कुल मन्ट्फोर्ड उच्च माध्यमिक विद्यालयका खेल शिक्षकले निमा डोमालाई छात्रवृत्तिको प्रस्ताव दिए तर सिद्धार्थले स्विकार गरेनन्। निमा प्रशिक्षणको निम्ति ग्वालियर गइन् अनि हाल भारतको राष्ट्रीय टोलीमा छिन् अनि उनलाई बास्केटबल फेडरेसन अफ इन्डियाबाट असलहरूमध्ये एक खेलाडीको रुपमा मानिएकी छिन्।
प्रत्येक वर्ष नै कक्षा दस अनि बाह्रमा लगभग नौदेखि दस विद्यार्थीले ९० प्रतिसतभन्दा धेरै अंक प्राप्त गर्दछन् विशेष गरेर बाह्रौँ श्रेणीको बोर्ड परीक्षामा। लग्भग प्रत्येक वर्ष नै स्कुलबाट राज्यका टप्पर आउँदछन्। स्कुलले सीबीएससीको दुवै बोर्ड परीक्षामा असल परिणाम दिँदै आइरहेको छ।
विद्यार्थीहरूले कहिले कोष सङ्ग्रहका निम्ति मंचीय कार्यक्रमहरूमा आफ्नो साङ्गीतिक प्रतिभालाई पनि प्रस्तुत गर्दछन्। जब जब त्यस्ता कार्यक्रम हुन्थे, मानिसहरूबाट जहिले राम्रो प्रतिक्रिया आउँदथ्यो। कर्मा ईएमआरएसका एक विद्यार्थीले सिक्किम विश्वविद्यालयबाट अङ्ग्रेजी 'सम्मान' पढेपछि यही विश्वविद्यालयमा सङ्गीतमा स्नातकोत्तर शिक्षा लिइरहेका छन्।
सिद्धार्थ, उनको शिक्षकहरूको टीम अनि विद्यार्थीहरूको कठिन परिश्रम अनि निष्ठाको फलस्वरुप ईएमआरएस, गाङग्येप अहिले जे छ त्यो स्थिति प्राप्त गर्न सकेको हो। एउटा संसार जहाँ सामाजिक विश्रृंखलताको बढ्दो आँधीबीच जसले कहिले मानवीय कोसिसहरूलाई निराशातिर धकेलीरहन्छ, त्यो अवस्थामा यो स्कुल आशाको ठुलो ज्योति हो। यसले प्रमाणित गर्छ कि सही मान्छे, सही ठाउँमा भए अनि त्यसलाई टेवा दिए आश्चर्यजनक उपलब्धि सम्भव छ।
एकलव्य मोडल रेसिडेन्सियल स्कुल देशका विभिन्न ठाउँमा भारतीय संविधानको धारा २७५(१) बमोजिम दिइने अनुदानद्वारा आदिवासी मामिला मंत्रालयको माध्यमबाट सुरु गरिन्छ। ईएमआरएसको उद्देश्य विकट क्षेत्रका अनुसूचित जनजातिका विद्यार्थीहरूलाई गुणस्तरिय माध्यमिक अनि उच्च तहको शिक्षा प्रदान गर्ने हो।
विद्यार्थीहरू कक्षा छको स्तरमा प्रतिस्पर्धाद्वारा चयन गरिन्छ, त्यस्ता विद्यार्थीहरूलाई प्रधानता दिइन्छ जसको परिवारमा पहिलो पीढीका शिक्षार्थी हुन् अनि जो आर्थिक रूपले विपन्न परिवारसित सम्बद्ध छन्। विद्यार्थीहरूको संयोजनका निम्ति दिइएको निर्देशिकाको सर्त अनुरूप ध्यान दिनु पर्ने कुरा बराबर संख्यामा केटा अनि केटी, जगा प्रयोग अनि आवंटन, महिला शिक्षकहरूको नियुक्तिलाई प्रधानता अनि स्कुलको व्यवस्थापन र कोष । ईएमआरएसको व्यवस्थापन नियमहरू व्यापक अनि विस्तृत छ अनि जसमा राज्य प्रशासनको भूमिका र आम नागरिकहरूको संगलग्नता पनि सामेल छन्।
अनुवादक: टीका 'भाइ '
Reference:
Photo Gallery
(Click to enlarge)
Designed by NWD.