बिरेले सुम्निमालाई पहिलो पटक माथ्लो गाउँमा देखेको थियो। उनको टाउको कपडाको टुक्राले ढाकिएको थियो, र एउटा नाम्लो टाउकोमा कस्सिएको थियो, जसले सुख्खा बाँसका दाउराले भरिएको डोकोलाई अड्याएको थियो।यो गाउँलेहरुको लागि एउटा दस्तूर, एउटा चलन थियो, विवाह हुने घरमा उनीहरूले आफूले दिन सक्ने वा उपलब्ध गराउन सक्ने कुनै पनि कुराले सहयोग गर्नु। केही गाउँलेहरूले चिनी दिए, जबकि कसैले बाल्नका लागि दाउरा र सुख्खा बाँसहरू दिए। चौध वर्षकी सुम्निमा यस अघि कहिले पनि गाउँको यो भागमा आएकी थिइनन्। उनकी मितेनी, सुशीलाकी बहिनीको विवाह हुँदै थियो। किशोर-किशोरीको हाँसो ठट्टा र रातो लज्जालु गालाहरूले भिडलाई निक्कै आकर्षित गर्यो।
सुशीलाले आफूले पाइरहेको ध्यानको मज्जा लिइन्, तर सुम्निमा एक शान्त र लजालु चरी थिइन् जसलाई अपरिचित पुरुषहरूको हेराइ मन पर्दैनथ्यो। सायद यसै कारणले गर्दा बीर बहादुर राना, जसलाई तल्लो गाउँको बिरे भनेर चिनिन्थ्यो, उसले आफ्नो नजर उबाट हटाउन सकिरहेको थिएन। सुम्निमा अत्यन्त सुन्दरी त थिनन् तर उनमा आफ्नै सुन्दरता थियो,सुन्दर राता गालाहरुको समुन्द्रबीचमा एउटा छुट्टै पहिचान भएको अनुहार, दुई पटक हेर्न मन लाग्ने खालको सुन्दरता। उनी एउटा बगैंचाको कोपिला थिइन् जुन अझ फुल्न बाँकी थियो, कुनै यस्तो दुर्लभ र भिन्न फूल, जसले दुवै मौरी र चोरहरूलाई आकर्षित गर्दछ ।
विवाहको भोज पाँच दिनसम्म चल्यो; आखिरमा यो गाउँकै सबैभन्दा धनी मानिसको बिहे थियो,टेक बहादुर राई आफ्नै मेहनतले बनिएको व्यक्ति थिए।एकाइस वर्षको हुँदा उनले ब्रह्मचारी रहने वाचा गरेका थिए, तर जब उनले मञ्जरी,आफ्नो भविष्यकी पत्नी देखे, उनले आफ्नो मनको चाहनालाई नकार्न सकेनन्।
उनीहरू सानैदेखि छुट्टिनै नसक्ने थिए, र उनिहरूको बुवा आमाले औपचारिक रूपमा उनीहरूको मित्रतालाई बलियो बनाउने निधो गरे; उनीहरूले यसलाई मितेनी साइनो भने, अर्थात् “जीवनभरको साथी”।
मञ्जरी र सुशीला आफ्नै काका-वडाका छोरीहरू थिए जो एउटै घरमा हुर्केका थिए।जब उनिहरूको छुट्टिने समय आयो, मञ्जरीले सुशीलालाई विवाह पछि केही दिन बस्न अनुरोध गरिन्। सुशीलाले मानिन्, र साथै सुम्नीमाले पनि; सुशीला जहाँ हुन्थिन् , सुम्नीमा पनि त्यही हुने गर्थिन्।उनीहरू सानैदेखि छुट्टिनै नसक्ने थिए, र उनिहरूको बुवा आमाले औपचारिक रूपमा उनीहरूको मित्रतालाई बलियो बनाउने निधो गरे; उनीहरूले यसलाई मितेनी साइनो भने, अर्थात् “जीवनभरको साथी”।
बिरेको सुम्निमा प्रतिको मोह दिन दिनै झन् बढ्दै गयो, र उसले प्राय आफुलाई टेक बहादुरको घर वरिपरि डुलीरहेको पाउँथ्यो।अठार वर्षको बिरे जिवनप्रति निस्फिक्री स्वभाव भएको फुर्तिलो जवान थियो।उ गाउँको पुजारीको एक्लो छोरा थियो, र उसलाई सकेसम्म बिगार्न र उसलाई मनपरेको कुरा गर्न दिन उसको आमाले सबथोक गर्थिन्।जब उसले उसको आमालाई सुम्निमाप्रतिको आफ्नो प्रेमबारे सुनायो, आमाले उसलाई कसैगरी पनि सुम्निमाको मन जीत्ने सुझाव दिइन्।त्यो समयमा, विवाह गर्ने उद्देश्यले छोरीलाई अपहरण गर्नु सामाजिक रूपमा स्वीकार्य मानिन्थ्यो;यसलाई साली/सोल्टिनी छेक्नु भनिन्थ्यो।बिरेले यही बाटो रोज्ने निर्णय गर्यो।
बिरेका काका धने, जो महिलाद्वेषी थिए, उनले बिरेलाई लिम्बू केटीहरूको बारेमा चेतावनी दिएका थिए। धनेको केटीहरूप्रतिको धारणा, विशेषगरी लिम्बू केटीहरूप्रति, आफ्नी लिम्बुनी श्रीमतीसँगको आफ्नै अनुभवले रङ्गिएको थियो, जो एक दशकअघि अर्कैसँग भागेकी थिइन्।धने विक्षिप्त भएका थिए र आफ्नो हृदयविदारक पीडा र लाजसँग सामना गर्नका लागि रक्सी पिउन थालेका थिए। स्थानीय (लोकल) रक्सीले उनको प्रणालीमा असर गरेको थियो र उनको अनुहार चाउरिएको र चिन्तित देखिन्थ्यो, धेरै पश्चात्ताप भएको मानिसको चित्र जस्तो। पाँच वर्षदेखि रक्सी नपिए तापनि, उनको हातहरू अझै काँप्थ्यो।
धनेले बिरेलाई फेरि चेतावनी दिए। उनले महिलालाई, पुरुषलाई प्रलोभनमा पार्न र यातना दिन ईश्वरले सृष्टि गरेको सबैभन्दा कम मूल्याङ्कन गरिएको र शक्तिशाली हतियार मान्थे। धनेको चेतावनी हुँदा हुँदै , बिरे आफ्नो योजना अगाडि बढाउन कटिबद्ध थियो।
सुम्निमाले आफ्नो स्वागतभन्दा बढी समय माथ्लो गाउँमा बिताई सकेकी थिइन् जहाँ उनको नम्र स्वभावका कारण उनलाई घर परिवारले धेरै मन पराउँथे। त्यही साँझ, ढुङ्गेधाराबाट गाग्री भर्दैगर्दा, उनले घर फर्कने निर्णय गरिन् तर उनलाई थाहा थिएन कि उनको भाग्यले एउटा ठूलो मोड लिन लागेको थियो।
ती दुई मानिस उनको वरिपरि घूम्न थाले, तिनीहरूको आँखा उनको प्रत्येक चालमा अडिएको थियो। सुम्निमालाई पेटमा गाँठो परेको अनुभव भयो, असहजताको भावना उनको शरीरभरि फैलियो। उनले हताश भएर बाहिर निस्कने बाटो खोजिन्, तर तिनीहरू उनको नजिक आउँदै गए ।
साँझमा अँध्यारो बढ्दै जाँदा, उनको दृष्टि कमजोर र धमिलो हुँदै गयो। धाराबाट फर्किने बाटोमा, उनले अम्लिसो घारीमा बिरेको छायाँ देखिन्। जब उनी उसको नजिक पुगिन्, सुम्निमाले उसलाई दाँत देखाएर हाँसिरहेको देखिन्, “ए, भिनाजु पो रहेछ,” उनले सोचिन्। उ र सुशीलाको बीचमा बिरेको बारेमा निजी ठट्टा चलिरहन्थ्यो। बिरेलाई थाहा नभए पनि, सुशीलाले बिरेलाई आफ्नो श्रीमान् मान्थिन्, त्यसैले सुम्निमाले उसलाई भिनाजु मान्थिन्।

धने बिरेको छेउमा उभिएका थिए। सुम्निमाले धनेको अनुहारभरि घृणा देखिन्, तैपनि उनी शान्तपूर्वक अघि बढिन्। ती दुई मानिस उनको वरिपरि घूम्न थाले, तिनीहरूको आँखा उनको प्रत्येक चालमा अडिएको थियो। सुम्निमालाई पेटमा गाँठो परेको अनुभव भयो, असहजताको भावना उनको शरीरभरि फैलियो। उनले हताश भएर बाहिर निस्कने बाटो खोजिन्, तर तिनीहरू उनको नजिक आउँदै गए । पित्तलको गाग्रीको तौल असह्य हुँदै गइरहेको थियो, तर उनले त्यसलाई छोड्न सकिनन्। उनलाई थाहा थियो कि यदि उनले त्यसो गरिन् भने त्यसका परिणामहरू के हुनेछ।तिनीहरूले उनलाई छोएनन्, तर तिनीहरूका आँखामा देखिएको धम्की उनको रगत चिसो पार्न पर्याप्त थियो। तिनीहरू अगाडि बढ्दै गए, र उनी पछाडि हट्दै गइन्, जबसम्म उनले डरले थाहा पाइनन् कि उनले धारा पार गरिसकेकी छन् र अब बिरेको गाउँमा पुगेकी छन्। उनी अपरिचित ठाउँमा थिइन्, र उनको मुटु डरले दौडन थाल्यो।
सुम्निमाले चुलामा आगो बलिरहेको देखिन् ; एक वृद्ध महिला खुला भान्साकोठाको छेउमा बसिरहेकी थिइन्। माटोको झुपडी गाउँको पहिलो घर थियो। उनले गाग्री भुइँमा राखिन् र ती महिलातिर दौडिन् र रोइन्। वृद्ध महिलाले उनलाई समाइन् र सान्तवना दिन खोजिन्। "तिमी घर आयौ," ती महिलाले सुम्निमालाई भनिन्। तब उनलाई झस्का लाग्यो; यो एक योजनाबद्ध अपहरण थियो। वास्तविकताले उनलाई बेस्सरी हिर्कायो र उनलाई डर र रिसको मिश्रित अनुभव भयो। उनले विश्वास गर्न सकिनन् कि बिरेले उनलाई यस्तो गर्न सक्छ भनेर।
सुम्निमाका बुवाले “एक दिएँ,दुई दिएँ, तीन दिएँ,” भनेर, टाउको निहुराएर, र यी शब्दहरूसँगै उनले आफ्नी छोरीलाई पराइ बनाइदिन्थे।
जब उनको बुवाले उनी बेपत्ता भएको थाहा पाए, उनी रोए तर उनले विवाह गरेको हो र जङ्गली जनावरहरूले खाएको होइन भन्ने सुनेर ढुक्क भए। तीन दिन पछि, बिरेका बुवा, धने, र तिनीहरूका समुदायका केही सदस्यहरू चोरको सोर, एक परम्परागत प्रथा जस अन्तर्गत बेहुला बेहुलीको घरमा उनको हात माग्न जान्छन् त्यो बुझाउन सुम्निमाको घर गए। जवाफ पहिले नै थाहा थियो - अस्वीकार हुनेछैन।रीतिअनुसार, उनीहरूले काव्यात्मक शब्दहरूमा कुरा गरे, त्यही पुरानो कथा दोहोर्याउँदै जसमा एउटा मौरी बगैंचामा फूललाई परागसेचन गर्न प्रवेश गर्छ जब की वास्तवमा फूल चोरेकोमा चोरले क्षमा माग्न गरेको बिन्ती थियो।
सुम्निमाका बुवाले “एक दिएँ,दुई दिएँ, तीन दिएँ,” भनेर, टाउको निहुराएर, र यी शब्दहरूसँगै उनले आफ्नी छोरीलाई पराइ बनाइदिन्थे।
सुम्निमाको मन बस्यो जब उनले पुरुषहरूको वास्तविक प्रकृति र आफ्नो समाजमा महिलाहरूको महत्त्व बुझिन्।उनलाई आफूलाई काटेर सम्पत्ति जस्तै बेचेको, जमिनको टुक्रा जस्तै कब्जा गरिएको अनुभव भयो। उनी शक्तिहीन थिइन्, किनकि उनलाई थाहा थियो कि अब फर्कन सकिन्दैन। उनको आशा हराएको थियो, र भविष्य अन्धकार देखिन्थ्यो। मानौं उनको भाग्य तय गरिसकेको थियो,उनको सहमति बिना नै।
सुम्निमाको विवाहको खबर सुशीलाले राम्ररी लिन सकिनन्, जसलाई धोका भएको महसुस भयो र मट्टितेल पिएर आत्महत्या गर्ने प्रयास गरिन्। जब जन्तीले उनको घर पार गरे, उनले घृणाले उनीहरूलाई थुकिन्।
उनको आशा हराएको थियो, र भविष्य अन्धकार देखिन्थ्यो। मानौं उनको भाग्य तय गरिसकेको थियो,उनको सहमति बिना नै।
यो चमत्कार थियो कि सुम्निमाले बिरेसँग एक वर्ष बाँच्न सकिन्, जसको आशक्ति धेरै पहिले नै हराइसकेको थियो। उनी अब फूलको कोपिला थिइनन्; उनीसँग अब काँडा थिए। बिरेले मौखिक र शारीरिक रूपमा दुर्व्यवहार गर्थे; विवाहले उनलाई धेरै सताएको थियो, र उनको दुःख कुँदिएको थियो उनको उदास, चाउरिएको अनुहारमा। उनी अब आफ्नो बुवाकी छोरी थिइनन्, तर पूर्ण रूपमा आफ्नो पतिको सम्पत्ति थिइन्। उनको अपहरणको एक वर्ष पछि, सुम्निमाको पेट सुन्नियो - केहीले जुम्ल्याहा भने, अरूले छोरा सोचे। तर उनको लागि, यसले केही फरक पारेन। त्यो बच्चा उनको शरीर भित्र बस्ने परजीवी मात्र थियो, जसलाई उनले आफ्नो प्रणालीबाट बाहिर निकाल्न चाहन्थिन्।
यो संसार महिलाहरूको लागि बनेको थिएन।
उनको गर्भपात कुनै घटना थिएन। गर्भवती र सुन्निएको अवस्थामा, उनले आफ्नो पतिको परिवारका लागि धेरै मेहनत गरिन्, तर पनि सासुको मौखिक र पतिको शारीरिक दुर्व्यवहारले मानसिक यातना सहिन्। यो त हुनैपर्ने थियो। धने मात्र थियो जसले उनलाई दयाले हेर्थ्यो।उसले उनलाई दाउरा काट्न र पानी भर्न मद्दत गर्थ्यो। उनीहरूको सुरुवात खराब भए तापनि उनीहरूले असामान्य मित्रता साझा गरे। सुम्निमा सुरुमा धनेसँग डराउँथिन्, जसको स्वभाव एक खतरनाक शिकारी जस्तो देखिन्थ्यो।यसको प्रभावले धेरै वर्षसम्म अनावश्यक कुराकानी हुन दिएन। यद्यपि, सुम्निमाले चाँडै अनुभव गरिन् कि उ त्यति घृणित प्राणी पनि थिएन जस्तो उनले सोचेकी थिइन्। धने केवल एक एक्लो विशाल मान्छे थियो। उनले आफ्नो चुलोमा उसको लागि साँझको चिया बनाउन थालिन् र उनीहरूले चुपचापसँग चिया पिउँदै साँझ बिताउन थाले ।
बच्चा मृत जन्मियो। जो छोरी थिइन्।सुम्निमाले नजन्मेको बच्चालाई घृणा गर्थिन्, तर पनि उनी मात्र एक थिइन् जसले आफ्नो बच्चाको लागि रोइन्। उनले बुझिन् कि मृत्यु वास्तवमा उनको छोरीको लागि वरदान थियो। यो संसार महिलाहरूको लागि बनेको थिएन। उनले एक हप्तासम्म शोक गरिन् र दोस्रो हप्तापछि, सबै सामान्य अवस्थामा फर्किए। उनकी सासूले उनलाई बगानमा भर्ना गरिन् जहाँ उनलाई चियापत्ति टिप्न सिकाइयो। उनको साप्ताहिक ज्याला उनको थिएन; उनको पतिले त्यो बदाम र सोलटीनीहरूमाथि खर्च गर्थे।
त्यो साँझ, उनको पतिले बोनसको लागि शब्दहरूले बिन्ती गरेनन्। उनको शरीर नीलडामले ढाकिएको थियो, उनका आँखाहरू बैजनी र नीलो थिए। तैपनि, उनी रोइनन्।
जब बगानका साहबले दसैँको बोनस दिने निर्णय गरे, सुम्निमाले कदम चाल्ने निर्णय गरिन्। उनले जमिनमा एउटा खाडल खनिन् र आफ्नो पैसा त्यहाँ लुकाइन्। त्यो साँझ, उनको पतिले बोनसको लागि शब्दहरूले बिन्ती गरेनन्। उनको शरीर नीलडामले ढाकिएको थियो, उनका आँखाहरू बैजनी र नीलो थिए। तैपनि, उनी रोइनन्।
धनेको सुम्निमाप्रतिको दया आकर्षणमा परिणत भयो र जब उनीहरू दोस्रोपल्ट भेटे, धनेले उनलाई रातो काँचका चुरा दियो र उनको उद्धारको योजनाको प्रस्ताव राख्यो। उनका आँखा रसाएका थिए। उनले आफ्नो जीवनमा कहिल्यै उपहार पाएकी थिइनन्। यो दयालु वर्तावले उनको मन पग्लियो जसले धनेलाई नयाँ सुरुवातको लागि आशा र आँट दियो।
भोलिपल्ट साँझमा, चुल्हो बलेको थिएन। अँध्यारो र सन्नाटाले भान्सा कोठालाई घेरेको थियो। वृद्धा सासूले आफ्नी बुहारीलाई घरमा भेट्टाइनन्। जब उनले सुम्निमाका लुगाहरू हराएको छ भन्ने थाहा पाइन्, उनले बुझिन्। बिरेले खोज्नका लागि मान्छे भेला पारेर एक हातमा खुकुरी र अर्को हातमा बलेको बत्ती लिएर खोज्न निस्कियो। जब उनले धनेको घरमा ताला लगाएको देख्यो, यो देखेर उसलाई के भयो भनेर बुझ्न धेरै समय लागेन।
सुम्निमा र धने दुई वर्षपछि गाउँ फर्किए। सुम्निमा मोटाएकी थिइन्, उनको अनुहार अहिले दुधजस्तो गोरो भएको थियो,कालोपन सबै हराइसकेको थियो, र उनको नाकमा थोरै चाया मात्र बाँकी थिए। उनका गाला आरु जस्तै गुलाबी र मुछेको पीठो जस्तै नरम थिए। धने आफैले पनि स्वस्थ ओजन बढाएको थियो, उसको नुन – र- मरिच (फुलेको) कपालमा उमेरको लक्षणहरू देखिन थालेका थिए।
सुम्निमाका बुवाले उनलाई अँगालो हालेर स्वागत गरे। धनेले ‘समाज मुखिया’लाई बोलाएर जारी कर तिर्यो। भाग्यले धनेलाई साथ दिएको थियो, उसले विवाह कर तिर्न पर्याप्त बचत गरेको थियो, आधिकारिक रूपमा सुम्निमालाई आफ्नी पत्नी बनायो ; न बिरेको न समाजको, उ माथि कुनै अधिकार नै थियो। यो उसको प्रेमको अन्तिम प्रदर्शन थियो। बिरेले खुसीसाथ पैसा स्वीकार गर्यो अनि सुम्निमा भने चुपचाप उभिएकी थिइन्, यो सोच्दै कि फेरि एकपटक ती महिला पुरुषहरूबीच किनबेच भएकी छे।
सुम्निमाका बुवाले उनलाई अँगालो हालेर स्वागत गरे। धनेले ‘समाज मुखिया’लाई बोलाएर जारी कर तिर्यो।
बिरेले पनि सुशीलासँग विवाह गरेका थियो र एउटा छोरा थियो। उसलाई एक महिना लाग्यो, तर अन्ततः सुम्निमालाई आफ्नी काकी भन्न सहमत भयो। सुशीला र सुम्निमाले पनि सबै रिसराग बिर्सेर मेलमिलाप गरे। सुम्निमा र धने आफ्नो पुर्ख्यौली घर फर्के, जहाँ उनिहरूले इलाम, नेपालमा कमाएको बाँकी पैसाले गाई र बाख्रामा लगानी गरे। उनीहरूले बारीमा तरकारी फलाए, र उनीहरूको दुधको व्यवसायले तिनीहरूलाई गाउँको सबैभन्दा धनी परिवारमध्ये एक बनायो। तर, उनीहरूको खुसीको समय छोटो थियो, धनेको चाँडै मृत्यु भयो।

पतिको मृत्युसँगै, सुम्निमा फेरि अर्को वस्तु बनिन् जसलाई धेरैले प्राप्त गर्न चाहन्थे। चलन अनुसार, बिरेले मुखियालाई ‘हुशु डण्डा’ तिर्यो। यो पुरानो भइसकेको परम्परा भए पनि, कसैले यसलाई मोड्न वा तोड्न चाहेनन्, र फेरि एक पटक, उक्त विषयमा सुम्निमाको मत लिन आवश्यक ठानिएन।
पतिको मृत्युसँगै, सुम्निमा फेरि अर्को वस्तु बनिन् जसलाई धेरैले प्राप्त गर्न चाहन्थे। चलन अनुसार, बिरेले मुखियालाई ‘हुशु डण्डा’ तिर्यो। यो पुरानो भइसकेको परम्परा भए पनि, कसैले यसलाई मोड्न वा तोड्न चाहेनन्, र फेरि एक पटक, उक्त विषयमा सुम्निमाको मत लिन आवश्यक ठानिएन। पुरुषहरू बीच पैसा साटियो, र सुम्निमा बिरेको घरमा फर्किन्। उसले अझै पनि उनलाई आफ्नी काकी भनेर सम्बोधन गर्दथ्यो। सुशीलालाई यसमा कुनै आपत्ति थिएन,र यो सबैले स्वीकार गरेको सत्य थियो,जहाँ सुशीला हुन्थिन्, त्यहीँ उनिहरूले सुम्निमालाई भेट्टाउनेछन्।
अन्त्य टिप्पणी
१. यो कथा यसअघि सोनिया थापाको मेलोडिज अफ मुग्लान, २०२४ र बिनीथ म्याग्नोलिया स्काइज (राइटिङ्स फ्रॉम सिक्किम एण्ड दार्जिलिङ हिल्स), २०२५ मा प्रकाशित भइसकेको छ।
सोनिया थापा एक अंग्रेजी शिक्षिका हुन् र दुई लघुकथा संग्रहहरू, दिस वान इज फर यु र मेलोडीज अफ मुग्लानकी लेखिका हुन्। उनको इन भर्स, आई एम फ्री शीर्षकको कविता संग्रह पनि छ। लेखनको अतिरिक्त, उनी एक पोडकास्ट चलाउँछिन् जहाँ उनी प्रसिद्ध १४ पङ्क्तिय कविता (Sonnets)वाचन गर्छिन् र आफ्नै कथाहरूको वाचन गर्छिन्।


Designed by NWD.