यो 1939 को कुरो हो, जतिबेला हिटलरले दोस्रो विश्व युद्धको घोषणा गऱ्यो। दक्षिण सिक्किमको एक विकट गाउँका एक कलिलो ठिटोको स्वप्न एकाएक खाक भयो। केही वर्ष त्यो युवकले अनिश्चित अनि प्रतिकूल स्थितिमा पनि पढ्न अनि सिक्नलाई सङ्घर्ष गरिरह्यो। बिर्ख बहादुर सुब्बा, दार्जिलिङबाट एक ग्राज्यूएट आइपुगेपछि, चन्द्र दास राईको निम्ति शिक्षाको दैलो अचानक उघ्रियो। उनिभित्र भएको इतिहास र भूगोलको ज्ञान अनि आधारभूत लेख्ने-पढ्ने कौसलसित धेरै फाँटिलो क्षितिज टेक्न सकिने सम्भावना थिए। तर त्यत्ति धेर सम्भावनाको श्रोत रहेका ति शिक्षकलाई उनको दार्जिलिङमा रहेका परिवारले घर बोलायो, युद्धको घोषणाका कारण त्यसताक धेरै आतङ्कको माहौल थियो। परिवारको दबावका कारण, शिक्षकले फर्किनु पऱ्यो। उनि जान अघि चन्द्र दास धेरै दुखी बनेर आफ्नो शिक्षकलाई विदाईको निम्ति उनलाई भेट्न गए। उनको खुसीको कुनै सिमा रहेन जत्तिबेला उनका शिक्षकले उनलाई -'चन्द्र दास, यदि पढ्नलाई दार्जिलिङ आउने निर्णय लिन सक्छौ भने चिन्ता नगर्नू। म स्कुलमा भर्ना अनि बस्ने प्रबन्ध मिलाईदिनेछु!' भनिदिए।
स्कुल सितकालिन विदाले गर्दा बन्द थियो। अरू बालक झैँ चन्द्र दास पनि बारीमा काम गर्थ्यो। एक दिन आफ्नो ठुलो दाज्यूसित दाल गोड्दै थिए, उनले आफ्ना शिक्षकले दिएको वचनबारे दाज्यूलाई बताए। उनले आफु उच्च शिक्षाको निम्ति जान चाहेको कुरो पनि बताए। उनका दाज्यूले भने, 'मलाई त कुनै समस्या छैन तर तैँले बाबुलाई बुझाउनु पर्छ।'
त्यसैले, रातिको खाना खाइसकेपछि, चन्द्र दासले आफ्नो साहस बटुले अनि आफ्नो बाबुसित आफ्नो शिक्षकले दिएको वचन र शिक्षा प्राप्तिको निम्ति दार्जिलिङ जान चाहेको कुरो बताए। उनको बाबुको तात्काल प्रतिक्रिया यस्तो थियो, 'हेर तैँले यहाँ जे जत्ति सिकिस् हाम्रो निम्ति पर्याप्त छ। अब अझ पढ्नु जरूरी छैन। यति मात्र होइन, पैसा नै पनि कहाँ छ?'
चन्द्र दासले बताए, 'नाम्चीको अफसर देख्नु भएको छ? उनीहरू र हामी माझ के फरक छ? फरक भनेको उनीहरू शिक्षित छन् हामी छैनौ।'
पछि त्यो वार्तालापभरी चुप रहेर सुनिरहेका उनको आमाले उनलाई एकतिर लिएर गए अनि उनलाई भने, 'छोरा तँ जा! मैले बजार गएर टमाटर नै बेच्न परेछ भने नि ठिक छ, म पैसा खोज्नेछु।'
यसप्रकार, चन्द्र दासको अविष्कारको यात्राको अर्को चरण शुरू भयो। उनि जब दार्जिलिङ आए, उनले आफ्नो शिक्षकसित भेटे। उनैले उनको भर्ना सेन्ट रोबर्स स्कुलमा मिलाईदिएका थिए, उनि स्वयं पनि त्यही स्कूलमा कार्यरत थिए। श्रेणीमा प्रथम दर्जामा उतीर्ण भएपछि, उनले छात्रवृत्ति प्राप्त गरे। १९४५ सालमा उनले मेट्रीकुलेसन उतीर्ण गरे अनि नाम्ची फर्कि आए। छोटो समयका निम्ति स्वयंसेवीका रूपमा आफुले पढेको पुरानो स्कूलमा अध्यापन गरे जुन स्कुलको स्थान भने अर्को ठाउँ सारिएको थियो। उनि विश्रामरहित थिए, त्यसैले १९४७ मा फेरि दार्जिलिङतिर लागे जहाँ उनले आफ्नो एक शिक्षकसित भेटे, जसले उनलाई सीभील सप्लाई अफिसमा एक रिक्त पद रहेको कुरा सुनाए अनि उक्त क्लरिकल पदको निम्ति आवेदन गर्न प्रेरित गरे। उनले आवेदन बुझाए, उनको अन्तर्वार्ता लिइयो र तत्काल काममा नियुक्ति पाए।
चन्द्र दास सिभिल सप्लाई आफिसमा कार्यरत रहँदा उनी त्यसताकको महत्वपूर्ण राजनैतिक परिवर्तन बारे पनि सचेत बन्दै गए। भारत वर्षको स्वाधीनतासित नै धेरै राजनैतिक दलको पनि उदय हुँदै गयो-कांग्रेस, अखिल भारतीय गोर्खा लीग, कम्युनिस्ट अनि सोसियलिस्ट पार्टी। चन्द्र दासलाई अखिल भारतीय गोर्खा लीग साम्प्रदायिक लाग्यो त्यसले उनको मन तान्न सकेन। उनले बताए, 'सायद यसको कारण ममाथि सिक्किमको प्रभावको कारण थियो।' त्यहाँ धेरै वर्गका वक्ताको जोशीला भाषण हुन्थे। उनलाई आश्चर्य हुन्थ्यो, कि केवल सातौँ श्रेणीसम्म उतीर्ण वक्ता हुन्थे, दर्शकमा प्राध्यापक हुन्थे र जसले ध्यानपूर्वक सम्भाषण सुन्थे। युवा चन्द्र दासको सिरमा नयाँ विचार घुम्न थाले अनि स्वाधीनता र समानताको राजनैतिक विचारधाराले प्रभावित बन्न पुगे।
त्यही समयमा उनका बङ्गाली मित्रले बसन्त घोष नामका व्यक्तिबारे जानकारी दिए, जो दार्जिलिङमा राजनैतिक शिक्षाको निम्ति इच्छुक युवासित बात गर्न दार्जिलिङ आएका थिए। त्यसैले चन्द्र दास आफ्ना साथी एम.बी. गुरुंग, आर. सी. सिन्हा अनि पासाङ शेर्पासित घोषलाई सुन्नका निम्ति गए। उनले विभिन्न राजनैतिक दल, उनीको राजनैतिक विचारधाराबारे बताए, जसमध्ये कांग्रेस, सोसियलिस्ट पार्टी, हिन्दु महासभा अनि मुस्लिम लीग आदि सामेल थिए। चन्द्र दासले भने, 'पहिलो चोटी मैले विभिन्न थरीका राजनैतिक विचारधारा बारे बुझ्न सकेँ।'
एक दिन बसन्त घोषले, जसले सायद उनको गम्भीर चासोलाई बुझेका थिए, उनलाई दार्जिलिङमा सोसियलिस्ट पार्टीको सचिव बन्न आग्रह गरे। उक्त प्रस्तावले चकित बन्दै उनले बिना नौकरी कसरी बाँच्ने भनेर सोधे। बसन्त घोषले उनलाई पार्टीले उनको आवश्यकतालाई विचार पुराउने वचन दिए। त्यसपछि, अर्को बिहान चन्द्र दासले सिभिल सप्लाई ऑफिसका अधिकारीसमक्ष राजीनामा पत्र सुम्पिए। चकित भएर अधिकृतले उनले के गर्न चाहिरहेछ भनेर सोधे। तत्काल जवाब दिए, 'म राजनीतिमा प्रवेश लिन चाहन्छु।' अङ्ग्रेज व्यक्ति मुस्काए अनि उनको राजीनामा पत्र स्वीकार गरे। यसप्रकार उनको राजनैतिक कर्मीको रूपमा नयाँ जीवन सुरू भयो
१५ अगस्त १९५७मा चन्द्र दासले दार्जिलिङको स्वाधीनता दिवस कार्यक्रममा सहभागी बने। सम्पूर्ण शहर रङ्गिन ध्वजले सजाइएका थिए, त्यहाँ पर्वजस्तो अनि आशाको हावा बहीरहेथ्यो। उनके जिल्ला शाषकद्वारा अङ्गरेजको झन्डा झारेर भारतीय राष्ट्रीय ध्वज लहराईएको साक्ष्य बनेका थिए। त्यहाँ खुसीको चिच्च्याहट् अनि भेला भएका विद्यार्थीद्वारा गाइएको राष्ट्र गान सुनिन्थे जसपछि विभिन्न राजनैतिक दलका प्रतिनिधिले सम्भाषण दिए।
चन्द्र दासले सिक्किम फर्किने निर्णय लिए अनि उनि जब नाम्ची नजिक मिखोला आइपुगे, उनले वरपर कसैलाई भारतमा के भइरहेछ थाहा छ, छैन जान्न खोजे। त्यो ऐतिहासिक परिवर्तनको जानकारी कसैलाई थिएन। जब उनले स्वाधीनता बारेमा बताए र ब्रिटिस फर्किरहेको जानकारी गराए, प्रतिक्रिया विभिन्न थिए। कसैले भने 'ए! तिनी फर्किनेछन्!' , अनि कतिजना गाँधीजीले देशको शासन चलाउन सक्नेछन् भन्ने कुरोमा विश्वस्त थिएनन्।
उनी नाम्ची पुगे, त्यहाँ पनि भारतमा के विकास भयो भन्नेबारेमा मानिस अनभिज्ञ थिए। त्यसपछि असाङथाङका भद्रु मगर गान्तोकबाट सिक्किमका १९५७ साले आन्दोलनका नेता टाशी छिरिङ लिखित 'सिक्किमबारे केही तथ्य' (A Few Facts About Sikkim) भन्ने दस्तावेज लिएर आए। उक्त दस्तावेजमा सिक्किममा अस्तित्ववान सामन्ती व्यवस्थाको सबै खराबीलाई रेखाङ्कित गरिएको थियो अनि त्यो व्यवस्था हटाउनु पर्ने आवश्यकतालाई पनि देखाइएको थियो।
मानिसले चन्द्र दासलाई गान्तोक गएर स्थिति बुझ्न आग्रह गर्न थाले। त्यसैले सेप्टेम्बर महीनामा उनी गान्तोक लागे। संयोगवश, उनले सिक्किमका पहिलो प्रहरी अधिकृत बल बहादुर राईलाई पुलिस चौकीमा भेटे। उनले चन्द्र दासलाई आफ्नो निवासमा बस्नलाई निम्तो दिए। उनले आफ्नो पुरानो साथी अगमसिंह तामांग, पदमसिंह सुब्बा, तुलसी बहादुर छेत्री अनि निमा वांगदी लेप्चालाई पनि भेटे। उनीहरू सबै शिक्षक थिए अनि एक साहित्यिक संस्था 'अपतन' स्थापित गरेका थिए जसको अर्थ हुन्थ्यो 'जो पतन हुँदैन'। त्यो नाम उनीको नामको पहिलो अक्षर निकालेर बनाएका थिए। उनी प्रत्येक शनिबार विभिन्न विषयवस्तुका मौलिक रचना लिएर भेट हुन्थे। उनीका भेला गुप्त हुन्थ्यो किनभने त्यस्तो भेला अथवा संस्थालाई तत्कालीन शासनतन्त्रले सन्देहका नजरले हेर्थे अनि त्यस्ता भेलालाई निस्तेज गरिन्थे।
महात्मा गाँधी, जवाहरलाल नेहरू सरदार बल्लभ भाइ पटेल आदिको नेतृत्वमा अघि बढेको भारतीय स्वाधीनता सङ्ग्रामका आदर्शद्वारा उत्प्रेरित बन्दै अनि सिक्किमको राजनैतिक अनि सामाजिक सुधारको अत्यन्त गहिरो आवश्यकतालाई बुझेर सिक्किमका केही शिक्षित नेता सिक्किममा पहिलो राजनैतिक दल गठन गर्न अघि आए। टाशी छिरिङको राजनैतिक पर्चाले काजी ठेकेदारको उत्पीडनपूर्ण शासनमा सिक्किमे जनताले भोगेको दयनीय स्थितिको लेखा जोखा थियो।
पर्चामा टाशी छिरिङले लेखे, 'यो पर्चा लेख्नुको उद्देश्य सिक्किम राज्यका गरीब प्रजाको माग र अपेक्षालाई प्रचार गर्नु हो जसमा सिक्किमका गोर्खा, भूटिया, लेप्चा छन्, जो भ्रष्ट शासनतन्त्रको हातमा अकथनीय अन्याय र दुख भोग्नु पऱ्यो; जसलाई उनीहरूको उत्पीडक, जमीनदार विरुद्ध अत्यन्त प्राथमिक न्याय दिनबाट वञ्चित रखियो। अनियन्त्रित भ्रष्टाचार अनि भिक्टिमाइजेसनका कारण प्रजाको स्थिति असहनीय बन्यो। हतास स्थिति बिच गुज्रिनु परिरहेको भएतापनि, पण्डित जवाहरलाल ने अनि भारतीय राष्ट्रीय काङ्ग्रेसका अन्य नेतृत्वको जनमुखी विचारबाट प्रेरित बन्दै एक विशाल अनि पूर्णरूपले सिक्किमे जनताको प्रतिनिधि वर्ग जनतालाई आफ्नो मुक्तिका निम्ति जागरूक गर्ने गम्भीर प्रयत्नसित एक ठाउँ खडा छन्।'
चन्द्र दासलेअ फ्यू फ्याक्ट अबाउट सिक्किम को अनुवाद पढेर सुनाए । 'उनले धेरै उत्साही तरीकाले भाषण गरे, उनको पढाईलाई व्यङ्गात्मक टिप्पणीले बाँधेर।
७ दिसम्बर १९४७ चन्द्र दासको स्मरणमा सधैँको निम्ति कुँदियो। त्यस दिन, विभिन्न राजनैतिक दल जस्तै टाशी छिरिङ, सोनाम छिरिङ, केजङ्ग तेनजिङ नेतृत्वाधिन गान्तोकबाट सिक्किम सुधार समाज, गोबर्धन प्रधान अनि धन बहादुर तिवारीको नेतृत्वमा तिमी तार्कुमा गठित प्रजा सम्मेलन, च्याखुङमा काजी लेन्डुप दोर्जी खाङ्गसारपाद्वारा गठित प्रजा मण्डल आदि सबै पोलो ग्राउन्ड अहिले जो पालजोर स्टेडियमका रूपमा चिनिन्छ, त्यहाँ भेला भए। यी दल मिलाएर एक नयाँ दल, सिक्किम राज्य काङ्ग्रेस गठन गरियो। पहिलो चोटी त्यस दिन सिक्किमका मानिसले राजनैतिक सम्भाषण सुन्न पाए। सबै वक्ताद्वारा जनताको दुख र अन्यायबारे कुरा उठाईए अनि परिवर्तनको आवश्यकतामाथि जोड दिए। त्यसका मुख्य वक्ता थिए टाशी छिरिङ, सोनाम छिरिङ, रोई चौधरी, हेलेन लेप्चा अनि चन्द्र दास। टाशी छिरिङ नयाँ दलको सभापतिका रूपमा चुनिए।
चन्द्र दासलेअ फ्यू फ्याक्ट अबाउट सिक्किम को अनुवाद पढेर सुनाए । 'उनले धेरै उत्साही तरीकाले भाषण गरे, उनको पढाईलाई व्यङ्गात्मक टिप्पणीले बाँधेर। उनको सम्भाषणपछि सुनिएको तिब्र तालीको गडगडाहटले उनलाई सिक्किमको कलिलो राजनीतिमा एक कोपिलाउँदै गरेको नायकका रूपमा चिन्हीत गरीरहेथ्यो।' एल.बी. बस्नेतले आफ्नो पुस्तक , सिक्किमको संक्षिप्त राजनैतिक इतिहासमा लेखेका छन्।
चन्द्र दासले पर्चाको नकल साइक्लोस्टाइल गरेर निकाले अनि जनतामाझ प्रचार गरे। उनले यत्ति मात्र नगरेर उनले दस्तावेजमा रहेका कुरा जनतालाई बुझाउने काम पनि गरे। ठुला राजनीतिज्ञ आगामी राजनैतिक बाटोका निम्ति अलग्गै बैठक गरीरहेथे। चन्द्र दासले भने जनतालाई नडराउने अनि बलजफ़्तीको श्रम अस्वीकार गर्न प्रेरित गर्दै थिए जसलाई १९४६ मैँ गैरकानूनी मानिएको थियो।
चन्द्र दास स्मरण गर्छन्,अ फ्यू फ्याक्ट अबाउट सिक्किम' को आधारमा, राजनैतिक नेतृत्वले तीन बुँदे माग तयार गरेका थिए।
1. किराया मुक्ति
2. प्रजातान्त्रिक अनि जिम्मेवार सरकारको स्थापनाका निम्ति आवश्यक प्रक्रिया अघि बढाउनका निम्ति अन्तरिम सरकारको गठन अनि
3. भारतीय सङ्घमा सिक्किमको अन्तर्भुक्ति।
यी माग लिएर टाशी छिरिङको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधि टोलीले ९ दिसम्बर १९४७ मा महाराजा सर टाशी नामग्याललाई भेट्न गए।
महाराजाले जमीनदारको शक्ति न्यून गर्ने वचन दिए अनि प्रतिनिधि मण्डललाई जमीनदारी प्रथा अन्त्य गर्दै लाने आस्वासन दिए; उनले राज्य काङ्ग्रेसका तीन चयनित प्रतिनिधिलाई राज्य प्रतिनिधिसभामा प्रतिनिधि पठाउने लोकप्रिय विधि सञ्चालन नभएसम्मको अन्तरिम व्यवस्थाका निम्ति उनको सचिवका रूपमा कार्य गर्नुपर्ने कुरोमा सहमती जनाए। तेस्रो मागलाई भने भविष्यमा विवेचना गर्नको निम्ति स्थगित राखिए।
काङ्ग्रेस पार्टीले आफ्नो पक्षबाट 3 सचिव मनोनीत गरे- सोनाम छिरिङ , रघुबीर बस्नेत अनि दिमिक सिंह लेप्चा, भोटिया, लेप्चा अनि नेपाली तिनै जातिबाट एक-एकजना प्रतिनिधि। दुर्भाग्यवस यी तीन सचिवले जमीनदार भन्दा खराब व्यवहार प्रस्तुत गर्न थाले। अनि जब पार्टी हाइ कमान्डले उनीलाई फिर्ता बोलाए, उनीले पद छोडन नै राजी भएनन्। अनुहार जोगाउनकै निम्ति चन्द्र दासले सुझाव दिए कि उनीले आफ्नो पदमा निरन्तर रहन सक्नेछन् तर केवल छ महिनाको निर्धारित अवधिका निम्ति। बहुसंख्यक जनताको हीतमा काम गर्न सक्दैनन् भने उनी राजीनामा दिन वाद्य हुनेछन्।
बीचमा, पार्टीका सदस्यले सिक्किमको राजनैतिक परिवर्तनका निम्ति भारतीय प्रधान मन्त्री जवाहरलाल नेहरू सित भेट्नु अनि आवश्यक सहयोग लिनु आवश्यक महसूस गरे। ने, स्वतन्त्र भारतका पहिलो प्रधान मन्त्री, स्वतन्त्रता, प्रजातन्त्र अनि सबैको निम्ति समानताको निम्ति प्रतिबद्ध रहेका उनि एक विश्व प्रसिद्ध राजनैतिक व्यक्तित्व थिए। नेसित भेट्न पार्टीले टाशी छिरिङ , राज्य काङ्ग्रेस पार्टीका सभापति अनि चन्द्र दासलाई दिल्ली यात्राको निम्ति चयन गरे।
चन्द्र दासले यात्राको योजना तयार गर्न निम्ति टाशी छिरिङलाई पर्खिन थाले तर उनले भने 'केही स्पष्ट कुरो गरेनन् अनि अन्त्यमा उनलाई सोधी-खोजी गर्दा, टाशी छिरिङले पैसा नभएको जवाब दिए। त्यसैले, पार्टी सदस्यले उनीलाई पठाउन पैसा दान गरे अनि उनीलाई अझ आवश्यक भए अझ थप पैसा पठाउने भरोसा पनि दिलाए।
दिसम्बर १९४७, उनीहरू दिल्लीतिर बनारस हुँदै लागे। जहाँ सोसियलिस्ट पार्टीको बैठक चलिरहेथ्यो। भारतीय सोसियलिस्ट पार्टीका नायक बाहेक उनीले नेपाली सोसियलिस्ट पार्टीका सदस्य बी.पी. कोइरालासित पनि भेटे, जो पछि गएर नेपालका प्रधानमन्त्रीका रूपमा निर्वाचित भए।
जब उनीहरू दिल्ली आइपुगे, उनीहरूले आफ्नो बसाई रेलवे स्टेसन नजिक रन्जीत होटलमा मिलाए। उनीहरू अब अघि कसरी बढ्ने कुनै निश्चित थिएन। टाशी बाबु (छिरिङ) फेरि असमञ्जस बने अनि हिच्किचाए। चन्द्र दासले अब आफै अघि जाने निधो गरे, अनि यात्राको निम्ति केही पैसा मागे। स्टेसनदेखि कनाट प्यालेससम्मका निम्ति बस चढे।सोसियलिस्ट पत्रिका जनसत्ता पत्रिकाको वितरण कार्यलयबारे उनले सुनेका थिए जसलाई उनले सब्क्राइब पनि गरेका थिए। कार्यालय ओडियन बिल्डिङमा अवस्थित थियो अनि उक्त कार्यालयका अधिकारी थिए आप्टे। चन्द्र दासले यता-उता हेरे अनि एक गाँधी टोपी लाएका व्यक्तिलाई देखे। उनलाई बोलाए अनि ओडियन बिल्डिङबारे केही जानकारी भए भन्न लाए। उनलाई ओडियन बिल्डिङ बारे त थाहा थिएन तर उनले आफ्नो कार्यालयसम्म साथी जान निम्तो दिए र सँगै उनले कहाँ जानू पर्छ बताए। त्यो समयसम्म उनलाई हल्का भोक लाग्न थालिसकेको थियो अनि उनि प्लाजा सिनेमा हलको बाटो नजिकको दोकानमा गए, जहाँ उनले एउटा भङ्गेरा जस्तो सिकुटे केटोलाई देखे। ति केटा आएर उनलाई नेपाली हो भनेर सोधे। चन्द्र दासले दाउरा सुरूवाल नै लाएका थिए, त्यसैले उल्टै सोधे , 'तिमीलाई के लाग्छ?' केटो भोको देखिन्थ्यो अनि उनले त्यस केटाको निम्ति पनि खाना मगायो। केटालाई देहरादूनमा नौकरी व्यवस्था गरीदिने वचन अरिबहादुर गुरुङले दिएका रहेछन् अनि उनीहरू दुवै उनलाई भेट्न गए।
अरिबहादुर गुरुङ भारतीय सम्विधान लेख्ने टोलीको सदस्यका रूपमा चुनिएका थिए। उनलाई उनका काका डम्बरसिंह गुरुङले पठाएका थिए। जब उनीहरू उनको कार्यालयमा पुगे चन्द्र दासलाई स्नेहपूर्वक स्वागत गरे अनि उनले जब चन्द्र दासको मिसन बारे थाहा पाए, उनका सहयोगीलाई उनिसित नेहरूको कार्यलयसम्म पुऱ्याउन लगाए। नेहरूको कार्यालय पुग्दा, नेहरूको सचिवले प्रधान मन्त्री एक सैन्य कार्यक्रममा उपस्थित हुनलाई देहरादून गएको अनि त्यसको अर्को दिन आईपुग्ने जानकारी गराए।
चन्द्र दास अरिबहादुर गुरुङबाट रात्रिभोजका निम्ति निम्तो अनि प्रधान मन्त्री नेहरूसितको एपोइन्टमेन्ट लिएर होटल फर्किए। ढुक्क बन्दै टाशी छिरिङले उनलाई हार्दिकता प्रकट गर्दै भन्यो , 'केटोले काम सफल गऱ्यो।'
उनीहरूले अरिबहादुर गुरुङसित एक सुन्दर साँझ संविधान ड्राफ्टिङ कार्यालयको क्यान्टिनमा गुजारे।
दोस्रो दिन ठिक ८ बजी, उनीहरू प्रधान मन्त्री कार्यालयमा पुगे। रिसेप्सनमा उनीहरू जसै पुगे उनीहरूलाई सिँडीमास्तिर कुर्सी राखिएका सानो कमरामा लगियो। उनीहरूलाई प्रधान मन्त्रीले बिरला मन्दिरमा सम्भाषण दिइरहेको कुरो जनाइयो। जसै प्रधान मन्त्री आए उनीहरू तत्काल भित्रीए। टाशी छिरिङले परम्परागत हिसाबमा खदा चढाए अनि चन्द्र दासले हात जोडेर अभिवादन गरे। उनीहरूले तयार गरीएको याददाश्त पत्र चढाए।
' तर तेस्रो माग, उनले यसो भनेर अस्विकार गरिदिए कि, 'सिक्किम एक धेरै सानो देश हो, अनि हामी विश्व सामु यसलाई हत्याउन बल प्रयोग गर्ने रूपमा देखिन चहान्नौ।'
नेहरूले पढे अनि जवाब दिए, 'तपाईँले सिक्किमका सानो जमीनदारको कुरो गर्नु हुँदैछ, भारतीय जमीनदार धेरै अनि शक्तिशाली छन् उनीहरू आफ्नै सेना बनाएर सुरक्षित छन्। यो ठुलो समस्या हुनसक्दैन। एक प्रजातान्त्रिक अनि जिम्मेवार सरकार स्थापनाको निम्ति सङ्घर्ष जो हामीले पनि जीवनभरी गरीआयौँ , त्यस्तो सङ्ग्राम नेपाल, सिक्किम, भूटान जस्ता हिमाली राज्यमा भए हामीबाट सहयोग हुनेछ।' तर तेस्रो माग, उनले यसो भनेर अस्विकार गरिदिए कि, 'सिक्किम एक धेरै सानो देश हो, अनि हामी विश्व सामु यसलाई हत्याउन बल प्रयोग गर्ने रूपमा देखिन चहान्नौ।'
नेहरूले उनीहरूलाई केही प्रश्न सोधे, एउटा थियो, 'भूटानीज् भाषा अनि सिक्किमको भाषामा के अन्तर छ?'
उनीहरूले कुनै भरलाग्दो उत्तर दिन सकेनन् केवल टाशी बाउले यसो भने, 'भूटानको भाषा रफ छ, सिक्किमको भाषा धेरै रिफाइन्ड छ।'
त्यसपछि नेहरूले भने सिक्किमको एक राजकुमार सेन्ट स्टेफेन्स कालेजमा अध्ययनरत छन्। 'अपठ्यारो लाग्ने कुरो तर उनिबारेमा हामी अनभिज्ञ छौँ।' चन्द्र दासले भने।
आफ्नो मिसन सकिएपछि टाशी छिरिङ र चन्द्र दास कलकत्ता हुँदै सिक्किम फर्किए। चाडपर्वको समय चलिरहेथ्यो, टाशी छिरिङले आफ्नो दार्जिलिङका साथी भेटे अनि उनीहरूसित केही खुसीका दिन बिताए। यता चन्द्र दासले भने कलकत्तामा चलिरहेको सोसियलिस्ट कान्फ्रेन्समा सहभागी बने जहाँ उनले फेरि नेपाली काङ्ग्रेसका साथी भेटे अनि पार्टीका अरुणा असाफ अली अनि अन्य दिग्गजको सम्भाषण सुने।
चन्द्र दासलाई सिक्किमका जनताले उनीहरूको भेट भारतका प्रधान मन्त्रीसँग भएको कुरो पत्यार नगर्ला भन्ने कुरोले सताई रहेथ्यो। उनलाई कल्पना आइरहेथ्यो मान्छेका प्रतिक्रियाको 'तिमीले प्रधान मन्त्री भेट्यौ भन्दैछौ तर सायद न दैलोबाट नै खेदिदियो नि। उनलाई त्यसको फोटोग्राफ नभएको र त्यो ऐतिहासिक भेटको सत्यता पुष्टि गर्ने आधार नरहेकोमा खल्लो लागिरहेथ्यो।
उनले जब यही कुरो टाशी छिरिङसित भने उनि स्तब्ध भए। चन्द्र दासले बताए, 'टाशी बाउ, राजनीतिज्ञ होइन एक अत्यन्त भद्र मानिस थिए।' मानिसलाई नेहरूसितको भेटलाई विश्वस्त तुल्याउन, चन्द्र दासले सिसियलिस्ट यूनियन अफ इन्डिया कम्युनिकेसनका सम्पादकसित सम्पर्क गरे। आइताबार ठुलो हेडलाइनमा त्यस बैठकबारे छापामा आयो अनि त्यसले सिक्किमका दुइ प्रतिनिधि मण्डलको भारतका प्रधानमन्त्रीसितको बैठकबारेको सन्देह निवारण गरिदियो।
अनुवादक: टीका भाइ
Designed by NWD.