Menu

धेरै दार्जिलिङ: औपनिवेसिक विरासत अनि उत्तर-औपनिवेसिक अस्तित्व

दार्जिलिङ, पूर्वी हिमाली भागको एक सानो  केन्द्र, भारतमा ब्रिटिस औपनिवेसिक शासनको एक अवशेष वा निसानी हो। सिमानामा सन्धी, आक्रमण, झडपहरूको शृङ्खलापछि अनि देशभित्र साथै बाहिरबाट मानिसहरूको आप्रवासनपछि सन् १८६५ दार्जिलिङ (कालेबुङसहितको) भनेर आज चिनिने भौगोलिक क्षेत्र अस्तित्वमा आयो। चौरस्ता, दार्जिलिङको मुटु वर्षभरि विभिन्न चाडपर्वहरू मनाउने साक्षीको रूपमा उभिएको छ, विभिन्न धर्म र संस्कृतिका मानिसहरू दार्जिलिङमा एकसाथ बस्छन्। दार्जिलिङलाई भारतमा नेपालीहरूको केन्द्रविन्दु पनि भनिन्छ किनभने यस क्षेत्रमा बोलिने भाषा मुख्यत नेपाली हो। यो भाषा औपनिवेशिक कालमा मूख्य रूपमा बोलिने साझे भाषाको रूपमा आएको थियो र बिस्तारै मातृभाषाको हैसियत ग्रहण गरेको छ।दार्जिलिङ विगतको अवशेष हो, औपनिवेशिक परियोजनाको महत्वाकाङ्क्षाबाट जन्मेको, जुन आज पनि स्पष्ट रूपमा देखिन्छ। यो विभिन्न कारकहरू मार्फत अस्तित्वमा आएको थियो - चिया बगानका लागि आर्थिक ठाउँ, तिब्बतीहरू र भुटानबाट रेसम-व्यापार मार्गमा नजर राख्नाका लागि रणनीतिक स्थान, र सेना भर्ती गर्न सैन्य स्टेसन। यी सबै घटनाले अहिलेको दार्जिलिङलाई आकार दिएको छ।

दार्जिलिङ सहरमा रहेको "हाम्रो दार्जिलिङ"लेखिएको नेपाली भित्तिचित्रमा /
फोटो: विभूषा राई

दार्जिलिङ विगतको अवशेष हो, औपनिवेशिक परियोजनाको महत्वाकाङ्क्षाबाट जन्मेको, जुन आज पनि स्पष्ट रूपमा देखिन्छ।...यस क्षेत्रको राजनीतिक, सामाजिक, र आर्थिक आवश्यकताहरूमा खाल्डोहरू भए तापनि, भर्खरको 'जी २० पर्यटन कार्य' समूहको बैठक (१-३ अप्रिल २०२३) ले तीन टी (Ts)- को महिमागान गर्ने प्रयास गर्दै यस क्षेत्रको फरक तस्वीर प्रस्तुत गर्‍यो।...दार्जिलिङलाई चिया, पर्यटन, र टिम्बरको भूमिको रूपमा प्रक्षेपणले पुँजीवादी औपनिवेशिक विरासत झल्काउँछ।

यस लेखमा हामीले धेरै मात्रामा दार्जिलिङ सहरको कुरा गर्दा, दार्जिलिङ र कालेबुङ जिल्लाहरूका लागि व्यापक प्रश्नहरू छन्। ‘गोर्खाल्यान्ड आन्दोलन’ मार्फत राज्यको मागले औपनिवेशिक विरासत र भारतीय राज्यले उनीहरूको मागलाई गम्भीरतापूर्वक विचार गर्न नसकेकाले भोगेको भौगोलिक ‘दुर्घटना’बाट ग्रस्त क्षेत्रमा पहिचानको खोजीको बृहत् इतिहासलाई प्रतिनिधित्व गर्दछ। सन् १९८६  र २०१७ मा अलग राज्यका लागि दार्जिलिङको दुई पहिचान दावी आन्दोलनहरूले सान्त्वनाको रूपमा स्वायत्त निकाय/परिषदको साथ राज्यको दमनलाई देखे। यद्यपि राज्य गठनका लागि यो मागको कुनै समाधान छैन, तर मुद्दा जीवित छ तर अस्पष्ट छ जुन गत जिटिए चुनाउबाट स्पष्ट थियो जहाँ कसैले गोर्खाल्यान्डको उल्लेख गरेन।  राज्यको मागलाई दार्जिलिङमा वेवास्था गरेजस्तो वा सायद यसले राजनीतिक दलहरूको हितमा काम नगरेको जस्तो लाग्दछ।

चौरस्ताका मूर्तिहरू/फोटो:विभूषा राई
भारतीय स्वतन्त्रता सेनानी: सुभाष चन्द्र बोस, महात्मा गान्धी, र चित्तरंजन दास
संसारभरि पहिचान र स्थान व्यक्ति र समूहहरूका लागि घनिष्ठ रूपमा बाँधिएका छन्। तर दार्जिलिङ एउटा क्षेत्र हो जहाँ त्यस्ता सम्बन्धहरू सधैँ'चिन्ता' ले भरिएको छ(मिडलटन, २०१३)। जनताका आकांक्षालाई स्थानीय, क्षेत्रीय वा राष्ट्रिय राजनीतिक व्यवस्था र प्रशासनिक संरचनाहरूले निरन्तर अस्वीकार गर्दै आएका छन्, जसले गर्दा यी सम्बन्धहरूको निरन्तर प्रतिस्पर्धा भइरहेको छ।

दार्जिलिङलाई चिया, पर्यटन, र टिम्बरको भूमिको रूपमा प्रक्षेपणले पुँजीवादी औपनिवेशिक विरासत झल्काउँछ।यस क्षेत्रको राजनीतिक, सामाजिक, र आर्थिक आवश्यकताहरूमा खाल्डोहरू भए तापनि, भर्खरको जी२० पर्यटन कार्य समूहको बैठक (१-३ अप्रिल २०२३) ले तीन टी (Ts)- को महिमागान गर्ने प्रयास गर्दै यस क्षेत्रको फरक तस्वीर प्रस्तुत गर्‍यो। यो प्रतिबिम्ब बेलायती साम्राज्यले दार्जिलिङलाई सुरुमा सेनेटोरियम र त्यसपछि नगदी गाईको रूपमा लिने तरिकासँग घनिष्ट रूपमा जोडिएको छ। चौरस्ता यस्तो ठाउँ हो जहाँ यी धेरै स्पष्ट विरोधाभासहरू एकसाथ आउँछन्। यो एउटा ठाउँ हो जुन प्रायः पर्यटकहरूका लागि दार्जिलिङको प्रतीक हो, काल्पनिकताले लेपिएको दार्जिलिङ। यसले भानुभक्त, मास्टर मित्रसेन थापा, नवाङ गोम्बु शेर्पा आदि जस्ता महत्त्वपूर्ण व्यक्तित्वहरूको मूर्तिहरू मार्फत भारतीय नेपालीहरूको संस्कृति र इतिहासलाई पनि झल्काउँछ। यहाँ, महात्मा गान्धी, सुभाषचन्द्र बोस, र चित्तरञ्जन दास जस्ता भारतीय स्वतन्त्रता सेनानीहरूको मूर्तिहरू प्रदर्शन गरेर दार्जिलिङको इतिहास राष्ट्रिय कथासँग गाँसिएको छ। दलाई लामाको समर्थनमा जुलुस र पाहाडमा जातीयवाद विरुद्ध हालैको जुलुस जस्ता राजनीतिक भेटघाटका लागि मानिसहरू भेला हुने ठाउँ पनि चौरस्ता हो। यसैबिच, यहाँको वास्तुशिल्प रुपरेखा आजको दार्जिलिङमा औपनिवेशिक विगतसितको अलमलको एउटा चहकिलो सम्झना हो। यस लेखमा, हामी दार्जिलिङको यस जटिल राजनीतिक र सामाजिक अवस्थाको एउटा आयामलाई हेर्छौं, जहाँ हामी पाहाडका बासिन्दाहरूको वास्तविकतालाई ढाकेका धारणाहरूमाथि प्रश्न गर्छौँ।

चौरस्ता: दार्जिलिङमा दैनिक जीवन र स्थान निर्माण

दार्जिलिङसँगको हाम्रो सम्बन्ध फरक हुन सक्छ, तर एक सम्मिलनले हामीलाई यो लेख लेख्न प्रेरित गर्‍यो। दिक्षा दार्जिलिङको लामाहट्टाकी हुन् र हाल दार्जिलिङमा उत्तर-औपनिवेशिक पहिचान निर्माणमा काम गरिरहेकी छिन्, यसैबिच, राहुल कोलकाताका हुन् र उनले दार्जिलिङ र कालेबुङमा एथ्नोग्राफिक फिल्डवर्क सञ्चालन गर्न विगत तिन वर्ष बिताएका छन्। समान विषय र सरोकारहरूमा काम गर्ने अध्येताहरूको रूपमा, हामीले महसुस गर्‍यौँ कि एउटा लेखकीय सहयोगीताले हामीलाई दार्जिलिङको यथार्थमा प्रकाश पार्नाका लागि हाम्रा विभिन्न दृष्टिकोणहरू जोड्न अनुमति दिनेछ। लेखको अघिल्लो भागमा उल्लेख गरिएझैँ, 'जी-२०' बैठक र यसले दार्जिलिङलाई कसरी प्रदर्शन गर्ने प्रयास गर्‍यो, यसले क्षेत्र र यसका मानिसहरूप्रति औपनिवेशिक र उत्तर-औपनिवेशिक मनोवृत्ति बिचको निरन्तरतालाई प्रतिबिम्बित गर्दछ। विश्वव्यापी पहिचान, अवकास र स्थान व्यक्ति र समूहहरूका लागि घनिष्ठ रूपमा बाँधिएका छन्। तर दार्जिलिङ एउटा क्षेत्र हो जहाँ त्यस्ता सम्बन्धहरू सधैँ यहीँकै हौँ भन्ने देखाउने 'दुष्चिन्ता' -ले भरिएका छन् (मिडलटन, २०१३)। जनताका आकांक्षालाई स्थानीय, क्षेत्रीय वा राष्ट्रिय राजनीतिक व्यवस्था र प्रशासनिक संरचनाहरूले निरन्तर अस्वीकार गर्दै आएका छन्, जसले गर्दा यी सम्बन्धहरूको निरन्तर प्रतिस्पर्धा भइरहेको छ।

भानुभक्त आचार्यको शालिक चौरस्ताको मध्यभागमा / फोटो:विभूषा राई

चौरस्ता वा माल रोड ब्रिटिस औपनिवेशिक उपस्थितिको पुरानो प्रतीकहरू नजिक रहेको सार्वजनिक वर्ग हो।...चौरस्ताले औपनिवेशिक र उत्तर-औपनिवेशिक कालहरूमा दार्जिलिङको 'स्पेसको राजनीति' मा महत्त्वपूर्ण स्थान ओगटेको छ...

हाम्रो छलफलको विवरणमा जानुअघि चौरस्ताको स्थान र यसको महत्त्व बुझ्न जरुरी छ । दार्जिलिङ, अन्य धेरै औपनिवेशिक युगको पाहाडी स्टेसनहरू जस्तै ब्रिटिसहरूले पाहाडको छेउमा सहरको युरोपेली र 'स्थानीय' भागहरू अलग गर्ने वर्णगत युक्तिलाई ध्यानमा राखेर विकास गरेका थिए। चौरस्ता वा माल रोड, गभर्नर हाउस (राजभवन), विन्डरमेयर होटल, र यस्तै जस्ता ब्रिटिस औपनिवेशिक उपस्थितिको पुरानो प्रतीकहरू रहेको नजिकको सार्वजनिक क्षेत्र हो। पश्चिम बङ्गाल सरकारको वेबसाइटले यसलाई "सहरको मुटुमा अवस्थित" ऐतिहासिक सार्वजनिक क्षेत्रको रूपमा वर्णन गर्दछ। यस वेबसाइटका अनुसार १८ औँ शताब्दीदेखि चौरस्ता बासिन्दा र आगन्तुकहरू भेला हुने फेसनशील ठाउँ थियो। आज, यो पर्यटक र दार्जिलिङका बासिन्दाहरूका लागि लोकप्रिय साइट बनेको छ। एउटा कारण यहाँबाट कञ्चनजङ्घाको भव्य दृश्य हो। यो सहरको बर्ड भ्यु दृश्यको कारणले यसको वरपर औपनिवेशिक प्रशासनिक महत्त्वका भवनहरू स्थापना गर्नाका लागि लोकप्रिय स्थान थियो। यो संक्षिप्त विवरणले प्रशासनिक र सौन्दर्य सम्बन्धी सरोकारबाट दार्जिलिङका लागि चौरास्ताको महत्त्वको अन्तरदृष्टि प्रदान गर्दछ। चौरस्ताले औपनिवेशिक र उत्तर-औपनिवेशिक कालहरूमा दार्जिलिङको 'स्पेसको राजनीति'1 मा महत्त्वपूर्ण स्थान ओगटेको छ भन्ने कुरा पनि यसले हामीलाई बुझ्न मद्दत गर्छ।

चौरस्ताका भवनहरू/फोटो:विभूषा राई
आज चौरस्ता सबै वर्गका स्थानीय बासिन्दाका साथै पर्यटकका लागि मनोरञ्जन स्थल बनेको छ।...यस ठाउँलाई मनोरञ्जन र विश्रामको रूपमा पुन दावी गर्ने पहिलेका श्रमिक निकायहरूको अधिकारलाई अवमूल्यन गर्नु हुँदैन। यी  साना दैनिक तरिकाहरू हुन् जसको माध्यमबाट मानिसहरूले ठाउँहरूसँग आफ्नोपनको सम्बन्धलाई पुन निर्माण गर्छन्। 

हामी दुवैले चौरस्तामा निकै समय बितायौँ । भर्खरै, विशेष गरी दुई कुराले हाम्रो ध्यानाकर्षण गर्‍यो। पहिलो त यस सडकको पर्खाललाई पुनः रङ्गाउने गरी मलरोड वा चौरस्ता वरपरको सौन्दर्यीकरण अभियान सञ्चालन गरिएको थियो। सौन्दर्यीकरण अभियानलाई धेरै बासिन्दाहरूले आवश्यक भएको महसुस गरे तापनि यसले दार्जिलिङको दैनिक जीवनलाई चिनाउने विद्यमान 'संरचनात्मक असमानताहरू'2 र 'भिन्न सहरी भूगोलहरू'3 देखाइदियो। हामीले मल रोड नजिकका क्षेत्रहरूका धेरै बासिन्दाहरूसँग कुराकानी गर्‍यौँ, जसले जम्मा भएको फोहोर, ओभरफ्लो नालाहरू, र स्पष्ट भौतिक भिन्नताका अन्य सङ्केतहरू औँल्याए जसले 'भौगोलिक निकटता'4 लाई व्यापक रूपमा छुट्टिएका जीवन अनुभवहरूमा रूपान्तरण गर्‍यो। हामीले सहरका धेरै पुराना बासिन्दाहरूसँग कुरा गर्दा र औपनिवेशिक अवधिमा मल रोडको पहिलेका विवरणहरू हेर्दा, यो विशेषाधिकार प्राप्त ठाउँ हो, मुख्यतया औपनिवेशिक र भारतीय उच्च र मध्यम वर्गहरूको फुर्सद र आरामको लागि सिर्जना गरिएको हो भन्ने कुरा स्पष्ट भयो। त्यस्ता ठाउँहरू निर्माण गर्न लाग्ने श्रमबाट कहिल्यै विचलित हुन सक्दैन, नेपाली श्रमिक वर्गको उपस्थिति चौरास्ता/मल रोडको उत्पादनका लागि महत्त्वपूर्ण रहेको छ।

आज, स्थिति उल्लेखनीय रूपमा परिवर्तन भएको छ। चौरस्ता सबै वर्गका स्थानीय बासिन्दाका साथै पर्यटकका लागि मनोरञ्जन स्थल बनेको छ भनी तर्क गर्नु गलत हुनेछैन। यस ठाउँलाई मनोरञ्जन र विश्रामको रूपमा पुन: दावी गर्ने पहिलेका श्रमिक निकायहरूको अधिकारलाई कुण्ठित हुनु हुँदैन। यी साँच्चै साना दैनिक तरिकाहरू हुन् जसको माध्यमबाट मानिसहरूले अवकास र ठाउँहरूसँग आफ्नोपनको सम्बन्धलाई पुन: निर्माण गर्छन्। धेरै स्थानीयहरूले पर्यटकीय अर्थतन्त्रबाट न्यूनतम पूर्वाधार व्यवस्थासित साना भोजनालयहरू वा उपहार वस्तुहरू बेच्ने पसलहरू मार्फत जीवनयापन गर्नाका लागि स्थानहरूको उपयोग, समयसँगै श्रम र आबद्धताबिचको सम्बन्ध कसरी परिवर्तन हुन्छ भनेर पुन: जाँच गर्ने एउटा रोचक तरिका हो। यद्यपि हामीले यस लेखमा माथिका विवरणहरू खोलेका छैनौँ, चौरस्ता जस्ता स्थानहरूले उपनिवेशोत्तर सहरी दार्जिलिङमा उपस्थित दैनिक र संरचनात्मक समस्याहरूको विश्लेषण गर्न महत्त्वपूर्ण उदाहरण प्रस्तुत गर्दछ भन्ने हामी तर्क गर्छौँ, जसको सहरी उत्पत्ति वर्णीय पुँजीवाद र औपनिवेशिक स्थान निर्माणको एक निश्चित विचारको वरिपरि संरचित थियो। छोटकरीमा भन्नुपर्दा, दार्जिलिङ सहरलाई ब्रिटिश साम्राज्यको व्यापारिक हित पुरा गर्नाका लागि विकसित गरिएको थियो, र यो यसको संगठन र रुपरेखामा झल्किन्छ।

चौरस्ताको माल रोडमा पसलहरूको लाइन/ फोटो:विभूषा राई
कुराकानी र हाम्रो अवलोकनबाट, हामीले देख्यौँ चौरस्ताको सौन्दर्यीकरणमा ध्यान केन्द्रित , यसै बीचमा नगरका अन्य भागहरूमा सार्वजनिक सरसफाइको बारेमा प्रशासनिक चासोको अभावको विपरीत थियो।...दार्जिलिङ सहरमा बसोबास गर्ने धेरै भूगोलहरूको बारेमा यसले के भन्छ?  

दार्जिलिङमा बसोबास गर्ने र यसलाई घर भनेर सम्झिनेहरूको सामाजिक-आर्थिक हैसियतमा भएको भिन्नतालाई स्वीकार गर्दै हामी भन्न सक्छौँ कि स्थानीयहरूले औपनिवेशिक र उत्तर-औपनिवेशिक कालहरूमा आफ्नो सम्बन्ध स्थापित गर्ने तरिकाहरूमा परिवर्तनहरू भएका छन् जो तिनीहरूलाई सीमान्तकृत विषयको रूपमा हेर्ने तरिका जस्तो मात्र देखिन्न। तैपनि, सौन्दर्यीकरण अभियान र चौरस्तालाई स्मार्ट साइट बनाइने रूपमा ध्यान केन्द्रित गर्ने जस्ता मुद्दाहरू औपनिवेशिक परम्पराबाट यो ठाउँ कसरी निर्माण भयो भनेर अलग गर्न सकिँदैन। कुराकानी र हाम्रो अवलोकनबाट, हामीले देख्यौँ भने चौरस्ताको सौन्दर्यीकरणमा ध्यान केन्द्रित गरिनु, नगरका अन्य भागहरूमा सार्वजनिक सरसफाइको बारेमा प्रशासनिक चासोको अभावको विपरीत थियो। दार्जिलिङ सहरमा बसोबास गर्ने धेरै भूगोलहरूको बारेमा यसले के भन्छ? राजभवनमा जी२० बैठकको आयोजना गर्ने चयनपछिको कारण पनि धेरै छ। राजभवन वा गभर्नरको घर एउटा औपनिवेशिक-युगको संरचना हो जुन युरोपेलीहरूका लागि सहरको एक निश्चित मनोरम दृश्यलाई अनुमति दिने डाँडामा बनाइएको हो। भारतीय उपमहाद्वीपमा त्यस्ता धेरै संरचनाहरू जस्तै, यसको निरन्तर प्रयोगले औपनिवेशिक र उत्तर-औपनिवेशिक शक्तिहरूको अलमलिएको प्रकृतिलाई प्रतिबिम्बित गर्दछ, जुन एक निश्चित हदसम्म हामी स्वीकार गर्न असहज हुन सक्छौँ। यी संरचनाहरूलाई दार्जिलिङको दुर्दशाको प्रतीक, स्वेच्छाचारी औपनिवेशिक मानचित्रिय विभाजन पनि मान्न सकिन्छ, र उत्तर-औपनिवेशिक राष्ट्रको प्रतिबद्धताको कमीले यस पूर्वी हिमालयी सहरमा जीवनको गहिरो असमान भावना उत्पन्न गरेको छ। ‘भिन्न सहरी भूगोलहरू’ यस्तै एउटा स्मारकको रूपमा कार्य गर्छन्।

                          चौरस्ताको भित्तिचित्रहरू/फोटो:विभूषा राई
यदि हामी भित्तिचित्रलाई भौतिक संस्कृतिको मुख्य तत्व मान्दछौं जसले स्थान निर्माणमा योगदान पुर्‍याउँछ, दार्जिलिङलाई कस्तो ठाउँको रूपमा चित्रण गरिएको छ? हामीलाई लाग्छ, औपनिवेशिक विचारहरू र हामी भन्न सक्छौं कि स्टेरियोटाइपहरू बलियो हुन जारी छ, ब्रिटिश गएको लामो समय पछि पनि।

हामी दुवैले चौरस्ताको भित्तिचित्र हेरेका थियौँ, तर जी–२० बैठकका लागि सहरलाई कसरी पुन: निर्माण गरिँदैछ भन्ने कुराको कुराकानीको क्रममा पेन्टिङको सामग्री देखेर हामी छक्क पर्‍यौँ। चिया टिप्दै गरेका महिलाहरू, टोई ट्रेन, हरियो पाहाडको  पृष्ठभूमिमा  परम्परागत पोशाकमा महिलाहरू, अर्किड, रेड पान्डा र चराहरू। तिन टी (T's) (चिया, काठ र पर्यटन) मा अत्यधिक ध्यान केन्द्रित हुँदा दार्जिलिङको राजनीतिक र आर्थिक अवस्थाको पुनर्विचारमा बाधा पुग्छ, जसले स्थानीयहरूका लागि राम्रो भविष्य सिर्जना गर्न सक्छ भनेर दीक्षाले लेखको अघिल्लो भागमा उल्लेख गरेकी छिन्। गोष्ठिगत र वर्गको अन्तरसम्बन्धमा यी तीन उद्योगहरूमा अति ध्यान केन्द्रिततालाई गुँथ्नुले नेपालीहरू इमानदार र सेवक समूह हो भन्ने थरीको विचारलाई बलियो बनाउँछ। हालसालैका धेरै काल्पनिक कृतिहरू, साथै धेरै शैक्षिक कार्यहरूले यसलाई चिया बगानको रोपाइँ, वृक्ष रोपाइँ र यस्तै अन्य जीवनको विस्तृत विवरणहरू मार्फत प्रकाशित गर्दछ उदाहरणका लागि, 'गोर्खाल्यान्ड डायरीहरू' । हामीलाई अचम्म लाग्दो कुरा के थियो भने २०२३ मा पनि त्यस्ता प्रस्तुतिहरू जारी थिए, भित्ति चित्रहरूले एउटा उद्देश्य पुरा गर्‍यो, तिनीहरूले दार्जिलिङलाई घेरेको विचारलाई 'प्रतिनिधित्व' गरिरहेका थिए। यसले 'विश्वव्यापी' दर्शकहरूलाई कस्तो सन्देश दिन्छ?  यो सबै नै दार्जिलिङ हो, एक रोमान्टिक रहस्यमय पूर्वी पाहाडी सहर भन्ने सन्देश? दशकौँदेखि प्राच्यवादको वरिपरि शैक्षिक बहस चलिरहेको छ, यो पक्कै पनि चौरस्ताका पर्खालहरूमा जीवित रहेको देखिन्छ। यदि हामी भित्तिचित्रलाई भौतिक संस्कृतिको मुख्य तत्त्व मान्दछौँ जसले स्थान निर्माणमा योगदान पुर्‍याउँछ, दार्जिलिङलाई कस्तो ठाउँको रूपमा चित्रण गरिएको छ? यो हामीलाई लाग्छ, औपनिवेशिक विचारहरू र ब्रिटिस गएको लामो समय पछि पनि उस्तै रुढ विचारहरू थोपिन जारी नै छ भनेर हामी भन्न सक्छौँ।

निष्कर्ष

यस छोटो छलफलको माध्यमबाट दार्जिलिङ सहरका हाम्रा विभिन्न विषयवस्तुलाई सम्झँदै हाम्रा अनुभव र प्रतिबिम्बलाई एकसाथ ल्याउने प्रयास गरेका छौँ । हाम्रा अवलोकनहरूको समानताले हामीलाई जी२० बैठक र यससँग सम्बन्धित परिवर्तनहरू दार्जिलिङमा स्थान बनाउने तरिकालाई हाइलाइट गर्न चाहन्छ। यसबाट हामीले दार्जिलिङ भनेको के हो भन्ने बारेमा निश्चित विचार र अर्थहरू सिर्जना गर्न र त्यसलाई सुदृढ पार्नमा यस्ता घटनाहरू र त्यससँग सम्बन्धित गतिविधिहरूले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने हो। यी प्रक्रियाहरू बुझ्न महत्त्वपूर्ण छ यदि हामी दार्जिलिङ जस्ता ठाउँहरूमा त्यस्ता कार्यक्रमहरूको आयोजनाको मूल्याङ्कन गर्न चाहन्छौँ जहाँ रोमान्टिककरण वास्तविकता व्याप्त छ, हामीले मिडिया र कार्यक्रमका सहभागीहरूको उत्सवमूलक बयानबाजीभन्दा बाहिर हेर्नुपर्छ।

दार्जिलिङ सहर/फोटो: विभूषा राई
चौरस्तामा 'G20' को मेजबानी, त्यसैले औपनिवेशिकता र इतिहास जस्ता अमूर्त विचारहरू कसरी जीवित रहन्छन् र दार्जिलिङका जनताको दैनिक जीवनमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छन् भनेर बुझ्न धेरै महत्त्वपूर्ण हुन्छ।

राजनीतिक वैज्ञानिकका रूपमा दिक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धको परिप्रेक्ष्यमा घटनाको महत्त्व बुझिन् । दार्जिलिङमा जी२० जस्तो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुनुको अर्थमा कुनै शङ्का छैन, तर प्रश्न यो छ आउँछ यसले कसलाई फाइदा गर्छ?  प्राय, मुख्य घटनाहरू भन्दा, सम्बन्धित र गौण घटनाहरूले ठुलो आख्यानतिर सङ्केत गर्दछ। यस अवस्थामा, यो दार्जिलिङ सहर विशेष गरी चौरस्तामा गरिएको भित्तिचित्र र सौन्दर्यीकरण अभियान हो। चौरस्तामा जी२० को आयोजन, त्यसैले औपनिवेशिकता र इतिहास जस्ता अमूर्त विचारहरू कसरी जीवित रहन्छन् र दार्जिलिङका जनताको दैनिक जीवनमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छन् भनेर बुझ्न धेरै महत्त्वपूर्ण हुन्छ।

References:

Chhetri, S. 2022. ‘Gorkhaland Diaries: Even Dreams, Uneven Lives’. Kolkata: Bee Books.

Middleton, T. 2013. ‘Anxious Belongings: Anxiety and the Politics of Belonging in Subnationalist Darjeeling’. American Anthropology, 115(4), pp. 608-621.

The Center for High Impact Philantrophy. ‘What is Structural Inequality?’ University of Pennsylvania.

Zieleniec, A. 2018. ‘Lefebvre’s Politics of Space: Planning the Urban as Oeuvre’. Open Access Repository.

  1. Lefebvre को 'स्पेसको राजनीति' ले सामाजिक जीवनको अनुभव र अभ्यासमा 'स्पेस' को मौलिक भूमिकालाई हाइलाइट गर्दछ। उनको भनाइले 'स्पेसको उत्पादन' मा संलग्न जटिल तत्वहरू बुझ्नु पर्ने आवश्यकतालाई जोड दिन्छ। (Zieleniec, 2018) ↩︎
  2. 'संरचनात्मक असमानता'ले कानुनी, शैक्षिक, व्यापार, सरकारी र स्वास्थ्य संस्थाहरू जस्ता संस्थाहरूको भेदभावपूर्ण अभ्यासहरूबाट उत्पन्न हुने सम्पत्ति, स्रोत र अन्य परिणामहरूमा हुने असमानताहरूलाई वर्णन गर्दछ। (पेन्सिलभेनिया विश्वविद्यालय) ↩︎
  3. समाजमा आफ्नो हैसियत अनुसार एउटै क्षेत्रका मानिसका विभिन्न अनुभवहरू ↩︎
  4. एक विशेष क्षेत्र देखि दूरी, यहाँ चौरस्ता देखि दूरी ↩︎
Translated by: टिका राई
About the Author

दिक्षा तामाङ कलकत्ता विश्वविद्यालयको 'पुरास कानपुर हरिदास नन्दी' महाविद्यालयमा राजनीतिशास्त्र विभागकी सहायक प्राध्यापक हुन्। उनले दार्जिलिङमा नेपाली/गोरखा पहिचान निर्माण गर्ने विषयमा उत्तर बङ्गाल विश्वविद्यालयबाट पीएचडी पनि गरिरहेकी छिन् । उनले सेन्ट जोसेफ कलेज दार्जिलिङबाट राजनीतिशास्त्रमा बीए  गरिन्,साथमा एमए र एमफिल उत्तर बंगाल विश्वविद्यालयबाट। उनको अनुसन्धान रुचिहरूमा पहिचानको राजनीति, जातीय, औपनिवेशिकता र रपोस्ट-औपनिवेशिकता समावेश छ।

राहुल गांगुली आईआईटी दिल्लीको मानविकी र सामाजिक विज्ञान विभागमा पीएचडी विद्यार्थी हुन्, उनले दार्जिलिङ र कालिम्पोङमा शहरीता, विकास र पहिचान निर्माण बीचको सम्बन्धमा काम गरिरहेका छन्। उनले कोलकाताको प्रेसिडेन्सी विश्वविद्यालयबाट समाजशास्त्रमा बीए र एमए पूरा गरे। उनका अनुसन्धान रुचिहरूमा शहरी भविष्य, राजनीतिक समाजशास्त्र, जातीय, र पूर्वी हिमालय क्षेत्र समावेश छ। आफ्नो शोध प्रबन्धमा काम नगर्दा, उनी फुटबल खेल्न र खाना पकाउन मा रुचि राख्छन्।


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

The articles on this site are licensed under The Creative Commons Attribution-Non commercial 4.0 International Licence.

Subscribe to our post

Sikkim Project
A Reading Room presentation

Designed by NWD.

crossmenuchevron-down linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram