टीका 'भाइ', व्यवसायिक अनुवादक, कवि/ लेखक एवं चलचित्र कर्मी हुन्। उनले प्रारम्भिक शिक्षा पूर्व सिक्किमको कुम्रेक बस्ती अनि मध्य पाण्डम सरकारी विद्यालयबाट प्राप्त गरेका हुन्। दार्जिलिङ सरकारी महाविद्यालयबाट इतिहासमा सम्मान अनि उत्तर बङ्गाल विश्वविद्यालयबाट इतिहासमा एम.ए. गरे।
उनलाई सन् २०१४-मा उनको कविता कृति 'पैतालातल्तिर'-का निम्ति साहित्य अकादमी युवा पुरस्कार प्राप्त भएको हो। हाल विभिन्न क्षेत्रीय चलचित्रहरूमा अभिनयको काम सहित केही वर्षका निम्ति आइ.आइ.टी मद्रासमा नेपाली भाषाको अनुवादक/प्रोजेक्ट एसोसिएटका रूपमा पनि कार्यरत छन्।
Designed by NWD.